स्वदेश होस् या प्रवास जहाँ पुगेपनि प्रतिभावान सर्जकहरुले सिर्जना गर्न कहिले छाडदैनन्, यस्तै एक प्रतिभाशाली उदाहरण हुन् गायक भरत थापा असफल । रोजगारीको सिलसिलामा इजरायललाई कर्मभूमि बनाएर संघर्ष गर्दै आएका यिनै गायक भरत थापा असफलले राष्ट्रिय भावना र देशप्रेमले ओतप्रोत गीत हालै बजारमा ल्याएका छन् । देशको सम्झनाले सताएको यादलाई निकै मार्मिक शब्दहरू लेखेका छन् इजरायलमै रहेका गीतकार सुमन कार्कीले भने युवा संगीतकार विजय सिँढी अधिकारीले यो गीतमा सुमधुर संगीत भरेका छन् ।
जन्मभूमिको माया कसलाई हुदैन र ? जहाँ गए पनि जहाँ भए जहाँ पुगे पनि आफ्नु जन्मभूमिको प्रगाढ मायाले सबै नेपालीलाई सताइरहेको हुन्छ । मातृभूमिको प्रगाढ मायाले जति नै सताए पनि जीवनयापन गर्ने क्रममा ६० लाखभन्दा बढी नेपालीहरू बिदेशिन बाध्य छन् ती समस्त परदेशीहरू जो देशलाई भूगोलमा होइन छातीभित्र राखेर हिडेका छन, तिनैको सामुहिक मनोभावना यो गीतले प्रतिनिधित्व गरेको छ ।
बिगत १२ वर्षदेखि बैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत गायक भरत थापा ‘असफल’ले गीतकार सुमन कार्कीको सुन्दर शब्दमा श्रीजना गरिएको गीतहरुको संगालो “स्वर्ग” नामक एल्बममा आफ्नु सुमधर स्वरले सुसजित गरेका छन् । उक्त एल्बमको ५ वटा गीतहरू मध्ये दूई वटाको म्युजिक भिडियो नै निर्माण भएको छ जस मध्ये एक हो “मेरो प्यारो जन्म भूमि सुन्दर नेपाल“ बोलको राष्ट्रिय गीतको म्युजिक भिडियो । १९ डिसेम्बर २०१७ को दिन संग्स नेपालको युटुब च्यानल मार्फत सार्बजनिक भएको उक्त म्युजिक भिडियोमा नेपालकै चर्चित युवा संगीतकार विजय सिँढी अधिकारीको संगीत रहेको छ ।
देश भक्तिको भावनाले ओतपोत उक्त गीतको हरेक शब्दले बिदेशी भूमिका हुदा पनि स्वदेशको यादमा कति तड्पिएका छन् नेपालीहरू भन्ने विषयलाई गीतकार सुमन कार्कीले प्रस्तुत गरेका छन् र गीतकार कार्कीको शब्दलाई गायक भरत थापा ‘असफल’को स्वरले पूर्ण न्याय गरेको छ । गीतकार कार्की र गायक थापा इजरायलमै रहनुले पनि उक्त गीतलाई यतिको सर्वोकृष्ट बनाउन सफल भएको मान्न सकिन्छ । योभन्दा अघि पनि उही स्वर्ग एल्बमबाट ‘सिटि बसैमा’ बोलको गीतमा पहिलो स्वर दिएर सांगीतिक यात्रा शुरु गरेका गायक थापा इजरायलमा हुने हरेक सांगीतिक कार्यक्रममा सहभागी हुने गरेका छन् ।
हिमाल, पहाड, तराईमधेश हुँदै विश्व शान्तिका अग्रदुत भगवान बुद्धलाई समेत समेटेर निर्माण भएको “मेरो प्यारो जन्म भूमि सुन्दर नेपाल ” बोलको राष्ट्रिय गीतको म्युजिक भिडियो हरेककोणबाट उत्कृष्ट छ । भिडियोलाई सर्वोकृष्ट बनाउन कलकारहरुको खारिएको अभिनयले पनि उतिकै भूमिका रहेको छ । विभिन्न कलकारहरुको अभिनयले भरिएको उक्त म्युजिक भिडियो मार्फत गायक थापाले आफ्ना सुपुत्र सौरभ थापालाई पनि अभिनयमा प्रवेश गराएका छन् ।
देशभक्तिको भावनाले ओतपोत यो गीतले सबै नेपालीहरुले मन जित्नेकुरामामा ढुक्क छन् गायक थापा ।
राजु कार्कीको एरेन्जरमा रहेको उक्त म्युजिक भिडियोको कोरियोग्राफरमा सुनिक, क्यामेरामा अर्जुन तिवारी र सुलभ अधिकारिरहेका छन् भने उक्त म्युजिक भिडियोको निर्देशन गरेका छन् शासन कंडेलले ।
इजरायलमा रहेका गीतकार सुमन कार्की गीत मात्रै होइन साहित्यका सबै विधामा कलम चलाउछन् ।गीतकार कार्कीको पहिलो गीतको रेकर्ड २००९तिर संगीतकार तथा गायक देवकुमार चौधरीको संगीतमा सिता श्रेष्ठको आवाज रहेको “थुङ्गा थुङ्गा मायाको फूल टिपेर” रहेको छ, त्यस पछि दोस्रो गीत पनि देवकुमार चौधरीकै संगीतमा गायिका श्रीयसी चेम्जोङ्ग आवाजमा रेकर्ड भएको हो | साथै गीतकार कार्कीले ”स्वर्ग” नामक एल्बमका सबै गीतहरू गायक भरत थापा ‘असफल’ले नै स्वर दिएका हुन् ।
