Skip to content


बन्द हुनु पर्ने
सधैं खुल्ला छ,
खुल्ला हुनु पर्ने
सधैं बन्द छ ।

बन्द छ नेपाल सधैं
खुल्ला छ सि‌‌हदरवार,
बन्द छ जनअधिकार सधैं
खुल्ला छ देश बेच्ने कारोबार ।
बन्द छन् सधै गाउँघरमा
ज्योतिपुञ्ज पाठशालाहरु,
खुल्ला छन् सधै सहरका
गल्लीगल्लीमा यौनशालाहरु ।
बन्द हुदैन बन्द कहिल्यै
प्रचण्ड विखण्डनका स्वरहरु
खुल्ला चलखेल गरिरहेछन्
सधैं तिनै नयाँ पुराना चोरहरु
बन्द हुनु पर्ने सधैं खुल्ला छ
खुल्ला हुनु पर्ने सधैं बन्द छ,
नहुने बेलामा यस्तै हुन्छ
गाई कुटिन्छ भैंसी पुजिन्छ !

हालः बोस्टन/अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *