Skip to content

आज किन जून पनि


आज किन जून पनि आकासबाट चुहुँदैछ
मेरो खोजी कहाँ हुनु उसकै अघि नुहुँदैछ ।।

कसैलाई जिन्दगानी रोमान्सको खेती भयो
मलाई भने जिन्दगी यो बैंस नआई कुहुँदैछ ।।

दाजु भाइ चलाख थिए अंश सबै हाम पारे
आफू चाहिं ग्वाँजे रैछु आफ्नै भाग्य तुहुँदैछ ।।

लैनो गाई थियो तर दुहूँ भन्यो लात्ती हान्छ
छिमेकी चैं गोठ पसी थारो गाई नै दुहुँदैछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *