Skip to content

मेरो कबिता भर्खर जन्मेको बालक जस्तै अबोध छ
भर्खर जन्मेको बाख्राको पाठा पाठि जस्तै उठ्न खोजी रहेको छ
बाच्छा बाच्छी पाडा पाडि जस्तै उठ्दै लद्डै छ्

मेरो कबिता भर्खर ऊम्रे को बिरुवा झैँ मर्ने बान्च्ने को दोसाँद मा छ्
पानी बाहिर नीकालेको माच्छा झै छट् पटाएको छ्
पानी नपाएको बिरुवा झै वोइलाएको छ्

मेरो कबिता युद्धमा फसेको निर्दोस मान्छे झै भाको छ्
मल जल नपुगेर नबडेको रुख झैँ किक्रिक्क परेको छ्
बगडेले मार हान्न लागेको बोको झैँ छट्पटीएको छ्

मेरो कबिता लेख्न नाजान्नेले लेखेको अछ्यर जस्तो छ
पढ्न नाजान्ने ले पडेको बेद जस्तो छ
पुरेत्याइ गर्न नाजनेको बाहुन ले गरेको स्राध जस्तो छ्

मेरो कबिता बजाउन नाजान्ने ले बजाको मादल जस्तो छ
गाऊन् नाजान्ने ले गाएको गीत जस्तो छ
नाच्न नाजान्ने नतर्की ले नाचेको नाच जस्तो छ्

1 thought on “मेरो कबिता”

  1. धन्यबाद
    याँहाहरुले मेरो रचना पढी दिनु भएकोमा धेरै धन्यबाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *