जहाँ पुग्छौ उहींउही पुग्न मन हुन्छ
सधै तिम्रो बाटोमात्रै रुँग्न मन हुन्छ ।
कैलेकाही टाढाटाढै बस्न पाए हुन्थ्यो
सधै भरि तिम्रै अघि झुक्न मन हुन्छ ।
बग्ने खोला जस्तो गरी बग्न पाउनु पर्ने
किन चैते खोलो जस्तै सुक्न मन हुन्छ ।
हामीजस्ता जनताको बेहाल जब देख्छु
अभावलाई गरिबीलाई ठुँग्न मन हुन्छ ।
देशको घात गर्ने पापी नेता धेरै भा छन्
छिछि दुर्दुर गर्दै तिनलाई थुक्न मन हुन्छ ।
