तिम्रो मायाको स्पर्श नपाउँदै संसार छाड्नुपर्छ भने
म जन्मनाले तिमीले समाजको गुनासो सुन्नुपर्छ भने
भैगो आमा,
जन्म नदेऊ मलाई
म जन्मन नपाउँदै समाजले तिरस्कार गर्छ भने
पारिवारिक हेला र घरधन्दामा नै जीवन बित्छ भने
सधैं आफ्नो कर्मलाई दोष दिँदै बाँच्नु पर्छ भने
भैगो आमा नदेऊ जन्म मलाई,
एक चोटी बाँच्नलाई पटक पटक मर्नु पर्छ भने,
भैगो आमा ।
मेरो शिक्षा दीक्षाका लागि तिमी हिच्किचाउँछौ भने
तिमीलाई जीवनभर साथ दिने सहारा म होइन भने
म बाँचे पनि मेरो अस्तित्व नै छैन भने,
भैगो आमा जन्म नदेऊ मलाई ।
बलत्कर र हिंसा खपी अँध्यारोमै जीवन जिउनुपर्छ भने,
मेरो देहमाथि जस्को नि आँखा पर्छ भने
मलाई न्याय दिन कानून पनि डग्मगाउँछ भने
भैगो आमा !
अस्मिता रानाभाट
कक्षा–१०
ज्याति एकेडेमी सितापाइला, काठमाडौं
ज्याति एकेडेमीको विद्यालयस्तरीय कविता प्रतियोगितामा वाचन भएको
