����लुकेको गढी ������
बैतडी जिल्लाको शिवनाथ गाउपालिका वडा नम्बर २ मा अवस्थित ऐतिहासिक शर्माली गढी संरक्षण को अभावमा ओझेलमा परेको छ । शर्माली गढी नेपालकै एक महत्वपूर्ण ऐतिहासिक एवम पुरातात्विक स्थल को रुपमा रहे को स्थल हो तर यसको बारेमा राज्य बेखबर छ !! साविक को शर्मालि गाविसमा अवस्थित यस गढी लाई पर्यटनमा विशेष क्षेत्र को रूपमा बिकास गर्न सकिन्थ्यो तर किल्ला का संरचनात्मक स्वरुप जिर्ण बनिसकेका छन ! वि स. १७९० को कुमाउ बिजय अभियान को क्रममा तत्कालीन डोटि राज्य बिजय एकीकरण पश्चात् कुमाउ प्रवेस गर्ने बाटो एवम महाकाली वारिको एक सुरक्षित स्थान को रुपमा गोर्खाली हरु को नेतृत्वदायी भुमिका मा अमर सिह थापा लगायत सुरविर थापा को टिम ले शर्माली मा किल्ला को स्थापना गरेका थिये ।शर्माली गढीभारतीय सिमाना एवम महाकाली नदि बाट १.५ घन्टा को पैदल दुरिमा रहेको स्थान हो ,यहाँको निकटवर्ती सिमाबजार पुल्ला , लोहाघाट हो जुन हाल उत्तराखन्ड को चम्पावत जिल्लामा पर्छ । कुमाउ बिजय अभियान को क्रममा शर्माली मा किल्ला स्थापाना गर्नाले कुमाउ लाई नजिक मा बुझ्न समेत सजिलो भयेको थियो । ऐतिहासिक अध्ययनअनुसार कुमाउ का चाणक्य भनेर चिनिने हर्शबर्धन जोशी ले गोर्खालीको बिश्वाश पात्र बनेर कुमाउ बिजय गर्न ठूलो सहयोग गरेका थिये तर पछि आफ्नो इच्छित स्वार्थ पुर्ती हुन नसक्दा गोर्खालीको विपरीत उनले काम गरेका थिये ।पछि वि स. १७९० मा नै कुमाउ विजय भयो र गढवाल तिर अभियान शुरु गरेका थिये । चम्पावत , पिथौरागढ को बालेश्वर मा उल्लेखित लेखबाट पनि यी कुराहरु प्रस्ट हुन आउछन ।
कस्तो छ शर्माली गढी ??
शर्माली गढी शिवनाथ गाउपालिका को २ वडा मा पर्छ । शर्मालिको स्थानीय वडा कार्यालय ,स्थानीय बजार भन्दा १.५ किलोमिटर दक्षिण मा अवस्थित यो किल्ला सल्ला को जंगल मा उचो ठाउँ मा अवस्थित छ । यस किल्ला भन्दा तल युद्ध तयारीको लागि तालिम फिल्ड २ भाग मा बाडियेको छ ,स्थानीय भाषा मा खुल्पुरी मैदान भनेर भनिन्छ तल्ली खुल्पुरी र मल्ली खुल्पुरी । ३ ठाउँमा इन्ट्री पोस्ट को व्यवस्था गरियेको थियो । किल्ला को आधा किमि पुर्ब पानीको न्वाला छ जसलाइ गोर्खा सैनिकले पानीको लागि प्रयोग गर्ने गर्थे , हालसम्म पनि सो न्वाला लाई ” गोर्खा न्वाला” नाम ले चिनिन्छ । यसबाट पनि सो किला गोर्खालीको बनाइयेको हो भन्ने प्रमाणित हुन्छ ।खेमराज ओझा द्वारा लिखित बैतडीको इतिहास भन्ने पुस्तकमा यहाँ रखु जाड राजा ले पनि शासन गरिएको कुरा उल्लेख गरिएको छ , भने शिवराज कलौनिद्वारा लिखित लुकेको गढी पुस्तकमा सो कुरा को खन्डन गरियेको छ । यो अझै अनुसन्धान को बिषय बनेको छ ।किल्ला को चारैतिर माटो को डिल छ , खाल्डो हुनेगरी । किल्ला को वरिपरि ढुङ्गा मा गोर्खा शब्दमा कुदियेको छ । ढुङ्गा हरु घरायसी प्रयोगमा अनावश्यक प्रयोग गरिदै छ ।किल्ला को निशान मेटिने क्रम छ । यसको संरक्षणसम्बन्धी स्थानीय गाउपालिका अध्यक्ष कर्ण साउद ले भने क्रियाकलाप सुरु गरिने बताए ।
२ ठाउँमा दक्षिण उत्तर पश्चिम गरि आवागमन को बाटो बनायियेको थियो तर दुवै तर्फ का द्वार भत्काइ सकियेको छ । भूक्षय हुने क्रम मा छ । किल्ला को वरिपरि रुख अवैध कटाई भयिरहेको छ । ऐतिहासिक क्षेत्र को संरक्षण का राज्य का कुनै काम देखिदैनन , मानौ यो ठाउँ कुनै अर्को देशमा पर्छ जस्तो !!! त्यसैले अब राज्यले यस्ता सम्पदाको खोजी गरि जगेर्ना का उपाय गर्नु पर्छ ।
