Skip to content

जिन्दगी एउटा विश्वास हो


जिन्दगी एउटा विश्वास हो
हृदय त्यसको आभास हो

हरदम यहीं सोच आउँछ,
त्यो उनको सुवास हो

सहेर सारा सहिरहु लाग्छ,
माया जीवन्त अभ्यास हो

तर पनि थाहा हुँदैन भविष्य,
प्रयास केवल प्रयास हो

यही रीत छ संसारमा,
आज भोलिको आश हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *