Skip to content


आज मन उडेर भाग्छ
किन मलाई यस्तो लाग्छ
उनकै नजिक जाऊँ
उनीसँगै माया लाऊँ

यो बादल, यो पहाड, यी फूलभन्दा सुन्दर छे
यो खोला, यो झरना, यी पंक्षीभन्दा चञ्चल छे
स्वर्गकी परीलाई चुलबुले मोरीलाई
अङ्गालोमा बेरिरहुँ एकनाश हेरिरहुँ

यो तन, यो मन, यो जीवन पनि उनकै हो
मभित्रको छाएको उज्यालो त्यही जूनकै हो
ती मेरी उनीलाई, जुनकी रानीलाई
परेलीमै राखिरहुँ, कलेजीमै टाँसिरहुँ ।

रचना : प्रमोद ढुङ्गाना
संगीत : महेश खड्का
स्वर: उदीतनारायण झा
चलचित्र : माया बसेछ
रेकर्ड वर्ष: २०६० साल

Leave a Reply

Your email address will not be published. Required fields are marked *