मेरो हाँसो तिम्रो ओठमा
धड्कन तिम्रै मुटुमा छ
मलाई खुशी हुन तिमी
हाँसिदिए पुग्छ
आफ्नो नभन ठिकै छ मलाई त
सम्झिदिए पुग्छ
तिमी बुझ या नबुझ
विवशता यो जिन्दगीको
माफ गरी सपनीमा
आइदिए पुग्छ
आफ्नो नभन ठिकै छ मलाई त
सम्झिदिए पुग्छ ।
रचना : प्रमोद ढुंगाना
संगीत : मनोहर सुनाम
स्वर : स्वरुपराज आचार्य
चलचित्र : सम्झिदिए पुग्छ
रेकर्ड वर्ष : २०६७
