सारै अचम्म लाग्यो सारै अचम्म लाग्यो
जस्लाई स्नेह गर्थ्यौं त्यै फुत्किएर भाग्यो ।
आगो भएछ पानी पानी भएछ आगो
उन्नै परेन माला आफैं भएछ थागो
सारै अचम्म लाग्यो सारै अचम्म लाग्यो ।
अन्यायका हजारौं काँडा बिझिरहन्छन्
तिनलाई परास्त गर्ने विश्वास केही जाग्यो
सारै अचम्म लाग्यो सारै अचम्म लाग्यो ।
काँतर भएर बस्ने केही त जुर्मुराए
ठाडो पुछर लगाई आतङ्क दूर भाग्यो
सारै अचम्म लाग्यो सारै अचम्म लाग्यो ।
यो देशमा हजारौं अन्याय चक्र घुम्छन्
तिनलाई रोक्न फेरि देशले शहीद माग्यो
सारै अचम्म लाग्यो सारै अचम्म लाग्यो
जस्लाई स्नेह गर्थ्यौं त्यै फुत्किएर भाग्यो ।
