मुक्तकः एक
जिन्दगी ढुङ्गो हुँदो हो त कति जाति हुन्थ्यो
न कुनै मुटु हुन्थ्यो न कुनै छाती हुन्थ्यो
उसका लागि सधैं एकछत्त सन्सार
न दिउसो हुन्थ्यो न त राति हुन्थ्यो ।
मुक्तकः दुई
हामीहरु ढुङ्गोमा मूर्ति कुँदेर आस्था जनाउँछौं
हाम्रो मन अड्याउन त्यसलाइ0 ईश्वर बनाउँछौं
आखिर ऊ ता ढुङ्गो न हो न मर्नमा डर न बाँच्नमा रहर
हामी भने उसैमाथि निर्दाेष पशुको रगत चढाएर आनन्द मनाउँछौ ।
