मालिकलाई के थाहा त्यो एक नोकरको कथा
बिरामी नोकर सेवा गरिरहन्छ
स्वस्थ मालिक बिरामी भइरहन्छ
परिश्रम ऊ गरिरहन्छ फलको आश कहीँ कतै बाँकी छ
अचानोलाई दुखिरहन्छ खुकुरी आफ्नो कर्म गरिरहन्छ
निसाफका लागि उसका आवाज मनमा उम्लिरहेछन्
ऊ अँझै अन्यायको अन्धकारमा धकेलिरहेछ
सधैं घर धाउने नोकर बिरामी परेर बस्दा मालिक हेर्न आउदैन
मालिकले के खायो के लायो भन्ने चिन्ताले नोकरले चैनको सासै लिदैन ।
सन्तान छन् उसका पनि ऋण काढेर पढाइरहेछ
खान नपाई काम गर्नाले उसका अङ्ग खिइरहेछ
सन्तानलाई उज्यालो देखाउने सपना छ उसको
कुटाई पिटाई सहेर पाउँदैछ ढिक्का अपजसको
ऋण तिर्यो छोरो बढ्यो गयो विदेश पढ्नलाई
सोझो नोकर मालिककोमै बाँकी जीवन जिउनलाई
पढाइ सक्यो छोरो आयो बुबालाई लिनलाई
मालिकको नर्कबाट पिता निकाल्नलाई
अन्तिममा एक्लै गयो छोरो पुनः विदेशमा
नोकर अँझै माझ्छ भाँडा त्यही मालिकको नर्कमा
मालिकको अपहेलना प्यारो लाग्यो उसलाई विदेशको सुविधाभन्दा
छोरोले सकेन यहीँ बस्न रुँदै फक्र्यो पिताले आफूलाई छाडेर मालिकको साथ रोज्दा
बुढो भयो नोकर पनिसकेन उसले काम गर्नलाई
पैसाको लोभि मालिकले निकाल्यो घरबाट लाग्यो बाटो भिख माग्नलाई
माग्दा माग्दै छोरो आएछ सन्तानसँग घुम्नलाई
नातिले पाँच रुपैयाँ राख्यो कचौरामा
सकेन छोराले नोकरलाई आफ्नो पिता भन्नलाई
त्यस कालो दिनको भोलिपल्ट जाग्यो सूर्य नयाँ जागरणसँगै
उसमा एक साहस आयो गयो जङ्गलमा तपस्या गर्नलाई
आज छोरालाई नातिले छाडेछ आयो छोरा पश्चताप गर्नलाई
त्यही नोकर मालिककोमा पूराण भन्दैछ छोरालाई साथ लिएर
सबैलाई सम्मान गर्न सिके पाइन्छ सन्तुष्टि सम्मान पनि
यति भन्दै नोकर मर्यो उसको महत्त्व थाहा पायो मालिकले पनि
नोकरका सालिक छन् टोलटोलमा अमर रहनेछ ऊ कालान्तरमा
आफ्ना सहयोगी र सृष्टिकर्तालाई माया गरौँ दुःख पाइनेछ उसको सहयोग बिना ।
उत्सव पराजुली
कक्षा – १०
ज्योति एकेडेमी सितापाइला, काठमाडौं
ज्योति एकेडेमीमा भएको कविता प्रतियोगितामा वाचन भएको
