Skip to content


हो
म एक्काइसौ सताद्वीको बाहुन हुँ
जनै फालेर बिष्णु अवतारका दोवाटे टपरीमा
च्यातेर बिभेदका कर्मकाण्डहरू
अस्वीकार गर्दै कसैको भजन किर्तनका नीत्यकर्म
म अश्रुग्यासले रोइरहेको सडकको वीचमा छु
अगालो मारेर मेरै बालीघरे कामीदाईसंग
म चुच्चो नाके अनुहारको मान्छे
जनजाती आन्दोलनमा नारा घन्काउने
नयाँ यूगको आवाज हूँ
हो म एक्काइसौ सताद्वीको बाहुन हुँ

कुनै महाराजको काट्टो खान अस्वीकार गर्ने
कपाल नखौरने कुनै तानाशाहको मृत्यूमा
पशुपतिको ब्रह्मनालमा पनि
धर्म निरपेक्षको मस्तुल उठाउने
आफ्नै लागि आफै पञ्चेबाजा बजाउने
युगनायकका मूर्ति बनाउने
नयाँ समयको कालीगड हूँ
इतिहासमा पहिरो जान पूर्व मोफसलका बस्तीमा
कमलपित्तका विरूद्ध हाकहाल्ने
झसमिसेको म कटवाल हुँ
सिलाएर रंगिचंगी हिऊँ र
धानमा बहेली खेल्ने बतासको
थाङ्राभोटा तुन्ने दमाइ हुँ म
हो म एक्काइसौ सताद्वीको बाहुन हुँ

नलगाए पनि जनै
रित्ता घाँटीमा झुण्डिए पछि बाहुनबाद
छुवाछुत गरे पछि आफ्नै दाजुभाइ सँग
ए नयाँ युगका कथित मान्छे
तिमी खाट्टी पुराना बाहुन हौ
पुराना युगका खण्डहर
तर म धेरै फरक छु तिमीभन्दा
हो म एक्काइसौ सताद्वीको बाहुन हुँ

1 thought on “हो, म बाहुन हुँ”

  1. अहिले खस (ब्राह्मण , छेत्री ,
    अहिले खस (ब्राह्मण , छेत्री , ठकुरी, सन्यासी-दस्नामी) –खस दलित समेत —– हरु माथी सबै तीर बाट आक्रमण भैरहेको छ…….. हुदा हुदा २ बर्स अगाडी नागरिकता पाएका इंडियन आप्रबसी हरुले समेत खस र रास्त्र निर्माता पृथ्वी नारायण शाह को खोयिरो खन्ने अनि कथित जनजाति भनिने हरुले उनिहरु संग मिलेर खस हरुलाई गाली गर्ने? अहिले हिंदी माँ सपथ लिदा चरेसानन्द लै बचौना को लागि कथित जनजाति का अगुवा हरु को दलाली पनि एउटा उदाहरण हो…. नेपालको 45-50%% खस हरुको चित्त दुखाएर कसैले जातिए राज्येको कल्पना गर्छ भने त्यो एउटा भ्रम मात्र हो…..
    नेपाल का एकमात्र सच्चा आदिबासी , ने मुनि का सन्तान , नेपाल एकीकरण कर्ता खस (ब्राह्मण, छेत्त्री ,ठकुरी,सन्यासी)–दलित समेत—– अहिले नेपाल मा देखिएको खस र नेपाल बिरोधि बिखण्डनकारी हरु संग मुकबाला गर्न पनि खस हरुको बलियो संगठन बनाउनु आवसेक छ. छेत्त्री, बाहुन,ठकुरी र सन्यासी र दलित ले पनि आ- आफ्नो संगठन खोल्नुपर्छ , र अनि सबै मिलेर खस हरु को महा- संगठन खोल्नु पर्छ
    हजारौ वर्ष देखि नेपाल का रैथाने , आदिबासी खस को बिरोध मा भोट , बर्मा /थाइलेडं र इंडिया बाट नेपाल चिरेका आप्रबासी हरु को नेपाल तुक्र्युने उदेश्ये सफल हुन नदिन र नेपाल लै बचौना पनि खस हरु को एकता हुनु जरुरि छ.
    …..हामि बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित —- भनेको खस जाति को हागा मात्र हौ.. खस को बारेमा बिस्तृत रुप मा जान्न को लागि http://ne.wikipedia.org/wiki/%E0%A4%96%E0%A4%B8

    जय देश नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *