विधाता छन्द याे रोजी सबैले गीत यो गाअाैं
उता खोजेर के मिल्छन् नखोजी देवता पाअाैं
सुनाई सक्नु के हामी स्वयंलाई लखेट्तै छौं
स्वयं भित्रै बरु खोजे मनैमा देवता भेट्छौं ।।
सजाएका सबै मूर्ति यहाँ हामीहरु पुज्छौं
उता यो स्वार्थमा पर्दै यता हामीहरु जुध्छौं
वृथा यो जिन्दगानीमा पराइको गला रेट्छौं
स्वयं भित्रै बरु खोजे मनैमा देवता भेट्छौं
होम सुवेदी
