यसपाली चुनावमा उठेको छैन भनेर भन्नुस् ।
बरु भूमिमा उठेको छु भन्नुस् ।
१८ दिनको विश्व कीर्तिमान तोडी,
नेपाल भरिको १९ दिने कफ्र्यु कसरी विर्सुँ म ।
नेपालभरिको टेलिफोनको काटेको कसरी बिर्सुं म ।
नेपालभरिको इन्टरनेट काटेको कसरी बिर्सुं म ।
आफ्नै घरैमा कति बन्दी बन्यौं कत्ति हरे !
हामी सर्वसाधारण नेपाली ।
लाखौं जनताको आलो रगतमा होली खेल्ने नरपशुलाई,
नर पिचासलाई सजायँ दिने जोहो उसलाई भोट दिने हो ।
अहिले पनि नाग झैँ सुस्केरा फेरिरहेको छु ।
त्यसैले गणतन्त्रप्रतिको निष्ठा अपार छ भनेर भन्नुस् ।
भलै कुनै पार्टी राम्रो नलागेको अवस्था छ ।
अहिले पनि कसलाई भोट दिने टुङ्गो छैन ।
तर गणतन्त्र प्रति पूर्ण समर्थन सदा रहनेछ ।
गणतन्त्रको बदला अरुमा सम्झौता गरिने छैन ।
हेर मेरो छातीमा गणतन्त्र लेखिएको छ ।
नशामा मेरो गणतन्त्र बगिरहेको छ ।
अँझै पनि ज्यानै दिनेछु, हे आम जनता ! तिम्रा लागि ।
धर्तीमाताको सिपाही, सपुत, रखवाला हुँ म ।
हे गणतन्त्र ! तिमीलाई बचाइछोड्नेछु ।
अँझैगणतन्त्र प्रति समर्थन बब्बाल छ ।
यसलाई लाहाछाप लगाएर राख्नुस् ।
मैले ल्याप्चे लगाएर भनिरहेकोछु ।
गणतन्त्रप्रतिको विष्ठा अँझै गाढा छ, रगथझँ गाढा छ, झनै गाढा छ ।
गणतन्त्र जिन्दावाद ! गणतन्त्र जिन्दावाद !!
गणतन्त्र नेपाल जिन्दावाद !!!
२०७४ कात्तिक १७ शुक्रवार
बिजु सुवेदी “विजय”
भकतजन मार्ग, काठमाण्डौं
bijusubedi@gmail.com
