प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिले देखिन
रूझेका परेलाहरू मैले कहिले ओभानो देखिन
नझार आँसु यहाँ आँसुको मेल कहाँ छ र
कसैलाई नपोख बह सुनिदिने को छ र
रोई रोई जिउनभन्दा हाँसी हाँसी बाँच्न सिक
जब रीतै यस्तो यहाँ घाम पानी खप्न सिक
शब्द – देव बज्राचार्य
स्वर, संगीत – भक्तराज आचार्य
