आगोमा भिज्नुपर्छ पानीमा सुक्नुपर्छ :
माटोले ऐयाभन्दा छातीमा दुख्नुपर्छ ।
फूल र काँढाजस्तै जिन्दगीलाई बुझ्न :
मृत्यु र आशा उही डालीमा फुल्नुपर्छ ।
देखिने नदेखिने नजरमा देखिन :
अनन्त तारापुञ्ज नानीमा लुक्नुपर्छ ।
हल्लाएर टाउको मथिँदैन विचार :
आनीबानी पनि मदानीमा घुम्नुपर्छ ।
जन्मेर मरेपछि अर्को जन्म जन्मिन :
फेरि उनै विष्णुको नाभीमा पुग्नुपर्छ ।
– जीवनपानी
स्याङ्जा, ओरास्टे–६
