Skip to content

प्रकृतिको सानिध्य

2BFC5773-552F-4BE1-91C8-C17ED2F604B7

लहरा पहराका ती सोम लता बनौषधि,
गूर्जो र अँसुरो नीम सिकारी लहरो पनि ।

तीतेपाती र चुत्रो नै खाएर स्वास्थ बन्दछ,
सिस्नो र जरुवा पानी पीउँ शरीर बन्दछ।

हर्रो बर्रो र बोटैमा फलेका अमला पनि,
शिवको प्रिय बेल छन् बेलघारी भरी पनि।

प्रकृतिको निमन्त्रणा हामी स्वीकार नै गरौँ,
कम्तिमा महिना एक सानिध्य उनकै बसौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *