Skip to content



उदाए रवि आकाश उनको दर्शन गरौ,
हेर्दै सूर्य नमस्कार समेत आसनै गरौ |

नभका सूर्यलाई नै, प्रणाम गर्नु पर्दछ,
प्रात: सूर्य नमस्कार सदानै गर्नु पर्दछ।

सूक्ष्म बिन्दु कुनै हेरी त्राटक गर्नु पर्दछ,
काकी र लौकिकी कृया योगमा गर्नु पर्दछ।

सूत्रजल दुवै नेति षटकर्म सवै गरौँ,
तनमन सवै शुद्ध हुन्छ योग तवै गरौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *