Skip to content

दुईदिन पनि गाह्रो

बितिगए वर्षौवर्ष आफैदेखि लर्किएर
दुईदिन पनि गाह्रो बस्नुपर्दा पर्खिएर ।

मनभरि सम्झनाको गाढा रङ घोलिएछ
मुटुभरि तिम्रो माया ढुकढुकी भई धड्किएछ
गाह्रो भयो मन थाम्न परेलीमा अडिएर
दुईदिन पनि गाह्रो बस्नुपर्दा पर्खिएर ।

छोडी जाँदा तिमी भन्थ्यौ सम्झी धेरै नरुनु है
फर्किहाल्छु छिटै म त उदासीमा नबस्नु है
गाह्रो भयो एक्लैएक्लै रात काट्न टोलाएर
दुईदिन पनि गाह्रो बस्नुपर्दा पर्खिएर ।

नास्तिक थिएँ तिम्रो आस्थाको पुजारी आस्तिक भएँ
के मागेर पूजा गर्यौ तिमीसँगै मन्दिर गएँ
गाह्रो भयो मेरो देव आऊ छिटै फर्किएर
दुईदिन पनि गाह्रो बस्नुपर्दा पर्खिएर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *