Skip to content


तिमी छैनौ सायद मेरो भाग्यमा
तिमी छैनौ सायद मेरो कर्मैमा
तिमी छैनौ सायद मेरो जीवनमा
तिमी छैनौ सायद मेरो कर्मैमा
तर पनि तिम्रै बाटो कुरिरहन्छु
सधैंभरि तिमीलाई नै पर्खिरहन्छु
ओ प्रिया …

सम्झेको थिएँ, एक दिन भुलाइदिनेछु
तिम्रो याद सबै मेटाइदिनेछु
लाख कोशिस गर्दा पनि भुल्नै सकिन
तिम्रो याद यो दिलबाट मेट्नै सकिन
तिमी हौ कि केवल मेरो सपना
तिमी होइनौ सायद मेरो विपना
तर पनि तिम्रै बाटो कुरिरहन्छु
सधैंभरि तिमीलाई पर्खिरहन्छु
ओ प्रिया …

शब्द, स्वर, संगीत – सुरज थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *