Skip to content


गुँरासे रङ्ग पोतेर
लालीगुराँस सजाएपछि
निर्भय बग्ने सपनाहरू
अँध्यारोलाई चिरेर
जन्मिन्छन् निःसर्त बिहानीहरू
निर्धक्क निदाउँछन्
केटाकेटीहरू
मृत्युको दाहसंस्कार गरेर
भूगोलको दशगजा भत्काउँदै
सर्वत्र ज्ञानगङ्गाको सुगन्ध फिजाउँदै
निर्भय आकाशमा
चराहरू निर्भय उड्छन्
मनजस्तै विश्वास सजाएर
आस्थाको फूल चढाउँदै
मृत्युको भर्याङ चढ्छन्
शहादत बलिदानीहरू
अति राम्रो लाग्ने
करकलामा टल्कने
मोतीका फोकाहरू
दृष्टिभ्रम बन्छन्
अब गन्तव्य आराम बन्नुपर्ने हो
झन् बुद्ध रोइरहेका छन्
अब कोलाहल शान्त बन्नुपर्ने हो
झन् कर्कश आवाज आइरहेछ
फेरि पनि नानीहरू अज्ञात डरले
आमाको पटुकामा लुक्दैछन्
फेरि पनि आमाहरू
अविरल आँसु झार्दैछ ।

राधेश्याम लेकाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *