Skip to content

चन्दाको सिद्धान्त (खण्ड-काव्य)


चन्द्र मोहिनी नै हुन् चन्दा पहिलो नजरमै दिल चोर्ने
क्षितिजको सपनी बिपनीलाई पनि भङ्ग पार्ने । \\ 0001 //

क्षितिज भन्छ– “अब चन्दा मसँग जस्तोसुकै परीक्षा लेऊ
ज्यानै दिन तयार छु , आइदेऊ क्षितिजको छेउ ।” \\ 0002 //

शायद चन्दालाई भगवान्ले क्षितिजकै निम्ति बनाएको हुनुपर्छ
यो कुरालाई चन्दा र क्षितिजले एक–आपसमा प्रेम गरेर पूरा गर्नुपर्छ । \\ 0003 //

अब त क्षितिजको मुटुको धड्कनले क्षितिजलाई सधैँ सोधिरहन्छ
चन्दालाई सधैँ क्षितिजको आफ्नै हो भनिरहन्छ । \\ 0004 //

क्षितिज भन्छ– “म चन्दाको पागल प्रेमी भएको छु
चन्दाको हरइच्छा पूरा गरी चन्दालार्ई आफ्नो बनाउनेछु ।” \\ 0005 //

यसरी नै प्रेम गर्ने दृढ संकल्प गरेको छ क्षितिजले
यस्तो कुरा जिन्दगीमा भएको थिएन यो भन्दा पहिले । \\ 0006 //

क्षितिज भन्छ– “सबैभन्दा बढी चन्दालाई माया गर्छु म
अस्वीकार गर्ने हो कि भनेर भन्नलाई डराउँछु म ।” \\ 0007 //

तैपनि चन्दाकै भरोसामा बाँचेको छ ऊ
क्षितिज भन्छ– “मेरो प्रेम सबै चन्दाकै निम्ति साँचेको छु ।” \\ 0008 //

क्षितिजलाई चन्दा मुस्कुराएको चेहरा झलझली सम्झना आउँछ
सधैँ–सधैँ चन्दासँग डुलेको सपना आउँछ । \\ 0009 //

क्षितिज भन्छ– “म त चन्दाको भैसकेँ, चन्दा मेरी हुन बाँकी छ
मैले चन्दालाई प्रेम गरेँ, चन्दाले मलाई प्रेम गर्न बाँकी छ ।” \\ 0010 //

मदहोस भैकन क्षितिजलार्ई चन्दाको प्रेमको नशा लागेको छ
अरुमा होइन, मात्र चन्दामा आशा जागेको छ । \\ 0011 //

क्षितिज त्यहीँ जान तयार छ चन्दा लान्छ जहाँ जहिले
क्षितिज भन्छ– “शायद एकतर्फी प्रेम गरेको छु चन्दालाई मैले ।” \\ 0012 //

चन्दाबिना क्षितिजलाई जिउन मुस्किल भयो
जुनसुकै समय पनि अँध्यारो लाग्न थाल्यो । \\ 0013 //

चेहरा पनि उदास–उदास हुन थाल्यो
क्षितिजको सारा जीवन पनि बेकार लाग्न थाल्यो । \\ 0014 //

क्षितिज भन्छ– “चन्दा बस्ने ठाउँ थाहा भए म त्यहीँ जान्थेँ
चन्दाको उजाड जीवनमा बहार बनी छाउँथेँ ।” \\ 0015 //

क्षितिज भन्छ– “हे चन्दा ! तिमी मात्र मेरो सपनाको राजकुमारी नबन
मेरो बिपनीमा पनि आई भलाकुसारी गर न ।” \\ 0016 //

क्षितिज भन्छ– “मसमक्ष आउन चन्दालाई बाधा–अड्चन पो आयो कि
कि तिम्रो मन मबाहेक अन्तैतिर मोड्यो कि ?” \\ 0017 //

आज बिछोडको कुरा कसरी क्षितिजको मनमा आयो ?
तर क्षितिजको जीवन त चन्दाकै प्रतीक्षामा बितिरह्यो । \\ 0018 //

नजर–नजरको मिलन मात्र क्षितिज र चन्दाको भयो
भेट्न नपाउँदा मुटु छिया–छिया भयो । \\ 0019 //

क्षितिज भन्छ– “बाध्यताको सिमानामा कति मात्र बाँचूँ ?
पागल हुन मात्र बाँकी छ, अब के गरुँ ।” \\ 0020 //

शायद चन्दा र क्षितिजको जिन्दगी यसरी नै बित्ने हो कि
मिलन हुन्छ भन्दाभन्दै बिछोड पो हुने हो कि ? \\ 0021 //

क्षितिज भन्छ– “चन्दालाई नपाउँदा धेरै दुःख खपिसकेँ
साथीसंगीबाट पनि एक्लो भइसकेँ ।” \\ 0022 //

चन्दालाई कसैले हेरे क्षितिजलाई रिस उठ्छ
चन्दा हाँसिरहँदा क्षितिजको मन रम्छ । \\ 0023 //

क्षितिज भन्छ– “चन्दाको निम्ति म जोसँग पनि लड्न सक्छु
आँधी–हुरीलाई पनि अन्तै मोड्न सक्छु ।” \\ 0024 //

क्षितिज भन्छ– “हे चन्दा ! मेरो बारेमा अब केही त सोच
तिम्रो हराएको कुरा सबै मैबाट खोज ।” \\ 0025 //

क्षितिज भन्छ– “चन्दा मेरो निम्ति ईश्वरको वरदान हो कि
यो शायद चन्दा र मेरो प्रेमको शुरुआत हो कि ? ” \\ 0026 //

क्षितिजले पनि चन्दालाई केही भन्न पाएको होइन
चन्दाले पनि क्षितिजलाई केही भन्न सकेको छैन । \\ 0027 //

क्षितिजलाई डर लाग्छ , मनको कुरा मनमै गाँठो परिजाला भनी
पीर लाग्छ क्षितिजलाई कल्पेका सारा सपनाहरु खेर जाला भनी । \\ 0028 //

क्षितिज भन्छ– “हे चन्दा ! तिमी पनि टोलाएर मलाई हेरिरहन्छ्यौ
तर तिमी किन सधैँभरि सिद्धान्तको पछि लाग्छ्यौ ?” \\ 0029 //

क्षितिज भन्छ– “तिम्रो आँखाले जे कुरा बोल्छ्यौ, त्यही म बोल्दछु
मेरा आँखाले त्यही नै बोल्छ भनी म त यही सोच्दछु ।” \\ 0030 //

क्षितिज भन्छ– “म त मेरी प्रेमिकाको रुप चन्दालाई देख्दछु
चन्दालाई आफ्नो दिलको पानाभरि राख्दछु ।” \\ 0031 //

क्षितिजको दिललाई के भइरहेछ क्षितिज चन्दामै डुबिरहेछ
यही मीठो रमाइलो पललाई क्षितिजले राम्रो मानिरहेछ । \\ 0032 //

क्षितिज भन्छ– “चन्दाले कस्तो रुपमा मलाई हेर्छिन् ? त्यो हेर्न बाँकी छ
जिन्दगीका रंगीन पाइलाहरुमा सँगै हिँड्न बाँकी छ ।” \\ 0033 //

क्षितिज भन्छ– “चन्दा कहाँको, म कहाँको तर नजरको इशारा यहाँ भयो
पहिलो नजरमा नै हाम्रो आँखा चार भयो तर बीचमा सिद्धान्त आयो ।” \\ 0034 //

क्षितिज भन्छ– “समयले मलाई चन्दाबाट नछुटाए हुन्थ्यो
दुई दिने जिन्दगी साथ हिँड्न पाए हुन्थ्यो ।” \\ 0035 //

चन्दाको मदहोस नशालु हेराइले क्षितिजलाई त पागल बनाइदियो
चन्दाको लागि बाचा–कसम खाने दिन पनि ल्याइदियो । \\ 0036 //

यो कस्तो मौसम, क्षितिजलाई चन्दा कै याद छ हरदम
कदम–कदममा चन्दाकै मात्र छ चाह जुनसुकै मौसम । \\ 0037 //

क्षितिज भन्छ– “चाहना जीवनको पूरा हुँदैन
जहाँ चन्दाको सपना हुँदैन ।” \\ 0038 //

क्षितिज भन्छ– “चन्दाको कल्पनामा डुबेको छु म
त्यही सपनामा रमेको छु म ।” \\ 0039 //

फूल फुल्यो बगैंचाभरि आजको यो दिनैमा
केवल चन्दाको झलकको याद दिलाउँछ सधैँभरि क्षितिजको मनैमा । \\ 0040 //

चन्दालाई बेहुली बनाउने क्षितिजको धोको छ
शायद यही नै क्षितिजको जीवनको मीठो लक्ष्य छ । \\ 0041 //

यो जिन्दगीको त के कुरा, जनम–जनमसम्म साथ रहने क्षितिजलाई इच्छा छ
यसै गरी क्षितिजलाई जीवन अमूल्य प्रीतको साथमा अघि बढाउने चाहना छ । \\ 0042 //

क्षितिज भन्छ– “बनेका छौं हामी एक–अर्काका लागि
माया–प्रीतिको डोरी सँगै बाँध्नको लागि ।” \\ 0043 //

क्षितिज भन्छ– “जिन्दगी बगेको खोलाजस्तै छ
कहिल्यै नटुङ्गिने आत्माको यात्राजस्तै छ ।” \\ 0044 //

क्षितिज भन्छ– “जीवनको गोरेटोमा लम्केका ती तिम्रा पाइलाहरु
म पनि साथ बढाउन चाहन्छु अबका यी लक्ष्यहरु ।” \\ 0045 //

क्षितिज भन्छ– “चन्दाको साथ हरदम चाहन्छु जुनसुकै पलमा
चन्दाको मात्रै सुवास पाएँ यो एकबारको जुनीमा ।” \\ 0046 //

क्षितिज भन्छ– “हरदम पलपल गनी–गनी काटिरहेछु यो जिन्दगी
चन्दाकै नाम जपी बसेकोछु जुनसुकै बेलामा पनि ।” \\ 0047 //

क्षितिज भन्छ– “चन्दासिवाय अरु को छ र यो संसारमा
मन मेरो रम्छ चन्दाको हरआगमनमा ।” \\ 0048 //

क्षितिज भन्छ– “सधैँको लागि चन्दा र मेरो प्रीत नटुटोस् भनेर
ईश्वरसँग पनि प्रार्थना गरेको छु भजन गाएर ।” \\ 0049 //

क्षितिज भन्छ– “चन्दाकै प्रेममा म मेरो जीवन बलिदान गर्नेछु
तर अहिले भने चन्दाकै प्रतीक्षामा बसिरहेको छु ।” \\ 0050 //

फूलको बास्नामा जसरी भमराहरु झुम्मिन्छन्
त्यसै गरी चन्दाको सुवासमा अल्लारे बैंसहरु पागल भएका छन् । \\ 0051 //

क्षितिज भन्छ– “हे चन्दा त्यसैले मलाई तिमी भमरा नठान
तिमी मेरो जिन्दगानी भनी जान ।” \\ 0052 //

क्षितिज भन्छ– “चिन्ता नगर हे मेरी चन्दा ! सबथोक हौ तिमी
जिन्दगीको हरमोडमा साथ दिन्छु जहाँ जान्छ्यौ तिमी ।” \\ 0053 //

क्षितिज भन्छ– “जहाँ लान्छु , जता लान्छु , राम्रै बाटोमा चन्दालाई लानेछु म
चन्दाबाट यही आश गरेको छु मैले हरकदम ।” \\ 0054 //

क्षितिजले चन्दाको जति तारिफ अरुको गरेको छैन
यस्तो लाग्छ चन्दाबाहेक क्षितिजको अरु कोही छैन । \\ 0055 //

क्षितिज भन्छ– “भुल्नुपर्छ चन्दा र म मिलेर अरु सबैलाई
केवल हामी दुई भए पुग्छ भनी भन्नुपर्छ जो–कोहीलाई ।” \\ 0056 //

क्षितिज भन्छ– “फूल बनाई सिउरी दिऊँ कि भनी म क्षितिज भएको छु
चन्दाको लागि आकाशको तारा टिपेर ल्याएको छु ।” \\ 0057 //

क्षितिज भन्छ– “जूनकै रुपको चन्दाको मुहारलाई नियालिरहेछु
सादा सिसामा पनि चन्दाको झलक पाइरहेछु ।” \\ 0058 //

क्षितिज भन्छ– “सादा कागजझैँ मेरो मन बनाएको छु
त्यहाँ चन्दाको नामै नाम लेखकोे छु ।” \\ 0059 //

अथाह छ क्षितिजको माया, छैन कुनै सीमा
त्यसैैले सदा मिलुन् यी दुवै यसै धर्तीमा । \\ 0060 //

क्षितिज भन्छ– “चन्दाको रुपको वर्णन गर्दा म कहिल्यै थाक्दिन
चन्दाबिना बाँच्न सकिने पनि होइन ।” \\ 0061 //

क्षितिज चन्दाकै आधारमा बाँचिरहेछ
चन्दाकै नामको गजल लेखिरहेछ । \\ 0062 //

क्षितिज भन्छ– “प्यासैप्यासले भरिएको छ , हे चन्दा तिमी आई प्यास मेटाइदेऊ
आशैआशले भरिएको छ , हे चन्दा तिमी आई बहार ल्याइदेऊ ।” \\ 0063 //

क्षितिज भन्छ– “रोजाइ नै तिमी हौ, तिमी सारा मेरी हौ
जति पल्ट भन्दा पनि थाक्दिनँ भनिरहन्छु , तिमी प्रियतमा हौ ।” \\ 0064 //

क्षितिज भन्छ– “मोेहनी लगायौ नि त्यो तिम्रो तालरुपी चलाइले
तिमी मेरी हौ भन्न मन लाग्यो अब मलाई मेरो बोलीले ।” \\ 0065 //

भुतुक्क पार्यो क्षितिजलाई चन्दाको गोरो मुहारको कालो कोठीले
लठ्यायो क्षितिजलाई सोह्र सालको चन्दाको मीठो बोलीले । \\ 0066 //

क्षितिज भन्छ– “बसेको छु म चन्दाको मनको बासैमा
बाँचेको छु म चन्दाको मायाको आशैमा ।” \\ 0067 //

क्षितिज भन्छ– “हे मेरी माया तिमी अब टाढा नगइदेऊ
तिम्रो–मेरो प्रेमको बन्धन अझै बढाइ देऊ ।” \\ 0068 //

क्षितिज भन्छ– “जिन्दगीको सारा पीर यसै गरी हटाइदेऊ
जनम–जनमसम्म पनि मिलन हाम्रो गराइदेऊ ।” \\ 0069 //

क्षितिज भन्छ– “भोलि के हुन्छ र भोलिको भरोसा छैन, अहिल्यै राम्रो पाइला चालौं
चन्दासँगको भेटलाई आजै प्रेममा बदली हालौं ।” \\ 0070 //

क्षितिज भन्छ– “आज चन्दा र म यसरी रम्ने विचार छ
दुई दिने जीवनलाई राम्ररी काट्ने विचार छ ।” \\ 0071 //

क्षितिज भन्छ– “चन्दा र मेरो प्रेमको कथा यसरी अघि बढाऔं
मुना–मदनको भन्दा पनि अझै प्रगाढ बनाऔं ।” \\ 0072 //

क्षितिज भन्छ– “दुई प्राणी एक बनी सबलाई देखाऔं
चन्दा र क्षितिजको प्रेमको नमुनालाई उदाहरण बनाऔं ।” \\ 0073 //

चन्दाको एक झलक पाउँदा क्षितिजको बढ्छ ढुकढुकी
शायद चन्दालाई क्षितिजकै निम्ति बनाएको हो कि ! \\ 0074 //

क्षितिज भन्छ– “पूर्णिमाको जूनजस्तो गोरो तिम्रो मुहार
तिमी भयौ म क्षितिजको सम्पूर्ण जीवनको जुहार ।” \\ 0075 //

क्षितिज भन्छ– “चन्दालाई कदापि भुल्नेछैन मैले कहिल्यै
चन्दाबाहेक अरुलाई सोच्नेछैन कहिल्यै ।” \\ 0076 //

क्षितिज भन्छ– “चन्दासित बोल्न खोज्दा मलाई धक लाग्छ
कतै चन्दा रिसाउँछिन् कि भन्ने डर लाग्छ ।” \\ 0077 //

क्षितिजले तैपनि चन्दासित बोल्ने सधैँ कोशिश गर्छ
अझै पनि चन्दासित बोल्ने कोशिश गर्छ । \\ 0078 //

हुरीझैँ आउँछिन् चन्दा एकैछिन्मा बिलाउँछिन्
क्षितिजलाई त्यसै तड्पाई चन्दा भागी जान्छिन् । \\ 0079 //

क्षितिज भन्छ– “तिमीलाई के थाहा र ! हे चन्दा ! म तिम्रो निम्ति मर्छु भनेर ”
चन्दालाई सम्झाउने प्रयास क्षितिजले गर्यो रोएर । \\ 0080 //

क्षितिज भन्छ– “कसरी म बुझाऊँ यो कुरा चन्दालाई
चन्दासित जिउने आशमा म छट्पटिएकोछु सधैँलाई ।” \\ 0081 //

क्षितिज भन्छ–“चन्दा भेट नभएको धेरै भइसक्यो
चन्दा क्षितिजबाट छुट्ने हो कि भन्ने डर लाग्यो । ” \\ 0082 //

क्षितिजको रहर उर्लिएर, बिउँझिएर आयो
चन्दासँग पलपल बिताउन क्षितिजलाई मन लाग्यो । \\ 0083 //

क्षितिज भन्छ– “तर तिमी कहाँ छ्यौ , भेटाउन सकिएन
मेरो आशालाई जियाउन सकिएन ।” \\ 0084 //

कति भमरा आउँदा हुन् फूललाई खोज्न
कति बाधाहरु आउँदा हुन् चन्दालाई पाउन । \\ 0085 //

क्षितिजले जहाँ–जता खोजे पनि चन्दालाई भेटाएन
चन्दाको भेउ अझै पनि क्षितिजमा पाएन । \\ 0086 //

क्षितिज भन्छ– “तिम्रो रंग, तिम्रो रुप मलाई राम्रो लाग्छ
तिम्रो साथ पाएर सारा संसार भुल्न मन लाग्छ ।” \\ 0087 //

क्षितिज भन्छ– “तैपनि एक्लो छु म तिम्रो माया पाउने आशमा
पर्खिरहेको छु म तिमीलाई प्रकृतिको बासमा ।” \\ 0088 //

क्षितिज भन्छ– “अब त आउँदैन होला ममाथि आँधी–हुरी
अब तिमीले मेटाउनु पर्छ हामी दुईको दूरी ।” \\ 0089 //

जिन्दगी बिताउन क्षितिजलाई मन लाग्छ प्रेमको संसारमा
क्षितिज चन्दासँग एक हुन बसिरहेछ इन्तजारमा । \\ 0090 //

क्षितिज भन्छ– “मेरो दिलमा यति धेरै माया छ कसरी देखाऊँ म
तिमीलाई मेरो भनी हरदम भनिरहन्छु म ।” \\ 0091 //

क्षितिज भन्छ– “तिमी अब जिन्दगीबाट ओझेल नभइदेऊ
तिमीले म प्यासीको तृष्णा मेटाइदेऊ ।” \\ 0092 //

क्षितिज भन्छ– “तिमी मेरो श्वास हौ, तिमी मेरो जीवन
तिमी मेरो आश हौ, मेरो मुटुको धड्कन ।” \\ 0093 //

क्षितिज भन्छ– “तिमीबिना मेरो जीवन निर्जन एकान्त भो
तिमीबिना बाँच्न धेरै–धेरै गाह्रो भो ।” \\ 0094 //

क्षितिज भन्छ– “तिमीलाई भेटेको छैन, निद्रा पनि लागेको छैन
तिमीलाई खोज्दाखोज्दै भोकप्यासको ठेगान भएन ।” \\ 0095 //

क्षितिज भन्छ– “तिम्रो रंग–रुप हृदयले देखी मोहित भएँ अब
तिमी मेरै निम्ति बनेकी हौ भन्न मन लाग्यो अब ।” \\ 0096 //

क्षितिज भन्छ– “तिमी जहाँ जान्छ्यौ म पनि पछि–पछि त्यहीँ आउनेछु
जसरी भए पनि मैले तिमीलाई आफ्नो बनाउनेछु ।” \\ 0097 //

क्षितिज भन्छ– “तिमीलाई जिन्दगीको हरमोडमा लिएर जानेछु
तिम्रो सम्झनामा कल्पनाको धागो बुन्दै रम्नेछु ।” \\ 0098 //

क्षितिज भन्छ– “तिम्रो सिउँदोमा सिन्दुरले सजाउने धोको छ
तिमीलाई हरेक दुःखमा साथ दिने मेरो माया चोेखो छ ।” \\ 0099 //

क्षितिज भन्छ– “तिमी मेरो दिलबाट ओझेल नभइदेऊ
मेरा सारा इच्छालाई नमारिदेऊ ।” \\ 0100 //

क्षितिज भन्छ– “तिमीसँग अब सारा जीवन काट्नु छ
तिमीलाई अब मेरो जिन्दगीमा ल्याउनु छ ।” \\ 0101 //

क्षितिज भन्छ– “तिमी हरढुकढुकी हौ , म प्यासीको पानी
तिमी मनको मीत हौ , ढल्न लाग्यो जवानी ।” \\ 0102 //

क्षितिज भन्छ– “तिमीलाई सिँगार्न म जे पनि गर्न सक्छु
आकाशको तारा टिपी सजाउन सक्छु ।” \\ 0103 //

क्षितिज भन्छ– “तिमीलाई भेट्न भनी खोज्दाखोज्दै थाकिसकेँ
तैपनि तिमीलाई मैले आफ्नो दिलभित्र राखिसकेँ ।” \\ 0104 //

क्षितिज भन्छ– “तिमीसँग बिताएका पलहरु याद आउँछ
तिमी त्यसै रिसाउँछ्यौै कि भत्रे डर लाग्छ ।” \\ 0105 //

क्षितिज भन्छ– “तिमीलाई देखेपछि सबै जना फिक्का भयो
अब मेरो ज्यान तिम्रै निम्ति अर्पण भयो ।” \\ 0106 //

क्षितिज भन्छ– “तिमी मेरो जीवन हौ, तिमीसितै जिउन देऊ मलाई
जिन्दगीको बहारको आशाको दीप बाल्न देऊ मलाई ।” \\ 0107 //

क्षितिज भन्छ– “मन मेरो मान्दैन, तन मेरो मान्दैन
तिमीलाई नभेटी प्यास मेरो मेटिँदैन ।” \\ 0108 //

क्षितिज भन्छ– “दिल मेरो चुरायौ तिमीले यो जोवनमा
घायल बनायौ मलाई यो यौवनमा ।” \\ 0109 //

क्षितिज भन्छ– “मलाई तिमी धेरै राम्रो लाग्दछ
सारा सृष्टि तिमीलाई हेर्न आकाशमा झुल्कन्छ ।” \\ 0110 //

क्षितिज भन्छ– “तिम्रो रुपको वर्णन गर्ने शब्द कहिल्यै मर्दैन
तिमीलाई आफ्नो बनाउनेछु , साथ छोड्नेछैन ।” \\ 0111 //

क्षितिज भन्छ– “सारा संसार मैले तिमीमा नै पाएको छु
तिमीलाई आफ्नो जीवनसाथी बनाएको छु ।” \\ 0112 //

क्षितिज भन्छ– “तिम्रो चेहरामा मेरो आँखा रमाउँछ
तिमी सामु आउँदा दिल मेरो घबराउँछ ।” \\ 0113 //

क्षितिज भन्छ– “आइदेऊ मेरो बाँझो जिन्दगीमा तिमी
हराभरा पारिदेऊ अमर माया लगाई रमी–रमी ।” \\ 0114 //

क्षितिज भन्छ– “मेरो पीर–व्यथालाई तिमी भुलाइदेऊ
जिन्दगीभर साथ निभाउने बाचा अब गरिदेऊ ।” \\ 0115 //

क्षितिज भन्छ– “आँखामा तिमीलाई मैले राखेको छु
मनमनै तिमीलाई मैले आफ्नो बनाएको छु ।” \\ 0116 //

क्षितिज भन्छ– “धेरै भयो भेट नभएको तिमी कहाँ छ्यौ ?
मेरो दिलमा बास बस्न तिमी कहिले आउँछ्यौ ?” \\ 0117 //

क्षितिज भन्छ– “तिम्रो त्यो चुलबुल–चुलबुल गर्ने चाल
कहिल्यै नमेटिने मेरो त्यो भयो याद यस्तो छ मेरो हाल । \\ 0118 //

क्षितिज भन्छ– “तिमी मेरो निम्ति ईश्वरको उपहार भयो
जिन्दगी अब हामी दुई मिली बिताउनु पर्यो ।” \\ 0119 //

क्षितिज सपना देख्छ चन्दाकै हरदम
बहारको आश गर्दछ प्रकृतिमा हरमौसम । \\ 0120 //

चन्दाबिना जीवन जिउन क्षितिजलाई धेरै गाह्रो भयोे
सिमलको भुवा पनि क्षितिजलाई आज सारै साह्रो भयो । \\ 0121 //

क्षितिज भन्छ– “कोइलीको झैँ तिम्रो स्वर मलाई मीठो लाग्छ
जिन्दगीको हरदुःख भुलुँ–भुलुँ लाग्छ ।” \\ 0122 //

क्षितिज भन्छ– “अँध्यारो भो मेरो जीवन दिव्य प्रकाश छरिदेऊ
हे चन्दा ! मलाई तिमी प्रेम गरी अमिट छाप छोडिदेऊ ।” \\ 0123 //

क्षितिज भन्छ– “पागल बनायौ तिमीले तिम्रो आँखाको नशामा मदहोश छु म
प्रीति लुकायौ तिमीले अहिलेसम्म तिम्रो प्रतीक्षामा बसिरहेको छु म ।” \\ 0124 //

चन्दालाई काँडा बिझ्यो भने क्षितिजलाई घाउ हुन्छ
चन्दालाई दुःख भयो भने पीडा क्षितिजलाई हुन्छ । \\ 0125 //

त्यसैले चन्दा र क्षितिज माया–प्रीति गाँसून्
दुःख र दर्द भुलेर आनन्दित भै रमाऊन् । \\ 0126 //

क्षितिज भन्छ– “तिमी कहाँ छ्यौ तिमीलाई म भुल्न सक्दिनँ
तिम्रो अनुपस्थितिमा रमाउन म सक्दिनँ ।” \\ 0127 //

क्षितिज भन्छ– “तिमी जहाँ गए पनि छाया बनी आउनेछु
तिमीलाई पछ्याई–पछ्याई दिलको कुरा भन्नेछु ।” \\ 0128 //

क्षितिज भन्छ– “तर तिमीलाई अझै म खोज्दैछु
यति ठूलो संसारमा तिमीलाई नै रोज्दैछु ।” \\ 0129 //

क्षितिज भन्छ– “तिमीलाई जसरी भए पनि म आफ्नो बनाउनेछु
जिन्दगीको हरसुख तिमीलाई नै दिनेछु ।” \\ 0130 //

क्षितिज भन्छ– “तिम्रो नाम छ छातीमा, म कसरी भुल्न सक्दछु
तिम्रो गीत छ ढुकढुकीमा म गाइरहन्छु ।” \\ 0131 //

क्षितिज भन्छ– “तिमी नै हौ एउटै जून यति ठूलो संसारको
तिमी गर गुण मलाई सधैँभरिको ।” \\ 0132 //

क्षितिज भन्छ– “तिमीसँग जुनी बिताउने रहर बढ्न थाल्यो
जिन्दगीको हरसुखमा तिमीसितै रमाउन मन लाग्यो ।” \\ 0133 //

क्षितिज भन्छ– “तिमी मेरो आकांक्षा हौ हरइच्छा पुर्याउने
तिमी दिलको भावना हौ मोहित तुल्याउने ।” \\ 0134 //

क्षितिज भन्छ– “मेरो एउटा सानो घर छ तिमीलाई बास बसाउने
त्यहीँ हामी मिलीजुली रंगीन संसार बनाउने ।” \\ 0135 //

क्षितिज भन्छ– “मेरो आज के भूल भयो, त्यो मलाई थाहा छैन
जिन्दगीमा अझैसम्म मैले तिमीलाई पाइन ।” \\ 0136 //

क्षितिज भन्छ– “आइदेऊ प्रिय तिमी मेरो एक्लो जीवनमा
मलाई तिम्रो याद आउँछ सधैँ एकान्तमा ।” \\ 0137 //

क्षितिज भन्छ– “चिठी लेख तिमी चिठी लेख मलाई
दिलको कुरा लेख तिमी मसंग नडराई ।” \\ 0138 //

क्षितिज भन्छ– “तिमी भन्न सक्दिनौ भने मनको कुरा खोल
चिठीमा धक नमानीकन गुनासो सबै पोख ।” \\ 0139 //

क्षितिज भन्छ– “चिठी नै प्यारो लाग्छ तिमी चिठी लेख
मेरो चोखो प्रेमलाई तराजुमा जोख ।” \\ 0140 //

क्षितिज भन्छ– “एउटा सानो कुरा पनि तिमी नछोड
रुढिवादी रीतिलाई कम्मर कसेर तोड ।” \\ 0141 //

क्षितिज भन्छ– “तिम्रो हरप्रयासमा म साथ दिनेछु
तिमीले एक पाइला बढाए अर्को पाइला म बढाउनेछु ।” \\ 0142 //

क्षितिज भन्छ– “यसरी नै हामी दुई अघि बढ्नु छ
हाम्रो हरइच्छालाई पूरा गर्नु छ ।” \\ 0143 //

क्षितिज भन्छ– “त्यसैले तिमी आफ्नो कलमलाई चलाऊ
आफ्नो सारा लक्ष्यलाई सादा कागजमा बताऊ ।” \\ 0144 //

क्षितिज भन्छ– “तिम्रो हरकुरा मलाई मञ्जूर छ
त्यसमा तिमी कुनै चिन्ता नलिए हुन्छ , यही मेरो दस्तूर छ ।” \\ 0145 //

क्षितिज भन्छ– “आकाशझैँ असीमित चाहना छ मेरो तिमीमा
तिमी आयौ भने त्यो पूरा हुन्छ आइदेऊ मेरो जीवनमा ।” \\ 0146 //

क्षितिज भन्छ– “यदि मलाई स्वर्ग मिले पनि स्वर्गको बदला तिमीलाई नै रोज्छु
अरु कसैलाई सोच्नेछैन तिमीलाई नै सोच्छु ।” \\ 0147 //

क्षितिज भन्छ– “तिमी मेरो जीवन हौ तिमी जिन्दगानी
तिमी मेरो तिर्सना हौ म प्यासीको पानी ।” \\ 0148 //

क्षितिज भन्छ– “सबै–सबैको माझ पनि तिमी मात्रै सम्झियो
तिमी मेरो दिलमा आजसम्म साथ रहियो ।” \\ 0149 //

क्षितिज भन्छ– “झस्किएर बिउँझिंएँ म तिमीलाई सपनीमा खोजेर
जिन्दगी बिताउनु छ अब तिमीलाई बिपनीमा रोजेर ।” \\ 0150 //

क्षितिज भन्छ– “मेरो आँखा रसाएको छ , आँखाभरि तिमी नै तिमी छाएको छ
तिम्रो प्रेमको नशामा म त लट्ठिएको छु , यस्तो समय आएको छ ।” \\ 0151 //

क्षितिज भन्छ– “चन्द्रमोहिनी तिम्रो रुप कहिले तिमी देखाउँछ्यौ ?
मेरो निर्जन जीवनमा कहिले तिमी आउँछ्यौ ?” \\ 0152 //

क्षितिज भन्छ– “तिमी आएर मेरो एक्लोपन हटाइदेऊ
मेरो उजाड जीवनमा बहार तिमी ल्याइदेऊ ।” \\ 0153 //

क्षितिज भन्छ– “तिमीबिना अन्योल जीवन बाँचिरहेको छु म
तिमीलाई मेरो आत्मामा साँचिरहेको छु म ।” \\ 0154 //

क्षितिज भन्छ– “एक बचन भए पनि अब तिमी बोल
आफ्नो मनको कुरालाई अब तिमी खोल ।” \\ 0155 //

क्षितिज भन्छ– “मैले आफ्नो कुरा तिमीलाई भनिसकेँ
तिमीलाई दिलको महलमा बास बसाइसकेँ ।” \\ 0156 //

क्षितिज भन्छ– “अब तिमीबाट पनि यही आशा गर्दछु
यसैमा हाम्रो भलाइ छ यही म भन्दछु ।” \\ 0157 //

क्षितिज भन्छ– “भोलिको के भर छ र भोलिको भरोसा नगर
हामीले आज जिउनु छ वर्तमानमा विश्वास गर ।” \\ 0158 //

क्षितिज भन्छ– “त्यसैले हे चन्दा ! मनको कुरा आजै खोलिहाल
दिलकोे कुरा निकालेर सुटुक्क भनिहाल ।” \\ 0159 //

क्षितिज भन्छ– “यसरी तिमी पनि अन्योलमा रहनेछैनौ
के गरुँ, कसो गरुँ, तिमी भन्नेछैनौ ।” \\ 0160 //

क्षितिज भन्छ– “तिम्रो यस्तै प्रतिक्रियालाई मैले पर्खेको छु
मनको कुरा मनमै मात्र नराख भनेको छु ।” \\ 0161 //

क्षितिज भन्छ– “तिम्रो हरजवाफ मलाई मञ्जूर छ
तिम्रो इच्छालाई पनि मैले बुझ्नु छ ।” \\ 0162 //

क्षितिज भन्छ– “तिम्रो स्पष्ट कुराको म अपेक्षा गर्दछु
त्यसैबाट गलतफहमी म हटाउन सक्दछु ।” \\ 0163 //

क्षितिज भन्छ– “प्रेम अमर छ , दुनियाँमा प्रेम कहिल्यै मर्दैन
त्यसरी नै हाम्रो प्रीत गाँसौं जसरी आत्मा मर्दैन ।” \\ 0164 //

क्षितिज भन्छ– “तिमी गन्तव्य हौ, म बाटो हुँ एक दिन तिमीलाई पाउनेछु
एक जन्म मात्र होइन, जनम–जनममा तिमीलाई पाउनेछु ।” \\ 0165 //

क्षितिज भन्छ– “प्रेम जिन्दगी, प्रेम खुशी हो, प्रेममा गल्ती नगरौं
प्रेम फूल हो, फक्रेर बास्ना फैलाउँछ , प्रेममै जिऔ ।” \\ 0166 //

क्षितिज भन्छ– “खाली हात जन्मेका हामी खाली हातै संसार छोड्नुपर्छ
त्यसैले हाम्रो हरइच्छा प्रेमबाटै पूरा गर्नुपर्छ ।” \\ 0167 //

क्षितिज भन्छ– “प्रेमको अर्थ बुझ तिमी प्रेममै छ सुख
प्रेमै–प्रेमको संसारमा भुलिन्छ सारा दुःख ।” \\ 0168 //

क्षितिज भन्छ– “प्रेममै बलियो नाता गाँसौं हामी प्रेम कहिल्यै नटुटाऔं
यसरी नै प्रेमैप्रेममा हामी दुई जिऔं ।” \\ 0169 //

क्षितिज भन्छ– “प्रेममै परीक्षा हुन्छ , प्रेममै सफल हुनुपर्छ हामीले
कहिलेकाहीँ आउने बाधा–अड्चन प्रेमबाटै पन्छाउनुपर्छ हामीले ।” \\ 0170 //

क्षितिज भन्छ– “प्रेममै असीमित चाहनाहरु आउँछन् , त्यसलाई प्रेमले पूरा गर्नुपर्छ
रिस–राग बिर्साउन अब प्रेमकै कुरा गर्नुपर्छ ।” \\ 0171 //

क्षितिज भन्छ– “आसपास जताततै चारैतिर तिमी नै तिमी छाएकी छ्यौ
त्यसैले तिमी हरेक व्यक्तिको चाहना भएकी छ्यौ ।” \\ 0172 //

क्षितिज भन्छ– “तिम्रो मुस्कानको गोलीमा मर्छन् आज सबै जना
पूर्णिमाको जूनझैँ मोहित पार्ने तिमी मात्रै एक जना ।” \\ 0173 //

क्षितिज भन्छ– “तिम्रो रुप लावण्यमा सबै छन् मोहित
ईश्वरले तिमीलाई बनाउन हेर्यो होला साइत ।” \\ 0174 //

क्षितिज भन्छ– “तिमीलाई त्यसै प्रशंसा गरेको होइन
तिमीलाई हेर्न मात्र पनि आज लागेको छ लाइन ।” \\ 0175 //

क्षितिज भन्छ– “तिमी सुन्दर देवी अनि तिमी सुन्दर परी
हरतरफबाट मादकता छ तिम्रो प्रत्येक अंगभरि ।” \\ 0176 //

क्षितिज भन्छ– “आज तिमीलाई पाउने भाग्यशाली को होला ?
उसलाई पनि तिम्रै निम्ति ईश्वरले पठाएको होला ।” \\ 0177 //

क्षितिज भन्छ– “सबैलाई तिम्रो गुण उत्तिकै राम्रो लाग्छ
सबैलाई तिमी चाहिन्छ , तिमी भए पुग्छ ।” \\ 0178 //

क्षितिज भन्छ– “मैले पनि तिमीलाई खुत्याउन सकेको छैन
त्यसै तिमीलाई झुक्याउन खोजेको होइन ।” \\ 0179 //

क्षितिज भन्छ– “धड्कनले तिमीलाई पुकारिरहेछ , सहारा मलाई देऊ
मैले आफ्नो कुरा राखेको छु आज तिम्रो छेउ ।” \\ 0180 //

क्षितिज भन्छ– “मेरो हालत साह्रै खराब छ , तिमी मलाई नसोध
तिमी धेरै नसोच, यही नै मेरो निचोड ।” \\ 0181 //

क्षितिज भन्छ– “प्रेम गरेर मलाई संसारको सारा खुशी देऊ
नअलमलीकन तिमीले योे कुरा बुझिदेऊ ।” \\ 0182 //

क्षितिज भन्छ– “अनि तिम्रो संगतमा म हुन्छु दंग
तिमीले गर अब मेरो दुःखलाई भंग ।” \\ 0183 //

क्षितिज भन्छ– “यसरी नै तिमी र म मायाको संसारमा रम्नुपर्छ
दुई दिनको जिन्दगीमा मोजमस्तीमा घुम्नुपर्छ ।” \\ 0184 //

क्षितिज भन्छ– “त्यसैले अब तिमी मेरो जीवनमा आइदेऊ
दुःख–पीडा सारा भुलाई खुशीको बहार ल्याइदेऊ ।” \\ 0185 //

क्षितिज भन्छ– “अनि हाम्रो सबै दिन राम्रैराम्रो हुनेछ
प्रफुल्लित भई मन पनि त्यसै–त्यसै रम्नेछ ।” \\ 0186 //

क्षितिज भन्छ– “त्यसैले तिमी साथ दिन्छु भनी बचन मलाई देऊ
कहिल्यै पनि नटुट्ने नाता गाँसिदेऊ ।” \\ 0187 //

क्षितिज भन्छ– “तिम्रो हरइशारामा पग्लेको छु म
सगरमाथाको उचाइभन्दा अग्लेको छु म ।” \\ 0188 //

क्षितिज भन्छ– “हरदम तिमीमै त मरेको छु म
आखिर तिम्रो कोही न कोही परेको छु म ।” \\ 0189 //

क्षितिज भन्छ– “जिन्दगीको अर्थ तिमीले बुझ्छ्यौ होला
केही न केही त तिमीलाई पनि सुझ्छ होला ।” \\ 0190 //

क्षितिज भन्छ– “कि जिन्दगीमा एउटा सहाराको जरुरत पर्दछ भनेर
कि तिमीलाई एक जनाले धेरै माया गर्दछ भनेर ।” \\ 0191 //

क्षितिज भन्छ– “त्यसैले ममा तिमी हराउन बाँकी छ
प्रेमैप्रेमलाई अघि सराउन बाँकी छ ।” \\ 0192 //

क्षितिज भन्छ– “उसैले सुख पाउँछ यहाँ जसले सबैसित प्रेम गर्न जानेको छ
त्यसैले प्रेमै सबै हो सबैले यही भनेको छ ।” \\ 0193 //

क्षितिज भन्छ– “मेरो दिलको हरठाउँमा तिमी नै तिमी हुनुपर्छ
तिमी मेरो म तिम्रो आजदेखि हुनुपर्छ ।” \\ 0194 //

क्षितिज भन्छ– “पिरतीको हरगीत गाउनु छ हामीले
प्यास मेरो बुझाउनुपर्छ तिमी रानीले ।” \\ 0195 //

क्षितिज भन्छ– “तिमीसिवाय अरु कोही छैन मेरो आफ्नो भन्ने
तिम्रो साथ पाएको होइन कति दिन मात्रै गन्ने ?” \\ 0196 //

क्षितिज भन्छ– “म मात्र त्यस्तो एक जो तिम्रै निम्ति बाँचेको छु
पिरतीका मीठा सबै गीतहरु तिम्रै निम्ति साँचेको छु ।” \\ 0197 //

क्षितिज भन्छ– “म भोकाएको पंक्षी हुँ , तिमी चारा देऊ
म बेसहारा हुँ , तिमी सहारा देऊ ।” \\ 0198 //

क्षितिज भन्छ– “अनन्तकालसम्म पनि हामीले माया गाँस्नुपर्छ
मायाप्रीति साटेर सदा हामी जिउनुपर्छ ।” \\ 0199 //

क्षितिज भन्छ– “म दिशाविहीन जिन्दगी जिइरहेको छु
अनि तिमीलाई नै पर्खिरहेको छु ।” \\ 0200 //

क्षितिज भन्छ– “तिमी आई मेरो जीवनमा एउटा दिशा देऊ
मेरो एक्लो जीवनको एकान्तपन हटाइदेऊ ।” \\ 0201 //

क्षितिज भन्छ– “पीडा लुकाएर बाँचेको छु म
तिम्रै निम्ति त भएको छु म ।” \\ 0202 //

क्षितिज भन्छ– “तिमीलाई प्रेयसी भनी बोलाएको छु मैले
म तिमीलाई आफ्नो बनाउँछु तिमी भन्छ्यौ जहिले ।” \\ 0203 //

क्षितिज भन्छ– “पहिलो नजरमा नै हाम्रो आँखा चार भयो
तिमी सामु भइदिँदा मेरो जिन्दगी सार भयो ।” \\ 0204 //

क्षितिज भन्छ– “पूर्णिमाको जूनझैँ तेजिलो छ तिम्रो मुहार
मेरो उजाड जिन्दगीमा तिमी ल्याइदेऊ बहार ।” \\ 0205 //

क्षितिज भन्छ– “तिम्रो हरचालमा म मोहित भएको छु
आज तिमीमै म समाहित भएको छु ।” \\ 0206 //

क्षितिज भन्छ– “कहिलेकाहीँ तिमी नदेख्दा नरमाइलो लाग्छ
जिन्दगानी जिउन पनि असजिलो लाग्छ ।” \\ 0207 //

क्षितिज भन्छ– “तिमी मेरो आत्मा हौ हृदयमा बास बस्ने
मेरो एउटै धोको छ तिमीसित माया गाँस्ने ।” \\ 0208 //

क्षितिज भन्छ– “प्रीति तिमी नलुकाऊ म पनि लुकाउनेछैन
तिमीलाई जिन्दगीमा कहिल्यै झुक्याउनेछैन ।” \\ 0209 //

क्षितिज भन्छ– “अमृतझैँ मीठो बोली तिमी बोलिदेऊ
पिरतीको ढोकालाई तिमी खोलिदेऊ ।” \\ 0210 //

क्षितिज भन्छ– “त्यहीँ हामी दुवै मिली सँगै बस्नुपर्छ
सँगै बाँच्ने सँगै मर्ने कसम पनि खानुपर्छ ।” \\ 0211 //

क्षितिज भन्छ– “तिम्रो गाजलु आँखामा म त मोहित भएँ
त्यसैले म तिमीमै समाहित भएँ ।” \\ 0212 //

क्षितिज भन्छ– “लाली ओठको मुस्कानमा म त मुग्ध भएँ
त्यसैले म तिमीमै लुप्त भएँ ।” \\ 0213 //

क्षितिज भन्छ– “मलाई राम्रो लाग्छ झरनाझैँ लामो तिम्रो कपाल
आज तिमीलाई देख्दा मेरो भयो बेहाल ।” \\ 0214 //

क्षितिज भन्छ– “पूर्णिमाको जूनझैँ तेजिलो तिम्रो मुहार
देख्दा लाग्छ तिमी मेरो जीवनको जुहार ।” \\ 0215 //

क्षितिज भन्छ– “तिम्रो हरअंगलाई कुँदेर बनाएझैँ लाग्छ
तिमी मलाई हरसमय अति प्यारोचैं लाग्छ ।” \\ 0216 //

क्षितिज भन्छ– “मस्की–मस्की हिँड्ने राम्रो तिम्रो चाल छ
त्यसमाथि संगीत गुञ्जने पाउजुको तिम्रो ताल छ ।” \\ 0217 //

क्षितिज भन्छ– “रातो टीका तिम्रो निधारमा टल्किएको छ
देख्दा लाग्छ तिम्रो सुन्दरता त्यहीँ झल्किएको छ ।” \\ 0218 //

क्षितिज भन्छ– “तिम्रो रुपरंगको कति वर्णन गरुँ
लाग्छ एक दिन तिमीलाई नै हरुँ ।” \\ 0219 //

क्षितिज भन्छ– “बिहानीको झुल्के घामसरि तिमी आइदेऊ
मेरो अन्धकार जीवनमा प्रकाश ल्याइदेऊ ।” \\ 0220 //

क्षितिज भन्छ– “अनि हामी दुःख–सुख गरी जीवन गुजारौंला
बाधा–अड्चन आए दुवै मिली पन्छाऔंला ।” \\ 0221 //

क्षितिज भन्छ– “तिमी आए यो जीवन पनि बदलिन्छ
भर्खरै पलाएको माया दुबोसरि फैलिन्छ ।” \\ 0222 //

क्षितिज भन्छ– “यसरी माया नै मायामा हामी जिउनु छ
दुनियाँँलाई मायाको शक्ति देखाउनु छ ।” \\ 0223 //

क्षितिज भन्छ– “तिमी नभए यो जिन्दगी उजाड मरुभूमि हुनेछ
यो प्यासी जिन्दगी छटपटाहट भै बिनापानी हुनेछ ।” \\ 0224 //

क्षितिज भन्छ– “त्यसैले तिमी आई मेरो तिर्सना मेटाइदेऊ
जिन्दगीमा बहार ल्याई उजाडपन हटाइदेऊ ।” \\ 0225 //

क्षितिज भन्छ– “तिमी नै त्यो एक हौ मैले चाहेको
मेरो जिन्दगीसँग तिमी राम्रोसँग मिलेको ।” \\ 0226 //

क्षितिज भन्छ– “तिमी टाढा नभई नजिक अब आइदेऊ
मेरो जिन्दगीमा तिमी नै तिमी छाइदेऊ ।” \\ 0227 //

क्षितिज भन्छ– “तिमी आफ्नो कुरा मनमै मात्र राख्छ्यौ
मनमा लागेको कुरालाई मुखबाट कहिले खोल्छ्यौ ? \\ 0228 //

क्षितिज भन्छ– “मनमा जागेको आशलाई तिमी मारिरहन्छ्यौ
भित्र आँसु पिए पनि बाहिर हाँसिरहन्छ्यौ ।” \\ 0229 //

क्षितिज भन्छ– “तिमीलाई चोट लागे पीडा मलाई हुन्छ
तिमीलाई दुःख भए मेरो मन झनै रुन्छ ।” \\ 0230 //

क्षितिज भन्छ– “शायद लजालु स्वभाव त्यो तिम्रो गहना हो
मन बहलाउने त्यो तिम्रो शायद बहाना हो ।” \\ 0231 //

क्षितिज भन्छ– “आँखैआँखाले तिमीले इशारा गरेजस्तो लाग्छ
थाहा छैन कसोगरी मेरो खुल्दुली जाग्छ ।” \\ 0232 //

क्षितिज भन्छ– “आइ लभ् यु भनी दिलको कुरा खोलिदेऊ
हामी दुईको जीवनको शुभारम्भ गरिदेऊ ।” \\ 0233 //

क्षितिज भन्छ– “यसरी हामी दुईको दूरी पनि घट्नेछ
अनि जिन्दगीको हरबाधाहरु हट्नेछ ।” \\ 0234 //

क्षितिज भन्छ– “त्यसैले मेरो जिन्दगीबाट तिमी कतै नजाऊ
मलाई तिमी सधैँ आफ्नो भनिदेऊ ।” \\ 0235 //

क्षितिज भन्छ– “तिमी मेरो एक्लो जीवनमा अब आइदेऊ
यो प्यासीको तिर्सनालाई तिमी मेटाइदेऊ ।” \\ 0236 //

क्षितिज भन्छ– “भुलिदिए तिमीले मलाई बाँच्नलाई गाह्रो हुन्छ
सम्झिदिए तिमीले मलाई साथ हाम्रो दह्रो हुन्छ ।” \\ 0237 //

क्षितिज भन्छ– “तिमीलाई धेरै चाहन्छु , त्यसको कुनै सीमा छैन
तिमी जति राम्री अरु यो संसारमा छैन ।” \\ 0238 //

क्षितिज भन्छ– “तिमी मेरो धड्कन हौ, हरढुकढुकीमा बास बस्ने
लक्ष्य मेरो छ तिमीसित लगनगाँठो कस्ने ।” \\ 0239 //

क्षितिज भन्छ– “तिमीले साथ नदिए मैले गाएको गीत अधूरो हुन्छ
तिम्रो अनुपस्थितिमा मेरो हरकाम अपूरो हुन्छ ।” \\ 0240 //

क्षितिज भन्छ– “तिमी मनको कुरा भन, म पूरा गरिदिन्छु
सधैँ साथ रहने भए तिम्रो निम्ति मरिदिन्छु ।” \\ 0241 //

क्षितिज भन्छ– “मलाई लागेको कुरा सबै तिमीलाई भनिसकेँ
प्रतीक्षाका दिनहरु धेरै गनिसकेँ ।” \\ 0242 //

क्षितिज भन्छ– “तिमी आएर मेरा हरचाहना पूरा गर्न सक्छ्यौ
मेरो अँध्यारो आकाशलाई उज्यालो पार्न सक्छ्यौ ।” \\ 0243 //

क्षितिज भन्छ– “मेरो धड्कनले तिम्रो धड्कनलाई सुनिरहेछ
मेरो आँखाले पनि तिमीलाई नै चुनिरहेछ ।” \\ 0244 //

क्षितिज भन्छ– “शायद यही नै होला प्रीत बस्नु भनेको
अनि दिलसित दिल मिल्नु भनेको ।” \\ 0245 //

क्षितिज भन्छ– “हाम्रो प्रेमको शुरुआत त्यहीँबाट भएको थियो
जहाँबाट तिम्रो नजरको हेराइको शुरुआत भएको थियो ।” \\ 0246 //

क्षितिजलाई चन्दाको मृगनयनी आँखा र गोरो मुहारको झलझली याद आउँछ
जता गए पनि चन्दाकै सम्झनाले सताउँछ । \\ 0247 //

क्षितिज भन्छ– “त्यसैले मेरो जिन्दगीमा सधैँको लागि आइदेऊ
सधैँभरि साथ रहन चोखो माया लाइदेऊ ।” \\ 0248 //

क्षितिज भन्छ– “त्यसपछि मेरो जिन्दगीमा खुशीको बहार आउँछ
कहिल्यै नटुङ्गिने मिलनको लहर आउँछ ।” \\ 0249 //

एकपल चन्दालाई नदेख्दा क्षितिजको आँखा त्यसै बर्सन्छ
विछोड हुने हो कि भनेर मन त्यसै तर्सन्छ । \\ 0250 //

क्षितिज भन्छ– “तिमी मबाट अब टाढा नगइदेऊ
कहिल्यै नमेटिने माया तिमी लाइदेऊ ।” \\ 0251 //

क्षितिज भन्छ– “बर्सौंदेखि तिम्रो मायाको प्रतीक्षामा बसेको छु
आवाज तिमीले दियौ त्यसैले म आएको छु ।” \\ 0252 //

क्षितिज भन्छ– “यत्तिका दिनसम्म तिमीलाई मेरो किन याद आएन ?
मायाप्रेमको चाहना किन तिमीलाई भएन ?” \\ 0253 //

क्षितिज भन्छ– “हाम्रो प्रेम गर्ने उमेर यही होे, तिमीले जसलाई सोधे पनि हुन्छ
अब तिमी मेरो म तिम्रो बने पनि हुन्छ ।” \\ 0254 //

क्षितिज भन्छ– “आऊ अब कहिल्यै नछुट्टिने बाचा गरौं हामी
एउटा नौलो जीवनको शुरुआत गरौं हामी ।” \\ 0255 //

क्षितिज भन्छ– “तिम्रो आँखा मलाई मन पर्छ
तिम्रो बोली मलाई मन पर्छ ।” \\ 0256 //

क्षितिज भन्छ– “तिम्रो रुप मलाई मन पर्छ
तिम्रो हरकुरा मलाई मन पर्छ ।” \\ 0257 //

क्षितिज भन्छ– “तिमी हाँसिरहू, तिमी गाइरहू
तिम्रो दुःख सबै सधैँ मलाई दिइरहू ।” \\ 0258 //

क्षितिज भन्छ– “तिमी नभै मेरो मुटु धड्किंदैन
तिमी भए मलाई अरु कोही चाहिँदैन ।” \\ 0259 //

क्षितिज भन्छ– “तिम्रो–मेरो सम्बन्ध एक जन्मको मात्र हैन
तिमीबाहेक मेरो साथ दिने अरु कोही छैन ।” \\ 0260 //

चन्दालाई कसैले हेरेमा क्षितिज रिसाइदिन्छ
चन्दाको निम्ति क्षितिज जोसँग पनि लडिदिन्छ । \\ 0261 //

क्षितिज भन्छ– “म तिमीसितै हाँस्छु , म तिमीसितै रुन्छु
म तिमीसितै बाँच्छु , म तिमीसितै मर्छु ।” \\ 0262 //

क्षितिज भन्छ– “त्यसैले दुनियाँको वास्ता नगरी तिमी मेरो, म तिम्रो बनौं
हरघडी हरपल यसै गरी साथ रहौं ।” \\ 0263 //

क्षितिज भन्छ– “हे स्वप्नसुन्दरी ! मेरो जिन्दगीमा कहिले आउँछ्यौ ?
मेरो अभिलाषालाई कहिले पूरा गर्छयौ ।” \\ 0264 //

क्षितिज भन्छ– “तिमीलाई पाउने आशामा जताततै खोजिरहेछु
हरघडी हरपल तिमीलाई नै सोचिरहेछु ।” \\ 0265 //

क्षितिज भन्छ– “तिम्रै सम्झनामा तस्वीर तिम्रो बनाएको छु
यही एक मात्र सहारामा अहिले जिइरहेको छु ।” \\ 0266 //

क्षितिज भन्छ– “बिपनीमा पनि सपनीजस्तै मीठा क्षण बिताउन पाए हुन्थ्यो
मेरो गुम्सिएको मनको सारा इच्छा पूरा गर्न पाए हुन्थ्यो ।” \\ 0267 //

फुर्सदमा चन्दालाई बनाएर भगवान्ले क्षितिजको निम्ति ल्याएजस्तो छ
तर चन्दाको झलक देख्न नपाउँदा क्षितिजको हालत पागलको जस्तो छ । \\ 0268 //

क्षितिज भन्छ– “सपनीमा खाएका बाचा–कसम कहिले पूरा गर्छयौ ?
मेरो जीवनमा आई मेरो आफ्नो कहिले बन्छ्यौ ?” \\ 0269 //

क्षितिज भन्छ– “एक झलक देखाएर तिमीले मेरो दिल चोर्यौ
कहिल्यै नभुल्ने गरी अमिट छाप छोड्यौ ।” \\ 0270 //

क्षितिज भन्छ– “तिमीजस्ती राम्री सुन्दरी मैले देखेको छैन
आजसम्म तिम्रो चेहरा मैले भुलेको छैन ।” \\ 0271 //

क्षितिज भन्छ– “हे स्वर्गकी परी ! तिमी कहिले मलाई दर्शन दिन्छ्यौ ?
मेरो घरलाई तिमी कहिले पवित्र पार्छयौ ?” \\ 0272 //

क्षितिज भन्छ– “तिमीलाई खोज्न म कता–कता गइसकेँ
पाखा–पर्वत, वन–पाखा सबैतिर धाइसकेँ ।” \\ 0273 //

क्षितिज भन्छ– “मेरो सबै तिर्सना नै तिमी भएकी छ्यौै
मेरो निंद पनि तिमीले चोरेर लगिछ्यौ ।” \\ 0274 //

क्षितिज भन्छ– “तिमी मेरो जिन्दगीमा कहिले आउँछ्यौ ?
हाम्रो मिलन गरेर कहिले खुशीयाली ल्याउँछ्यौ ?” \\ 0275 //

क्षितिज भन्छ– “कहिले तिमी मसक्क मस्किन्छ्यौ
कहिले तिमी ठसक्क ठस्किन्छ्यौ ।” \\ 0276 //

क्षितिज भन्छ– “तिम्रो महिमा अपरम्पार छ
स्वाभाविक अभिनयमा पनि प्रकार छ ।” \\ 0277 //

क्षितिज भन्छ– “जतिसुकै अवतार देखाऊ तिमी
नखरा बढी गर्दा तिमीमा झल्किन्छ कमी ।” \\ 0278 //

क्षितिज भन्छ– “जस्तो चिनी बढी खायो भने तीतो हुन्छ
त्यस्तै तिम्रो चर्तिकला मेरो निम्ति फुस्रो बन्छ ।” \\ 0279 //

क्षितिज भन्छ– “हदको सीमारेखा पनि पार गर्यौ अहिले
सम्हालिन नपाई हन्डर खानुपर्ला तिमीले ।” \\ 0280 //

क्षितिज भन्छ– “त्यसैले तिमीलाई सावधान गर्छु अबलाई
कदर गरी बुझ तिमी अब मलाई ।” \\ 0281 //

क्षितिज भन्छ– “ए मोरी नक्कली आँखा दुवै गाजली
क्रिम–पाउडर दल्दा लाग्छ सुन्दर पुतली ।” \\ 0282 //

क्षितिज भन्छ– “मलाई घरी–घरी चियाई तिमी हेर्छयौ
सिनेमाको हिरोइनले झैँ लुगा तिमी फेर्छ्यौ ।” \\ 0283 //

क्षितिज भन्छ– “सधैँभरि अचम्म लाग्नेछ तिम्रो चर्तिकला
तिमी अब भाउ नखोज अबको यो बेला ।” \\ 0284 //

क्षितिज भन्छ– “तिमीलाई पनि जीवनसाथी अवश्य चाहिन्छ होला
एक दिन तिमी बेहुली बन, म बन्छु बेहुला ।” \\ 0285 //

क्षितिज भन्छ– “बैंसमा जस्को पनि पछि लाग्ने धेरै हुन्छ
तर मजस्तो सर्वत्र छाउने भलाद्मी दुनियाँमा थोरै हुन्छ ।” \\ 0286 //

क्षितिज भन्छ– “मलाई पारख गरी तिमी हेर्न सक्छ्यौ
हरेक कोणबाट मलाई जाँच्न सक्छ्यौ ।” \\ 0287 //

क्षितिज भन्छ– “तिमीलाई यदि भविष्यको चिन्ता छ भने
दुःखसुखमा साथ दिने मलाई नै माने ।” \\ 0288 //

क्षितिज भन्छ– “तिमीलाई देखेर मेरो मन रम्न लाग्यो
अन्धकार संसारमा आशाको किरण पलाउन थाल्यो ।” \\ 0289 //

क्षितिज भन्छ– “अब तिमीलाई भेटी मनको कुरा खोल्नु छ
तिम्रो हरइच्छा–आकांक्षालाई पनि मैले बुझ्नु छ ।” \\ 0290 //

क्षितिज भन्छ– “तिमीलाई नपाउँदा मलाई छ अझै दुःख
तिमीलाई भेट्दाखेरि भोगेजस्तो लाग्छ संसारको सारा–सारा सुख ।” \\ 0291 //

क्षितिज भन्छ– “याद तिम्रो मलाई आज धेरै आउन लाग्यो
तिमी एकबाहेक अरु सबै पराइ लाग्न थाल्यो ।” \\ 0292 //

क्षितिज भन्छ– “तिम्रो–मेरो मिलनको शुभ घडी कहिले आउने हो ?
मेरो जिन्दगीमा कहिले बहार छाउने हो ?” \\ 0293 //

क्षितिज भन्छ– “मेरो धैर्यताको बाँध फुट्न लाग्यो
तिमीलाई आजको दिनमा आइ लभ् यु भन्न मन लाग्यो ।” \\ 0294 //

क्षितिज भन्छ– “तड्पिएको छ दिल मेरो तिमीबिना मन मान्दैन
मलाई जिन्दगीमा तिमीबिना अरु कोेही चाहिँदैन ।” \\ 0295 //

क्षितिज भन्छ– “चन्दा नै चन्दा छाएको छ मेरो दिल पागल भएको छ
मेरो हरेक रोगको औषधि चन्दा नै भएको छ ।” \\ 0296 //

क्षितिज भन्छ– “मैले यत्ति धेरै तिमीलाई प्रेम गर्छु , त्यसको कुनै सीमा छैन
तिमीले मलाई आफ्नोे ठाने हुन्छ , तिम्रो बैरी हैन ।” \\ 0297 //

क्षितिज भन्छ– “चन्दा नहुँदा मेरो जिन्दगी अधूरो , अपूरो लाग्छ
चन्दा साथ भए सबै कुरा पाएजस्तो लाग्छ ।” \\ 0298 //

क्षितिज भन्छ– “शायद तिम्रो निम्ति मरिहत्ते गर्ने धेरै छन् होला
तर मजस्तो निःस्वार्थ प्रेमी क्षितिज एकै मात्र होला ।” \\ 0299 //

क्षितिज भन्छ– “भगवान्को साक्षी राखी तिमी मलाई अंगालिदेऊ
तिमी मलाई मैले गरेजस्तै माया गरिदेऊ ।” \\ 0300 //

क्षितिज भन्छ– “तिमी जहाँ जाऊ, म त्यहाँ आउँछु
छाया बनी साथ आई तिमीलाई पछ्याउँछु ।” \\ 0301 //

क्षितिज भन्छ– “तर पनि किन तिमी मदेखि भाग्न खोज्छ्यौ ?
मेरो बारेमा मलाई नसोधी सिद्धान्तलाई किन सोध्छ्यौ ?” \\ 0302 //

क्षितिज भन्छ– “लुकी–लुकी मलाई तिमी हेर्छयौ भन्ने थाहा पाएँ
अझैपनि तिमीलाई पाऊँ भनी मन्दिरहरु धाएँ ।” \\ 0303 //

क्षितिज भन्छ– “भित्रभित्रै मन परे पनि किन तर्की हिँड्छ्यौ ?
सिद्धान्तसँग मेरो बारे सोधेर तिमीले के पाउँछ्यौ ?” \\ 0304 //

क्षितिज भन्छ– “यत्ति धेरै तिमी नखरा मलाई नदेखाऊ
मसँग तिमी कुनै कुरामा नडराऊ ।” \\ 0305 //

क्षितिज भन्छ– “तिम्रो मनमा खुल्दुली भए मलाई सबै भन
तिमीले मलाई आइ लभ् यु भनी आफ्नो वर छान ।” \\ 0306 //

क्षितिज जसै चन्दा नपाई हुन्छ असफल र रोष,
एक महिनामा एक रात मात्रै सिद्धान्त पाई चन्दा हुन्छिन् मदहोस । \\ 0307 //

सूर्य भन्छ– “ तिमी कन्या कुमारी, म कुमार केटा
अब पर नजाऊ, अब आऊ यता ।” \\ 0308 //

यता सूर्य क्षितिजलाई तड्पाउन चन्दासमक्ष आउँछ
आफ्नो मनमा लागेको सारा कुरा चन्दालाई सुनाउँदै जान्छ । \\ 0309 //

सूर्य भन्छ– “मेरो दिलमा सधैँ रहनेछ्यौ तिमी
आऊ सँगै जिउने–मर्ने बाचा गरौं हामी ।” \\ 0310 //

सूर्य भन्छ– “यो उमेर नै यस्तै छ, त्यसमाथि प्रेम गर्ने मौसम छ
तिमी नभए मेरो जिन्दगी सबै–सबै खत्तम छ ।” \\ 0311 //

सूर्य भन्छ– “मेरो सपनाकी कल्पनाकी रानी चाँडै मेरो जीवनमा आऊ
मलाई साथ दिई मेरो जिन्दगीमा बहार ल्याइदेऊ ।” \\ 0312 //

सूर्य भन्छ– “तिम्रै छाया हुँ म, किन डराउँछ्यौ मदेखि ?
तिमी पनि खुशी बन मनको कुरा पोखी ।” \\ 0313 //

सूर्य भन्छ– “तिमीलाई पिरतीको नौलो देशमा लान्छु
अनि तिम्रो सबै कुरा म पूरा गरिदिन्छु ।” \\ 0314 //

सूर्य भन्छ– “रोज्न त रोजेँ तिमीलाई तिमी के भन्छ्यौ ?
म तिमीलाई माया गर्छु , तिमी के गछ्र्यौ ?” \\ 0315 //

सूर्य भन्छ– “हरेक पाइलामा तिम्रै अनुभूति पाएको छु
म त तिमीलाई नै आज पछ्याई हिँडेको छु ।” \\ 0316 //

सूर्य भन्छ– “तिम्रो सपना देख्ने मेरो काम भएको छ
तिमी नै मेरो मनको मीत भएको छ ।” \\ 0317 //

सूर्य भन्छ– “तिमी नभएर मेरो जिन्दगी भयो बेकार
मलाई अपनाएर मेरो जिन्दगी बनाऊ साकार ।” \\ 0318 //

सूर्य भन्छ– “प्रेम नै जीवन हो, त्यसैले मसँग प्रेम गर
मैले जति माया दिने संसारमा अरु को छ र ?” \\ 0319 //

सूर्य भन्छ– “धेरै नखरा नदेखाऊ, पछि पछुताउनु पर्ला
फूलझैँ सुवासिलो जोवन ओइलाएर जाला ।” \\ 0320 //

सूर्य भन्छ– “तिम्रै छ तस्वीर , हेर न तिमी मेरो आँखामा
आऊ न मिली गीत गाऔँ हामी पिरतीको भाकामा ।” \\ 0321 //

सूर्य भन्छ– “मलाई मात्र बोल्न लगाउँछ्यौ कि तिमी पनि बोल्छ्यौ ?
तिमी आफ्नो दिलको कुरा कहिले मसँग खोल्छ्यौ ।” \\ 0322 //

सूर्य भन्छ– “तिमी आफूलाई के–के न ठान्छ्यौ
किन यति मुख फुलाएर हिँड्छ्यौ ?” \\ 0323 //

सूर्य भन्छ– “किन कसैलाई मान्छे नै गन्दिनौ ?
हेर पछि मजस्तो सुन्दर युवक पाउँदिनौ ।” \\ 0324 //

सूर्य भन्छ– “रिसाउँदा आफ्नै शरीरलाई हानि हुन्छ
माथि पुग्न खोज्दा आफैं सानी हुन्छ ।” \\ 0325 //

सूर्य भन्छ– “जिन्दगीमा प्रेम नै हुन्छ सबैभन्दा उत्तम
नत्र होला तिम्रो जिन्दगी सबै खत्तम ।” \\ 0326 //

सूर्य भन्छ– “कसैसँग नलड तिमी यही मेरो सुझाव हरदम
नलडीकन हामी दुई गरौं अब घरजम ।” \\ 0327 //

सूर्य भन्छ– “जिन्दगीमा सबै कुरा पाउँछ त्यसले
सबैसँग प्रेम गर्छ जसले ।” \\ 0328 //

सूर्य भन्छ– “मेरो कृति रचना तिमीबिना भयो अधूरो
हुलैहुलको बीचमा पनि म भएँ अपूरो ।” \\ 0329 //

सूर्य भन्छ– “हेर प्रिय तिमीबिना म भएको छु आधा
त्यसैले तिमी नजाऊ अब मबाट टाढा ।” \\ 0330 //

सूर्य भन्छ– “तिम्रो यादमा डुबिरहेको छु , कल्पेर तिमीलाई
पर्खिरहेछु तिमी नहुँदा जलेको मनलाई झनै जलाई ।” \\ 0331 //

सूर्य भन्छ– “कति परीक्षा लिन्छ्यौ अब भो नतड्पाऊ मलाई
मिल्नुमा छ हामी दुईको सुख–शान्ति अनि भलाइ ।” \\ 0332 //

सूर्य भन्छ– “मैले सबै भुल्न सक्छु पहिलो प्रेम भुल्न सक्दिनँ
तिमीबाहेक अरु कसैलाई प्रेमिकाको दृष्टिले हेरिनँ ।” \\ 0333 //

सूर्य भन्छ– “आऊ अब मलाई साथ देऊ कसैसित नडराई
यसै गरी शुरुआत गरौँ हामी प्रेमको नयाँ बसाइ ।” \\ 0334 //

सूर्य भन्छ– “के रोग लाग्यो मलाई मात्र उनी राम्रो लाग्छ
के भोक जाग्यो मलाई मात्र उनको प्यास लाग्छ ।” \\ 0335 //

सूर्य भन्छ– “उनको हरेक चाल मलाई राम्रो लाग्छ
उनको हरेक ताल मलाई राम्रो लाग्छ ।” \\ 0336 //

सूर्य भन्छ– “उनले विष दिए अमृत मानी पिई दिनेछु
उनी कसैकी भए उनीलाई छिनी आफ्नो बनाउनेछु ।” \\ 0337 //

सूर्य भन्छ– “उनको निम्ति एक्लो र पागल बनेको छु म
उनलाई आफ्नो बनाउन हजारौं कसम खान्छु म ।” \\ 0338 //

सूर्य भन्छ– “उनीबिनाको जीवन जीवन होइन मृत्यु हो
उनको साथ मृत्यु पाए मेरो निम्ति चिरायु हो ।” \\ 0339 //

सूर्य भन्छ– “अब भगवान् आएर पनि हामीलाई छुटाउन सक्दैन
मेरो भित्री हृदयबाट आएको पुकारलाई टुटाउन सक्दैन ।” \\ 0340 //

सूर्य भन्छ– “उनको पनि त दिल छ , एक दिन अवश्य पग्लनेछ
उनले मलाई आइ लभ् यु भन्नेछिन् , मेरो धोको पूरा हुनेछ ।” \\ 0341 //

सूर्य भन्छ– “मलाई तिमी नभुल, मदेखि टाढा नजाऊ मायालु
मेरो प्रेमलाई स्वीकारिदेऊ सदा ए लजालु ।” \\ 0342 //

सूर्य भन्छ– “दोधारमा प्रेमलाई त्यसै तिमी नछोड
बाचा बाँधिसकेर यसलाई त्यसै नतोड ।” \\ 0343 //

सूर्य भन्छ– “हाम्रो प्रेमलाई हिफाजत गर यो छ एकदम नाजुक
मेरा आँखा रसाएर आएछ म त भएछु भावुक ।” \\ 0344 //

सूर्य भन्छ– “क्षितिजजस्तो प्रेम दिन्छु आऊ मेरो जीवनमा
खुशीयाली नै खुशीयाली दिई छाऊ मेरो तनमा ।” \\ 0345 //

सूर्य भन्छ– “यो दुनियाँमा सबै जना प्रेममै जिएका हुन्छन्
प्रेम गर्न नसक्नेहरु जीवनमा सधैँ रोएका हुन्छन् ।” \\ 0346 //

सूर्य भन्छ– “म त तिम्रो भैसकेँ तिमी मेरो बन
तिम्रो मायाको मूल फुटाई मलाई आइ लभ् यु भन ।” \\ 0347 //

सूर्य भन्छ– “तिमी टिपटप केटी, तिमी आधुनिक केटी
तिमी जवान केटी, तिमी सुन्दर केटी ।” \\ 0348 //

सूर्य भन्छ– “यो पनि दिल माग्ने , त्यो पनि दिल माग्ने
कोही अघि–अघि आउने , कोही पछि–पछि आउने ।” \\ 0349 //

सूर्य भन्छ– “कोही दायाँ–दायाँ आउने , कोही बायाँ–बायाँ आउने
सबै जना दिल माग्ने , जो पनि तिमीसँग दिल माग्ने ।” \\ 0350 //

सूर्य भन्छ– “कोही रगतको चिठी लेख्ने
कोही तिम्रो निम्ति ज्यान दिने ।” \\ 0351 //

सूर्य भन्छ– “कोही तिम्रो तस्वीर छातीमा राख्ने
कोही तिम्रो एक झलक हेर्न आतुर हुने ।” \\ 0352 //

सूर्य भन्छ– “तिमी सबैकी दिलकी रानी हौ
तिमी हरेक कोणबाट राम्री छ्यौ ।” \\ 0353 //

सूर्य भन्छ– “तिमी ब्रह्माण्ड सुन्दरीभन्दा धेरै राम्री छ्यौ
तिमीसँग बत्तीसभन्दा बढी लक्षण पाएँ तिमी मात्र एक हौ ।” \\ 0354 //

सूर्य भन्छ– “तिमी स्वर्गकी अप्सरालाई माथ गरी यस धर्तीमा आयौ
मलाई जीवनसाथी बनाई जीवनलाई अझै सुन्दर बनायौ ।” \\ 0355 //

सूर्य भन्छ– “तिमीजस्ती कोही छैन जो पनि फिक्का तिमीसँग
अब मिलिजुली हामी दुवै बनौँ सदा सर्वदा दंग ।” \\ 0356 //

सूर्य भन्छ– “किन तिमी मेरो प्रेमलाई गर्छ्यौ इन्कार
अब तिमी सुन मेरो दिलको पुकार ।” \\ 0357 //

सूर्य भन्छ– “मेरो प्रेमलाई गर तिमी अब स्वीकार
अनि हुन्छ हाम्रो जीवन सदा सदा साकार ।” \\ 0358 //

सूर्य भन्छ– “शायद तिमी खुलेर कुरा गर्न सर्मायौ
नारीको परम्परालाई खूबसँग निभायौ ।” \\ 0359 //

सूर्य भन्छ– “हरपल, हरघडी तिमीले मलाई सतायौ
तैपनि आँखैले मायाको कुरा सब बतायौ ।” \\ 0360 //

सूर्य भन्छ– “तिमीलाई सताउनेछु, जिन्दगी भर तिम्रो छाया बन्नेछु
नडराऊ तिमी धेरैभन्दा धैरै माया–पिरती गर्नेछु ।” \\ 0361 //

सूर्य भन्छ– “तिमी पनि अब प्रेमपथमा लम्क
जिन्दगी साकार बनाई सुनौलो ताराझैँ चम्क ।” \\ 0362 //

सूर्य भन्छ– “खोज्दै गएँ तिमीलाई दायैँ दायाँ
खोज्दै गएँ तिमीलाई बायैँ बायाँ ।” \\ 0363 //

सूर्य भन्छ– “आखिर बनिहालेँ मात्र तिम्रो छाया
नडराऊ तिमी यस्तो छ मेरो माया ।” \\ 0364 //

सूर्य भन्छ– “अब हामी चन्दा र सूर्यको आफ्नै दिन–रात हुनेछ
हाम्रो प्रेमको उचाइले आकाशलाई छुनेछ ।” \\ 0365 //

सूर्य भन्छ– “हाम्रो जोडी अत्यधिक सफल जोडी हुनेछ
पछि हामीलाई प्रेमकै प्रतिमूर्ति मानी सधैँ सबैले पूज्नेछ ।” \\ 0366 //

सूर्य भन्छ– “धर्ती र आकाश रहेसम्म तिमीलाई छोड्नेछैन
तिमीसँग गरेका बाचा–कसम कहिल्यै तोड्नेछैन ।” \\ 0367 //

सूर्य भन्छ– “तिमी र मबाहेक कोही छैन अब यो मान तिमी
अनि हामी बन्नुपर्छ सधैँ एक–अर्काका ऋणी ।” \\ 0368 //

सूर्य भन्छ– “यो गाउँकीले आज मेरो मन जितिलियो
चन्दा नाउँकीले मलाई घायल बनाइदियो ।” \\ 0369 //

सूर्य भन्छ– “अब मेरो बसमा केही छैन
उनलाई देखेदेखि मेरो चैन छैन ।” \\ 0370 //

सूर्य भन्छ– “म उनको प्रेमको बिरामी
म उनको पागल प्रेमी ।” \\ 0371 //

सूर्य भन्छ– “उनी जहाँ जान्छिन् अनेक बहाना बनाई त्यहीँ जान्छु
उनीलाई आफ्नो सर्वस्व नै मान्छु ।” \\ 0372 //

सूर्य भन्छ– “जसले जे भने पनि उनलाई प्रेम गरिरहन्छु
अरुको के वास्ता ? म उनीमै मरिरहन्छु ।” \\ 0373 //

सूर्य भन्छ– “उनीबिना मेरो जीवन निरर्थक छ हे भगवान् !
उनलाई चाँडै मेरो बनाई जीवन सार्थक बनाऊ हे दयावान् !” \\ 0374 //

सूर्य भन्छ– “बिस्तारै बिस्तारै तिम्रो–मेरो प्रेम भयो है
तिमी मात्रै जिन्दगीमा अति प्यारो लाग्यो है ।” \\ 0375 //

सूर्य भन्छ– “म तिमीबाहेक अरुलाई अपनाउनेछैन
दिलको किताबमा अरु कसैलाई राख्नेछैन ।” \\ 0376 //

सूर्य भन्छ– “हामी एउटा यस्तो माया गाँसौं, आजसम्म कसैले गरेको छैन
आज म एउटा कुरा तिमीलाई दिन्छु ,आजसम्म कसैले दिएको छैन ।” \\ 0377 //

सूर्य भन्छ– “त्यसैले आऊ अझै नजिक, मन यो बेचैन छ
दुनियाँले रोकेमा भनिदेऊ हामी दुईको प्रेम छ ।” \\ 0378 //

सूर्य भन्छ– “तिम्रो–मेरो प्रेमलाई दुनियाँले याद गर्नेछ
तिमीले साथ छोड्यौ भने यो प्रेमी जिउँदै मर्नेछ ।” \\ 0379 //

सूर्य भन्छ– “रमाइलो छ मौसम तिमी हुँदा सुनमा सुगन्ध भएको छ
आँखैआँखामा हामी दुईको प्रेमीय कुरा हुँदा हाम्रो प्रेम फुलेको छ ।” \\ 0380 //

सूर्य भन्छ– “तिमीलाई आफ्नो बनाउने कसम खाएको छु मैले
म तिमीलाई दुलही बनाई भित्र्याउँछु तिमी भन्छ्यौ जहिले ।” \\ 0381 //

सूर्य भन्छ– “जब म कामबाट थाकेर घर फर्कनेछु
तिम्रो हातको खाना खाएर म प्रसन्न हुनेछु ।” \\ 0382 //

सूर्य भन्छ– “एक पटक हामी मगनीमा आमनेसामने भएका थियौं
त्यति बेला आ–आफ्नो फोटो एक–आपसमा साटासाट गरेका थियौं ।” \\ 0383 //

सूर्य भन्छ– “अब प्रतीक्षाको घडी समाप्त भइसक्यो
हामी दुईको धैर्यको बाँध फुटिसक्यो ।” \\ 0384 //

सूर्य भन्छ– “म पनि तिमीसँग, तिमी पनि मसँग मोहित
त्यसैले त मिलेको छ हामी दुईको साइत ।” \\ 0385 //

सूर्य भन्छ– “यति राम्रो मौकाको सदुपयोग गरौं अब हामी
अब मसँग कत्ति पनि डर नमान तिमी ।” \\ 0386 //

सूर्य भन्छ– “पागल प्रेमी हो मेरो नाउँ
जता हेरे पनि तिमीलाई देख्न पाऊँ ।” \\ 0387 //

सूर्य भन्छ– “तिम्रो तस्वीरलाई एकान्तमा सधैँ चुम्छु
तिमीसँगै सपनाभरि सधैँ–सधैँ घुम्छु ।” \\ 0388 //

सूर्य भन्छ– “मेरो आँखामा आज खुशीको आँसु आइरहेछ
तिमी मुस्कुराएको देखेर मेरो दिल गाइरहेछ ।” \\ 0389 //

सूर्य भन्छ– “तिमी उता म यता तर धड्कन एकै ठाउँ
तैपनि हामी कहिल्यै नछुट्ने कसम खाऊँ ।” \\ 0390 //

सूर्य भन्छ– “तिमीलाई क्षितिजपारिको गाउँमा घुमाउने धोको छ
मेरो मुटुमा तिम्रै निम्ति संगालेको मायाको पोको छ ।” \\ 0391 //

सूर्य भन्छ– “तिमी साथ नहुँदा मलाई चित्त दुख्छ
अब सिर्फ तिमी मात्र भए मलाई पुग्छ ।” \\ 0392 //

सूर्य भन्छ– “मेरो कसैले केही लिएको छ लेख्न म सक्दिनँ
मेरो कसैले भनेको छ भन्न म सक्दिनँ ।” \\ 0393 //

सूर्य भन्छ– “जाने भए जहाँ जाऊ कहाँ जाने तिमी
मिल्नुपर्छ हामी सबै मिली भएर हामी ।” \\ 0394 //

सूर्य भन्छ– “कति आए कति गए मलाई मिल्ने कुरा
तैपनि बिर्सनेछैन तिमीलाई भने सदा ।” \\ 0395 //

सूर्य भन्छ– “तिम्रो–मेरो नाता आज किन गयो खेर
अब भन मायालु तिमीले किन गर्यौ बेर ?” \\ 0396 //

सूर्य भन्छ– “आज म रोज्दैछु तिमीलाई , दुनियाँको माझ
आज मदहोस भएको छु , मात्तिएको छ साँझ ।” \\ 0397 //

सूर्य भन्छ– “तिमीलाई के लेखूँ पत्र अझै कोरुँ
गतदेखि फगतसम्म तिमीलाई नै रोजूँ ।” \\ 0398 //

सूर्य भन्छ– “मलाई यत्ति सम्झे पुग्छ जत्ति तिमी सम्झिन्छ्यौ
तर तिमी कहाँ जाऊँ, कता जाऊँ भै त्यसै अल्मलिन्छ्यौ ।” \\ 0399 //

सूर्य भन्छ– “बहाना मात्रै रोजेँ मैले मेरो कुरा भनेर
तिमीलाई सम्झेँ मैले अरुलाई सम्झेको भनेर ।” \\ 0400 //

सूर्य भन्छ– “अझै म सधैँको तिम्रो प्रेमी सदाको छु
जति पर गए पनि त्यो भन्दा वर आएको छु ।” \\ 0401 //

क्षितिज चन्दाकै कल्पनामा मस्त भइरहन्छ
एक्लै–एक्लै त्यसै–त्यसै बर्बराइरहन्छ । \\ 0402 //

क्षितिज भन्छ– “तिमीमा वेदना छ भने आँसु मात्रै बर्सियो भने
दुःखमा साथ दिन क्षितिज पनि बर्सिनेछ तिमीले यो जाने ।” \\ 0403 //

क्षितिज भन्छ– “तिमीमा के छैन ? अरुमा जे छ, सबै छ
तिमीमा कुनै कमीको महसुस भए क्षितिजले पुर्याउनेछ ।” \\ 0404 //

क्षितिज भन्छ– “तिमीलाई राम्रो पथमा लम्कन बाधा आउँछ भने
क्षितिजलाई तिम्रो हरपथको पथप्रदर्शक माने ।” \\ 0405 //

क्षितिज भन्छ– “तिमीलाई न्यायमा लाग्न अन्यायीले सताउँछ भने
क्षितिज तिम्रो न्यायको बाटोलाई दिगो बनाउँछ यो तिमी जाने ।” \\ 0406 //

क्षितिज भन्छ– “तिमी क्षितिजको एक मात्र चन्दा हौ, हुनेछ्यौ
तिम्रो अन्धकारमा उज्यालो फैलाउने राम्रो मार्गलाई क्षितिजमा सदा पाउनेछ्यौ ।” \\ 0407 //

सूर्य भन्छ– “तिम्रो आँखाको जादूले मेरो मन बसमा छैन
तिमीबाहेक अरु कुराको आश गरेको छैन ।” \\ 0408 //

सूर्य भन्छ– “केवल तिमी मात्र एकलाई मैले चुनेको
तिमीलाई पाउन मायाको जाल बुनेको ।” \\ 0409 //

सूर्य भन्छ– “मलाई आफूभन्दा तिमीमा विश्वास छ
जहाँ जाऊँ, जता जाऊँ तिम्रै मात्र आभास छ ।” \\ 0410 //

सूर्य भन्छ– “मैले दिल तिमीलाई दिइसकेँ, मसँग दिल छैन
मैले तिमी मात्र एक रोजेको, अरु कसैलाई हैन ।” \\ 0411 //

सूर्य भन्छ– “तिम्रै प्रेममा मैले सारा जीवन अर्पण गरिसकेँ
म तिम्रो एक मात्र जीवनसाथी बनिसकेँ ।” \\ 0412 //

सूर्य भन्छ– “बाँसुरीको धुनमा मादलुको तालमा
म तिमीलाई राख्छु सधैँ नेपालमा ।” \\ 0413 //

सूर्य भन्छ– “भन्दाभन्दै मप्रति मर्ने मान्छे कोही न कोही त हुनुपर्छ
भन्दाभन्दै ममा डुब्ने मान्छे कोेही न कोही हुनुपर्छ ।” \\ 0414 //

सूर्य भन्छ– “भन्दाभन्दै म पनि जवान उनी पनि जवान हुनुपर्दछ
भन्दाभन्दै मेरो मन उनको मन हाम्रो हुनुपर्दछ ।” \\ 0415 //

सूर्य भन्छ– “कतिले भाउ खोजे मेरो सामुन्ने खोटो सिक्का भए
कति मै हुँं भन्ने आए मेरो अगाडि सबै फिक्का भए ।” \\ 0416 //

सूर्य भन्छ– “सिनेमाको हिरोभन्दा ममा धेरै गुण छ
अब भन ममा दुर्गुण कुन छ ?” \\ 0417 //

सूर्य भन्छ– “शायद मेरो प्रेम गर्ने उमेर आएको छ
सबै मायालुहरु मेरो निम्ति छाएको छ ।” \\ 0418 //

सूर्य भन्छ– “म पनि ह्यान्डसम छु , त्यसैले धेरैको दिलमा छु म
धेरैको भएर कति बसूँ चन्दा एक जनाको मात्र हुन्छु म ।” \\ 0419 //

क्षितिज भन्छ– “तिमी मेरो हो अरु कसैको होइन
मौसम बदल्ला तर मेरो प्रेम बदल्नेछैन ।” \\ 0420 //

क्षितिज भन्छ– “मलाई तिमी अति प्रिय छ भनी भन्छु
देवताको भन्दा पहिले तिम्रो नाम लिन्छु ।” \\ 0421 //

क्षितिज भन्छ– “तिम्रो प्रेम नै मेरो चाहना हो
तिमी नै मेरो बहाना हो ।” \\ 0422 //

क्षितिज भन्छ– “बादलमा पनि तिम्रै तस्वीर देख्छु
रुखमा पनि तिम्रै नाम खोप्छु ।” \\ 0423 //

क्षितिज भन्छ– “तिमीसँग एक्लै क्षितिज घुम्ने छ रहर
तिम्रै कल्पना सपना छ हरप्रहर ।” \\ 0424 //

क्षितिज भन्छ– “तिमी गुम्छ्यौ कि भन्ने मलाई छ डर
त्यसैले आऊ तिमी सधैँ म वर ।” \\ 0425 //

सूर्य भन्छ– “आऊ ए मायालु मेरो सामु आऊ
मेरो मनको तिर्खालाई तिमी अब मेटाऊ ।” \\ 0426 //

सूर्य भन्छ– “तिमी नहुँदा जीवन बिताउन मुस्किल लाग्छ
त्यसैले तिमी नै मेरो सबै कुराजस्तो लाग्छ ।” \\ 0427 //

सूर्य भन्छ– “जहाँ तिमी जान्छ्यौ त्यहीं म आउँछु
रिसाऊ या हाँस तिमीमै छाउँछु ।” \\ 0428 //

सूर्य भन्छ– “तिम्रो धेरै पुरानो प्रेमी हुँ म
तिम्रो लागि नै बनेको छु म ।” \\ 0429 //

सूर्य भन्छ– “सुत्दा पनि उठ्दा पनि तिम्रै नाम छ मेरो मुखमा
तिमी मेरो दिलमा छ्यौ सुखमा अनि दुःखमा ।” \\ 0430 //

सूर्य भन्छ– “यस्तै गरी प्रेमैप्रेममा बाँच्न पाए हुन्थ्यो
सदा–सदा तिम्रै नाम मात्र जप्न पाए हुन्थ्यो ।” \\ 0431 //

पूर्णिमाको रात चन्दा सिद्धान्तलाई भेट्टाउँछिन्
आफ्नो प्रेमीय कुरा सबै सिद्धान्तलाई पोख्छिन् । \\ 0432 //

चन्दा भन्छे– “हरपल सिद्धान्तको यादले सताउन थाल्यो
जीवन सारा बिताउन गाह्रो हुन थाल्यो ।” \\ 0433 //

चन्दा भन्छे– “तिमीमै छ हरदम निहित यो मन
तिमीसँगै बिताउनु छ मैले यो जीवन ।” \\ 0434 //

चन्दा भन्छे– “तिमीसँग निःस्वार्थ प्रेम गरेको छु
सारा संसार अलग पारी तिमीलाई नै रोजेको छु ।” \\ 0435 //

चन्दा भन्छे– “जीवन दुई दिने घामछाया भयो त के भो
तिमी नै मेरो बाँच्ने आधार त भो ।” \\ 0436 //

चन्दा भन्छे– “मेरो यो जीवन त्यसै बित्ने हो कि ?
तिमी नभै मेरो जीवन निरस हुने हो कि ?” \\ 0437 //

चन्दा भन्छे– “तिम्रो पर्खाइमा यो जीवन बिताउँदै छु
कल्पनामा सपनामा तिमीसितै रमाउँदै छु ।” \\ 0438 //

चन्दा भन्छे– “एक दिन त अवश्य तिमीलाई नै भेट्नेछु
तिमीलाई पाएर सारा दुःख भुल्नेछु ।” \\ 0439 //

क्षितिज भन्छ– “तिमी नै पहिलो र अन्तिम प्रेमिका हौ
तिमी नै मेरो हरजनम–जनममा छ्यौ ।” \\ 0440 //

क्षितिज भन्छ– “ढल्न लाग्यो मेरो जीवन हात मेरो थाम न
तिमीले मलाई सदाको लागि रोजिदिएँ भनन । \\ 0441 //

क्षितिज भन्छ– “तिमीलाई पुकारेको छु जहाँ गए पनि
तिमीलाई छोड्नेछैन जस्तै परे पनि ।” \\ 0442 //

क्षितिज भन्छ– “तिमी मेरो मुटु हौ, ढुकढुकीले तिम्रो गीत गाउँछ
हरपल जहाँ जाऊँ तिम्रै मात्र याद आउँछ ।” \\ 0443 //

रातभरि सिद्धान्तलाई भेटी चन्दा घर फर्किन्छिन्
चन्दाका सहयात्री नयनतारा, श्वेतताराहरु कुरा काटिरहन्छिन् । \\ 0444 //

सूर्य भन्छ– “डाँडा अनि पाखाभरि तिम्रै मात्र नाम कोर्न मन लाग्यो
तिमीसँगै सदाको लागि सँगै जिउन सँगै मर्न मन लाग्यो ।” \\ 0445 //

सूर्य भन्छ– “तिमीले मलाई के जादू गर्यौ ? म त मोहित भएछु
तिम्रो रुपरंग हेरी तिमीमै समाहित भएछु ।” \\ 0446 //

सूर्य भन्छ– “आँखामा बसेकी छ्यौ तिमी, तिमीलाई मुटुमा राख्नेछु
तिम्रो स्वीकृति पाएँ भने तिमीलाई आफ्नो बनाउनेछु ।” \\ 0447 //

सूर्य भन्छ– “तिमी नहुँदा संसारै नरमाइलो लाग्छ
तिमी भए सबै कुरा पाएजस्तो लाग्छ ।” \\ 0448 //

सूर्य भन्छ– “तिमीलाई पाउँछु भनी प्रतीक्षा गरिरहेछु
मैले प्रत्येक पल तिमीलाई सम्झी बिताइरहेछु ।” \\ 0449 //

सूर्य भन्छ– “के दिन, के रात, तिमीसितै रमाइरहन्छु
तिम्रो तस्वीर हेरेर तिमीलाई सम्झिरहन्छु ।” \\ 0450 //

सूर्य भन्छ– “मेरो मुटुको हरेक पानामा छ्यौ तिमी
तिमीलाई भेट्न मन लाग्यो हरचाहनामा छ्यौ तिमी ।” \\ 0451 //

सूर्य भन्छ– “अधूरो छ सपना मेरो तिमी आई पूरा गरिदेऊ
जिन्दगीको सारा सुख तिमी आई फर्काइदेऊ ।” \\ 0452 //

सूर्य भन्छ– “तिमी मेरो विश्वास हौ , मेरो लक्ष्य पनि तिमी
तिमी मेरो प्यास हौ , मेरो सुख पनि तिमी ।” \\ 0453 //

सूर्य भन्छ– “सबैलाई कसै न कसैको जरुरत पर्दछ
तिम्रो दिलमा मेरो दिल छ , त्यसैले तिमी मेरै हुनुपर्दछ ।” \\ 0454 //

सूर्य भन्छ– “तिमी मान या नमान, प्रेम सबैलाई जरुरत पर्दछ
तिमी मेरो प्रेमिका म तिम्रो प्रेमी यस्तै हुनुपर्दछ ।” \\ 0455 //

सूर्य भन्छ– “लुकिछिपी–लुकिछिपी म प्रेम गर्नेछैन
सारा दुनियाँलाई बताउन डराउनेछैन ।” \\ 0456 //

सूर्य भन्छ– “यति चोखो माया छ हाम्रो कहिल्यै टुट्दैन अब
भन तिमी पनि गुम्सिएका आकांक्षा सब ।” \\ 0457 //

सूर्य भन्छ– “त्यो प्रेम नै के प्रेम, जहाँ तिम्रो रंग हुँदैन
त्यो जीवन नै के जीवन, जहाँ बाँच्ने ढंग हुँदैन ।” \\ 0458 //

सूर्य भन्छ– “तिमीले नै यो जीवन मिलाउन सक्छ्यौ
मेरो जिउने ढंग बदलिन सक्छ्यौ ।” \\ 0459 //

सूर्य भन्छ– “साथमा जस्को चाहने व्यक्ति छ भाग्य उसैको बदलिन्छ
जो मायाप्रेमको पथमा लम्कन्छ उसैको भाग्य चम्किन्छ ।” \\ 0460 //

सूर्य भन्छ– “कहिल्यै सोधिनौ तिमीले तिमीलाई मैले कति चाहन्छु भनेर
तिमी पनि मैमा समाहित होऊ हाँसोको आँसु बनेर ।” \\ 0461 //

सूर्य भन्छ– “तिमीले मलाई हेरिरह्यौ मैले तिमीलाई हेरिरहेँ
यही मीठो रमाइलो पलमा सारा दुःख भुलिरहेँ ।” \\ 0462 //

सूर्य भन्छ– “सधैँ हामी यसै गरी मिल्न पाए हुन्थ्यो
दुई मुटु एक पारी साट्न पाए हुन्थ्यो ।” \\ 0463 //

सूर्य भन्छ– “तिमी र म दुवै मिली घुम्न बाँकी छ
तिमीसँग दिल जोडी प्रीत गाँस्न बाँकी छ ।” \\ 0464 //

सूर्य भन्छ– “तैपनि तिम्रो लजालु आँखाले सबै भनिदियौ
जिन्दगीको सारा भेद तिमीले खोलिदियौ ।” \\ 0465 //

सूर्य भन्छ– “त्यो नजरको हेराइमा तिम्रो प्रीत लुकेको छ
तिम्रो विश्वासमा मेरो जिन्दगी अडेको छ ।” \\ 0466 //

सूर्य भन्छ– “यसरी नै हाम्रो मिलन चाँडै हुन्छ होला
तिमीसित मेरो घरजम छिट्टै बस्छ होला ।” \\ 0467 //

सूर्य भन्छ– “तिम्रो आँखाको भाका बुझिरहेको छु
मैले तिमीलाई मात्रै मन पराइरहेछु ।” \\ 0468 //

सूर्य भन्छ– “यो जिन्दगीका पल यसै गरी तिमीसँगै साटूँ
दुःख–दर्द–पीडा सबै तिमीसँगै बाँडूँ ।” \\ 0469 //

सूर्य भन्छ– “यसरी कति दिन लुकिलुकी मिल्ने भन त प्रिय
तर यो आनन्दीपनको छ हामी दुवैलाई श्रेय ।” \\ 0470 //

सूर्य भन्छ– “यो आकाशजस्तो प्रेममा डुबेका छौं हामी
तिम्रै नाम खोपेको छु दिलमा हेर न तिमी छामी ।” \\ 0471 //

सूर्य भन्छ– “कति धेरै खुशी छौं हामी एक–आपसमा प्रेम गरेर
अब चाहिँदैन हामीलाई कुनै स्वर्गको सयर ।” \\ 0472 //

चन्दा भने सिद्धान्तलाई नपाई तड्पिरहन्छिन्
भित्रभित्र रोएर बाहिर हाँसिरहन्छिन् । \\ 0473 //

सूर्य भन्छ– “तिम्रो प्रेममा पागल हुन पाए अरु के चाहिन्छ र ?
दुनियाँको छैन परवाह तिमी सदा मेरो भएर ।” \\ 0474 //

सूर्य भन्छ– “आऊ अब मीठो बाचा गरौँ सँगै मर्ने सँगै बाँच्ने कसम खाऔँ
अनि हामी पिरतीको नौलो देशमा घुम्न जाऔँ ।” \\ 0475 //

सूर्य भन्छ– “अब बेचैनीलाई छोडिदेऊ घर तिमी अब नजाऊ
म तिमीलाई हरमुस्किलमा बचाउँछु अब साथ निभाऊ ।” \\ 0476 //

सूर्य भन्छ– “हामीले एक हुनैपर्छ , यति तिमी बुझिदेऊ
अब केही नगर तिमी , मात्र चोखो माया लाइदेऊ ।” \\ 0477 //

सूर्य भन्छ– “ए मिस ब्युटी क्वीन ! तिमी हौ मिस नेपाल
जूनजस्तो मुहार अनि रेशमजस्तो छ कपाल ।” \\ 0478 //

सूर्य भन्छ– “तिमीलाई देख्न अग्लिरहेको छ आज शीतल हिमाल
जताबाट हेरे पनि राम्री मोरी तिमीले गर्यौ कमाल ।” \\ 0479 //

सूर्य भन्छ– “तिम्रो तेजिलो रुपले पार्छयौ सबैलाई बेहाल
सौन्दर्यको नशाले लठ्याउने कस्तो तिम्रो ताल ?” \\ 0480 //

सूर्य भन्छ– “जस्को पनि गन्तव्य मोड्ने कस्तो तिम्रो मायाजाल
तर कसैलाई पनि नगन्ने ठीक छैन तिम्रो चाल ।” \\ 0481 //

सूर्य भन्छ– “तिमी आफ्नो जवानीलाई अब आफैं सम्हाल
तिमी घमण्डी मात्र भए कस्ले देला रुने बेला रुमाल ।” \\ 0482 //

सूर्य भन्छ– “अब तिमीले तिमीलाई नेपालीपनमा ढाल
म लिन आउँदै छु तिमीलाई लगाएर कोट र दौरा–सुरुवाल ।” \\ 0483 //

सूर्य भन्छ– “धाकधक्कुलाई तिमी अब जरैदेखि फाल
तिमी आफ्नो निर्णय आफै गर्न थाल ।” \\ 0484 //

सूर्य भन्छ– “भविष्यको चिन्ता छैन भने मलाई पनि टाल
अनि रोई बस्नुपर्ला तिमी सालौंसाल ।” \\ 0485 //

सूर्य भन्छ– “बाधा–अड्चन सारा आज पन्छाउँदैछु
तिमीसित गरेको बाचा–कसम पूरा गर्दैछु ।” \\ 0486 //

सूर्य भन्छ– “तिमीले अब धेरै प्रतीक्षा गर्नु पर्दैन
मिलनको आशमा आँसु बगाउनु पर्दैन ।” \\ 0487 //

सूर्य भन्छ– “म दुलहा बनी सजिएर बसेको छु
तिमीलाई लिन तिम्रो दैलोमा ब्यान्ड बाजा बजाएर आउँदै छु ।” \\ 0488 //

सूर्य भन्छ– “मायालु ए मायालु धन्दा नमानी बस
तिमी पनि सोह्रशृङ्गारले सजिएर दुलही बनी बस ।” \\ 0489 //

सूर्य भन्छ– “अब तिमीले पर्खे पुग्छ सिर्फ दुई घण्टा
हामी दुईको घरको दूरी बढी छैन यो भन्दा ।” \\ 0490 //

सूर्य भन्छ– “समाजको रीतिलाई पनि मान्नेछु
सबैलाई साक्षी राखी तिम्रो सिउँदो सजाउनेछु ।” \\ 0491 //

सूर्य भन्छ– “तिम्रो बुबा–मुमासँग तिम्रो हात माग्नेछु
सजिएको मोटरमा राखेर तिमीलाई मेरो घर लानेछु ।” \\ 0492 //

सूर्य भन्छ– “तिमीलाई सदाका लागि मेरो आफ्नो बनाउनेछु
हामी दुईले कल्पेको मीठो सपनालाई साकार पार्नेछु ।” \\ 0493 //

सूर्य भन्छ– “आँखामा गाजल लगाएकी, ओठमा लाली लगाएकी
क्रिम–पाउडर दलेकी, कानमा यार्लिङ्ग लगाएकी ।” \\ 0494 //

सूर्य भन्छ– “निधारमा टीका लगाएकी, हातमा चुरी बजाएकी
नाकमा फुली लगाएकी, चारैतिरबाट सौन्दर्यले सजिएकी ।” \\ 0495 //

सूर्य भन्छ– “बारुली कम्मर मर्काएकी, पाउमा पाउजु लगाएकी
रातो सारी लगाएकी, रातो चोलो लगाएकी ।” \\ 0496 //

सूर्य भन्छ– “गोरो वर्ण भएकी, चिटिक्क परेकी
दाँत टलक्क टल्काएकी, बैंसले मात्तिएकी ।” \\ 0497 //

सूर्य भन्छ– “दाँतको लहर मिलेकी, चञ्चल नयन भएकी
रेशमी कपाल फहराएकी, पुष्ट शरीर भएकी ।” \\ 0498 //

सूर्य भन्छ– “परेला मिलाएकी, बत्तीस लक्षणले युक्त भएकी
सिउँदोमा सिन्दुरले रंगिएकी, मेरो सुहागरातकी ।” \\ 0499 //

सूर्य भन्छ– “जब–जब तिम्रो आँखासँग मेरो आँखा जुध्छ , हलचल हुन्छ
तिम्रो सामु अघि बढ्दा मेरो मन झुमी–झुमी रम्छ ।” \\ 0500 //

सूर्य भन्छ– “जवानीमा सबैलाई यस्तै हुन्छ
त्यसैले तिमीलाई पनि यसरी नै छुन्छ ।” \\ 0501 //

सूर्य भन्छ– “अब प्रीतलाई अघि बढ्न देऊ
जे गरेको छैन अब त्यो गर्न देऊ ।” \\ 0502 //

सूर्य भन्छ– “तिमीजस्ती चन्द्रमुखी गोरीलाई चुम्न देऊ
अब त्यसैले आऊ तिमी मेरो छेउ ।” \\ 0503 //

सूर्य भन्छ– “अरबौंको पृथ्वीमा मैले तिमीलाई नै रोजेँ
म प्यासीको तृष्णा मेट्ने तिमी नै भनी भजेँ ।” \\ 0504 //

सूर्य भन्छ– “जे भन्नु थियो त्यो सबै भनिसकेँ
तिम्रो ओठको मौन मुस्कान मैले जानिसकेँ ।” \\ 0505 //

सूर्य भन्छ– “आँखामा आँखा जुधाऔँ अब हामी
मायाप्रीति गाँसौँ अब हामी ।” \\ 0506 //

सूर्य भन्छ– “हामी दुईको जोडी दैवले जुराएको रहेछ
यसरी तिमी मेरो म तिम्रो भएछ ।” \\ 0507 //

सूर्य भन्छ– “आकाश र धर्तीलाई साक्षी राखी हामी एक बनौँ
कहिल्यै पनि नछुट्टिने कसम हामी खाऔँ ।” \\ 0508 //

सूर्य भन्छ– “यत्तिकै सुखद क्षण सधैँ आइरहोस्
हाम्रो पिरतीमा कहिल्यै आँखा नलागोस् ।” \\ 0509 //

सूर्य भन्छ– “यसै गरी तिमी मलाई सधैँ साथ दिइराख
हाम्रो फक्रेको मायालाई तिमी साँची राख ।” \\ 0510 //

सूर्य भन्छ– “अब हामी एउटा सुखी घर बसालौँ
हाम्रो प्रेमको शक्तिले धर्तीलाई स्वर्ग बनाऔँ ।” \\ 0511 //

सूर्य भन्छ– “मेरो दिलले दिएको छ तिमीलाई निम्तो
लौन उघारिदेऊ तिमी अब घुम्टो ।” \\ 0512 //

सूर्य भन्छ– “तिम्रो मुहार मलाई हेर्न मन लाग्यो
तिमीसित मायाप्रीति गाँस्न मन लाग्यो ।” \\ 0513 //

सूर्य भन्छ– “तिमीलाई बेहुली बनाई पठाएको छ तिम्रो घरबाट
लौन अब हामी गरौं जिन्दगीको शुरुआत ।” \\ 0514 //

सूर्य भन्छ– “तिमी त्यसै–त्यसै किन लाज मान्छ्यौ ?
मनको इच्छालाई पनि तिमी किन मार्छयौ ?” \\ 0515 //

सूर्य भन्छ– “अब हामी दुई सधैँ एउटै घरमा बस्नुपर्छ
जिन्दगीको सारा दुःख सबै भुल्नुपर्छ ।” \\ 0516 //

सूर्य भन्छ– “तिमीलाई तिमीले भनेको ठाउँमा डुलाउँछु
जून–ताराको देशमा सयर गराउँछु ।” \\ 0517 //

सूर्य भन्छ– “अब तिमीले मलाई विश्वास गर्नुपर्छ
कुरा चित्त नबुझे मलाई भन्नुपर्छ ।” \\ 0518 //

सूर्य भन्छ– “यसरी म तिमीलाई सहारा दिन्छु
तिम्रो दुःख–पीर सबै सधैँ पन्छाइदिन्छु ।” \\ 0519 //

सूर्य भन्छ– “यसै गरी हामी दुईले जिन्दगी जिउनु छ
यस सुखद संसारको मधुरस पिउनु छ ।” \\ 0520 //

सूर्य भन्छ– “तिमी कसम पूरा गरिदेऊ संसारलाई भुलिदेऊ
अरु कुरा छोडी तिमी मेरो माया अंगालिदेऊ ।” \\ 0521 //

सूर्य भन्छ– “मलाई मौसम रंगीन लागिरहेछ , तिमी मलाई हेरिदेऊ
हाम्रो मुटु सँगै धड्किरहेछ , तिमी अब सुनिदेऊ ।” \\ 0522 //

सूर्य भन्छ– “तिम्रो भाग्यमा मेरो मिलन लेखेको छ
जोडी हाम्रो भगवान्ले बनाइदिएको छ ।” \\ 0523 //

सूर्य भन्छ– “तिम्रो साथ मैले कहिल्यै छोड्नेछैन
तिमीसित नाता कहिल्यै तोड्नेछैन ।” \\ 0524 //

सूर्य भन्छ– “आइदेऊ मेरो चोखो जीवनमा सधैँ–सधैँ तिमी
मनको इच्छा पूरा गरौँ साथ सधैँ रही हामी ।” \\ 0525 //

सूर्य भन्छ– “तिमीसित धेरै कुरा भन्न बाँकी छ
जिन्दगीका सुखका दिन गन्न बाँकी छ ।” \\ 0526 //

सूर्य भन्छ– “मैले तिमीलाई यति चाहेको थिएँ
सधैँभरि तिमीमै रमाएको थिएँ ।” \\ 0527 //

सूर्य भन्छ– “म तिम्रै लागि हो, तिमी मेरै लागि हौ
अब मिलनमा प्रीति गाँसौँ लौ ।” \\ 0528 //

सूर्य भन्छ– “यही नै हो जिन्दगी बहार छाएको छ
सधैँ ममा तिमी नै तिमी छाएको छ ।” \\ 0529 //

सूर्य भन्छ– “लाग्छ यो जिन्दगी तिमीमै रमाउनको लागि
आएका हौँ हामी दुई दिनको लागि ।” \\ 0530 //

सूर्य भन्छ– “जहाँ जाऊँ, जता जाऊँ, तिमी नै तिमी छाएको छ
यस्तो लाग्छ जिन्दगीमा तिमी नै तिमी आएको छ ।” \\ 0531 //

सूर्य भन्छ– “आयो नि यस्तो याम पिरती गर्नको लागि
प्रीति गाँसिरहेको छु भगवान्लाई भाकी ।” \\ 0532 //

सूर्य भन्छ– “मजा नै मजा छ यस्तो लाग्छ यही नै स्वर्ग हो
तिम्रो साथबाहेक मलाई अरु सबै दर्द हो ।” \\ 0533 //

सूर्य भन्छ– “मलाई मन पर्यो जिन्दगी यसरी नै बित्ने भनी
जिन्दगीको बहारमा रम्छु सधैँ तिम्रो बनी ।” \\ 0534 //

सूर्य भन्छ– “तिमी रिसाएर जाँदा पनि आशाको किरण पलाउँछ
गोधुली साँझमा पनि मिर्मिरे बिहानीको झझल्को आउँछ ।” \\ 0535 //

सूर्य भन्छ– “त्यो तिम्रै बाचा–कसमले गर्दा सम्भव भएको हो
त्यसैले मैले तिमीलाई दिलैबाट आफ्नो बनाएको हो ।” \\ 0536 //

सूर्य भन्छ– “तिम्रो–मेरो नाता एक दिनको मात्र होइन
तिमीजस्तो मैले सर्वत्र कतै भेटेको छैन ।” \\ 0537 //

सूर्य भन्छ– “आँधी–हुरी आए पनि बिथोलिनेछैन हाम्रो माया
तिमीसँग सदा साथ रहने म हुँ तिम्रो छाया ।” \\ 0538 //

सूर्य भन्छ– “हाम्रो प्रेमलाई तिमी कहिल्यै कच्चा नठान
तिमी सदा मेरै, म सदा तिम्रै भन्ठान ।” \\ 0539 //

सूर्य भन्छ– “आँखाभरि तिमी छ्यौ, मुटुमा पनि तिमी
अब मिलिजुली घरजम गरौँ हामी ।” \\ 0540 //

उता सिद्धान्त शहीद भए पनि शहीद घोषित गरिँदैन
अर्कोतिर क्षितिज पनि सूर्यदेखि डराएर चन्दालाई भेट्दैन । \\ 0541 //

क्षितिज भन्छ– “जिन्दगीको पहिलो र अन्तिम प्रेमिका बनाएको छु तिमीलाई
तिमी बाँचेसम्म वास्ता गर्नेछैन कसैलाई ।” \\ 0542 //

सूर्य भन्छ– “निराशावादी होइन, आशावादी जिन्दगी जिऊ
तिमीलाई म सबथोक दिन्छु तिमी सिर्फ माया देऊ ।” \\ 0543 //

सूर्य भन्छ– “म तिम्रै लागि बनेको छु , तिमी मेरै लागि हौ
कति राम्ररी हाम्रो जोडी बनायो लौ ।” \\ 0544 //

सूर्य भन्छ– “यसरी नै हाम्रो सम्बन्ध सधैँ कायम रहोस्
दुई आत्माको मिलन सधैँ भैरहोस् ।” \\ 0545 //

सूर्य भन्छ– “यस्तै नै छ हामी दुई जनाको प्रीतको संगम
गाऊँ हामी दुई माया पिरतीको सरगम ।” \\ 0546 //

सूर्य भन्छ– “यो सम्बन्ध हाम्रो प्रेमैप्रेमले भरिएको छ
जिन्दगी जिउनको लागि राम्रो मोड भएको छ ।” \\ 0547 //

सूर्य भन्छ– “क्षितिजको उचाइभन्दा अग्लो छ हाम्रो प्रेम
समुन्द्रको गहिराइभन्दा गहिरो छ हाम्रो प्रेम ।” \\ 0548 //

सूर्य भन्छ– “प्रेमको उदाहरण यो हामी दुईको सबैलाई सिकाई
सबैलाई प्रेम सिकाऔँ, नगरौँ कहिल्यै ढिलाइ ।” \\ 0549 //

सूर्य भन्छ– “म तिम्रो लागि तिमी मेरो लागि बनेको छ
यसरी नै हाम्रो जोडी भावीले जुराएको छ ।” \\ 0550 //

सूर्य भन्छ– “तिम्रो त्यो नजरको हेराइले घायल बनायो मलाई
तिम्रो अधरको मुस्कानले पागल बनायो मलाई ।” \\ 0551 //

सूर्य भन्छ– “जहाँ जाऊँ, जता हेरौँ, तिमी नै तिमी छाएको छ
मेरो दिलले सधैँ हाम्रै प्रीतको गीत गाएको छ ।” \\ 0552 //

सूर्य भन्छ– “यस्तो राम्रो जिन्दगी तिमी आई झन् राम्रो बनाइदियौ
प्रकृतिमा बहार गए पनि तिमी सदावहार भयौ ।” \\ 0553 //

सूर्य भन्छ– “तिमीलाई पाएदेखि मैले धेरै खुशीयाली पाएँ
उजाड मरुभूमिमा पनि हरियाली पाएँ ।” \\ 0554 //

सूर्य भन्छ– “जहाँ गएँ सबै ठाउँमा प्रेमैप्रेम पाएँ
तिमीलाई पाएदेखि प्रेमको परिभाषा जानेँ ।” \\ 0555 //

सूर्य भन्छ– “म त तिम्रै लागि हो, तिमी मेरै लागि हौ
जहाँ जाऊँ, जता जाऊँ, जहाँ पनि तिमी नै छ्यौ ।” \\ 0556 //

सूर्य भन्छ– “जब तिमी साथ पाउँछु , जहाँ पनि बहार पाउँछु
तिमी मेरी हौ भनेर फेरि पनि म भन्छु ।” \\ 0557 //

सूर्य भन्छ– “त्यसैले त यो माया मैले तिम्रो लागि गरेको
जिन्दगीभर साथ रही सँगै जिउँछु , मर्छु भनेको ।” \\ 0558 //

सूर्य भन्छ– “यसरी नै सारा जीवन बिताउने धोको छ
माया नै माया भरिएको पिरतीको पोको छ ।” \\ 0559 //

सूर्य भन्छ– “जिन्दगी तिमीसँगै जिएर शान आएको छ
जहाँ जाऊँ, जता जाऊँ मान छाएको छ ।” \\ 0560 //

सूर्य भन्छ– “म त भन्छु तिम्रो–मेरो पिरतीको नशा छ
सधैँभरि सँगै रही बस्ने मेरो इच्छा छ ।” \\ 0561 //

सूर्य भन्छ– “मीठो बोली, मधुर मुस्कानले म भुतुक्क भएँ
तिमीसँग हिजो पनि आज पनि म खुत्रुक्कै भएँ ।” \\ 0562 //

सूर्य भन्छ– “आऊ न आऊ, नसरमाऊ सँगै नाचौँ न आज
तनमन लगाएर मायाको गीत गाऔँ न आज ।” \\ 0563 //

सूर्य भन्छ– “भर्खरै त हाम्रो भेट भएको पिरतीको मेलामा
मेरो–तिम्रो लगनगाँठो झनै दरिलो बनाऔँ आजको बेलामा ।” \\ 0564 //

सूर्य भन्छ– “यो रमाइलो हरियालीको मौसममा तिमीलाई पाएको छु
जनम–जनम सँगै रहने कसम पनि खाएको छु ।” \\ 0565 //

सूर्य भन्छ– “तिमी र म , म र तिमी सधैँ साथ–साथ रहनेछु
यसै गरी यो दुई दिनको जिन्दगी जिउनेछु ।” \\ 0566 //

सूर्य भन्छ– “तिमीभन्दा राम्री मलाई अरु कोही लागेन
विश्वासको हेराइले तिमी मलाई हेरन ।” \\ 0567 //

सूर्य भन्छ– “भन्दै हिँडौँ हामी प्रेममा बाँच्न सिक सब
प्रेमबाटै सबैसँग वैरभाव त्यागी दिऊँ अब ।” \\ 0568 //

सूर्य भन्छ– “चिन्ता–भयबाट मुक्त रहने यो नै एउटा रीत हो
यही नै छ एउटा हामीलाई हामी दुईको प्रीत हो यो ।” \\ 0569 //

सूर्य भन्छ– “टाढा कतै नजाऊ मलाई तिमी कहिल्यै छोडेर
तिमी मेरी भइसक्यौ म भन्छु तिमीलाई सधैँ रोजेर ।” \\ 0570 //

सूर्य भन्छ– “तिमी नै हौ जीवन मेरो, तिमी दिलको धड्कन
तिमीलाई पाएको जोशमा म त भएछु मगन ।” \\ 0571 //

सूर्य भन्छ– “ यही संसारमा छ हामी दुईको मिलन
कहाँ जाऊँ, कता जाऊँ भन्नु पर्दैन हरदम ।” \\ 0572 //

सूर्य भन्छ– “टाढा कतै जानु पर्दैन यहीँ नै छ स्वर्ग पनि
यहीँ नै लिन हुने आएको छ दिन पनि ।” \\ 0573 //

सूर्य भन्छ– “जिन्दगी जिउनको लागि यही नै सार भयो
दुःखको भुमरी सबै सदाको लागि पार भयो ।” \\ 0574 //

सूर्य भन्छ– “सररर बगेको छ यो खोलालाई हेरन
हाम्रो प्रीत बढाउन अझै माया गरन ।” \\ 0575 //

सूर्य भन्छ– “ढकमक लालिगुराँस फुलेको छ वनैभरि
तिमी पनि बसेकी छ्यौ यो मेरो मनैभरि ।” \\ 0576 //

सूर्य भन्छ– “तिम्रो–मेरो प्रीतलाई हेरेर बादल पनि रमाइरहेछ
जून पनि पूर्णिमामा हाँसी–हाँसी सर्माइरहेछ ।” \\ 0577 //

सूर्य भन्छ– “गीत गाऔँ हामी यो नीलो क्षितिजको मुनि
हाम्रो प्रीत सदा–सदाको लागि अमर छ भनी ।” \\ 0578 //

सूर्य भन्छ– “हाम्रो माया फैलिरहेछ यो सुरम्य वातावरणमा
जताततै सुवासले छायो हामी दुईको रोमरोममा ।” \\ 0579 //

सूर्य भन्छ– “हामी दुईको मिलन सधैँभरि रहिरहोस्
तिम्रो–मेरो प्रीतको डोेरी सधैँ अमर रहिरहोस् ।” \\ 0580 //

सूर्य भन्छ– “यो गीतको भाका पनि कति छ मीठो
तिमीसँगको भेट सधैँ लाग्छ छोटो ।” \\ 0581 //

सूर्य भन्छ– “आऊ नाचौँ हामी यो उन्मादको बेलैमा
रसास्वादन गरौँ हामी यो रमाइलो मेलैमा ।” \\ 0582 //

सूर्य भन्छ– “यस पवित्र धर्तीको कसम खाऔँ हामी
एक–अर्काका पर्याय , सधैँ बनौँ हामी ।” \\ 0583 //

सूर्य भन्छ– “हामीलाई एक–अर्काका लागि ईश्वरले बनाइदियो
त्यसैले त हाम्रो प्रीत सदा–सदा पलाउँदै गयो ।” \\ 0584 //

सूर्य भन्छ– “लाग्दछ यो सम्बन्ध धेरै जन्म पहिलेदेखिको हो
त्यसैले त तिमी मात्र सिर्फ मेरो लागि बनेको हो ।” \\ 0585 //

सूर्य भन्छ– “मेरो सासमा तिमी छ्यौ, मेरो कुरामा तिमी छ्यौ
देख्दा पनि, सोच्दा पनि, जहाँ पनि तिमी छ्यौ ।” \\ 0586 //

सूर्य भन्छ– “यसरी नै रम्ने मेरो जीवनको धोको छ राम्रो
तेरो–मेरो भएर होइन बाँच्नुपर्छ भएर हाम्रो ।” \\ 0587 //

सूर्य भन्छ– “रम्नुपर्छ हामी आकाशझैँ विशाल भएर
बहनुपर्छ हामी नटुङ्गिने समय भएर ।” \\ 0588 //

सूर्य भन्छ– “तिम्रो माया पनि मलाई वरदान दियौ
तिमी नै मेरो पहिलो र अन्तिम गन्तव्य भयौ ।” \\ 0589 //

सूर्य भन्छ– “तिम्रो साथ पाएर जीवनमा बहार आएको छ
चारैतिर खुशी र उमंग पनि छाएको छ ।” \\ 0590 //

सूर्य भन्छ– “यसै बेला दुई दिल एक पारी प्रीत बसालौं
मायाप्रेमको सागरमा एक–आपसमा अंगालौँ ।” \\ 0591 //

सूर्य भन्छ– “टाढा कतै जानु पर्दैन अबको यो बेलैमा
फस्नु पर्दैन हामी कुनै आँधीको भेलैमा ।” \\ 0592 //

सूर्य भन्छ– “यही नै हो, स्वर्ग यही नै हो संगम
हामी दुई बाँचौँ यसरी नै हरदम ।” \\ 0593 //

सूर्य भन्छ– “केवल तिम्रो साथ भए अरु केही चाहिँदैन
तिमीसँग बाहेक अन्त पिरतीको गीत गाइँदैन ।” \\ 0594 //

सूर्य भन्छ– “भनिराख्नु पनि पर्दैन, सोचिराख्नु पनि पर्दैन
दुई प्राणी एक हुन अब कतै जानु पर्दैन ।” \\ 0595 //

सूर्य भन्छ– “यसरी नै हामी दुई एक उदाहरणीय जोडी बनौँ
सांसारिक पीरमर्का सदा–सदाका लागि भुलौँ ।” \\ 0596 //

कस्तो पापी संसार मात्र सूर्यलाई रम्न दिने
चन्दा र क्षितिजलाई सधैँ तड्पाई मार्ने । \\ 0597 //

सूर्य भन्छ– “शीतल–शीतल छ पवन
हामी छौँ हरपल मगन ।” \\ 0598 //

सूर्य भन्छ– “मलाई यो संसार रमणीय भयो
यसै खुशीमा नाच्न–गाउन मन लाग्यो ।” \\ 0599 //

सूर्य भन्छ– “चारैतिर हरियाली प्रकृतिको खानी छ
म त बस्छु यस्कै काखमा रम्ने मेरो बानी छ ।” \\ 0600 //

सूर्य भन्छ– “जताततै सुगन्धित फूलको बास्ना छ
मेरो जीवन सदा–सदा यस्कै आशमा छ ।” \\ 0601 //

सूर्य भन्छ– “सौन्दर्यको खानी हिमाल चाँदीझैँ टल्केको छ
यसमाथि तिम्रो साथले फूर्ति पनि बढेको छ ।” \\ 0602 //

सूर्य भन्छ– “मलाई लाग्छ यो जिन्दगी हाम्रै निम्ति बनेको छ
प्रकृतिले पनि जताततै उमंगैउमंग साँचेको छ ।” \\ 0603 //

सूर्य भन्छ– “आकाशको ताराजस्तो झिलिमिली छ यो जीवन
यस्तैमा छ हामी दुईको सदाको लागि मिलन ।” \\ 0604 //

सूर्य भन्छ– “पूर्णिमाको जूनभन्दा राम्रो छ तिम्रो मुहार
अब हामी मिली काटौँ जीवनको जुहार ।” \\ 0605 //

सूर्य भन्छ– “यो वसन्तको मौसममा चारैतिर प्रकृति हाँसेको छ
यो तिम्रो साथमा मन हर्षले विभोर भएको छ ।” \\ 0606 //

सूर्य भन्छ– “प्रभातको किरणसँग खुशी र उमंग आएको छ
तिमी भएरै होला दिलमा हाम्रो प्रीत छाएको छ ।” \\ 0607 //

सूर्य भन्छ– “तिमीलाई देखेपछि मलाई यस्तो लाग्छ
हरमौसम पनि बहारजस्तो लाग्छ ।” \\ 0608 //

सूर्य भन्छ– “साउने झरीमा भिज्दा पनि तिम्रो प्रीतमा नुहाउँछु म
तिम्रो हरदुःख र सुखमा सदाबहार बनी छाउँछु म ।” \\ 0609 //

सूर्य भन्छ– “तिमीलाई पाएर जिन्दगीको तिर्खा मेटाउँछु म
सारा सृष्टिमा नै तिमी नै तिमी भेटाउँछु म ।” \\ 0610 //

सूर्य भन्छ– “यो हाम्रो सम्बन्ध अति नै गहिरो छ
तिम्रो–मेरो प्रेमको सम्बन्ध धेरै–धेरै पुरानो छ ।” \\ 0611 //

सूर्य भन्छ– “मेरो दिल जति धड्कन्छ त्यति तिम्रो धड्किरहेको छ
मेरो माया तिम्रो माया सधैँको लागि एक भइरहेको छ ।” \\ 0612 //

सूर्य भन्छ– “यस्तो राम्रो सम्बन्ध कहिल्यै पनि नछुटोस्
हामी दुईले जिउने साझा बाटो सधैँ अटुट रहोस् ।” \\ 0613 //

सूर्य भन्छ– “तिम्रो साथ पाएर अँध्यारोमा उज्यालो पाएको छु मैले
औंसीको रातमा पनि पूर्णिमाको जून भेटाएको छु मैले ।” \\ 0614 //

सूर्य भन्छ– “हरेक मुस्किल पनि मलाई सरल लागिरहेछ
तिम्रो साथको उमंग सदा जागिरहेछ ।” \\ 0615 //

सूर्य भन्छ– “मीठो–मीठो कुरा गरेर दिल मेरो जित्यौ
मेरो एक्लोपनलाई तिमीले बिर्साइदियौ ।” \\ 0616 //

सूर्य भन्छ– “यस्तो कुरा योभन्दा पहिले भएको थिएन
तिमी मेरो दिलमा यस्तरी बसेको थिएन ।” \\ 0617 //

सूर्य भन्छ– “सपनामा पनि तिमीसितै रमाउँछु म
तिमीसित गरेका बाचा सबै पूरा गर्छु म ।” \\ 0618 //

सूर्य भन्छ– “एक्लो दिललाई शान्त पार्न तिमीलाई पाएछु
जीवनको सारा खुशी सधैँ तिमीमै पाएछु ।” \\ 0619 //

सूर्य भन्छ– “दुःख, पीर, वेदना सबै मैले सदाको लागि भुलेछु
मेरा सारा जीवनलाई खुशीयालीमा रङ्गिन गरेछु ।” \\ 0620 //

सूर्य भन्छ– “तिमी मस्की–मस्की हिँडेको मलाई मन पर्छ
तर अरुको लोभी नजर पर्ला भनेर डर लाग्छ ।” \\ 0621 //

सूर्य भन्छ– “सधैँ तिमी लजाएर मलाई भेट्ने गर्छयौ
मोतीजस्तो दाँतका लहर सधैँ चम्काउँछ्यौ ।” \\ 0622 //

सूर्य भन्छ– “मुटुभरि माया पाई तिमीसँग रमाएको छु
दिनमा अनि रातमा तिमीलाई नै पाएको छु ।” \\ 0623 //

सूर्य भन्छ– “क्षणभरको होइन, जुनी–जुनीको माया हो यो
मनभित्रको आत्मामा बस्ने हरपलको माया हो यो ।” \\ 0624 //

सूर्य भन्छ– “जीवनका मीठा कुरा सधैँ तिमीसित गर्नेछु
तिम्रो प्रेममा भुलेर तृष्णाहरु सबै मेटाउनेछु ।” \\ 0625 //

सूर्य भन्छ– “दिलको महलमा तिमी बास बसिछ्यौ
मेरा हरइच्छालाई तिमीले पूरा गर्यो ।” \\ 0626 //

सूर्य भन्छ– “काट्नु छ हामीले यसरी नै यो जिन्दगी
प्रत्येक पलमा नचुकौँ हामी भै सदा ताजगी ।” \\ 0627 //

सूर्य भन्छ– “यसरी नै रमी–रमी झुमी–झुमी बाँच्नु छ
जिन्दगीका बाधा–अड्चन सारा पन्छाउनु छ ।” \\ 0628 //

सूर्य भन्छ– “तिमी सामु भए मलाई अरु केही चाहिँदैन
योभन्दा बढी सुख अब अर्को केही छैन ।” \\ 0629 //

सूर्य भन्छ– “प्रत्येक पाइला बढाउनु छ प्रीतिका गीत गाएर
रंगिनु छ हामीले इन्द्रेणीको सातै रंग लिएर ।” \\ 0630 //

सूर्य भन्छ– “पिरतीको तलाउमा डुङ्गा हामी खियाऔँ
तिमी मेरो म तिम्रो भनी जुनी बिताऔँ ।” \\ 0631 //

सूर्य भन्छ– “तिम्रो साथ पाए मलाई अरु केही चाहिँदैन
जनम–जनममा कहिल्यै पनि प्रीति टुटाउनेछैन ।” \\ 0632 //

सूर्य भन्छ– “अचम्मले मिलन तीव्र भयो अकस्मात् आज हाम्रो
मलाई लाग्दछ सृष्टिमा नै सबैभन्दा तिमी राम्रो ।” \\ 0633 //

सूर्य भन्छ– “प्रेमी मलाई तिमीले बनायौ दिल छ मेरो छातीमा
प्रिय तिमी झनै साथ देऊ बाँच्नु छ यस धर्तीमा ।” \\ 0634 //

सूर्य भन्छ– “आएका हौँ हामी यस दुनियाँमा जुनी–जुनी काटेर
तिमी मेरो म तिम्रो बन्नुपर्छ सधैँ मायाप्रीति गाँसेर ।” \ \ 0635 //

सूर्य भन्छ– “जब तिमी नै आउँछ्यौ भने यो दिललाई अरु के चाहियो
साथ तिम्रोे पाइदिँदा सारा खुशी नै खुशी पाइयो ।” \\ 0636 //

सूर्य भन्छ– “दिल मेरो एउटै छ , त्यो तिमीलाई दिएको छु
सदा–सदा म तिमीमा हरकदममा छाएको छु ।” \\ 0637 //

सूर्य भन्छ– “बहारको याम छ तिम्रो ओठको अमृत प्याला पिउनु छ
दुई मुटुको एउटै धड्कन बनाई हामी सधैँ जिउनु छ ।” \\ 0638 //

सूर्य भन्छ– “तिम्रो र मेरो साइत जुरेको मिलनका रमाइला पलहरुमा
नबिच्कीकन अघि बढ्दै जाऔँ ती खुड्किलाहरुमा ।” \\ 0639 //

सूर्य भन्छ– “गन्तव्यमा पुगौँ हामी कदम–कदम साथ भएर
यसै गरी सफल बनौँ दुई प्राणी एक भएर ।” \\ 0640 //

सूर्य भन्छ– “हाम्रो प्रगाढ सम्बन्धलाई अझ गाढा बनाउँदै जाऔँ
यो जिन्दगीमा मात्र होइन, जुनी–जुनी साथ बिताऔँ ।” \\ 0641 //

सूर्य भन्छ– “यस्तो रंगीन संसारको प्रीतिको सागरमा रङ्गिनु छ
जीवनमा जिएर हामी प्रगतिपथमा लम्किनु छ ।” \\ 0642 //

सूर्य भन्छ– “यस धर्तीमा फुलेको फूलजस्तै सदा सुगन्ध छर्नु छ
हामी दुई मिलेर यस स्वच्छ वातावरणमा रम्नु छ ।” \\ 0643 //

सूर्य भन्छ– “माया–पिरतीकोे गीत गाऔँ हामी आजको यो दिनैमा
अब हामी एक–अर्कालाई भुलौँ यो रमाइलो बेलैमा ।” \\ 0644 //

सूर्य भन्छ– “जिन्दगीको छैन भरोसा गरौँ केही नौलो काम
पुगौँ अब हामी दुई पिरतीको रम्य नौलो धाम ।” \\ 0645 //

सूर्य भन्छ– “मौसम रंगीन लागिरहेछ तिम्रो साथ पाएर
हामी दुई एक बनौँ धेरै माया गरेर ।” \\ 0646 //

सूर्य भन्छ– “धर्तीको फूल हौ तिमी, तिमी सुगन्धित छ्यौ
पूर्णिमाको जून हौ तिमी अति सुन्दरी छ्यौ ।” \\ 0647 //

सूर्य भन्छ– “तिमी आकाशकी परी हौ यस धर्तीमा झरेकी
मलाई मोहनी लगाई सौन्दर्यमा रहेकी ।” \\ 0648 //

सूर्य भन्छ– “मलाई तिम्रै मात्र छ भरोसा, छैन कसैको वास्ता
अरुको छैन कुनै आशा तिमीलाई देख्दा ।” \\ 0649 //

सूर्य भन्छ– “तिम्रो प्रेममा म अति नै मग्न भएछु
तिमीलाई सधैँको लागि आफ्नो बनाएछु ।” \\ 0650 //

सूर्य भन्छ– “तिमी अब जिन्दगीबाट ओझेल नभइदेऊ
तिमी मेरो सदाको मनको मीत बनिदेऊ ।” \\ 0651 //

सूर्य भन्छ– “जति पटक मैले तिमीलाई आँखाले देख्छु
उति पटक हरपल तिमीमै मोहित हुन्छु ।” \\ 0652 //

सूर्य भन्छ– “तिमीलाई बनाउन धेरै मेहनत लाग्यो होला
तिमीजस्ती राम्री यस धर्तीमा एक जना मात्रै होला ।” \\ 0653 //

सूर्य भन्छ– “तिमीसँग मिलेर मेरो धित मरिरहेछ
तिमीलाई हेरिरहँदा मेरो प्रीत जागिरहेछ ।” \\ 0654 //

सूर्य भन्छ– “तिमी पनि यही भन यसरी हामी जिउनु छ
हामी दुवै सधैँ–सधैँ सदाबहार गीत गाउनु छ ।” \\ 0655 //

सूर्य भन्छ– “तिमी मेरो दिलबाहिर कहिल्यै जानेछैनौ
तिमी सिर्फ मेरी हौ, अरु कसैको पनि हैनौ ।” \\ 0656 //

सूर्य भन्छ– “तिम्रो सुगन्ध आज चारैतिर फैलिएको छ
तिमीलाई भेट्दा मेरो मन साह्रै रमिएको छ ।” \\ 0657 //

सूर्य भन्छ– “प्रिय तिमी मलाई यसरी नै सधैँ साथ दिनू
मनमा लागेका कुराहरु सधैँ आफ्नो ठानी भन्नू ।” \\ 0658 //

सूर्य भन्छ– “तस्वीर तिम्रै कोरेको छु तिम्रै सम्झनामा
तिम्रो निशानी राखेको छु मेरो दिलको भित्तामा ।” \\ 0659 //

सूर्य भन्छ– “तिमी चन्द्र मोहिनी हौ मेरो विशाल आकाशको
तिमी एक मात्र जीवनसाथी हौ मेरो मधुमासको ।” \\ 0660 //

सूर्य भन्छ– “तिमीसँग जुनी–जुनी सम्बन्ध टुटाउनेछैन
तिमीलाई मबाट कहिल्यै छुटाउनेछैन ।” \\ 0661 //

सूर्य भन्छ– “हाम्रो हरभेट खुशीको क्षण भयोे
सँगै बाँच्ने, सँगै मर्ने सधैँ प्रण भयो ।” \\ 0662 //

सूर्य भन्छ– “वसन्तको आगमनले हरियाली छाइरहेछ
तिमीलाई पाएर मेरो दिल रमाइरहेछ ।” \\ 0663 //

सूर्य भन्छ– “तिमीसँग हाँसखेल गरेको चौतारी याद आइरहेछ
फूलको बास्ना आएजस्तै तिम्रो सुवास छाइरहेछ ।” \\ 0664 //

सूर्य भन्छ– “अब मेरो जीवनबाट तिमी कतै नगइदेऊ
हाम्रो सानो संसारमा तिमी सदा रमाइदेऊ ।” \\ 0665 //

सूर्य भन्छ– “तिम्रो उपस्थितिमा सारा दुःख भुलिरहेछु
जिन्दगीको सारा सुख मैले पाइरहेछु ।” \\ 0666 //

सूर्य भन्छ– “पाएको छु तिमीलाई अब छुट्नेछैन
तिमीलाई छोडेर कहीँ जानेछैन ।” \\ 0667 //

सूर्य भन्छ– “तिमी दिलकी रानी, तिमी प्रीतकी खानी
मलाई राम्रो लाग्छ तिम्रो हरेक बानी ।” \\ 0668 //

सूर्य भन्छ– “हरेक मोडमा तिमीलाई नै सोचेको छु
तिमीलाई सधैँको लागि आफ्नो बनाएको छु ।” \\ 0669 //

सूर्य भन्छ– “अंगालोमा बाँध्नुपर्यो अझै नजिक आइदेऊ
जिन्दगीको सारा प्यास तिमी मेटाइदेऊ ।” \\ 0670 //

सूर्य भन्छ– “तिमीसँग पिरतीको गीत गाउन मन लाग्यो
सँगै रमाएर झुमिझुमी नाच्न मन लाग्यो ।” \\ 0671 //

सूर्य भन्छ– “हिजोभन्दा आज झन् रमाइलो लाग्यो
जिन्दगीको सारा सुख पाएजस्तो लाग्यो ।” \\ 0672 //

सूर्य भन्छ– “छुट्ने छैनौँ हामी युगौँयुगसम्म
हाम्रो मिलन हुनेछ जुनी–जुनीसम्म ।” \\ 0673 //

सूर्य भन्छ– “आकाशभन्दा विशाल माया दिएको छु तिमीलाई
मेरो सारा जीवन अर्पण गरेको छु तिमीलाई ।” \\ 0674 //

सूर्य भन्छ– “आऊ प्रिय मेरो जिन्दगीमा तिमी सधैँ छाऊ
पीर–व्यथा भुली तिमी सदा–सदा रमाऊ ।” \\ 0675 //

सूर्य भन्छ– “जिन्दगी बाँच्नुको अर्थ तिमी भेटाऊ
नौलो हाम्रो संसारमा तिमी रमाऊ ।” \\ 0676 //

सूर्य भन्छ– “तिमी मलाई माया देऊ, म तिमीलाई माया दिन्छु
तिम्रै पछिपछि लागेर म तिम्रै छाया बन्छु ।” \\ 0677 //

सूर्य भन्छ– “तिम्रो हरइच्छा म पूरा गर्छु
मेरो तिमी भरोसा गर, म तिमीमै मर्छु ।” \\ 0678 //

सूर्य भन्छ– “जीवनको गारेटोमा अझै लम्कनु छ
ठूला–ठूला मान्छेले जस्तै अझै नाम कमाउनु छ ।” \\ 0679 //

सूर्य भन्छ– “फूल हौ तिमी, तिम्रो सुवास आएको छ
भूल नगर तिमी, तिम्रै नाम छाएको छ ।” \\ 0680 //

सूर्य भन्छ– “तिमी मेरो आशा हौ, सधैँ विश्वास गरिदेऊ
सधैँ तिमी यसै गरी मेरो जीवनमा रमिदेऊ ।” \\ 0681 //

सूर्य भन्छ– “तिमीलाई छोडेर कहाँ जान सक्छु ? तिमी नभए म त मर्छु
त्यसैले आइदेऊ मेरो जिन्दगीमा रमी–रमी, म त तिमीलाई कुर्छु ।” \\ 0682 //

सूर्य भन्छ– “यदि म रिसाएँ भने तिमी मलाई फकाउनू
बाचा, कसम, किरियालाई तिमी त्यसै नबिर्सिनू ।” \\ 0683 //

सूर्य भन्छ– “सधैँ हेरुँ–हेरुँ लाग्ने तिम्रो मुहार मलाई मनपर्छ
हाम्रो मिलन भएको छ , त्यसैले हामी एक–अर्काका लागि रम्नुपर्छ ।” \\ 0684 //

सूर्य भन्छ– “कोइलीको जस्तो मीठो मधुर बोली छ तिम्रो
त्यसैले त भनिरहेछु तिमी सधैँको लागि मेरो ।” \\ 0685 //

सूर्य भन्छ– “प्रिय तिमीलाई कसम छ , एकचोटि हेर मलाई
म तिमीलाई प्रेमी भएर हेर्छु , तिमी पनि विरोध नगर मलाई ।” \\ 0686 //

सूर्य भन्छ– “कुनै कुरा पनि अधुरो नहोस् , तिमी मेरै होस्
तिमी मेरो नजिक आऊ, हाम्रो दूरी छोटो होस् ।” \\ 0687 //

सूर्य भन्छ– “कसरी भयो, कसरी भयो यो रमाइलो मौसम
तिमी मेरो दिलमा खुशी ल्याई बस्यौ हरदम ।” \\ 0688 //

सूर्य भन्छ– “फूलबारीमा तिमी जति राम्रो फूल अरु छैन
तिमीलाई असीमित प्रेम गर्ने मबाहेक अरु कोही छैन ।” \\ 0689 //

सूर्य भन्छ– “मेघ पनि गर्जियो, बादल पनि बर्सियो
जहाँ गए पनि तिमी मात्रै सम्झियो ।” \\ 0690 //

सूर्य भन्छ– “लग तिमी छिट्टै लग प्रेमको नगरमा मलाई
अँध्यारो तिमी हटाइदेऊ प्रेमको दीप जलाई ।” \\ 0691 //

सूर्य भन्छ– “हामी सबैलाई यस संसारमा ल्याएको छ भावीले
एउटा सुन्दर संसार बनाउनु छ हामीले ।” \\ 0692 //

सूर्य भन्छ– “कहिले तिमी नजिक आउँछ्यौ, कहिले तिमी टाढा
हाम्रो प्रेमसम्बन्धलाई बनाऔँ झनै गाढा ।” \\ 0693 //

सूर्य भन्छ– “मैले प्रीत लुकाएको छैन, तिमी पनि नलुकाऊ
हाम्रो प्रेम कसैगरी टुट्नेछैन, तिमी कहिल्यै नडराऊ ।” \\ 0694 //

सूर्य भन्छ– “एउटै पथमा लम्कनु छ हामीले , बाधाहरु पन्छाई
जिन्दगीका मोडहरु तर्नु छ हामीले , मिलनमा रमाई ।” \\ 0695 //

सूर्य भन्छ– “आशिष् मिलोस् भगवान्को हामी दुईलाई
कहिल्यै पनि दुःख नपरोस् सधैँ सुख छाई ।” \\ 0696 //

सूर्य भन्छ– “मेहनत र परिश्रम गरी सधैँ बाँच्न पाओस्
आफ्नो खुट्टामा आफैं उभिई जीवन धान्न पाओस् ।” \\ 0697 //

सूर्य भन्छ– “प्रेमबाटै सबै कुरा मिल्छ , प्रेममै बाँचौँ हामी
त्यसैले एकले अर्कालाई सदा प्रेम गरौँ हामी ।” \\ 0698 //

सूर्य भन्छ– “जिन्दगीलाई हामी स्वर्गसरि पारौँ
आकाशमा उन्मुक्त भै उडेका जोडी चरीसरि बाँचौँ ।” \\ 0699 //

सूर्य भन्छ– “एकछिन्को जिन्दगीमा उन्मुक्त भै हासौँ
सँगै बसौँ, नाचौँ, गाऔँ अनि रमाऔँ ।” \\ 0700 //

सूर्य भन्छ– “त्यसैले मैले तिमीलाई नै रोजेको हुँ , प्रेम गर्न
अनि तिमीलाई नै खोजेको हुँ , दुःख सबै हर्न ।” \\ 0701 //

सूर्य भन्छ– “जून लागेको छ , रात पनि चकमक छ
तिमी सामु पाउँदा मनै ढकमक छ ।” \\ 0702 //

सूर्य भन्छ– “तिमीसँग प्रीति गाँस्ने कसम खाएको छु मैले
तिमी पनि फेरि यही कसम खाइदेऊ अहिले ।” \\ 0703 //

सूर्य भन्छ– “मरे पनि यो कसमलाई मैले तोड्नेछैन
तिम्रो साथ आज पनि भोलि पनि कहिल्यै छोड्नेछैन ।” \\ 0704 //

सूर्य भन्छ– “यही बाटोमा हामी दुई अझै अघि बढ्नु छ
गन्तव्यमा पुगेर सुखको उपभोग गर्नु छ ।” \\ 0705 //

सूर्य भन्छ– “जन्म–जन्मसम्म पनि हामीलाई यसरी मिलाओस्
हामी दुईको सम्बन्ध पनि सधैँ अटुट रहोस् ।” \\ 0706 //

सूर्य भन्छ– “तिमीसँग हाँसीखुशी सधैँ रमाउन पाओस्
हाम्रो जोडीले प्रसिद्ध भै नाम कमाउन पाओस् ।” \\ 0707 //

सूर्य भन्छ– “हाम्रो जीवनको शुरुआत भएको छ अहिले
तिमी पनि त्यही गरिदेऊ जे भन्छु मैले ।” \\ 0708 //

सूर्य भन्छ– “तिम्रो–मेरो प्रीतको नशा छाएको छ
एउटा नयाँ–नौलो, नयाँ–राम्रो याम आएको छ ।” \\ 0709 //

सूर्य भन्छ– “तिमीलाई मैले मात्रै पाएको छु
म अब तिम्रै मात्रै भएको छु ।” \\ 0710 //

सूर्य भन्छ– “एकातिर आकाशमा इन्द्रेणी लागिरहेछ
मेरो रंगीन जीवनले सुख भोगिरहेछ ।” \\ 0711 //

सूर्य भन्छ– “त्यो तिम्रै साथ पाएर मात्र सम्भव भएको हो
एउटा सुनौलो जीवनको अनुभव भएको हो ।” \\ 0712 //

सूर्य भन्छ– “यो मिलनमा मलाई यस्तो लागिरहेछ
कि पहिलो जुनीमा तिमी मेरै रहेछ ।” \\ 0713 //

सूर्य भन्छ– “तिमी मलाई प्रेम गर्छु भन म तिमीलाई भन्छु
यसै गरी म तिमीलाई आफूतिर तान्छु ।” \\ 0714 //

सूर्य भन्छ– “हाम्रो संगतले प्रकृति पनि रमणीय भएको छ
हाम्रो जिन्दगीमा सधैँको लागि बहार आएको छ ।” \\ 0715 //

सूर्य भन्छ– “तिमी मेरो सपनीमा पनि आऊ
अनि आएर पिरतीको गीत पनि गाऊ ।” \\ 0716 //

सूर्य भन्छ– “यति राम्रो विश्वासिलो छ , हाम्रो माया
त्यसमाथि सदा साथ रहने , तिमी मेरो छाया ।” \\ 0717 //

सूर्य भन्छ– “देवताले हामीजस्तै अरु सबैलाई मिलाओस्
यसै गरी हाम्रो प्रीतले सधैँ स्वर्ग पाओस् ।” \\ 0718 //

सूर्य भन्छ– “तिमी मेरो आफ्नै हो, आफ्नै रहनेछ्यौ
अनन्तकालसम्म पनि तिमी मेरै हुनेछ्यौ ।” \\ 0719 //

सूर्य भन्छ– “तिमीसिवाय अरु कोही दिलमा राखेको छैन
तिम्रो कुरा मैले कसैसित काट्या छैन ।” \\ 0720 //

तर चन्दाको सबै अधिकार सूर्यले खोसिसकेको हुन्छ
क्षितिज पनि चन्दाको झलक नपाएर तड्पिरहेको हुन्छ । \\ 0721 //

सूर्य भन्छ– “तिमीसित गरेको बाचा–कसम कहिल्यै भुल्नेछैन
तिमीलाई छोेडेर अन्त कतै जानेछैन ।” \\ 0722 //

सूर्य भन्छ– “तिमी मेरो जीवनको आधार भो
तिमीलाई पाएर जिन्दगानी साकार भो ।” \\ 0723 //

सूर्य भन्छ– “हाम्रो मिलन यसै गरी कायम भैरहोस्
जिन्दगीमा दुःख भुली सुख सबै मिलोस् ।” \\ 0724 //

सूर्य भन्छ– “ईश्वरले गर्दा हामी दुईको जोडी बन्यो
माया–प्रीतिको डोरीले तिमी र मलाई तान्यो ।” \\ 0725 //

सूर्य भन्छ– “जिन्दगीका मोडहरुमा हामी छुट्नुहुन्न
हरबाधाहरुमा हामी टुट्नुहुन्न ।” \\ 0726 //

चन्दाको दिलबाट सदा–सदा सूर्य टाढिसकेको हुन्छ
तैपनि बाध्यताले सूर्यसँगै घुमिरहेको हुन्छ । \\ 0727 //

सूर्य भन्छ– “तिमीबाहेक कसैलाई मेरो यो दिल दिन्न
जस्तै दुःख परे पनि अरु कसैलाई चुन्न ।” \\ 0728 //

सूर्य भन्छ– “आज खुलेर प्रेम गरौं हामी दुई
प्रेम के हो भनी दुनियाँलाई देखाऔँ नडराई ।” \\ 0729 //

सूर्य भन्छ– “तैपनि दुनियाँ जलेको छ हाम्रो प्रेम देखेर
मुकाबिला गरौँ हामी यसलाई पनि डटेर ।” \\ 0730 //

सूर्य भन्छ– “म सधैँ तिम्रो हुन्छु , तिमी सधैँ मेरो हुनू
यति राम्रो जीवनमा तिमी त्यसै नरुनू ।” \\ 0731 //

सूर्य भन्छ– “संसारमा पापैपाप छ , पापी संसारको के भर !
तिम्रो–मेरो चोखो प्रेमजस्तो अर्को पुण्य के छ र ?” \\ 0732 //

सूर्य भन्छ– “मेरो जिन्दगी सबै तिमीलाई अर्पण गरेको छु
तिम्रा ती दुई नयनलाई दर्पण मानेको छु ।” \\ 0733 //

सूर्य भन्छ– “अब तिमी सधैँ मेरो साथ रहनू
जिन्दगीको अध्यायलाई यसरी नै शुरु गर्नू ।” \\ 0734 //

सूर्य भन्छ– “पिरतीको आँगनीमा बनाऔँ एउटा घेरो
त्यहीँ हामी मायाप्रेमको जमाऔँ एउटा डेरो ।” \\ 0735 //

सूर्य भन्छ– “तिम्रो हरेक मागलाई म पूरा गर्छु
तिम्रो साथ लिएर ठूलै आँधी तर्छु ।” \\ 0736 //

सूर्य भन्छ– “तिमी के मिल्यौ जिन्दगी अति सुन्दर लाग्न थाल्यो
धेरै लामो जीवन पनि छोटो लाग्न थाल्यो ।” \\ 0737 //

सूर्य भन्छ– “त्यसैले यो प्रेमीको प्रेम निवेदन सुनिदेऊ
अब मेरो निम्ति तिमी दुनियाँलाई भुलिदेऊ ।” \\ 0738 //

सूर्य भन्छ– “यसरी एक्लै–एक्लै तिमीसित रम्न मन पर्छ
जिन्दगीको सुख–दुःख एक–आपसमा बाँड्न मन पर्छ ।” \\ 0739 //

सूर्य भन्छ– “तिमी भएर सबथोक पाएको छु मैले
सबैको अगाडि छाती फुलेको छ अहिले ।” \\ 0740 //

सूर्य भन्छ– “तिमी मेरो बनिसक्यौ अरु के चाहिन्छ र ?
तिमीजस्तो मिल्ने साथी अरु को पाइन्छ र ?” \\ 0741 //

सूर्य भन्छ– “यति धेरै माया दियौ तिमीले मलाई
तिमीमा यति धेरै भुलेको छु , वास्ता छैन कसैलाई ।” \\ 0742 //

सूर्य भन्छ– “सधैँ यसै गरी साथ रहनुपर्छ
मोडहरु पार गरी लक्ष्यमा बढ्नुपर्छ ।” \\ 0743 //

सूर्य भन्छ– “यसै गरी सधैँ तिमी मेरै मात्र बनिदेऊ
हरबाधा पन्छाएर साथ सधैँ रहिदेऊ ।” \\ 0744 //

सूर्य भन्छ– “तिम्रो साथ पाएर दुःख सबै भुलेँ
तिमी मेरो बाटो अनि तिमी नै लक्ष्य मानेँ ।” \\ 0745 //

सूर्य भन्छ– “हजार जन्म लिनुपरे पनि तिमीलाई छोड्नेछैन
तिमीसँग गरेका बाचा–कसम कहिल्यै तोड्नेछैन ।” \\ 0746 //

सूर्य भन्छ– “मेरो निंदको सपनीमा तिमी नै तिमी आउँछ्यौ
प्रत्यक्ष बिपनीमा पनि तिमी नै तिमी छाउँछ्यौ ।” \\ 0747 //

सूर्य भन्छ– “आऊ कतै टाढासम्म घुम्न हामी जाऔँ
सँगै रमाएर नाचौँ अनि गाऔँ ।” \\ 0748 //

सूर्य भन्छ– “तिमी मेरो जीवन अनि तिमी मेरो विश्वास
मेरो अन्धकार आकाशको तिमी हौ प्रकाश ।” \\ 0749 //

सूर्य भन्छ– “तिमीबाहेक मैले अरु कसैलाई चाहेको छैन
तिमी जति राम्री अरु कसैलाई मानेको छैन ।” \\ 0750 //

सूर्य भन्छ– “हिजो राति हामी दुई विछोड भएको सपना देखेँ
आधा रातमा झस्किएर आँखा खोली हेरेँ ।” \\ 0751 //

सूर्य भन्छ– “निद्रा पनि लागेन अपसकुन हो कि भनेर
देवतालाई पुकारेँ हाम्रो साथ नछुटोस् भनेर ।” \\ 0752 //

सूर्य भन्छ– “आज तिमीलाई सकुशल भेट्दा खुशीको सीमा रहेन
अब तिमीलाई छोड्न यो मनले मानेन ।” \\ 0753 //

सूर्य भन्छ– “भोलि हामी दुईलाई कुनै बाधा नआओस्
जस्तै आपत परे पनि टरेर जाओस् ।” \\ 0754 //

सूर्य भन्छ– “तिमीलाई अझै केही होला कि भन्ने डर लाग्छ मलाई
हामी दुई सधैँ साथ रहेमा हुन्छ हाम्रो भलाइ ।” \\ 0755 //

सूर्य भन्छ– “साथ तिमी भए हरदुःख झेल्न सक्छु
तिमीलाई हरविपतबाट बचाउन सक्छु ।” \\ 0756 //

सूर्य भन्छ– “क्षितिज रहेसम्म माया तिमीलाई गरिरहन्छु
कसैको छैन परवाह तिमीमै मरिरहन्छु ।” \\ 0757 //

सूर्य भन्छ– “तिम्रो हँसिलो मुहार मलाई निकै मन पर्छ
शायद पूर्वजन्ममा तिमी मेरै हुनुपर्छ ।” \\ 0758 //

सूर्य भन्छ– “प्रेयसी तिमीसँग म रमिरहेको छु
दुःख, पीर, दर्द सारा भुलिरहेको छु ।” \\ 0759 //

सूर्य भन्छ– “मेरो आत्माले रोजेको तिमी नै एक हौ
त्यसैले मेरो जिन्दगीको निम्ति तिमी आवश्यक छ्यौ ।” \\ 0760 //

सूर्य भन्छ– “तिमी यति राम्री छ्यौ पूर्णिमाको जून हौ
तिमी यति सक्कली छ्यौ अकबरी सुन हौ ।” \\ 0761 //

सूर्य भन्छ– “तिमी अब मसँग पिरतीको माला बुन
तिमी सबैलाई छोडी अब मलाई नै चुन ।” \\ 0762 //

सूर्य भन्छ– “म पनि त सिनेमाको हिरोजस्तै नै छु
तिम्रो कल्पनाको राजकुमार कस्तो छ , त्यस्तै नै छु ।” \\ 0763 //

सूर्य भन्छ– “सबैलाई लोभ्याउने सर्वगुणसम्पन्न नै छु
तिम्रो यही सौभाग्य हो कि धन्न तिम्रै मात्र छु ।” \\ 0764 //

सूर्य भन्छ– “रिमझिम–रिमझिम परिरहेको छ पानी
किन भिजाइरहिछ्यौ आफ्नो आँखाको नानी ?” \\ 0765 //

सूर्य भन्छ– “शायद तिम्रो यसरी रुझ्ने होला सानैदेखिको बानी
यसमा पनि लुकेको होला तिम्रो कुनै न कुनै कहानी ।” \\ 0766 //

सूर्य भन्छ– “तिमी प्रकृतिकै प्रेमी रहिछ्यौ
त्यसैले तिमी रमी रहिछ्यौ ।” \\ 0767 //

सूर्य भन्छ– “पतझडमा बहार आउन यस्तै मौसम चाहिन्छ
तर तिमीमा हाँसीखुशी हरदम पाइन्छ ।” \\ 0768 //

सूर्य भन्छ– “यो झरीले अँध्यारो बनाउने बादल सारा हटाएको छ
लाग्छ तिम्रो चाहना सबै यसैले पूरा गरेको छ ।” \\ 0769 //

सूर्य भन्छ– “तिम्रो मनको धोको सबै यसरी पूरा भैरहोस्
तिमीलाई दुःख अनि पीडा कहिल्यै नपरोस् ।” \\ 0770 //

सूर्य भन्छ– “आज हामी दुई खुलेर मिल्नुपर्छ
दुःख–दर्दलाई मिलेर जित्नुपर्छ ।” \\ 0771 //

सूर्य भन्छ– “मलाई लाग्छ आज पिकनिकको रमझम छ
तिम्रो र मेरो मिलनको मीठो संगम छ ।” \\ 0772 //

सूर्य भन्छ– “जिन्दगीमा बेइमानीको हार इमानदारको जीत हुनुपर्छ
यसबाट दुनियाँको स्वर्गसरि मेल हुनुपर्छ ।” \\ 0773 //

सूर्य भन्छ– “तिमी पनि राम्रो आँखाले सबैलाई हेर्ने गर
सबैसँग एक–आपसमा भाइचारा गर्ने गर ।” \\ 0774 //

सूर्य भन्छ– “वर्तमानलाई राम्रो पार भविष्य त्यसै राम्रो हुनेछ
अरुको निम्ति बाँच्ने गर दिल त्यसै तिम्रो रम्नेछ ।” \\ 0775 //

सूर्य भन्छ– “तिमीलाई दुःख परे मलाई त्यो दुःख देऊ
अनि हाँसीखुशी मेरो सारा सुख लेऊ ।” \\ 0776 //

सूर्य भन्छ– “यसरी तिमी पनि मैजस्तै रमाउन सक्छ्यौ
मलाई नै माया गरी मैमा समाउन सक्छ्यौ ।” \\ 0777 //

सूर्य भन्छ– “मेरो शरीरभरि संगीत दौैडिरहेछ
साँझ–बिहान तिमी नै तिमी याद आइरहेछ ।” \\ 0778 //

सूर्य भन्छ– “आज तिमीले रचेको गीत सम्झिरहेछु
सारा शरीर मर्काएर याद गाइरहेछु ।” \\ 0779 //

सूर्य भन्छ– “तिमीले–मैले देउताकहाँ खाएका थियौँ कति–कति कसम
त्यति बेलादेखि तिमीले मलाई भन्यौ आफ्नो खसम ।” \\ 0780 //

सूर्य भन्छ– “अझै यस्तो कुराले म रोमाञ्चित भइरहेछु
सारा शरीर नचाएर याद गाइरहेछु ।” \\ 0781 //

सूर्य भन्छ– “कस्तै एक्लै परे तिमीले मलाई सम्झ, म तिमीलाई सम्झन्छु
सबैलाई हामी सफल जोडीको कथा सबै भन्छु ।” \\ 0782 //

सूर्य भन्छ– “यही आनन्दी क्षणलाई अझै भनिरहेछु
सारा शरीर झुमाएर याद गाइरहेछु ।” \\ 0783 //

सूर्य भन्छ– “कति प्रेम प्रस्ताव आयो सबै अस्वीकार गरेँ
तिम्रै निम्ति भनी जीवन समर्पण गरेँ ।” \\ 0784 //

सूर्य भन्छ– “त्यसैले तिमीबाट मैले सारा सुख पाएको छु
सारा शरीर फुकाएर याद गाइरहेछु ।” \\ 0785 //

सूर्य भन्छ– “मलाई प्रेम गर्नु राम्रो लाग्छ
सबैलाई माया गर्नु मन पर्छ ।” \\ 0786 //

सूर्य भन्छ– “यो शरीर त एक पटक मात्रै आउँछ
त्यसैले हामीले एक–अर्कालाई प्रेम गर्नु पर्दछ ।” \\ 0787 //

सूर्य भन्छ– “प्रेम गरेर हेर सबैलाई राम्रो देख्नेछ्यौ
सारा संसारलाई नै तिमी आफ्नो घर मान्नेछ्यौ ।” \\ 0788 //

सूर्य भन्छ– “प्रेम गरेर हेर तिमी, जिन्दगी छोटो लाग्नेछ
संसार रंगीन लाग्नेछ , सबै आफन्त हुनेछ ।” \\ 0789 //

सूर्य भन्छ– “प्रेमबिना बाँच्नु असम्भव हुन्छ
अमृतसरि जीवन पनि तिमीलाई विष हुन सक्छ ।” \\ 0790 //

सूर्य भन्छ– “त्यसैले हामी खुलेर सबैसँग प्रेम गरौँ
यो एक पटकको जीवनमा सदा हामी सुखमा बाँचौँ ।” \\ 0791 //

सूर्य भन्छ– “म तिमीलाई धेरै–धेरै धेरै माया गर्छु
त्यसैले सधैँ आई लभ् यु भनी चिच्याउने गर्छु ।” \\ 0792 //

सूर्य भन्छ– “आऊ दुवै मिली पन्छाऔँ सबै अन्धकारको बादल
अनि रमी नीलो गगनलाई हेरेर बनौँ हामी पागल ।” \\ 0793 //

सूर्य भन्छ– “जति हेर्यो उति हेरुँ–हेरुँ लाग्ने तिम्रो छ रुप
आजसम्म मसँग किन बोल्दिनौ नबस अब चुप ।” \\ 0794 //

सूर्य भन्छ– “म त मोहित भएछु जादू तिम्रो छायो
मेरो शरीर रोमाञ्चित भएर प्रेमैप्रेम सल्बलायो ।” \\ 0795 //

सूर्य भन्छ– “कोइलीको झैँ मीठो लाग्छ तिम्रो बोली मलाई
अब हामी चरम बिन्दुमा पुगौँ प्रेमको दीप जलाई ।” \\ 0796 //

सूर्य भन्छ– “म हुन्छु सदा तिम्रो साथ नडराउनू कसैसँग
म तिम्रो बाधा–अड्चन पन्छाइदिन्छु , तिमी हुनु सदा दंग ।” \\ 0797 //

सूर्य भन्छ– “तिमीलाई पाउँदा आफूलाई भाग्यमानी मानेको छु
संसारको सारा खुशी तिमीमा नै पाएको छु ।” \\ 0798 //

सूर्य भन्छ– “तिमीलाई पनि शायद यस्तै लाग्छ होला
अब हामी दुवै मिली तर्नुपर्छ ठूलै खोला ।” \\ 0799 //

सूर्य भन्छ– “जन्मौंजन्मको सम्बन्ध हो यो हाम्रो
हिजोभन्दा तिमी मलाई झनै लाग्यो राम्रो ।” \\ 0800 //

सूर्य भन्छ– “तिम्रो कसरी वर्णन गरुँ ? मसँग शब्द छैन
लाग्छ मबाहेक तिमी अरु कसैको हैन ।” \\ 0801 //

सूर्य भन्छ– “तिमी र म, म र तिमी बनौँ सदा जोडी
अझै अघि बढौँ हामी हरबन्धनलाई तोडी ।” \\ 0802 //

सूर्य भन्छ– “दिल मेरो त्यहीँ हुन्छ जहाँ हुन्छ्यौ तिमी
अब गीत गाई नाचौँ हामी यसरी नै रमी–रमी ।” \\ 0803 //

सूर्य भन्छ– “बाचा भयो तिमीसँग कहिल्यै नछुट्टिने भनी
हाम्रो सम्बन्ध टुटाउन सक्दैन कसैले जे गरे पनि ।” \\ 0804 //

सूर्य भन्छ– “तिम्रो आगमनमा पवन पनि फूलको सुवास लिएर आउँछ
प्रभातको मिर्मिरे अनि साँझको झिसमिसेमा पनि तिम्रो दीपक छाउँछ ।” \\ 0805 //

सूर्य भन्छ– “तिमी साथ हुँदा मलाई स्वर्गभन्दा मज्जा लाग्यो
हाम्रो घर, मन, मुटु र सपना पनि साझा भइसक्यो ।” \\ 0806 //

सूर्य भन्छ– “जस्तोसुकै आपतमा पनि तिम्रो मुस्कान मेरो सुख भयो
हिजो पनि आज पनि तिम्रोे अंगालो नै मलाई लाख भयो ।” \\ 0807 //

सूर्य भन्छ– “आजलाई क्षितिजकोे छानो धर्तीको बिछ्यौना यही हो हाम्रो घर
तिम्रो साथ पाएदेखि अब छैन मलाई कुनै पनि त्रास र डर ।” \\ 0808 //

सूर्य भन्छ– “जन्मौंजन्मको सम्बन्ध हो यो हाम्रो अनन्तसम्मको
एउटा निशानी बनाउनुपर्छ हामी दुईले रमझमको ।” \\ 0809 //

सूर्य भन्छ– “एकमात्र म हुँ तिमीलाई पाउने भाग्यशाली
मेरो दिलमा तिमी नै तिमी छ्यौ, छैन केही खाली ।” \\ 0810 //

सूर्य भन्छ– “म तिम्रो प्रेमपथमा लम्केको छु
तिम्रो साथ पाउन अरुबाट उम्केको छु ।” \\ 0811 //

सूर्य भन्छ– “तिमीलाई कहिल्यै छोड्नेछैन, यो मेरो बाचा भो
यो नै हामी दुईले जिउने जीवनको ढाँचा भो ।” \\ 0812 //

सूर्य भन्छ– “सागरभन्दा गहिरो प्रेम छ हाम्रो
एक–अर्काको पर्याय बन्नु हामी दुईलाई राम्रो ।” \\ 0813 //

सूर्य भन्छ– “हामी दुईको प्रेमको नयाँ चिनो बनाउनु छ
त्यो चिनोलाई सबैको सामु चिनाउनु छ ।” \\ 0814 //

सूर्य भन्छ– “आऊ सबैलाई भुली क्षितिजलाई चुमौँ
हामी मधुमासमा साझा सपना बुनौँ ।” \\ 0815 //

सूर्य भन्छ– “तिम्रो नजरको वाण पर्यो मेरो दिलैमा
तिम्रा चाहनाहरु छन् सबै मेरो दिलैमा ।” \\ 0816 //

सूर्य भन्छ– “अगाडिको जन्ममा पनि भावीले तिमीलाई नै जुराएको
यस जन्ममा पनि त्यसै गरी तिमीलाई नै पाएको ।” \\ 0817 //

सूर्य भन्छ– “यस्तो सुनौलो अवसर थोरैले मात्र पाउँछ
गरिब भए पनि मिलनमा सुखले छाउँछ ।” \\ 0818 //

सूर्य भन्छ– “तिमी मेरो, म तिम्रो, बीचमा कोही छैन
योजस्तो मूल मार्ग अरु केही छैन ।” \\ 0819 //

सूर्य भन्छ– “खुलेर प्रेम गरौँ, कसैको नगरौँ वास्ता
अहिले बेर भैसक्यो खाऔँ अब नास्ता ।” \\ 0820 //

सूर्य भन्छ– “जुनी–जुनीसम्म पनि यसै गरी रहौँ साथ
सदा–सदा यसै गरी मिलाऔँ हातमा हात ।” \\ 0821 //

सूर्य भन्छ– “पहिलो पटक मेरो मुटु धड्किरहेछ
तिमी मात्रै मलाई मन परिरहेछ ।” \\ 0822 //

सूर्य भन्छ– “छालझैँ कपाल सुम्सुम्याइरहेछु
तालझैँ नीलो नयनमा डुबिरहेछु ।” \\ 0823 //

सूर्य भन्छ– “तिमी स्वर्गकी अप्सरा हौ अनि परी हौ
केवल मेरै निम्ति यस धर्तीमा झरिछ्यौ ।” \\ 0824 //

सूर्य भन्छ– “बिनाशृङ्गार तिमी राजकुमारीजस्ती छ्यौ
आऊ साथ हुँदा मस्ती नै मस्ती गरौँ, किन सर्माउँछ्यौ ।” \\ 0825 //

सूर्य भन्छ– “आऊ मेरो न्यानो अंगालोमा तिमी
अब एक भएर सदा बस्नुपर्छ हामी ।” \\ 0826 //

सूर्य भन्छ– “साथ नहुँदा हाम्रो जीवन बेकार छ
साथ हुँदा हाम्रो जीवन साकार छ ।” \\ 0827 //

क्षितिज भन्छ– “हे मेरी चन्दा ! तिम्रै प्रतीक्षामा बाँचेको छु
रातदिन कल्पी–कल्पी तिमीलाई सम्झेको छु ।” \\ 0828 //

क्षितिज भन्छ– “चाहना यो अधुरै रह्यो, आकांक्षा यो अपूरै रह्यो
तिम्रै प्रतीक्षामा मेरो जीवन बितिरह्यो ।” \\ 0829 //

क्षितिज भन्छ– “तर पनि किन–किन तिम्रै आगमनको आश बाँकी छ
मेरो जिन्दगीको जिउने आधार बाँकी छ ।” \\ 0830 //

क्षितिज भन्छ– “कहाँ गयौ, कता गयौ, म तिमीलाई खोजिरहेछु
मिलनको दिन सम्झी तिमीलाई सोचिरहेछु ।” \\ 0831 //

क्षितिज भन्छ– “तिमी नहुँदा चाहना नै मेरो अधुरो रह्यो
यति मीठो लागेको जीवन अपूरो भयो ।” \\ 0832 //

क्षितिज भन्छ– “जीवनमा जिउने आश बाँकी छ
तिम्रै कल्पनामा रम्ने धोको छ ।” \\ 0833 //

क्षितिज भन्छ– “धेरै सोचेँ तिमीलाई मैले यो जीवनमा
कल्पी–कल्पी बाँचेको छु तिम्रो पर्खाइमा ।” \\ 0834 //

क्षितिज भन्छ– “तिम्रो मायाको आशमा जीवन सारा बिताइदिन्छु
भुल्नेछैन तिमीलाई सधैँभरि, यही भनिरहन्छु ।” \\ 0835 //

क्षितिज भन्छ– “भित्री हृदयबाटै मागिरहन्छु सधैँ तिमीलाई
वास्ता गर्नेछैन तिमीबाहेक कहिल्यै कसैलाई ।” \\ 0836 //

पूर्णिमाको रात चन्दा हाँसी–हाँसी सिद्धान्तको घर जान्छिन्
चन्दाको मुटुमा सिद्धान्त अमर भइरहन्छ , चन्दा रोइरहन्छिन् । \\ 0837 //

क्षितिज भन्छ– “चिनारी हाम्रो धेरै पुरानो तर पनि भन्न सकिएन
हामी दुईले एक–अर्कासँग भेट्न पाइएन ।” \\ 0838 //

सूर्य भन्छ– “बाँच्थ्यौँ हामी एक–अर्काका लागि
मिलेका थियौँ हामी भगवान्लाई भाकी ।” \\ 0839 //

सूर्य भन्छ– “खोलाको दुई किनार भयौँ हामी
विवशताले जाल बुन्यो छानी–छानी ।” \\ 0840 //

सूर्य भन्छ– “यो सानो जिन्दगी कति अनौठो रहेछ
साँचो माया गर्दा पनि विछोडिँदो रहेछ ।” \\ 0841 //

सूर्य भन्छ– “जिन्दगी भयो अभिशाप, मर्न–बाँच्न गाह्रो भो
यो दुई दिनको जिन्दगी मलाई धेरै लामो भो ।” \\ 0842 //

सूर्य भन्छ– “यत्ति चोखो माया पनि छुट्टिँदो रहेछ
तैपनि माया भन्ने तिम्रै मात्र याद भएछ ।” \\ 0843 //

सूर्य भन्छ– “क्षितिजकोे जूनजस्तो तिम्रो मुहार सम्झिरहन्छु
यो जीन्दगानी सधैँ–सधैँ तिम्रै यादमा अल्झाइदिन्छु ।” \\ 0844 //

सूर्य भन्छ– “तिम्रो–मेरो प्रीतको डोरी किन कस्सिएन ?
हाम्रो मिलन अब फेरि किन भएन ?” \\ 0845 //

सूर्य भन्छ– “जिन्दगी भन्नु नै दुःखैदुःखजस्तो लागिरहेछ
हाम्रो जीवनबाट सुख भने अझै टाढिरहेछ ।” \\ 0846 //

सूर्य भन्छ– “पहिले हामी साथ हुँदा भन्थ्यौँ हाम्रो जिन्दगी अति उत्तम
अहिले भने हाम्रो जिन्दगीको सारा समय भयो खत्तम ।” \\ 0847 //

सूर्य भन्छ– “काटिरहेछु यो छोटो जिन्दगी पलपल गनी–गनी
बाँचिरहेछु म, तिमी मेरी हौ तिमी मेरी हौ भनी ।” \\ 0848 //

सूर्य भन्छ– “आज मिलन भोलि विछोड, यो कस्तो प्रक्रिया हो ?
तिमी मेरो भइसकिथ्यौ, आज किन पीडा हो ?” \\ 0849 //

सूर्य भन्छ– “तिम्रो–मेरो भेटमा कति खान्थ्यौं कसम
अब किन भेट हुन्न नरमाइलो छ मौसम ।” \\ 0850 //

सूर्य भन्छ– “देउतालाई साक्षी राखी खाएका थ्यौँ किरिया
अब हामी एक भनी कति गथ्यौं बाचा ।” \\ 0851 //

सूर्य भन्छ– “समयको भेल हो कि निराशाको दिन
कसरी पो सुध्रने हो आजको छिन ।” \\ 0852 //

सूर्य भन्छ– “तिमी कहाँ, म कहाँ, खोलाको दुई किनारजस्तो
दुःख नै दुःख परेको यो जिन्दगानी कस्तो ?” \\ 0853 //

सूर्य भन्छ– “चारैतिर बाधा–अड्चन, छैन कतै निकासमा
कस्तो बेला आयो अब छैन केही बसमा ।” \\ 0854 //

सूर्य भन्छ– “पागल नै भएँ म अब कता जाऊँ
तिम्रो मायाको आशमा जीवन सारा बिताऊँ ।” \\ 0855 //

सूर्य भन्छ– “तिमीबिना बाँचिरहेछु यो तुच्छ जिन्दगी
यो उराठलाग्दो मौसम काटिरहेकोछु सुस्तरी सुस्तरी ।” \\ 0856 //

सूर्य भन्छ– “तिमीलाई पाउन कहाँ–कहाँ, कता–कता धाएछु
तैपनि तिमी भेट्टिएन, निराश नै निराश भएछु ।” \\ 0857 //

सूर्य भन्छ– “अहिले पनि तिमी टाढा छैनौजस्तो लाग्छ
तिम्रो–मेरो भेट हुने आश अझै बाँकी छ ।” \\ 0858 //

सूर्य भन्छ– “हे जून, तिमीले त अवश्य देख्यौ होला
मात्र उनी मन पर्ने मेरो यही नै चोला ।” \\ 0859 //

क्षितिज भन्छ– “चन्दाको प्रतीक्षा नै प्रतीक्षामा बाँचिरहेको छु म
चन्दाबिना जिउँदो लास भइरहेको छु म ।” \\ 0860 //

सूर्य भन्छ– “तिमीलाई सम्झेर कविता लेखिरहेछु
विरहको ज्वालालाई शान्त पारिरहेछु ।” \\ 0861 //

सूर्य भन्छ– “तिम्रो मायाको सागरमा कति पौडेको थिएँ
बितेका पलहरु कति रमाएर बिताएको थिएँ ।” \\ 0862 //

सूर्य भन्छ– “आँखामा आँसु एक थोपा मात्रै बाँकी छ
तिम्रो साथ छुटेको पीडा मात्रै बाँकी छ ।” \\ 0863 //

सूर्य भन्छ– “तिम्रो हरकसम सम्झिरहन्छु म
तैपनि तिमीबाट टाढिएको छु म ।” \\ 0864 //

सूर्य भन्छ– “साँझ पनि बिहान पनि तिमीलाई नै सम्झिरहेको छु
सारा पीडाको आँधी–हुरी सहिरहेको छु ।” \\ 0865 //

सूर्य भन्छ– “जाली संसारले तिम्रो–मेरो प्रीत छुटाइदियो
सँगै मर्ने सँगै बाँच्ने कसम सारा टुटाइदियो ।” \\ 0866 //

सूर्य भन्छ– “कहाँ–कता दोसाँधमा हामीलाई ल्याइपुर्यायो
जिन्दगीको सारा पीर ल्याई विछोड हामीलाई गरायो ।” \\ 0867 //

सूर्य भन्छ– “कसरी म बाँचू अब तिमीबिनाको जीवन ?
प्रतीक्षामा बाँचिरहेछु जिन्दगीका हरक्षण ।” \\ 0868 //

सूर्य भन्छ– “कति काटौँ यसरी वेदनामा जिन्दगी
आँखाभरि आँसु राखी बाँचिरहेछु यसरी ।” \\ 0869 //

सूर्य भन्छ– “ईश्वरले पनि अवश्य नै सुन्नेछन्
हामी दुईको चोखो माया फेरि मिलाउनेछन् ।” \\ 0870 //

सूर्य भन्छ– “यति धेरै भीडमा पनि म आज एक्लो छु
तिम्रो आगमनको आशमा म पर्खिरहेछु ।” \\ 0871 //

सूर्य भन्छ– “तिमी हुँदा सबैलाई पाएजस्तो लाग्थ्यो
सारा पीर–व्यथा पनि भुलेजस्तो लाग्थ्यो ।” \\ 0872 //

सूर्य भन्छ– “चौतारीमा बस्दा पनि थकाइ मेरो मेटिएन
तिमीलाई खोजी हिँड्दा कतै भेटिएन ।” \\ 0873 //

सूर्य भन्छ– “तिमीसँग बिताएका पल याद गाइरहेछु
तिमीसँग खाएका कसम अझै सम्झिरहेछु ।” \\ 0874 //

सूर्य भन्छ– “कसरी म बिताऊँ यस्तो छट्पटिएको जिन्दगी
शायद तिम्रो आगमन आजै हुने हो कि ।” \\ 0875 //

सूर्य भन्छ– “तिमी र म विछोडिने दिन हटी जाओस्
हाम्रो जिन्दगीको लक्ष्य पूरा भैजाओस् ।” \\ 0876 //

सूर्य भन्छ– “तिमीबिना बाँच्न अब सकिएन
जिन्दगीमा फेरि बहार ल्याउन सकिएन ।” \\ 0877 //

सूर्य भन्छ– “तिमी पाए अझै हुन्छ मेरो जिन्दगी खुशी
यस्तो राम्रो कुरा भए म हुन्छु सुखी ।” \\ 0878 //

सूर्य भन्छ– “समयको हुरीले कहाँ–कता ल्याइपुर्यायो
जिन्दगीको जिउने आश मरेतुल्य बनाइदियो ।” \\ 0879 //

सूर्य भन्छ– “अझै पनि धैर्यको बाँध टुटेको छैन
तैपनि तिमी भने भेटिएको होइन ।” \\ 0880 //

सूर्य भन्छ– “जिन्दगीमा तिमीलाई अवश्य एक दिन पाउनेछु
अहिले भने तिम्रो याद मात्रै मैले गाइरहेको छु ।” \\ 0881 //

क्षितिज भन्छ– “चन्दालाई खोज्दै हिँड्दा कतै पनि भेटिएन
दुःख, दर्द, पीडा भने मेटिएको हैन ।” \\ 0882 //

अझ रातमा चन्दाको झलक नपाएपछि क्षितिज सधैँ तड्पिरहन्छ
चन्दाको सपना साकार पार्ने कसम खाइरहन्छ । \\ 0883 //

क्षितिज भन्छ– “रात बिताउन मलाई गाह्रो भइरहेको छ
दिनको तेजिलो घाम मलाई उराठ लागिरहेको छ ।” \\ 0884 //

सूर्य भन्छ– “तिमीसँग बिताएका पलहरु गनिरहेछु
तिमी मेरै निम्ति बनेकी हौ भनिरहेछु ।” \\ 0885 //

क्षितिज भन्छ– “मलाई अझै निद्रा लागेन, अझै रात बितेन
आएको तिम्रो यादलाई मेटाउन सकिएन ।” \\ 0886 //

क्षितिज भन्छ– “सोचेजस्तो हुँदैन रहेछ यो जिन्दगी
भयो आज मेरोे जिन्दगी सबै बन्धकी ।” \\ 0887 //

क्षितिज भन्छ– “कसरी म बिताऊँ यो नियास्रो पललाई ?
हरसोचाइमा तिमी छ्यौ सुनाऊँ कसलाई ?” \\ 0888 //

क्षितिज भन्छ– “एक्लो छु , म तिमीलाई पर्खिरहेछु
सबैतिर आँखा फैलाई खोजिरहेछु ।” \\ 0889 //

सूर्य भन्छ– “तिमीलाई पाउन अब साह्रै गाह्रो भो
डुब्न लागेको सूर्यबाट प्रकाश आधा भो ।” \\ 0890 //

क्षितिज भन्छ– “चोखो माया दिने तिमी मेरो सामु छाइनौ
सपनीमा मात्र आउँछ्यौ, बिपनीमा आइनौ ।” \\ 0891 //

सूर्य भन्छ– “खोलाजस्तै समय पनि बगेपछि फर्कन्न
जुनी–जुनी बिते पनि तिमीलाई बिर्सन्न।” \\ 0892 //

सूर्य भन्छ– “तिर्खा लाग्योे तिम्रो मलाई पानीले प्यास मेटिएन
खोज्दाखोज्दै थाकिसकेँ तिमी सामु भेटिएन ।” \\ 0893 //

क्षितिज भन्छ– “तिम्रो मायाको आशमा अझै भौंतारिरहेछु
सुख्खा मरुभूमिमा पनि बहार खोजिरहेछु ।” \\ 0894 //

क्षितिज भन्छ– “जिन्दगीले यसरी कहाँ ल्याइपुर्यायो
भाग्य पनि रहेनछ कस्तो समय आयो ” \\ 0895 //

सूर्य भन्छ– “यसै गरी सारा जीवन बितिजाने हो कि
तिम्रो माया पाउने आशले मरी जाने हो कि ।” \\ 0896 //

पानी पनि दर्किरहेछ घनघोरसँग
क्षितिज पनि डाँको छोडिरहेछ चन्दाको सम्झनासँग । \\ 0897 //

सूर्य भन्छ– “तिमीलाई खोज्दाखोज्दा धेरै टाढा आइसकेँ
एक पलको जिन्दगी हिँड्दा–हिँड्दा थाकिसकेँ ।” \\ 0898 //

सूर्य भन्छ– “तिमीलाई खोज्न म अब कहाँ जाऊँ ?
कतै पनि छैन अब मेरो खोज्ने ठाउँ ।” \\ 0899 //

क्षितिज भन्छ– “तर तिम्रो आगमनको आशा अझै बाँकी छ
जिन्दगी जिउने आधार तिम्रो याद बाँकी छ ।” \\ 0900 //

क्षितिज भन्छ– “तिम्रै सम्झना कल्पिरहेछु , तिम्रै नाम जपिरहेछु
तिमीलाई भेट्न नपाउँदा जिउँदै मरिरहेछु ।” \\ 0901 //

सूर्य भन्छ– “तिमीलाई पाउन मैले के–के मात्र गरिनँ
बगेर गएको खोला कहिल्यै फर्केर आएन ।” \\ 0902 //

सूर्य भन्छ– “कस्तो दशा लाग्यो मलाई
नदुखेको घाउ दुख्यो दिल जलाई ।” \\ 0903 //

क्षितिज भन्छ– “कस्तो पीर पर्यो मलाई पलपल तिम्रो यादले सताउन थाल्यो
मिलनको आश सबै समयको हुरीले छताछुल्ल पार्न थाल्यो ।” \\ 0904 //

सूर्य भन्छ– “टाढा तिमी नगइदेऊ, मेरो दिलमा आई बसिदेऊ
सपनीमा भए पनि सधैँको लागि आइदेऊ ।” \\ 0905 //

क्षितिज भन्छ– “मन त मेरोे मान्दैन, तिमीबिना जिउन सकिएन
कति भगवान् भाकेँ, तैपनि विरहको आगो निभिएन ।” \\ 0906 //

सूर्य भन्छ– “कस्तो भुमरी यो तिमी र मलाई छुटाउने
भाग्य पनि यस्तै रहेछ प्रीतिलाई टुटाउने ।” \\ 0907 //

सूर्य भन्छ– “जन्म–जन्म साथ जिउने कसम पनि खेर गयो
तिम्रो माया पाउने आश तिर्सनामै सीमित रह्यो ।” \\ 0908 //

सूर्य भन्छ– “विरहको ज्वाला शान्त पार्न सकिएन
ढुकढुकी एउटै भए पनि साथ गाउन सकिएन ।” \\ 0909 //

सूर्य भन्छ– “तिम्रो–मेरो माया क्षणभरमै टुक्रिएर गयो
जोडी नभएको चखेवाको हालत मेरो भयो ।” \\ 0910 //

सूर्य भन्छ– “पहिले–पहिले गथ्यौं हामी कति धेरै माया
तिम्रो म थिएँ सदा तिम्रो छाया ।” \\ 0911 //

क्षितिज भन्छ– “तर पनि आज आयो कस्तो परिस्थिति
दुःख, पीर, वेदनामा रोइरहेछु छाती पिटी–पिटी ।” \\ 0912 //

क्षितिज भन्छ– “एक्लै बसी सोचिरहेछु तिमी कहाँ छ्यौ भनी ?
दूरी हाम्रो बढिरहेछ कहिले आउँछ्यौ तिमी ?” \\ 0913 //

क्षितिज भन्छ– “औंसी पनि आउँदोरहेछ तिमीलाई भेटिएन
तिम्रो आशको प्यास यो जीवनमा मेटिएन ।” \\ 0914 //

क्षितिज भन्छ– “चाहना जीवनको अधूरो रह्यो
तिमीबिना जिन्दगी अपूरो भयो ।” \\ 0915 //

सूर्य भन्छ– “तिम्रो तस्वीरलाई मेरो नयनमा हरपल साँचेको छु
तिमीलाई मात्रै यो दिलमा राखी कल्पी बसेको छु ।” \\ 0916 //

क्षितिज भन्छ– “तिमीलाई हरक्षण खोजिरहेछु म
आफ्नै छायासँग पनि खेलिरहेछु म ।” \\ 0917 //

सूर्य भन्छ– “भइसकेँ म त पागल तिम्रो प्रतीक्षामा
अब कता जाऊँ म तिमीबिनाको जिन्दगीमा ” \\ 0918 //

क्षितिज भन्छ– “तिमी हरसोचाइमा छ्यौ
तिमी हरढुकढुकीमा पनि छ्यौ ।” \\ 0919 //

क्षितिज भन्छ– “तिमी मेरो प्यास हौ, जिन्दगीको आश हौ
तिमीलाई पुज्दछु म , मनमन्दिरको देवता हौ ।” \\ 0920 //

सूर्य भन्छ– “तिमीलाई सम्झन्छु हरपल, तिमी जिन्दगानी हौ
सधैँ भन्ने गर्छु तिमी प्रीतकी खानी हौ ।” \\ 0921 //

क्षितिज भन्छ– “मुटु छिया–छिया पार्यो सारा व्यथाहरुले
मेरो आशा सबै मार्यो यो विछोडले ।” \\ 0922 //

सूर्य भन्छ– “अब म कता जाऊँ यस्तो विरहमा
तिमीलाई पाउँछु म हरकल्पनामा ।” \\ 0923 //

क्षितिज भन्छ– “मेरो जिन्दगानीमा तिमी कहिले आउँछ्यौ ?
बिपनीमा तिमी मलाई कहिले साथ दिन्छ्यौ ? ” \\ 0924 //

सूर्य भन्छ– “पलपल दिन गनी तिमीलाई पर्खिरहेछु
तिम्रो चोखो माया पाउन चोट सहिरहेछु ।” \\ 0925 //

क्षितिज भन्छ– “तिमीलाई नपाउँदा जिउँदै मरिरहेछु
अब म जसरी भए पनि तिम्रो जिन्दगीमा आउँछु ।” \\ 0926 //

सूर्य भन्छ– “तिमीसित सँगै बिताएका पलहरु कसरी म भुलूँ ?
खोजिरहेछु तिमीलाई रातदिन अब म के गरुँ ?” \\ 0927 //

सूर्य भन्छ– “नियतिले आज यस्तो कस्तो परिस्थिति ल्यायो
तिमी र मलाई भुमरीले छुटायो ।” \\ 0928 //

क्षितिज भन्छ– “जिन्दगीको सारा वेदना ल्याई पीडा मात्रै दियो
तिम्रो–मेरो मिलन पनि अब कल्पना मात्रै भयो ।” \\ 0929 //

क्षितिज भन्छ– “भित्र रोइरहेछ मन, बाहिर हाँसिरहेछु
स्वार्थी समाजको कसम पूरा गरिरहेछु ।” \\ 0930 //

सूर्य भन्छ– “तिमी मबाट छुट्ला कि भन्ने डर लाग्छ
तिम्रै कल्पनामा एकान्तमा रमाउन मन लाग्छ ।” \\ 0931 //

क्षितिज भन्छ– “तिमीलाई देख्दा रमाएर म नाच्थेँ
तिम्रो हरढुकढुकीको गीत पनि गाउँथेँ ।” \\ 0932 //

क्षितिज भन्छ– “तिम्रो नाम मेरो मुखमा हरदम आइरहन्छ
तिमी मेरो आफ्नै हो भन्न मन लाग्छ ।” \\ 0933 //

सूर्य भन्छ– “तर पनि तिमीलाई पाएको छैन
तिमीबिनाको एक्लो जीवन जिउन सकेको छैन ।” \\ 0934 //

क्षितिज भन्छ– “जादू तिम्रो हेराइलाई सम्झिरहेछु
तिमीसँग बिताएका यादलाई सम्झी रमाइरहेछु ।” \\ 0935 //

सूर्य भन्छ– “यसरी नै जिन्दगानी बितिजाने हो कि
तिमीलाई नपाई मरी जाने हो कि ?” \\ 0936 //

क्षितिज भन्छ– “यस्तो ठूलो संसारमा तिम्रो मात्रै छ आश
विरहको वेदनाले हो कि अलिकति मात्रै बाँकी छ सास ।” \\ 0937 //

क्षितिज भन्छ– “विरहमा तड्पिएर धेरै आँसु बगाएछु
चन्दालाई नपाएर म एक्लो भएछु ।” \\ 0938 //

सूर्य भन्छ– “अधूरो यो अपूरो मन कसरी शान्त पारुँ ?
साथ कोही छैन मेरो कसरी मन सम्हालूँ ?” \\ 0939 //

सूर्य भन्छ– “जिउँदै म जलिरहेछु तिम्रो प्रीतको आशमा
मेरो ढुकढुकी हौ तिमी , छ्यौ मेरो हरश्वासमा ।” \\ 0940 //

क्षितिज भन्छ– “विछोडको घडी पनि कति साह«ो हुँदोरहेछ
जिन्दगीको सारा इच्छा मेटाउनु पर्दोरहेछ ।” \\ 0941 //

सूर्य भन्छ– “यस्तो निरस जिन्दगी म कसरी जिऊँ ?
तिमीलाई भेटेको हैन कसरी माया दिऊँ ?” \\ 0942 //

क्षितिज भन्छ– “जिन्दगीको सारा दुःख मैमाथि आइप¥यो
तैपनि चन्दासँगै जिउने इच्छा अझै मलाई प¥यो ।” \\ 0943 //

सूर्य भन्छ– “तिमीसँग खाएका बाचा–कसम सम्झिरहेछु
तिमीलाई नभेट्दा म जिउँदै मरिरहेछु ।” \\ 0944 //

क्षितिज भन्छ– “सपनामा मात्र होइन, कल्पनामा पनि तिमी आइरहेछ
शायद तिम्रै प्रतीक्षा नै मेरो जिउने बाटो भइरहेछ ।” \\ 0945 //

सूर्य भन्छ– “हरढुकढुकीमा छ्यौ तिमी, हरयादमा पनि तिमी
तिमीलाई पाउने इच्छा छ आइदेऊ मेरो जीवनमा तिमी ।” \\ 0946 //

क्षितिज भन्छ– “सारा संसारमा खोजिसकेँ तिमीलाई अझै भेटिएन
कहाँ छ्यौ, कता छ्यौ तिमी भन्न मैले सकिनँ ।” \\ 0947 //

सूर्य भन्छ– “शायद तिमी मसँग रिसाएकी पो हो कि
सँगै खाएका बाचा–कसम बिर्सिएकी पो हो कि ।” \\ 0948 //

क्षितिज भन्छ– “शायद तिमीले मेरो प्रेमलाई ख्यालठट्टा सम्झ्यौ कि
मेरो प्रगाढ सम्बन्धलाई आलो–काँचो ठान्यौ कि ।” \\ 0949 //

क्षितिज भन्छ– “शायद तिमीलाई कुनै बाधा–अड्चन पो आयो कि
हाम्रो मिलन हुनुभन्दा अगाडि विवश पो पार्यो कि ? \\ 0950 //

क्षितिज भन्छ– “यस्तो कुनै अपसकुन हामीलाई नपरोस्
तिम्रो–मेरो भेट अब चाँडै राम्ररी होस् ।” \\ 0951 //

क्षितिज भन्छ– “यति चोखो छ माया हाम्रो जीत अवश्य हुनेछ
हामी दुई एक भई संसार बहारले छुनेछ ।” \\ 0952 //

क्षितिज भन्छ– “एक दिन त हाम्रो मिलन अवश्य हुनेछ
हाम्रो सारा छेकबार सबै टुट्नेछ ।” \\ 0953 //

क्षितिज भन्छ– “परिस्थितिले हामीलाई यसरी छुटाइदियो
मिलन हुन्छ भन्दाभन्दै विछोड गराइदियो ।” \\ 0954 //

सूर्य भन्छ– “तिमीलाई आफ्नो बनाए पनि अझै भेट्या होइन
तिम्रो एक झलक पनि देख्न पाएको होइन ।” \\ 0955 //

सूर्य भन्छ– “तिम्रो यादमा आज मैले गजल लेखेको छु
तिम्रो आशमा छट्पटिएर बेचैन भएको छु ।” \\ 0956 //

क्षितिज भन्छ– “तिमी मेरो मुटुको ढुकढुकी हौ
तिमी मेरो बाँच्ने हरआधार हौ ।” \\ 0957 //

क्षितिज भन्छ– “तिमीलाई चाहने सीमा छैन तिमी मनमा छ्यौ
तिमी हरजुनीमा साथ रहनेछ्यौ, तिमी तनमा छ्यौ ।” \\ 0958 //

सूर्य भन्छ– “अझै पनि तिमीलाई किन पाउन सकिएन ?
दुई मुटु एक भए पनि अझै किन मिल्न सकिएन ? ।” \\ 0959 //

क्षितिज भन्छ– “एक दिन त अवश्य हाम्रो दिन फिर्नेछ
दुःखका दिन सबै गएर सुखका दिन आउनेछ ।” \\ 0960 //

क्षितिज भन्छ– “तिमीबिना उजाड भो जिन्दगी, बहार कहिल्यै आएन
तिमीबिना अँध्यारो भो जीवन मेरो मुस्कान कहिल्यै छाएन ।” \\ 0961 //

सूर्य भन्छ– “तिमीबिना मेरो मन त्यसै उदास–उदास हुन्छ
जिन्दगीको जियाई पनि त्यसै निरस–निरस हुन्छ ।” \\ 0962 //

सूर्य भन्छ– “मेरो जिन्दगानी निरर्थक भो बिताउन गाह्रो भो
दुई दिने जिन्दगी पनि मलाई साह्रो भो ।” \\ 0963 //

क्षितिज भन्छ– “उकाली नै उकालीमा अल्झेको छ जिन्दगी
तिम्रै निम्ति दुःख–वेदनामा बल्झाएको छु जिन्दगी ।” \\ 0964 //

क्षितिज भन्छ– “एक दिन त कसो तिमीलाई नपाऊँला ?
जिन्दगीको सार अनि अर्थ भेटाऊँला ।” \\ 0965 //

सूर्य भन्छ– “तिमीलाई पाउन सारा ठाउँ खोजिरहेछु
तिमीलाई सधैँ मैले आफ्नो भनिरहेछु ।” \\ 0966 //

क्षितिज भन्छ– “कहीँ पनि तिमीलाई मैले देख्न सक्या हैन
तिमीसिवाय अरुको निम्ति केही राख्या छैन ।” \\ 0967 //

क्षितिज भन्छ– “तिमीबाहेक अरुलाई मैले सोच्या छैन
तिमीलाई आफ्नो भनेको छु , अरुलाई भन्या छैन ।” \\ 0968 //

सूर्य भन्छ– “तिमीलाई पाउने आशामा भौँतारिरहेछु
तिमी कतै नजाऊ, म खोजिरहेछु ।” \\ 0969 //

क्षितिज भन्छ– “तिमीलाई एकपल पनि भुल्न सकिएन
कुनै बाधा–अड्चन पनि पन्छाउन सकिएन ।” \\ 0970 //

सूर्य भन्छ– “पहिले–पहिले एकान्तमा हामी दुई मिल्थ्यौँ
जिन्दगीका दुःख–पीडा सारा हामी भुल्थ्यौँ ।” \\ 0971 //

क्षितिज भन्छ– “अहिले फेरि आज कस्तो बेला यो आयो ?
तिमी र म छुट्टिने कस्तो भेल आयो ?” \\ 0972 //

सूर्य भन्छ– “जिन्दगीको भरोसा गरौँ तिम्रो मेरो मेल होस्
हामी दुई मिली बिताउने पिरतीको खेल होस् ।” \\ 0973 //

सूर्य भन्छ– “कति कल्पनामा मात्रै मिल्ने ? यथार्थमा पनि यस्तै होस्
हामी दुईको जोडी पनि धेरै–धेरै प्रख्यात होस् ।” \\ 0974 //

सूर्य भन्छ– “एउटा नौलो संसार तिमीसित बसाउनु छ
पिरतीको गीत एउटै भाकामा गाउनु छ ।” \\ 0975 //

क्षितिज भन्छ– “हाम्रो चाँडै मेल होस् भनी ईश्वरलाई भाकेको छु
पिरतीको नौलो संसारमा तिमीलाई नै डाकेको छु ।” \\ 0976 //

क्षितिज भन्छ– “जाऊँ त जाऊँ कहाँ–कस्ले सम्झन्छ र मलाई ?
दुःखैदुःखको भुमरीमा परेको छु सम्झन्छन् सबैले पराइ ।” \\ 0977 //

क्षितिज भन्छ– “एउटा तिमी मात्रै थियौ साथ दिने तिमी पनि कहाँ गयौ ?
मेरो भूल त केही छैनजस्तो लाग्छ , किन भुलिदियौ ?” \\ 0978 //

क्षितिज भन्छ– “आजसम्म दुःखकष्ट सही काटिरहेछु रनवनमा
दुःखैदुःख मात्र लेखेको छैन होला मेरो जीवनमा ।” \\ 0979 //

क्षितिज भन्छ– “एक दिन त सुखको सास अवश्य फेर्न पाइन्छ होला
पराइ भएका साथी सबै आफन्त बन्छन् होला ।” \\ 0980 //

क्षितिज भन्छ– “तिम्रो एकसाथ पाए हरकष्ट भुल्न सक्छु
तिम्रो–मेरो प्रेमको शक्तिले हरआपतलाई फाल्न सक्छु ।” \\ 0981 //

क्षितिज भन्छ– “पीडा–वेदना सहँदासहँदै मेरो आँसु सुकिसक्यो
मेरो एकान्त जीवन पनि निराशाजनक भइसक्यो ।” \\ 0982 //

क्षितिज भन्छ– “तैपनि म जिन्दगीदेखि हार खानेछैन
तिमीलाई आफ्नो नबनाई छाड्नेछैन ।” \\ 0983 //

क्षितिज भन्छ– “तिमी नै एउटा जिउने आश भएको छ
तिम्रो प्रतीक्षा नै मेरो श्वास भएको छ ।” \\ 0984 //

सूर्य भन्छ– “पहिलो–पहिलो प्रेम एकदम रमाइलो भएको थियो
तर हाम्रो प्रेममा जल्ने बढी भएर हाम्रो विछोड भयो ।” \\ 0985 //

सूर्य भन्छ– “हाम्रो सुन्दर एउटा घर पनि बसिसकेको थियो
माकुराको घर हावाले बिगारेजस्तै सबै बिग्रिगयो ।” \\ 0986 //

क्षितिज भन्छ– “सुनाइरहेछु म मेरो प्रेमको यो किस्सा
उनी थिइन् मेरो मुटुको सारा हिस्सा ।” \\ 0987 //

क्षितिज भन्छ– “ज्यान जान मात्र बाँकी छ , हालत मेरो यस्तो छ
मेरो अवस्था अझै पागल प्रेमीकै जस्तो छ ।” \\ 0988 //

क्षितिज भन्छ– “उनीसँग सदा भेट्ने इच्छा पूरा भएन
मेरो छट्पटी, आकुल–व्याकुल कसैलाई मतलब भएन ।” \\ 0989 //

क्षितिज भन्छ– “यही बहानामा मेरो बर्षौंको मित्र सबै गुम्यो
के भयो, के भयो, हाम्रो सपना सबै बेकार भयो ।” \\ 0990 //

क्षितिज भन्छ– “आज रातभर निदाएको छैन तिमीलाई सम्झेको छु
जून पनि झुल्केको हैन तिमीलाई कल्पेको छु ।” \\ 0991 //

उज्यालोको कमी छ , अन्धकार क्षितिज छ
जिन्दगी नियास्रो छ , चन्दाको अभाव छ । \\ 0992 //

सूर्य भन्छ– “तिमीलाई पाउन धेरै प्रतीक्षा गरेँ
निराशा र विछोडमा म धेरै जलेँ ।” \\ 0993 //

क्षितिज भन्छ– “जीवनमा दुःखैदुःख मात्र भोगिरहेँ
तैपनि तिमीलाई आफ्नो ठानी रोजिरहेँ ।” \\ 0994 //

क्षितिज भन्छ– “तिमीलाई पाएँ भने सुख मैले पाउँथेँ
केवल तिमीमै मात्र म हराउँथेँ ।” \\ 0995 //

क्षितिज भन्छ– “मलाई त अझै यस्तै लाग्छ
तिमी मेरो आफ्नो सदा लाग्छ ।” \\ 0996 //

क्षितिज भन्छ– “तिम्रो प्रतीक्षाको घडी हो कि धोका हो कि
म अझै कुरिरहेछु तिम्रो आशाको रहर बोेकी ।” \\ 0997 //

सूर्य भन्छ– “लेकको माथि पनि गएँ , बेंसी पनि झरेँ
तिमीबिना आज म जिउँदै मरी रहेँ ।” \\ 0998 //

क्षितिज भन्छ– “तिम्रो एक झलक पनि मेरो दिलमा तस्वीर बनी कैद भएको छ
हरपल, हरक्षण तिम्रै यादले सताइरहेको छ ।” \\ 0999 //

क्षितिज भन्छ– “तिम्रै प्रतीक्षामा बस्न मलाई मन पर्छ
तिमीसँग जुनी काट्ने रहर सदा हुन्छ ।” \\ 1000 //

सूर्य भन्छ– “तिमीलाई पाउन सारा भगवान्लाई भाकिरहेको छु
तिमीलाई पिरतीको आँगनीमा मैले डाकिरहेको छु ।” \\ 1001 //

क्षितिज भन्छ– “तर तिमीलाई आजसम्म भेट्न सकेको होइन
यो प्यासी, मनको तिर्सना मेट्न सकेको होइन ।” \\ 1002 //

क्षितिज भन्छ– “बिहानीको एक झुल्को पहिलो किरणको जति महत्व छ
तिम्रो भेट पनि मलाई त्यस्तै भएको छ ।” \\ 1003 //

क्षितिज भन्छ– “तिमी साँझको अन्तिम झुल्को थकित अन्तिम किरण नबन
तिमी म अँध्यारो क्षितिजलाई गर सधैँ पावन ।” \\ 1004 //

सूर्य भन्छ– “यति धेरै तड्पाइदियौ भिज्यो मेरो सिरानी
रातभरि सुत्न नपाई भयो उदास बिहानी ।” \\ 1005 //

क्षितिज भन्छ– “समयको भुमरी हो कि दैवको खेल
आज किन भएन हामी दुईको मेल ?” \\ 1006 //

सूर्य भन्छ– “बाचा हामीले गरेका थियौँ जुनी–जुनी साथ रहने
तर तिमीले घात गर्यौ बाँच्ने हो कि मर्ने ।” \\ 1007 //

क्षितिज भन्छ– “औंसीमा जून गायब भएझैँ तिमी बिलायौ
मेरो जिन्दगानीलाई आज अन्धकार बनायौ ।” \\ 1008 //

क्षितिज भन्छ– “जस्तोसुकै बेला पनि तिमीलाई भुल्नेछैन
तिम्रो कहिल्यै पनि कुभलो चिताउनेछैन ।” \\ 1009 //

क्षितिज भन्छ– “कहाँ गई खोजूँ म, कहाँ पाऊँ तिमीलाई ?
कुन कर्मको सजायँ दियौ आज मलाई ।” \\ 1010 //

क्षितिज भन्छ– “तिम्रो नाम जपी बसेकोे छु सधैँभरिलाई
आज म जिइरहेको छु भित्री मन जलाई ।” \\ 1011 //

सूर्य भन्छ– “तिमीबिना कसरी म बाँचूँ ?
सपनीमा पनि तिमीलाई नै साँचूँ ।” \\ 1012 //

क्षितिज भन्छ– “तारा गनी–गनी समय कटाइरहेछु
तिम्रै प्रतीक्षामा सधैँ टोलाइरहेछु ।” \\ 1013 //

सूर्य भन्छ– “तिमीलाई कति माया गर्छु , त्यो मलाई मात्र थाहा छ
शायद मेरो जीवनमा एक मात्र तिम्रो चाह छ ।” \\ 1014 //

सूर्य भन्छ– “म र तिमी मात्र छौँ जस्तो लाग्छ यो संसारमा
तिम्रै प्रतीक्षामा उभिएको छु अझै संघारमा ।” \\ 1015 //

क्षितिज भन्छ– “याद तिम्रो आउँदा आँखाबाट आँसु त्यसै आउँछ
आँसुले बनेको ऐनामा तिमी नै तिमी छाउँछ ।” \\ 1016 //

सूर्य भन्छ– “यस्तोे लाग्छ तिमीले मलाई भेट्नुपर्छ , मैले तिमीलाई पुकार्दा
तैपनि तिमीलाई भेट्न सकिएन, तिम्रो बाचा सबै स्वीकार्दा ।” \\ 1017 //

क्षितिज भन्छ– “तिम्रो प्रतीक्षामा दिन र रात बितिरहेछ
कल्पनामा–सपनामा तिमी नै तिमी आइरहेछ ।” \\ 1018 //

सूर्य भन्छ– “तिमी नै तिमी छाएकी छ्यौ मेरो मनमस्तिष्कमा
तिमीबिना मेरो स्थिति अझै छ बेठीकमा ।” \\ 1019 //

सूर्य भन्छ– “आज मलाई लागिरहेछ साह्रै नै दिक्क
तिमी मेरो जीवनमा आइदिए हुन्छ ठिक्क ।” \\ 1020 //

क्षितिज भन्छ– “तिमीलाई अझै भेटाउन सकिएन
मेरो जिन्दगानीमा बहार आउन पाएन ।” \\ 1021 //

सूर्य भन्छ– “एक क्षणको होइन, वर्षौंको प्रेम थियो हाम्रो
एक–अर्काको पर्याय बनेको सम्बन्ध थियो राम्रो ।” \\ 1022 //

सूर्य भन्छ– “प्रत्येक पूर्णिमामा आफ्नो रुप देखाउँछिन् जून
तर वर्षौं भइसक्यो तिम्रो अत्तोपत्तोे छैन सुन ।” \\ 1023 //

सूर्य भन्छ– “साथ तिमीले मलाई आज किन छोड्यौ ?
आशा र विश्वासलाई तिमीले किन मार्यौ ?” \\ 1024 //

क्षितिज भन्छ– “तिम्रो तस्वीर मनमन्दिरमा सजाएर आजसम्म बाँच्दैछु
दुःख–पीडा लुकाएर अरुका सामु हाँस्दैछु ।” \\ 1025 //

क्षितिज भन्छ– “पाखा, पर्वत, रनवन सबैतिर खोजिसकेँ
कतै फेला नपरे पनि तिमीलाई नै रोजिरहेँ ।” \\ 1026 //

सूर्य भन्छ– “अरुसित जस्तो तिम्रो–मेरोबीच कुनै थिएन लुकाउने कुरा
त्यसैले त आजसम्म तिमीलाई ठानेको छु आफ्नो सारा ।” \\ 1027 //

क्षितिज भन्छ– “आवाज देऊ प्रिय तिम्रो छ कस्तो सदिच्छा ?
तर मेरो त एउटै बाटो छ प्रतीक्षा ।” \\ 1028 //

क्षितिज भन्छ– “तिम्रो जुनेली मुहारले जीवनमा उज्यालो ल्याएको थियो
मेरो सारा जीवनलाई प्रफुल्लित तुल्याएको थियो ।” \\ 1029 //

क्षितिज भन्छ– “फूल हौ तिमी सुवास छर्दै जाऊ, यही मेरो शुभ–कामना
यति ठूलो संसारमा रोजेको छु तिमी नै एकजना ।” \\ 1030 //

सूर्य भन्छ– “केवल तिम्रै निम्ति मेरो जीवन समर्पण गरेँ
एकान्तमा तिम्रै तस्वीरकोे सहारामा जिइरहेँ ।” \\ 1031 //

सूर्य भन्छ– “तिमी कहाँ, म कहाँ, आज यो के भयो !
आज के कारणले नदीको दुई किनार भयो ! ” \\ 1032 //

सूर्य भन्छ– “शायद सुखको रमझम लेखेको छैन रहेछ हाम्रो जिन्दगीमा
तिम्रो सम्झना आइरहन्छ बिपनीमा अनि सपनीमा ।” \\ 1033 //

सूर्य भन्छ– “भगवान् साक्षी राखी खाएको बाचा कसरी मिथ्या भयो ?
तिम्रो–मेरो प्रेम आज किन एकादेशको कथा भयो ?” \\ 1034 //

क्षितिज भन्छ– “मलाई प्रेम गर्ने एक जना चन्दा चाहियो
मप्रति समर्पित हुने एक जना चन्दा चाहियो ।” \\ 1035 //

सूर्य भन्छ– “चन्दाको कुरा सबै ठाउँमा फैलाएँ मैले
तर मन छुने चन्दा पाउने कहिले ?” \\ 1036 //

क्षितिज भन्छ– “आइदेऊ, आइदेऊ, आइदेऊ, आइदेऊ
अहिल्यै नै मेरो सामु मायालु तिमी आइदेऊ ।” \\ 1037 //

क्षितिज भन्छ– “हे मेरी अर्चना
मेटाइदेऊ मेरो तिर्सना ।” \\ 1038 //

क्षितिज भन्छ– “मेरो आँखाको नानीमा तिमी, स्पन्दनमा अनि कणकणमा तिमी
मेरो इशारा बुझन तिमी, अहिल्यै नै मेरो सामु आऊ न तिमी ।” \\ 1039 //

क्षितिज भन्छ– “मेरो सधैँ एकमात्र चन्दा तिमी
प्रेमको अर्थ जान्ने म सच्चा प्रेमी ।” \\ 1040 //

आत्माको पुकारले भगवान्लाई त विवश बनाउँछ
पौरखीले वरदान नलिई वरदातालाई झुकाउँछ । \\ 1041 //

सूर्य भन्छ– “पेन्टिङ सिक्ने जङ्ग चल्यो पेन्टिङ सिक्न गएँ
मलाई साधारण कुरा सिकाइयो, म दिक्क भएँ ।” \\ 1042 //

सूर्य भन्छ– “पहिलो कक्षामै मेरी चन्दाको तस्वीर क्यानभासमा बनाइदिएँ
मेरो पेन्टिङ्गले पुरस्कार पायो सबै चकित भए ।” \\ 1043 //

सूर्य भन्छ– “मलाई सर्वोत्कृष्ट कलाकारसँग दाँज्न थालियो
जताततैबाट मलाई पेन्टिङ्ग बनाउने प्रस्ताव आउन थाल्यो ।” \\ 1044 //

सूर्य भन्छ– “मैले मेरी चन्दाको पेन्टिङ्ग बनाइनँ
अरु पेन्टिङ्ग बनाउन आएन ।” \\ 1045 //

सूर्य भन्छ– “एक दिन मेरो पेन्टिङ्गको मोल हेर्ने इच्छा भयो
लिलाममा सबैले मेरो पेन्टिङ्गको मोल बढाउँदै थियो ।” \\ 1046 //

सूर्य भन्छ– “म भेष बदलेर त्यहीँ पुगेँ
सबैभन्दा बढी मोल मैले लगाएँ ।” \\ 1047 //

सूर्य भन्छ– “परिवारसँग अंश मागेँ
आफ्नो सारा सम्पत्ति बेचेँ ।” \\ 1048 //

सूर्य भन्छ– “मेरी चन्दाको पेन्टिङ्ग आफ्नो हातमा पारेँ
बस् म सूर्य चन्दाको पेन्टिङ्गमा रमिरहेँ ।” \\ 1049 //

क्षितिज भन्छ– “बेपत्ता पारिएको मान्छे सार्वजनिक भत्रे शीर्षक देखेँ
उनी पनि सार्वजनिक हुने हो कि भनेर लेख पढेँ ।” \\ 1050 //

क्षितिजले सूर्यले सिद्धान्तको हत्या गरेको तस्वीर देख्छ
सिद्धान्त मरे पनि सिद्धान्तको सिद्धान्त कहिल्यै मर्दैन भनिरहन्छ । \\ 1051 //

क्षितिज भन्छ– “तर मेरो अश्रुधारा बहेकोबह्यै भयो
संसारद्वारा चन्दाको यातना भएको थियो त्यो ।” \\ 1052 //

क्षितिज भन्छ– “जस्तो पूर्णिमाको जून दिनैपिच्छे बिलाउँदै औंसीमा पुग्छ
त्यो बिलाइ चन्दालाई कष्ट दिई अन्धकार पारिएको रहेछ ।” \\ 1053 //

चन्दाको केही गल्ती थिएन, क्षितिजलाई सहन गाह्रो भयो
अरु सबैले दैनिक क्रियाकलाप समयको रीत मानिरह्यो । \\ 1054 //

क्षितिजले हे मूर्ख समय ! पूर्णिमाको बेला रोकिरहू भन्यो
तर त्यस पूर्णिमाको बेला पनि ग्रहण लागेको क्षितिजले देख्यो । \\ 1055 //

ग्रहण बढ्दै गयो, क्षितिजलाई झनै सहन गाह्रो भयो
क्षितिजले ताराहरुमा पनि विश्वास गर्न छोड्यो । \\ 1056 //

क्षितिज भन्छ– “चन्दाले जानी–जानी रुप फेरेको रहेनछ
उनलाई सृष्टिद्वारा रुप फेराई यातना दिएको रहेछ ।” \\ 1057 //

क्षितिजले अब औंसीमा चन्दालाई देख्यो
क्षितिज र चन्दा मिली अब काम थाल्यो । \\ 1058 //

चन्दा आफ्नो सिद्धान्तसँग अडिग रह्यो
चन्दाले गर्मीमा सताउने सूर्यलाई गर्मीमै ग्रहण लगाइदियो । \\ 1059 //

चन्दाले गर्मीमा सताउने सूर्यलाई गर्मीको औंसीमै ग्रहण लगाइदियो
चन्दाले जाडोको सूर्यलाई ग्रहण लगाउँदैन भनी क्षितिजले भनिरह्यो । \\ 1060 //

क्षितिज भन्छ– “चन्दालाई जाडोमा सूर्यग्रहणमा चरम यातना दिइन्छ ।”
क्षितिजले फेरि भन्यो– “यसलाई तिकडम भनिन्छ ।” \\ 1061 //

क्षितिजलाई चन्दाको सहयात्री ताराहरु देखेर रिस उठ्छ
ताराहरुलाई चन्दासँग क्षितिजलाई नमिलाएकोमा गुनासो गर्छ । \\ 1062 //

तर ताराहरुले चन्दाले जस्तो नजिक आएर उज्यालो नदिने भन्छ
क्षितिज रिसाउँछ , कम्पायमान हुन्छ , डोलायमान हुन्छ । \\ 1063 //

क्षितिजले सूर्यको आधा अधिकार लिएर चन्दालाई दिन्छ
न त रात, न त दिन सदा भई रक्ताम्य आकाश भइरहन्छ । \\ 1064 //

हरसमय रातो क्षितिज पूर्ण लोकतन्त्र हुन्छ ।
क्षितिजमा चन्दाले सिद्धान्त प्राप्त गर्दछ ।। \\ 1065 //

2 thoughts on “चन्दाको सिद्धान्त (खण्ड-काव्य)”

  1. चन्दाको सिद्धान्त (खण्ड-काव्य)
    प्रकाशित मिति :- २०६५ बैशाख ११ लोकतन्त्र दिवस
    मुद्रण :- आदित्य प्रिन्टिङ्ग प्रेस, काठमाण्डौं
    प्रकाशक :- बिजु सुवेदी “विजय”
    कृति तयार पार्न लागेको समय :- २०५९ असोज १८ ज्ञानेन्द्रले “कु” गरेको समयदेखि २०६३ बैशाख ११ गते लोकतन्त्र आएको दिनसम्म ।

    यो खण्डकाव्य मझेरी डट कमलाई समर्पण गर्दछु ।

    २०७४ असोज १९ गते विहीवार
    बिजु सुवेदी “विजय”
    भकतजन मार्ग, काठमाण्डौं
    bijusubedi@gmail.com

  2. अन्त्यमा भन्नैपर्ने कुरा
    अन्त्यमा भन्नै पर्ने कुरा

    यस खण्डकाव्यमा सूक्ष्म रुपले व्यक्तिगत पात्र सिद्धान्त, चन्दा, क्षितिज, नयनतारा, श्वेततारा र सूर्यलाई उनीहरुको गुणअनुसार क्रमैसँग चित्रण गरेको छु । यही प्रस्तुतिलाई सामान्य रुपमा नेपालको राजनीतिमा ज्ञानेन्द्रशाहीले ‘कु’ गरेको समयदेखि लोकतन्त्र प्राप्त भएको कालसम्मलाई प्रस्तुत गरेको छु । यही प्रस्तुतिलाई बृहत् रुपमा प्रकृतिलाई समेटेको छु ।
    सधैँभरि रक्ताम्य आकाश अर्थात् सधैँभरि उज्यालो भइरहने प्रवृत्ति सधैँ प्रकृतिमा कायम भइरहोस् भन्ने उद्देश्यका साथ मैले न त धेरै गर्मीको उज्यालो, न त सधैँ अन्धकार नै नभई एकनासले प्रकृतिमा उज्यालो नै उज्यालोको समानता आएको रुप पूर्ण लोकतन्त्रको अर्थ हो भनेर दर्शाएको छु । यो नै सिद्धान्त हो भन्ने कुरा यस कृतिको अन्त्यको चरम आरोहमा मैले प्रस्तुत गरेको छु । यो कृति लोकतन्त्र आउनुभन्दा अगाडिको ‘कु’को समयदेखि लोकतन्त्र प्राप्त हुँदासम्मको समयमा रहेर लेखेको हुनाले त्यस कालको यथार्थ विम्ब प्रस्तुत हुनु स्वाभाविक नै मानेको छु । त्यस कालमा प्रगतिशीलपथमा जो लाग्थ्यो, त्यसलाई राजनीतिको कुनै एक पक्षमा लागेको भनेर हेरिन्थ्यो । जसले गर्दा त्यो कालमा सार्वजनिक रुपमा खुलेर आउने भनेको यस्तै प्रेमीय क्रियाकलाप मात्रैमा सीमित थियो । तसर्थ पनि त्यस कालमा सार्वजनिक रुपमा प्रस्फुटित भएका धेरै कुरालाई मैले प्रस्तुत गर्न खोज्दा त्यही प्रेमीय क्रियाकलाप बढी दर्शिन गएको हो ।

    चन्द्रमाले पूर्णिमाको बेला उज्यालो दिँदा जति हँसिलोसँग जून रमेको हुन्छ, त्यो अन्धकारमा उज्यालो दिँदा रमेको हो । त्यो सामूहिक हित जुन सबैतिर अन्धकार पन्छाउँदा चन्द्रमाले गर्दछ, जसले गर्दा जूनलाई सामूहिक हित गरेबापत प्रकृतिद्वारा यातना दिई दिनैपिच्छे चन्द्रमाको आकार घटाउँदै औंसीको चन्द्रमाको शून्य रुपसम्म यातना दिइन्छ । तैपनि चन्द्रमा विचलित हुँदैन, संघर्ष गरेरै भए पनि प्रत्येक महिनामा हरेक पटक पूर्णिमाको दिन आफ्नो सिद्धान्तलाई भेट्छ । यही कष्टदेखि डराई ताराहरुले चन्द्रमाले जस्तो अगाडि आएर अन्धकारमा उज्यालो दिन तयार हुँदैनन् । ताराहरुले यथास्थितिवाद समाजको विम्ब प्रस्तुत गर्दछन् । गरिब खान नपाएको व्यक्तिलाई १ रुपियाँ मात्र दिने जस्तो चमक अन्धकारमा सधैँ सहयात्री ताराहरुले देखाएर आफ्नो यथास्थिति काम मात्रै गर्दछन् । त्यस्तै सूर्यसँग पारम्पारिक विवाह भएर आएको चन्द्रमासँग पुरुषरुपी समाजको सूर्यले चन्द्रमासँग अधिकार खोसेर दिनमा मात्रै बढी उज्यालोको हक लिन्छ । मैले प्रकृतिलाई देखेको रुप पनि यस्तै हो । जब क्षितिजरुपी सर्वव्यापी प्रकृतिले चन्दासँग निःस्वार्थ एकोहोरो प्रेम गर्दागर्दै अन्तिममा यी सब कुरा देख्छ, तब क्षितिजमा प्रेमको शक्ति पैदा हुन्छ अनि उथलपुथल हुन्छ र हरसमय पूर्ण लोकतन्त्रको सदा रक्ताम्य आकाश क्षितिजले बनाउन समर्थ हुन्छ । यी सब कुरालाई साहित्यिक रुपमा मैले यस कृतिमा समेटेर साहित्यका पारखीहरुको लागि पेस गरेको हुँ ।

    यस खण्डकाव्य पढ्ने पाठकलाई सबैतिर एउटै प्रेमको कुराजस्तो लाग्ला तर प्रेमको रेसा–रेसा केलाउन यति खण्डकाव्य त के महाकाव्य पनि पर्याप्त छैन, तर पनि मैले यो तुच्छ प्रयास गरेको हुँ ।

    प्रेमलाई गहन रुपमा अध्ययन, चिन्तन, मनन गर्दै यो कृतिलाई हेरेर पाठकले प्रेमको विभिन्नता पनि बुझ्नेछन् भन्ने मलाई लागेको छ । एउटा आयामबाट हेर्दा सूर्यले चन्दालाई गरेको पारम्पारिक प्रेमलाई हेरेर पनि प्रेमलाई देख्न सकिन्छ । त्यस्तै क्षितिजले हृदयबाट चन्दालाई गरेको प्रेमको गहनता हेर्ने हो भने त्यहाँ सूर्यले गरेको प्रेमभन्दा स्वच्छ र उत्कृष्ट किसिमको प्रेमलाई देख्न सकिन्छ । त्यस्तै चन्दाले सिद्धान्तलाई गरेको प्रेम हेर्ने हो भने त्यसमा सामूहिक हितप्रतिको साथ मात्र देखिन्छ । यो झन् उत्कृष्ट किसिमको प्रेम हो । तसर्थ यहाँ सूर्यको भन्दा क्षितिजको र क्षितिजको भन्दा चन्दाको प्रेमको तह माथि छ भनेर प्रेमको रेसा–रेसा केलाई साहित्यिक रुपमा प्रस्तुत गरेको छु । यी सबै कुरालाई अनुभूति गरिसकेपछि यही तहहरुलाई क्रमशः माथितिर बढेर हेर्दै सिद्धान्तको सर्वोत्कृष्ट सिद्धान्तको प्रेम पाठकले अनुभूति गरुन् भन्ने म चाहन्छु । यसै उद्देश्यले यस चन्दाको सिद्धान्त खण्डकाव्यमा यो मूल कुरा प्रस्तुत गर्ने सानो प्रयास गरेको हुँ । यही सिद्धान्तलाई सबैले अंगाली अग्रगमनतर्फ राष्ट्रिय, अन्तर्राष्ट्रिय र सम्पूर्ण चराचर जगत्लाई लैजाऔं । यही होस् पनि । यही कामना गर्दछु ।

    सारा जगतबाट दुःख सबै हटोस् ।
    सुख सारा फैलिएर सबै ठाउँ स्वर्ग बनोस् ।।
    सारा जगतबाट अज्ञान सबै हटोस् ।
    ज्ञानको दीव्य प्रकाशले सबै उज्यालो बनोस् ।।
    सारा जगतबाट सामन्ती संस्कार सबै हटोस् ।
    हाम्रो भन्ने भावले सर्वत्र समता छाओस् ।।
    सारा जगतबाट असत्य सबै हटोस् ।
    सत्यता सदा सबै ठाउँमा कायम रहोस् ।।
    सारा जगतबाट हिँसा सबै हटोस् ।
    शान्ति र अमनचैन सबै ठाउँमा छाओस् ।।
    सारा जगतबाट अन्धकार सबै हटोस् ।
    प्रकाशबाट सबैतिर सदा उज्यालो भइरहोस् ।।
    सारा जगतबाट घृणा सबै हटोस् ।
    प्रेमैप्रेम सदा सबैठाउँमा छाओस् ।।

    २०७४ असोज १९ गते विहीवार
    बिजु सुवेदी “विजय”
    भकतजन मार्ग, काठमाण्डौं
    bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *