Skip to content


आकाशमा जून छैन आज
तरकारीमा नून छैन आज

अभावको आगोले बस्ती सखाप छ
गरिबको शरीरमा खुन छैन आज ।

स्वार्थको खडेरी फैलिएको बेला
मान्छेको मनमा गुन छैन आज ।

सबै बिरक्तिएका छन् आफैँदेखि
ढिकुटीको धानमा घुन छैन आज ।

आफ्नै छायाले डकैती गर्न थालेपछि
नारीको कानमा सुन छैन आज ।

– मीनकुमार नवोदित
विराटनगर, १६

Leave a Reply

Your email address will not be published. Required fields are marked *