सात्विक भोजनै खाऔँ, चवाई रस स्वाद ली,
निदाएर सुतौँ राती , सुसुप्ती सम्म नै पुगी ।
जाग्रीत स्वप्नमा पीडा , चिन्तित गर्न सक्दछ।
आनन्द दायकै जो छ , सुसुप्ती र तुरीय छ ।
ब्रह्म मुहूर्त मा जागी , योगासनहरू गरौँ ।
प्राणायाम र ध्यानै त, नियमित गरी रहौँ।
किशोर कालबाटै नै, अविराम यसो गरे ।
जीवन शय वर्षैकाे , कम्तिमा हुन्छ योगले ।
पुष ४, २०७४ ।
