त्यो देशको नभे केभो
यो देशको छदैत छ।
त्यहाँको हक माग्ने त
सन्तानको छदै त छ ।
सम्माननीय भूतैका
जल बिन्दु सरी भए ।
विद्वान ज्ञानि विश्वका
धुर्व तारा सरी रहे ।
सानो हुन्न कुनै काम
बेकारी हुन्न नी कुनै ।
जसले जे गरेको छ
त्यो पनि काम नै त छ ।
कोही पनि कसैको नि
हुँदैन भार नी बुझ ।
आफ्नो भार बोक्ने शक्ति
दुई खुट्टा सवै छ त !
२०७४।४।१४
