Skip to content

अधुरो गन्तव्य मेरो


अधुरो गन्तव्य मेरो जीवन सम्भव थिएन
उद्देश्य नभएको यात्रा झन सम्भव थिएन

घरमा बुवा पछिको सारा जिम्मेवारी दिँदा
कान्छो छोरामा दिने चलन सम्भव थिएन

त्यसैबेला तिमीले सुनको गरगहना माग्यौ?
जुनबेला मेरो खल्तीमा धन सम्भव थिएन

सिसा जस्तै टुक्रा-टुक्रा पारेर गएपछि फेरि
पहिलेकै जसरी जोड्न मन सम्भव थिएन

बिना नभएको कस्तुरी असम्भव हुन्छ भने
स्पर्श नभएको आपसी तन सम्भव थिएन

करण क्रेजी

Leave a Reply

Your email address will not be published. Required fields are marked *