Skip to content

जापानमा तातेसिना हाइकु सङ्ग्रहको विमोचन

20180407_PrakashPoudelMaila-News-01


जापानको टोक्योमा एक भव्य समारोहको बीच ‘तातेसिना हाइकु सङ्ग्रह’ को विमोचन गरिएको छ । जापानमा लोकप्रिय रहेको हानामी पर्व (साकुरा फूल हेर्ने पर्व)को अवसर पारेर यही अप्रिल १ गते हाराज्युकु पार्कभित्र गरिएको विमोचन कार्यक्रममा दर्जनौ स्रष्टाहरुको उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्यप्टरको आयोजनामा भएको कार्यक्रममा स्रष्टाहरुले साकुरा फूलको मज्जा लिनुको साथै साहित्यिक खुराकहरू पनि प्रस्तुत गरेका थिए ।

नागानो प्रिफेक्चर अन्तर्गत रहेको तातेसिना भन्ने ठाउमा गत साल झन्डै ४ दर्जन हाइकु कविहरुले स्थलगत रुपमा लेखेका हाइकुहरू समेटी तातेसिनालाई पुस्तक आकार दिइएको हो । प्रा. रामकुमार पाडे र प्रकाश पौडेल ‘माइला’को हाइकुको बारेमा लेखिएको खोजमुलक सैद्दान्तिक कार्यपत्र पनि समाबेश छ ।

अनेसास जापान च्याप्टरले प्रकाशनमा ल्याएको तातेसिना हाइकु सन्कलनको सम्पादक हाइकु-कवि प्रकाश पौडेल ‘माइला’ हुन । बिगत १३ वर्षदेखि जापानमै रही हाइकुको क्षेत्रमा कलम चलाइरहने ‘माइला’ अनेसासका केन्द्रीय कार्यसमितिका उपाध्यक्ष समेत हुन ।

अनेसास जापान च्याप्टरका अध्यक्ष दीप पाठकको सभापतित्त्वमा सम्पन्न विमोचन समारोहको प्रमुख अतिथि भने साकुराको रुखलाई मानिएको थियो ।

समारोहमा प्रकाश पौडेल माइला, जिज्ञानकुमार थापा, शालिकराम भण्डारी, पिताम्बर पदमपानी, पुस्कर जङ्ग थापा, आलोक चालिसे, दिनेशराज ज्ञवाली, बाबुराम भन्डारी, शरद गौचन, मैदेली घिमिरे, दीपक सुवेदी, पदम ठगुन्ना, हरि सापकोटा, अरुण पौडेल, सूर्य खड्का, धीषण निरौला, सरीता ढकाल लगाएतले बोल्नुभएको थियो ।

साथै कविता वाचन गर्ने अन्य कविहरुमा अर्जुनदृष्‍टि पौडेल, मुक्ति सुवेदी, गिरिजा गैरे, सुमित गिरी, सबिना रेग्मी, विश्वबन्दु भण्डारी, शरद पोख्रेल, हेमन्त गिरी, प्रतीविम्ब सुमन, आनन्द अधिकारी, पार्थ सुवेदी, मीनराज बास्तोला, भूवन रोका, संगीता अधिकारी,सविना रेग्मी, सुमित गिरी, प्रकृति फुयाल,दीपा घिमिरे, ज्वाला सङ्रौला, बलराम उपाध्याय आदि हुनुहुन्थ्यो भने थप सहभागीहरू रोशन कार्की प्रेमिला गौचन, गृष्मा पौडेल, अमृता आर्याल, इन्दु सुवेदी, यशोदा बस्नेत, पूनम बराल लागाएत थुप्रै साहित्य प्रेमी र अनुरागीहरूको उपस्तिथि रहेको थियो ।

कार्यक्रमको सन्चलान रबिन शर्मा र सङ्गीता कुँवरले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *