Skip to content


बिरानो देशमा बस्दिँन प्यारी आउँछु फर्केर
दैलोमा उभी बालेर टुकी बस्नु है पर्खेर

अवस्य पनि आउँछु फर्की धैर्यता लिनु है
दु:खमा पनि सुख खोज्ने साहास दिनु है
पुगेर के भो आखिर विदेश दुखको दुखै छ
यसरी पौरख गर्ने हो भने त्यहीँ पनि सुखै छ

स्वदेश छोडी विदेश नआऊ दु:खमा पर्नलाई
आफ्नै पाखा प्रशस्त छ नि पौरख गर्नलाई
सुख शान्ति समृद्धी कमाइ देशैमा बस्ने छु
नेपाली भै उचाइमा पुग्न कम्मर कस्ने छु

1 thought on “देशको माया”

  1. मैले हजुर को कबिता पढे मलाई
    मैले हजुर को कबिता पढे मलाई अतीनै मन पर्‍यो मेरो मनका कुरा हजुरको कबितमा लुकेको थियो।
    हजुर को प्रगतिको कामना

    साउदि बट
    भक्त बहादुर गोदार् थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *