Skip to content


उड्दा हौ अझ माथि माथि नभको उच्चाइको बिन्दुमा
डुब्दा हौ अझ भित्र भित्र गहिरो त्यो आन्ध्रको सिन्धुमा
तिम्रो त्यो पुरुषार्थ हो तर यता बेग्लै छ मेरो छवि
पुग्दैनन् रवि त्यो अनन्त भवमा पुग्दैछ हाम्रो कवि ।।

हाम्रा अम्मर सिंहका पदहरु साझा अझै छन् यहाँ
हाम्रा पौरखका अनेक सपना ताजा अझै छन् यहाँ
लाखौं लाख युवाहरु पर गई गर्छन् कतै पौरख
अर्काको हित गर्छ यो मुलुकले हाम्रो छ यो गौरव ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *