
चन्द्रलोक पुगेरै नै , अत्याधुनिक यानमा ।
चाँडै फर्कन्छु भन्दथ्यौ , गुन्जन्छ स्वर कानमा।
उतै घर बनाएरै , बसोबास गर्यौ किन ?
यता त्यागी उतै तिमी , माया मारी बस्यौ किन ?
उडी भूमण्डलैबाट, चन्द्रलोक पुगीकन।
आत्मा छाडी उतै फर्क्यौ, स्थूल मात्र यता किन ?
यन्त्रशाला यता नासा, प्रत्येक चाँदनीसित।
खै मेरा प्रिय यात्री ती ,भन्दैछ चन्द्रमासित।
