Skip to content

धनसेकुवा पसल

(सुधिरकुमार सुमनजीले मेरो कथामा कमेन्ट गरेपछि जन्मेको लघुकथा)
कुलबहादुरको घरमा आएको बेला थियो । किनमेलनका लागि आज पनि फेरि बजार गए । दुरदराजको जागिर छ । श्रीमतीमालाई दुःख नहोस् भन्ने सोच भएकाले आएको मौकामा सबै थोक जोरजाम गरी घरमा राखिदिने उनको बानी छ ।
हुनत उनका लागि किनमेल गरिने वस्तुहरु धनबहादुरको छैनन् फलफूलकाे दोकान छाडेका छन् तापनि पहिलेका नजिकका साथी भएको नाताले बजार जाँदा आज पनि धनबहादुरको पसलमा निस्कने विचार गरे ।
धनबहादुरको सेकुवा पसल अहिले सारै चलेको देखियो । बेलुका हुन लागेको बेला थियो । अलिक बढी कमाइ हुने सरकारी कार्यालयमा राष्ट्रसेवकहरुको निकै भिड रहेछ । उनलाई मनमा लाग्यो सायद मालपोत, नापी शाखा, जि.प्र.का. मा कार्यरत राष्ट्रसेवकहरु हुनुपर्छ ।
धनबहादुरलाई कुलबहादुरले नमस्ते गरे तर धनबहादुरले खासै चासो देखाएको जस्तो देखिएन ।
“ऊ त्याँ बाहिर बस्तै गर्नु होस् न । म यहाँ….” उनले भने । सायद बढी व्यस्त भएकोले होला भन्ने ठानेर धनबहादुरले भनेअनुसारको दोकान बाहिर राखिएको कुर्सीमा एकछिन बसेर भित्र दोकानको दृश्य नियाले । फलफूल दोकान र सेकुवा दोकानका माझमा तुलनै गर्न नसकिने ठाने ।
धनबहादुरलाई काउन्टरमा धमाधम छ । दोकानमा पहिलेको भन्दा अझ बढी व्यस्तता छ र दोकानको अनुहारै फरक छ । उनी काउन्टरमा छन् । बेराका रुपमा आधी लुगा लगाएका केटीहरु ओर र पर गरिरहेका छन् । सेकुवाको धुवाँ आइरहेको छ । मादक वातारण छ ।
यत्तिकैमा धनबहादुरले एक केटीलाई अराए—“ए नानी उता केबिनको साहेबसँग अर्डर लिएर आऊ त ।” अराउना साथ केटी भित्र गई ।
केही छिनपछि त्यही केटी धनबहादुरका अघि आई र भनी— “पाँच सय भन्दा बढी ननिदे अरे ।”
“हुन्छ अरे भनिदेऊ जाऊ ।”
कुलबहादुरले भनेको कुरा धनबहादुरको बुझाइ भन्दा अलिक परको कुरा थियो । यसैले उनले यसमा वास्ता गरेनन् । होला नि कुनै लेनदेन । सोचे मात्र । “हाकिम हो क्यारे, घाटा खाएर पनि मिलाइदिनै प¥यो । भोलि केके लटखट लाइदिन्छ । कर भन्ला, दर्ता गर् भन्ला झमेला भन्दा बरु घाटै खान्छु नि….” उनी एक्लै गनगनाउँदै कुलबहादुरतिर आए । तर उनको ध्यान भने काउन्टरतिरै थियो । कुलबहादुरलाई भने अब कतिखेर यहाँबाट फुत्कौं भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *