Skip to content

उठी नानी उठी ! (बालकविता)


निद्राबाट छुटी
फुकाएर मुठी
उठी नानी उठी
नानी उठी उठी !

`खान्छु बुबु माम
गर्छु आफै हाम्म
कटौरीमा थोरै
ल्याउनू मेरी आमा´

मिलाएर लोली
बोल्दै मीठो बोली
हात घुमाई-घुमाई
धारा आफै खोली

चुठ्न चाहिँ चुठी
तर मुखै जुठी
उठी नानी उठी
नानी उठी उठी !

– रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
(२०७५/०१/२९)

Leave a Reply

Your email address will not be published. Required fields are marked *