अमेरिकी उपचार पद्धति

अमेरिकी बिरामी नै ,पर्ने जँचाउनै थियो ।
गइयो अस्पतालैमा ,अकल्पनीय देखियो ।
बिहान सात नै बज्यो, सात सितम्बरै दिन ।
गइयो अस्पतालैमा, ठाऊँ कलेज स्टेशन ।
वरैबाट खुले ढोका, आए मानिस नै पनि ।
बन्द आफै भयो फेरि, बिना रिमोट नै पनि ।
सोधिन् अघिसरी त्यहीँ, गौरवदन सेविका ।
के कसरी भयो यस्तो , विभिन्न प्रश्न नै तिनी।
भरी फाराम सम्पूर्ण , सही पनि गराइयो ।
तीन पुस्ते सवै रोग, फार्ममा पनि लेखियो ।
लगियो एक कोठैमा, सोधियो प्रश्न अन्य नि ।
गरियो अनुसन्धान,दिइयो समयै पनि ।
बिरामीको सवै रोग, भरेका अघिका ब्यथा ।
मौखिक सोधनी बाट, पुष्टि गरे सवै कथा ।
तारे होटेल के होला, सफा र सुबिधा यति ।
सोफा सप्मुख टीभी छ, चिया कफी चिनी पनि ।
बिरामी कुरुवा त्यहीँ, टीभी हेर्दै चिया पिई ।
बुझी खबर रोगीको , बस्छन् त्यहीँ सवै मिली।
त्यहाँ दिने चिया पान, सम्मान पनि सके जति ।
सेवा शुल्क भने लाग्ने, उनैले नै भने जति ।
तोकेकै समय आई, बिरामी ठाउँमा लगी ।
उपचारादि जोगर्ने,गरी लेख्दछन् औषधि ।
University physician center, college station Texas. ७।८।०१७
