Skip to content

नेपालको राष्ट्रिय गान


यो देश मलाई प्यारो लाग्छ, धेरै धेरै प्यारो लाग्छ–२
“यो मेरो देश, यो हो मेरो जन्मभूमि
यो मेरो माटो, यो हो हाम्रो देश नेपाल”–२
यो देश मलाई प्यारो लाग्छ, धेरै धेरै प्यारो लाग्छ

वीर, शहीदहरुको साहसी यो देश–२
मेचीदेखि कालीसम्म तराई,पहाड,हिमालसम्म फैलिएको देश–२
सगरमाथा र वुद्धको उच्च र शान्त देश–२
यो देश मलाई प्यारो लाग्छ, धेरै धेरै प्यारो लाग्छ

विविध भाषा, धर्म, संस्कृतिको फूलवारी–२
प्रकृतिको शृङ्गार गुराँस,जाई, सुनाखरी,फेवा, राराको देश–२
हामी नेपाली सबैको ढुकढुकी हो यो देश–२
यो देश मलाई प्यारो लाग्छ, धेरै धेरै प्यारो लाग्छ
यो मेरो देश, यो हो मेरो जन्मभूमि
यो मेरो माटो, यो हो हाम्रो देश नेपाल
यो देश मलाई प्यारो लाग्छ, धेरै धेरै प्यारो लाग्छ
धेरै धेरै प्यारो लाग्छ

नोट :– नेपालको व्यक्ति पुज्ने स्तुति गान जस्तो “श्रीमान गम्भीर…..” राष्ट्रिय गीत सम्पूर्ण नेपाली जनताले खारेज गरिसकेको अवस्थामा तर नयाँ राष्ट्रिय गीत नभएको अवस्थामा मैले यो राष्ट्रिय गीत रचेर स्कुलहरुमा राष्ट्रिय गीतका रुपमा दिएको थिएँ र थुप्रै विद्यालयहरुमा कक्षा सुरु हुने समयमा गाएकाले गर्दा राष्ट्रिय गीतको अभाव खट्किन दिएको थिएन । यस राष्ट्रिय गान राख्नलाई मैले नेपालको गणतान्त्रिक संविधानका लागि सुझावमा पनि पेश गरेको थिएँ । यसलाई सो सुझावमा पनि हेर्न सकिन्छ ।

२०६१ बैशाख १
बिजु सुवेदी “विजय”
भकतजन मार्ग, काठमाण्डौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *