
प्रेमोपहार रानी को छ कृष्णा गण्डकी तट,
ताज महल आग्राको सदृश यमुना तट।
उता मुगल शाहीले राणा शासकले यता,
उताको हो चिहानै त्यो सपत्नी छन् पुरिएका।
रानी महल पाल्पाको स्थित छ गण्डकी तट,
यातायात भए राम्रो हुन्छ वृद्धि पर्यटक ।
जलचर जलैमा ती उफ्रेर नाच्दछन् पनि,
मत्स्यासन गरी त्यहीँ मत्स्यन्द्रनाथ नै पनि।
बनचर नगीचै नै सुनिन्छ गीत नै पनि,
कोइली सुरिलो गीत चखेवा नाच्दछन् पनि।
कोहो कोहो भनी सोद्छन् टाढैबाट तिमीसित,
टलक्क टल्कने काली हुरूक्कै नै तिमीसित।
कागको गुँडमा आफ्नो राखेर फुल उड्द छिन्,
कागैले कुर्दछन् बच्चा हुर्केपछि नि लग्दछिन् ।
कोहो कोहो भनी सोद्छिन् टुप्पैमा रूखमा बसी ,
टल्किने कोइली काली सुरिलो स्वरकी धनी ।
कागभन्दा उनी चड्॰ख त्यसैले लोक भन्द छन्,
बिचरो काग त्यो आफ्नै भ्रुण भनेर नै पाल्दछन्।
