शान्ता शान्त प्रशान्त गम्भीर धीर गार्गी,
फैलाऊ ज्ञान ज्योति योगारूढ विदुषी !
रहुन् साथ शंकर सम्मुख हरि छँदैछन्,
विद्याकी खानी ज्ञानी ध्यानी गुण छँदैछन् !
दिउन् कछुवा आयु स्वस्थ दीर्घ जीवन,
प्राणायाम कुम्भक रहस्य दीर्घ जीवन !
तीनबीस वसन्त शित ताप सहर्ष,
हेरी सदा रमायौ रमाऊ सदै भरी !
जन्मोत्सव मनाऊ न्यास ध्यान छँदैछ,
शुभकामना मेरो तिमीलाई सदा छँदैछ ।
