यसपटकको राष्ट्रिय परिषदको तेश्रो बैठक इलाममा बस्ने कुराको जानकारी महासचिव आर.एमं डंगोलले दिए पछि मेरो मनमा वेग्लै कुराको सञ्चार भएको थियो । इलाम रत्नकुमार वान्तवा जस्ता योद्धा, झलनाथ खनाल,सुवास नेङवाङ जस्ता राजनेताको जन्म थलो हो । कस्तो होला त्यो ठाउँ ?जसले देश परिवर्तनको सपना वोकेका अनेक वीर योद्धाहरू जन्माएको थियो । अहिले पनि इलामका ती वीर योद्धाको चर्चा हुने गर्दछ । पञ्चायती निरंकुशताको विरुद्धमा लाग्दा जीवन आहुति दिएका ती सपुत जन्मेको भूमिमा पाइला टेक्ने मात्र होइन तीनै योद्धाको जन्म जयन्ती समेत मनाउउने कुरा सुन्दा अति हर्ष लाग्नु स्वाभाविकै हो । मेरो मनमा पनि यस्तै कुराको सञ्चार भइरहेको थियो ।

२०७४चैत्र २७गते इलाममा प्रगतिशील लेखक सङ्घ नेपालको राष्ट्रिय परिषदको तेश्रो बैठकका लागि २५गते नै दाङबाट प्रस्थान गर्नु पर्ने थियो । बैठकमा जानका लागि प्रदेश इन्चार्ज मार्फत खबर दिने जानकारी पाएकाले मैले पाँच नम्वर प्रदेशमा रहेका केन्द्रीय सदस्य,रा.प.सदस्य सबैलाई एकसरो जानकारी गराएँ अनि सम्पर्कमा रहन पनि भने । रुपन्देहीका धेरै साथीहरू काठमाडौमा रहेको र सम्भव भएसम्म उतैबाट इलाम जाने कुरा गर्नुभयो । दाङमा रहनु भएका के.स.तथा रापस कतिको फोन उठेन कतिले अनुकुल परे जाने कुरा गर्नुभयो । आखिर दाङबाट हामी तीनजना के.स.यज्ञ बहादुर डाँगी, रापस दीपा धिताल समेत जाने हुनु भयो ।सबै जाँदा अति उत्तम हुने त थियो तर आफ्नो कर्तव्य नठान्नेहरुलाई धेरै कुरा बिसाउन पनि राम्रो हुँदैन ।
हरेक दिन दिउसो २बजे दाङबाट झापाको काकटभिट्टाको लागि नियमित गाडी जाँदो रहेछ । दाङ घोराहीको काउन्टरमा रहनु भएका मित्र दुर्गा भुसालको सहयोगमा हामी त्यसै गाडीबाट चैत्र २५गते नै झापा जाने भयौं । दिउसो २.१५बजे घोराहीको दामोदर चोकबाट झापाका लागि प्रस्थान गरियो । गाडीमा बसेपछि यज्ञ बहादुर डाँगीले कर्यक्रमका वारेमा विस्तृतजानकारी लिन चाहनु भयो । प्रतिनिधि साथीहरुलाई रापसको बैठक इलाममा बस्ने मात्र भनिएको थियो । बाटो निकै लामो भएकाले हामीले विभिन्न विषय बस्तुलाई उठाउन चाह्यौं । लामो समय पछि आज साथै हुन पाएको हुनाले पनि यज्ञ बहादुर डाँगीसँग विगत वर्तमाका अनेकन विषयमा मनग्गे गफ गाफ भए ।
दाङबाट हिंडेपछि केन्द्रीय अध्यक्ष र महासचिवसँग फोन सम्पर्क गरियो । उहाँहरुले भोलि विहान मोरङको उर्लाबारीमा भेटहुने जानकारी दिनु भयो । हामीले झापाको विर्तामोडसम्मको टिकट लिएका थियौं । निकै किलोमीटर वरै ओर्लनु पर्ने भयो । हामी उर्लावारी पुग्दा विहानको आठ बजिसकेको थियो । उहाँहरुले भनेकै स्थानमा ओर्लियौ ।एकछिन केहीअल्मल जस्तै भयो । नयाँ ठाउँ कता जाने ? परिचित कोही पनि छैन । कसैलाई सम्पर्क गरौं सम्भव थिएन । चार्ज नभएका कारणले मेरो मोवाइल बन्द भैसकेको थियो । भएभरका सम्पर्क नम्वरहरू त्यसमै सेभ थिए । हामी चढेको गाडीमा चार्ज गर्ने व्यवस्था नभएको हुनाले फोन बन्दहुने अवस्थामा पुग्यो । गाडीबाट ओर्लिए पछि मैले साथीहरुसँग एउटा प्रस्ताव राखें “एउटा होटल हेरेर जाने,त्यही अनलोड पनि हुँने अनि मोवाइल चार्ज गर्ने साथै त्यही चिया नास्ता पनि गर्ने । ”साथीहरुले मेरो प्रस्ताव स्वीकार्नुभयो । नजिकमा रहेको पूर्वेली होटलमा हाम्रा आँखा लागे । म त्यही होटलमा पुगेर कुराकानी गरें । दाङबाट आएको भनेपछि किन हो कुन्नि होटलवाला साहुजीले पनि सहजै हुन्छ भन्नुभयो । पहिलो काम फोन चार्ज गर्ने भयो । त्यसपछि अनलोड गर्ने दुवै काम पछि हातमुख धोएर चियानास्तामा लाग्यौ. । त्यतिकाम गर्दा मोवाइलमा थोरै चारो भरिएछ । अनि मैले मोवाईल अन गरेर महासचिवलाई र प्रदेश नम्वर एकको इन्चार्ज एवं केन्द्रीय उपाध्यक्ष मिश्र वैजयन्तीसँग सम्पर्क गरें । मिश्र वैजयन्तीले बाटोको नक्शा बतउनु भयो । हामी पुनः त्यहाँ पुग्न सकिएला नसमिएला तर पनि पूर्वेली होटलका साहुजीसँग फेरि भेट हुनेछ भनेर हात मिलाएर बिदा भयौं । उर्लाबारीको पूर्वेली होटलको क्षणिक विसाइ पछि हामी सप्तकोशी वोर्डिङ स्कुलतर्फ लाग्यौं जहाँ हाम्रा अन्य साथीहरू हिंजो राती पुग्नुभएको थियो ।
राजमार्गबाट उत्तरतर्फ हेर्दै जाँदा टाढैबाट विद्यालय देखियो । झापा र मोरङको भूमि नै रसिलो छ । खेतबारीमा कतै के कतै के बालीनाली देखिन्थ्यो । कोशी ब्यारेज पार गर्दा पुरै उज्यालो भएको थियो । मैले साथीहरुलाई नेपालको भूमिमा बग्ने नदी तर भारतको पानी भएको कोशीब्यारेज गाडीबाट सिकाएँ । २०६५सालमा त्यहाँ जाँदा मन अघाउँदासम्म कोशी ब्यारेज हेर्ने र फोटो लिने गरेका थियौं । अनि अगाडि गएर भान्टाबारीमा रमाएको संझना आयो । साथीहरुलाई अगाडि जाँदै गर्दा कोशी ब्यारेजका ढोका बन्द गरेर नेपाललाई डुवानको उपहार मिलेको ठाउँ समेत देखाउने मौका मिल्यौ । कोशी ब्यारेज र त्यसको उपहार डुवान क्षेत्र हेरिसकेपछि दीपाजीले एउटा गजल लेख्नै पर्ने भयो भन्नुभयो । हो त यस्तो देश र जनता रुने ठाउँमा पुगेपछि कविहरुको लेखनी पनि फुर्छ । यस्तो दुरावस्था देख्दा कुन सच्चा नेपालीको मनमा विरह नजाग्ला ? पानी जति भारतमा सुख्खा र डुवान जति नेपाललाई । त्यतिवेला डुवान भएको क्षेत्र अहिले पनि पुरै बालुवाले भरिएको देख्न सकिन्छ । त्यहाँका बासिन्दाले कसरी आफ्नो गुजारा गरे होलान ?अहिले पनि त्यो जमिन बस्न र खेतीगर्न योग्य भएको छैन । डुवान क्षेत्रमा बस्ती नै छैन । खेतका गह्रा होइन बालुवाका ढिस्काहरू मात्र देख्न पाइन्छ । भान्टाबारीबाट पूर्वतिर निकै किलोमीटर परसम्म यस्तै दृष्य देख्न सकिन्छ । यस्तै दृष्य हेरेर कुँढिएको मन लिएर उर्लाबारीमा हामी ओर्लिएका थियौं । ओर्लिएर केही मसय आफ्नै धन्दामा लागियो । सप्तकोशी बोर्डिङ स्कुलमा पुगेपछि पुनः त्यो स्थानको याद आयो । हामी नेपाली उस्तै छौ. कि हाम्रा शासक उस्तै हुन्छन ? यो भने खुट्याउन गाह्रो भयो । उर्लाबारी बजार देखि आधाकिलोमीटर बाटो पार गरेपछि शाखा बाटोको पूर्वतिर शप्तकोशी बोर्डिस्कुल देख्न सकिन्छ । कसको होला ? देख्दा साथ हाम्रो मनमा प्रश्न उठ्यो । जसको भए पनि के भयो र ? यस्तै तर्क वितर्क गर्दै विद्यालयको प्राङ्गणमा पुगियो । कताबाट प्रवेष गर्ने एकछिन अलमल भयो । तिनतला माथिबाट आर एमले हेरेर इसारा गर्नुभयो । उहाँको इसार अनुसार सिंढी उक्लदै गयौ । अध्यक्ष र महासचिव लगायत अन्य साथीहरू त्यहीं हुनुहुन्थ्यो । सबै जना बसेर केही समय गफगाफ तथा भोलिको कार्यक्रमको सामान्य खाका बनायौं ।
चैत्र २६गतेका दिन दिउसो प्रदेश नम्वर एकको भेला डाकिएको रहेछ । त्यसमै सहभागि हुनका लागि हामीलाई उर्लाबारीमा ओर्लन भनिएको रहेछ । त्यो कुरा सुन्दा केही मात्रामा खुशी पनि लाग्यो । हामी कार्यक्रम र अन्य योजना बनाउँदै गर्दा विद्यालयमा रहेको क्यान्टीनमा खाना तयार भइसकेछ । खाना खाने खबर आयो । खानाका लागि ओर्लंदै गर्दा हामीले विद्यालयको व्यवस्था सबै अवलोकन गर्दै ओर्लियौं । बोर्डिङ अति व्यवस्थित ढंगले सञ्चालन गरिएको रहेछ । नयाँ शैक्षिक सत्र पनि सञ्चालन नभएको र पुरानो सत्र समाप्त भएकाले विद्यालयमा विद्यार्थीहरू थिएनन । विद्यालयको व्यवस्था हेर्दा विद्यार्थी तथा अभिभावकहरुमा सन्तुष्टि होलान जस्तो हाम्रो अनुमान रहन गयो ।
दिउसोको ११बजे देखि झापाको दमकमा प्रदेश नम्वर एकको भेला डाकिएको हुनाले खाना खादासाथ हामी त्यही शप्तकोशी विद्यालयको गाडीबाट झापाको दमक तर्फ प्रस्थान गर्ने भयौं । हिंडनु अघि विद्यालयको झलक लिनु पर्छ भनेर सबैजना प्राङ्गणमा उभिएर विद्यालय पुरै आउनेगरी फोटो लियौं । उर्लाबारीबाट झण्डै सात किलोमीटर पूर्वमा रहेछ झापाको दमक । झापाको दमक,दमक नगर पालिका भित्र पर्दो रहेछ । दमकमै रहेछ हाम्रा वर्तमान प्रधानमन्त्री के.पीशर्मा ओलीको निवास । कार्यक्रम स्थलबाट ४००मीटर उत्तरपूर्वमा रहेछ केपी ओलीको निवास । पहिले ओलीको गृह जिल्ला भन्ने मात्र थाह थियो पछि बुझ्दै जाँदा ओलीको निर्वाचन क्षेत्र पनि त्यहिरहेछ । कार्यक्रम स्थलमा पुगेर केही क्षेण त्यहाँका ब्यापरी तथा अन्य सर्वसाधारणसँग केपी ओलीका वारेमा सोधपुछ गर्यौं । जतिजनासँग कुराकानी भयो सबैले अति भरोसा गरेको कुरा सुनाउनु भयो ।त्यहाँ आएका कुरामा यो पटक पनि यो सरकार वा केपी ओलीले केही गर्न सकेनन भने यो मौका फेरि उनको जीवनमा फर्केर नआउने कुरा समेत सुनाए । जनताको विश्वास राम्रो रहेछ र त उनले अत्यधिक मत पाएर विजयी बन्न सकेहोलान ।
प्रदेश नम्वर एकको भेलमा प्रदेशमा रहेका १४जिल्लाका साहित्यकारको सहभागिता रहेछ । अति दुर्गम जिल्लाबाट पनि साथीहरुको सहभागिता रहेको देख्दा निकै खुशी लाग्यो । झापाका अग्रज कवि सरोज ओलीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भयो । प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्षय मातृका पोख्रेलाई प्रमुख अतिथिको आसन ग्रहण गराइयो । कार्यक्रममा उपस्थित उपाध्यक्ष, केन्द्रीय सदस्य तथा रापसलाई अतिथिको आसन ग्रहण गराइयो । कार्यक्रममा आएका सबैलाई कविता वाचन गर्ने अवसर दिइयो । यो पनि नयाँ र राम्रो पक्ष लाग्यो । प्रदेश नम्वर एकका इन्चर्ज एवं केन्द्रीय उपाध्यक्ष मिश्र वैजयन्तीले कार्यक्रमको विषय बस्तुमा प्रकाश पार्नुभयो भने महासचिव आर.एम डंगोललाई भेलाको नियमको वारेमा जाकारी दिन भनियो । तदर्थ समिति गठनको प्रकृया अनुसार त्यही क्रममा प्रदेश नम्वर एकको तदर्थ समिति महासचिव आर.एम डंगोलले घोषणा गर्नुभयो । कार्यक्रमको सहजीकरण हरि कट्टेलले गर्नुभयो ।
हामीलाई त्यहाँको कार्यक्रम निमाजेर इलामका लागि प्रस्थान गर्नु पर्ने थियो । कार्यक्रमको व्यवस्था मिलाउनका लागि भनेर अध्यक्ष र महासचिव दुवैजना कार्यक्रम स्थलबाट केही अगाडि बाहिरिनु भयो । काठमाडौबाट साथीहरू गाडी लिएर आउँदै गरेको खबर पनि आयो । हामीलाई त्यही गाडीबाट इलाम आउन भनियो । कार्यक्रम समापन गरेर बाहिर निष्कँदा दिउसोको २.३०बजेको थियो । हामी बाटोमै चियानास्ता लिने र काठमाडौबाट आएका साथीहरुको प्रतिक्षा गर्ने भनेर कार्यक्रम स्थलबाट अगाडि बढ्यौं ।
कार्यक्रम स्थलबाट बाहिरिए पछि झापाका मित्र हेम अधिकारीसँग अधिकारी बंशज र बंशावलीका वारेमा निकै राम्रो छलफल भयो । उहाँहरू झपामा रहेर अधिकारी समाज गठन र वंशावली प्रकाशनमा निकै मेहनत गरेर लाग्नुभएको छ । आगामी दिनमा दाङ र झापालाई जोडने कुरा पनि भए । दाङ आउनका लागि मैले हेमजीलाई निम्तो दिएँ । उहाँले सहजै स्वीकार्नुभयो । हेम अधिकारी झापाली प्रकाशनका साथ दाङ आउने बाचा गर्नु भएकाले उहाँसँग दाङमै भेट हुनेछ । हेम अधिकारी यस अघिको प्रगतिशील लेखक सङ्घको नवौ अधिवेशनबाट केन्द्रीय सदस्यमाचयन हुनु भएको थियो । हामी एक अवधि एकै समितिमा रहेर काम गरेका थियौं । उहाँ झापा दमककै क्याम्पसमा अध्यापन गर्ने गर्नु हुन्थ्यो अहिले उहाँ सरकारी सेवा निवृत भएर रहनु भएको छ भने निजी विद्यालयमा अध्यापन गर्ने गर्नुहुन्छ ।
हेम अधिकारीसंगको भलाकुसारी चल्दै थियो मिश्र वैजयन्तीले चिया नास्ताका लागि इसारा गर्नुभयो । हामी दुवैजना उठेर त्यता लाग्यौं । अरु साथीहरू पहिल्यै त्यहाँ पुगिसक्नुभएको रहेछ । होटलमा चाहना अनुसार नास्ता रोजाइ भयो । रोजाइ अनुसार साथीहरुले नास्ता लिनु भयो । मेले भने चिया मात्र पिएँ । होटेलबाट हेम अधिकारीसँग बिदा भएर हामी काठमाडौंबाट आउने गाडीको प्रतीक्षाका लागि दमक चौराहातिर लाग्यौं । चौराहा पुगेर काठमाडौबाट आउँदै गरेका साथीहरुलाई सम्पर्क गर्दा कोशी ब्यारेज आएको कुरा सुनाउनु भयो । हामी निकै समय चौराहाबाट दमक बजार नियाल्दै र गाडीको प्रतीक्षा गरेर बस्यौं । एकातिर गाडीको गति तीव्र रहेनछ अर्कोतिर गाडीमा रहनु भएका साथीहरुले थोरै मनोरञ्जन गर्न पनि भ्याउनु भएछ । वीच वीचमा गाडी रोक्ने अनि सेल्फीमा पनि लाग्नु भएछ । हामीकरिव ३.३०बजे चौराहा पुगेका थियौं । कल्पना देखि टाढाको समय प्रतीक्षा गर्यौं । सन्ध्याकाल पनि टर्यो तर कोशी ब्यारेजबाट गाडी आइपुगेन । हामीलाई चौराहामा बस्दा बस्दा पट्यार लागेर अगाडिको बसपार्क तर्फ लाग्यौं । त्यही वेला हामीलाई सिधै जान दिएको भएको पनि त हुने थियो भन्ने पनि लाग्यो तर सिधै गएको भए न त प्रदेश नम्वर एकाको भेलामा सहभागि हुन पाइने थियो न त झापामा साथीहरुसँग भलाकुसारी हुने थियो ।
कति प्रतीक्षा गर्नु परे होला नयाँ नेपालमा ?रातको आठबजेपछि मात्र गाडी बसपार्कमा आयो । कसैले अगाडि जाने कुरा गर्नुभयो भने कसैले त त्यहीं खानेखाने कुरा राख्नुभयो । जाने र बस्नेमा मत विभाजन भयो । त्यतिवेला मलाई चाणक्यले आफ्नो नीतिमा भनेको कुरा याद आयो उनले भनेका छन् “अनायका च नश्यन्ति नश्यन्ती बहुनायका, खल नायका च नश्यन्ती नश्यन्ती बाल नायक । ”अगाडि इलाम जानुभएका अध्यक्ष मातृका पोख्रेललाई फोनमा सम्पर्क गर्यौं । उहाँले अगाडि खान खान समस्या हुने भएकाले झापामै खानाखाएर आउन भन्नुभयो । जाने बस्नेको विवाद समाप्त भयो । मिश्र बैजयन्तीलाई होटलको खोजिगर्न भनियो । उहाँले दमकमै रहेका दुइवटा होटलको नाम लिनु भयो । हामी गाडी फिर्ता गरेर खानाका लागि होटल तर्फ लाग्यौं ।
झापाबाट इलामको सदरमुकाम इलाममा जानका लागि निकै समय लाग्छ । खाना खाएर हिंडने समय छुट्याउँदा रातको १२बजे भन्द अगाडि जान सकिने अवस्था रहेन । खानाका लागि दुईवटा होटलमा बुझेको त पहिले खाना बनाउनका लागि नभनेसम्म खाना नबन्ने कुरा सुनाए । हामी अन्य होटलमा पनि बुझ्ने विचारले केही अगाडि लाग्यौं । सात नम्वरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय उपाध्यक्ष पुष्करराज भट्ट अनि केन्द्रीय महिला उपाध्यक्ष डा.विन्दु शर्मा लगायत हामी अगाडिको होटलमा व्यवस्था बुझ्नका लागि गयौं । सादा खाना २५०।—रुपैयाँ प्रति खुराक रहेछ । त्यो पनि दशजनाभन्दा धेरैलाई नभएको कुरा होटलवालाले वताए । हामीले पहिलो स्थानमा रहनु भएका साथीहरुलाई त्यही खबर दियौं । कोही रोटी खाने कोहीभात खाने अनि कोही चाउमिन र कोही अन्य केही खाने भएकाले हामी दश जना त्यो होटलमा पुग्यौं ।
खाना खाएर गन्तव्यमा जानका लागि तयार हुँदा रातको दश बजिसकेको थियो । रातको दश बजे झपाबाट इलामका लागि प्रस्था गर्यौं । गाडीमा बसेपछि काठमाडौंबाट आएका साथीहरुलाई झापाबाट चढेका साथीहरुले जानाजान ढिलाई गरेके कुरा राख्नुभयो । उहाँहरुले प्रतिवाद गर्न लाग्नुभयो । यो टुंगिने विषय नभएकाले लम्ब्याउन जरुरी छैन भन्ने हामीलाई लाग्यो । हाम्रा वीचमा थोरै समय यस्तै भद्र गफले लियो । काठमाडौबाट १४जना सहभागि साथीहरू महिला उपाध्यक्ष डा.विन्दु शर्मा र कोषाध्यक्ष कृष्ण हरि भट्टको अगुवाईमा आउनुभएको थियो भने हामी झपाको दमकबाट विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य राष्ट्रिय परिषद सदस्य र केन्द्रीय उपाध्यक्ष समेत गरेर १६जना चढेका थियौं । केही समय पछि सबैलाई निद्राले च्याँपे होला सबै कुरा विर्सेर साथीहरू आरामगर्न लाग्नुभयो । भद्र गफबाट यात्रुले विश्राम लिए ।
झापाबाट इलामको चिया बगान कन्यामसम्म मार्ग एउटै हो । कन्यामबाट केही किलोमीटर अगाडि पुगेपछि फिक्कल बजार आउँछ त्यसै बजारबाट पूर्व तर्फ लागेपछि इलामको पशुपति नगर जान सकिन्छ भने सिधै उत्तरको बाटो समाउने हो भने इलामको जिल्ला सदरमुकाम इलाम बजार जान सकिन्छ । हामी दाङको सरसफाइ अभियानका क्रममा पूर्वका विभिन्न जिल्ला अवलोकन गर्दै गर्दा २०६५साल श्रावणमा इलामको फिक्कलबाट पशुपति नगरमा पुगेर त्यहाँबाट दार्जिलिङको यात्रा गरेका थियौं । पशुपति नगरमा वास्तवमा नेपालीहरुको सम्मान छैन । उनीहरू छिमेकीको निकै हेपाइमा परेर त्यहाँ बसेका छन् जस्तो लाग्छ । दार्जलिङमा पुग्नका लागि पशुपति नगरमा भारु सटही गर्नु पर्छ । दार्जलिङमा नेरु नोट चलाउन त के हेर्न पनि चाहादैनन । पशुपतिमा कुनै बैंकहरू छैनन् । उनीहरुलाई हार गुहार गरेर नोट सटही गर्नु पर्दछ । पशुपति नगरबाट भारतीय नम्वर ल्पेटका गाडीहरू भाडामा लिएर मात्रइलाम तर्फ जानु पर्छ । इलामको कन्याम नेपालको नामी चिया बगान हो त्यहाँ जाने हो भने संसार भुले जस्तो लाग्छ । सबै दुःख निवारण हुन्छ । कन्यामबाट आँखाले देख्ने जति पहाडहरू सबै चिया बगानले हराभारा देख्न सकन्छि ।कन्यामको नजिक चिया प्रसोधन केन्द्र रहेको छ । पहिलेको तुलनामा अहिले निकै विशाल बनाइएको कुरा झापामा रहँदै गर्दा सुन्न पाइएको थियो । हुनत इलाममा मात्र नभएर झापामा पनि चिया बगान बनाइएको छ । तर इलामको चिया बगान निकै नामी छ ।
इलाम पाँच अ को जिल्ला भनिन्छ । अलैची,अम्लिोसो,आलु,अदुवा,अल्लो । यस्तै बालीमा नामी छ इलाम । इलामका सबै पहाडहरू चिया बगान देखि बाहेकका पनि हराभरा देख्न सकिन्छ । इलामका पहाडमा विभिन्न जातका विरुवाहरू भएको हुनाले सधैं हराभरा देख्न सकिन्छ । रातमा चीय बगान देख्न सकिदैन न पहाडको हरियाली देख्न सकिन्थ्यो । आलु अम्लिोसो अल्लो पनि देख्न सकिने अवस्था पनि थिएन । अगाडि जाँदै गर्दा झापाको विर्तामोडबाट गाडी अगाडि बढ्यौ । बाहिर देख्न सकिने कुनै बस्तु थिएन । देख्न सकिने समय पनि हामीले गुमाइसकेका थियौं । हामी दाङबाट प्रस्थान गरेको समय अनुसार जसरी विहानको आठबजे हामी तनैजना मोरङको उर्लाबारीमा ओर्लिएका थियौं । तर हाम्रो टिकट विर्तामोडसम्मको थियो । उर्लाबारीमा न ओर्लिएर हामी सिधै विर्तामोड जान पाएको भए इलामको दृष्य राम्ररी देख्न सकिन्थ्यो । इलामको दक्षिण भाग मैले यस अघि दुई पटक अवलोकन गरेको थिएँ तर दाङबाट साथै जानु भएका र झापाबाट पनि साथै रहनुभएका साथी यज्ञ बहादु डागी र दीपा धिताललाई इलामको दृष्य देखाउन नपाएकोमा मलाई नरमाइलो लागिरहेको थियो । उहाँहरुलाई दाङबाट हिंडदा इलामको रमणिय दृष्य अवलोकन गर्ने कुरा सुनाएको थिएँ । कति ठूलो इच्छ थियो उहाँहरुमा इलामको चिया बगान अवलोकन गर्ने । उहाँहरुकोमनमा कस्तो लागिरहेको थियो मलाई सोध्न पनि मन लागेन तर मेरो मनमा भने निकैपश्चाताप लागेको थियो । रातमा कतै केही देखिदैन फेरि झापाको खाना पछि सबैजना आराम गर्न लाग्नुभएको छ । दाङबाट जाँदा यज्ञ बहादुर डाँगी र म एकै सिटमासाथै थियौं । दीपाजी हामीभन्दा पछाडिको सिटमा हुनुहुन्थ्यो । दीपा धिताललाई नियाश्रो नलागोस भनेर बाटामा पटक पटक खबर सोध्ने गर्दथ्यौं । तर अब मेरो साथमा यज्ञ बहादुर डाँगी पनि हुनुहुन्न र दीपाजी पनि हाम्रो पछाडिको सिटमा हुुनुहुन्न । झापाको दमकबाट को कता बस्यो याद भएन । म अगाडिको सिटमा थिएँ । मेरो साथमा हुुनुहुन्थ्यो प्यूठानका समिर सिंह ।
दशौ राष्ट्रिय सम्मेलनमा गएको समयमा समिर सिंहसँग पहिलो भेट भएको थियो । यसरी एक साथ बस्ने अवसर मिलेको थिएन । हामी विर्तामोड नआउँदासम्म गफमा भुल्यौं तर विर्तामोड आएपछि समिरको मोड पनि बदलियो । अब हाम्रा चाहनाका कुरा सबै समाप्त भए । सहचालक गाडीको ढोकाम बसे । यात्रुहरू सबै मौन । त्यतिवेला केवल गाडीलेमात्र गीत संगीत भर्दै थियो । विर्तामोडबाट उत्तरको बाटो लागेपछि निकै घुम्ति पर्दछन । उकालो र घुम्तिको बाटो गाडी सकि नसकि अगाडि बढदै थियो । यात्रुहरुमा अब कतैको दृष्यको मोह थिएन । मोह थियो त केवल निद्राको । यो मार्गमा गाडी नचलाएका चालक भएको हुनाले गाडीको गतिमा तीव्रता दिन सकेनन । एकातिर उकालो अर्कोतिर अति घुमाउरो र बाटो समेत साँघुरो भएका कारणले गाडीले बिस्तारै चाल बढायौ । हामीले अत्याउने ठाउँ पनि थिएन । झापाको दमकबाट इलामको जिल्ला सदरमुकाम इलाम बजार पुग्दा रातको एक बजेको थियो । रातमै गाडीबाट ओर्लिएरहोटल ग्रीन भ्यू खाज्दै गयौं।
बिहानपाँचबज्नै लागेको रहेछ आँखाखुले । ब्यूँतिएपछिको पहिलो कामआँखामाऔषधीराख्नु थियो । औषधीप्रयोग गरेपश्चालहिंजो विहान देखिका सबै घटना विवरण नाच्नलागे । पर्दामाचलचित्रकाचित्रहरू आएजस्तै विहानउर्लाबारीमाओर्लिएरपूर्वेलीहोटलमा सम्पर्क गरी भारी बिसाएरविभिन्नथरिकाकामहरू सक्याएको देखि लिएर रातको एकबजे होटल ग्रिनभ्यूमाआएसम्मका सबै चित्रनाचे । चित्रहरू एकपछि अर्कोआउँदै र जाँदै गरे । त्यसैक्रममाहिंजो साँझको भद्रगफपनियादआयो । पुस्तकको माछा र गाडको माछामा कति फरक छ ?वास्तवमाआफूलाई जसले कागजीक्रान्तिकारीमादर्ज गर्नुभएको छ त्यस अनुसारको व्यवहारमा ढाल्न सक्नुभएको छ कि छैन ?यतिवेला यो यक्षप्रश्नबनेको छ । कुराले लंका साँद्नेहरुको हामीकहाँकमी छैन । लक्ष्मी प्रसाद देवकोटाले कवितामा“आफू मिटाई अरुलाई दिनु जहाँ छ ” भनेकाछन् । यो कवितामानिकै ठूलो रहस्य छ । पहिले आफूलाई मिटाएर अरुलाई दिन सक्नु पदर्छ । हामीमा यो चीजको कमीछ जस्तो लाग्छ । हामीमध्यहरेकलाई हरेक बस्तु आफूलाई पहिले चाहिएको छ । हामीकुनै पनि कुरा त्याग गर्न सक्ने अवस्थामा छैनौं की?
एउटा बैठककालागि सबै आफै ब्यहोरेर त्यति टाढा पुग्नु परेको छ । त्यसको उपलब्धि के हो ?भन्दा स्थानअवलोकनहो । विभिन्न साथीहरुसँगको समिप्यताहो । नयाँ कुरा अवलोकन र जानकारी हो । बैठकमा जानु हाम्रो परम कर्तव्य पनि हो । आफूले जिम्मेवारी लिए पछि पुरा गर्न सक्दो प्रयास गर्नु पर्दछ । यस्तो अवसर फेरि नमिल्न पनि सक्छ । खाली अवलोकनका लागि हामी पुग्यौं भने पनि त्यहाँका सबै सबै साथीहरुसँग हाम्रो भेट सम्पर्क हुने सम्भावना नै रहँदैन ।
यतितर्क वितर्क विस्तारमै रहेछ मैले हिंजो बिहान देखिका सबै घटना स्मरण गर्दै थिएँ साथी यज्ञजी पनि उठनु भयो। उहाँ उठेपछिचलचित्रको जस्तै चलेको मानसपटलको मेरो तन्द्र टुट्यो । ध्यानअर्कौतिर मोडियो ।
कोठामा अटेज बाथरुम रहेकाले आजविहानकालागिशौच लगायतकाक्रियाकलापको लागिपालो कुर्नु पर्ने र कतै होटलमा सम्पर्क गर्नु पर्ने थिएन । आलो पालो दुवैजनाले बिहानको नियमितकार्य सक्यायौं । हिंजोको भद्रगफकावारेमा यज्ञजीलाई पनि खट्किएको रहेछ । उहाँले पनिआफ्नो तर्फबाट केही कुरा राख्नुभयो । दुवैजनाले हिंजो दिनभर र रातमाहोटलमा प्रवेश गर्दासम्मका सबै घटना समीक्षागर्न भ्यायौं । हामीगफमाथियौं ढोकामा ढ्याक ढ्याकको आवाजआयो । हाम्रो गफकोशृङ्खला टुट्यो । चियाआइसकेछ । ढोका खुल्दा साथ होटलवाला भाइ टेवुलमा चिया राखेर बाहिरिए । रातको समयमा हामी प्रवेष गरेको हुनाले त्यस होटलको सजधजको वारेमा थाह भएन तर कोठाको सबै अवस्था नियाल्दा इलामकानामीमध्यको होटल होला जस्तो लाग्यो । चियापिइसकेर यज्ञ बहादुर डाँगी बाहिरको ढोका खोलेर बरण्डामा पुग्दै भन्नुभयो । “अहो ह्याँ त जाडो छ । ”बाहिर आकाशमाबादलथियो त्यसले पनिबाहिरको वातावरण चीसो बनाएको थियो । हामी दुवै जना बरण्डामा पुगेर इलामको दृष्य नियाल्न चाह्यौं ।तर चीसोले गर्दा धेरैवेर अवालोक नगर्न सकिएन ।
इलाम पहाडी जिल्लाहो ।पहाडमा यसै पनिचीसो हुन्छ । हामीभित्रिमधेश र तराईमा बसेकाहरुको लागित्यहाँको हावपानीचीसो लाग्नु स्वाभाविकहो । विहान सबैर इलाम बजारबाट कार्यक्रम स्थलमापुग्ने कुरा थियो । मैले महासचिवआर एम डंगोललाई तत्काल फोन सम्पर्क गरें । हामी पनियसै होटलमा छौ, छ बजे निस्कने हो भन्नुभयो । हामी त्यसै अनुसार तयारीमा लाग्यौं ।
झोलामाज्याकेट छ ? मैले यज्ञजीलाई प्रश्न गरें । उहाँले छ भन्नुभयो कि छैनभन्नुभयो मैले राम्ररी बझ्न सकिन । फेरि प्रश्नपनि दोहर्याइन । मैले झोलाबाट ज्याकेट निकालेपछिउहाँले पनि जाडो होलानीभनेर झोलाबाट ज्याकेट निकाल्नुभयो । दुवैजना तयरी भैसकेर म एक तलातलओर्लिएँ । केही साथीहरू ओर्ली सक्नु भएछ । सुर्खेतका साथी जगत बाशिष्ठ मलाई खोज्दै त्यहीपुग्नुभयो । कैलालीकापुस्कर भट्ट हिंजो भेट भए देखि केहीगफगर्ने विचारमाहुनुहुन्थ्यो तर अनुकुल परेन । उहाँपनित्यहीआइपुग्नुभयो अनिभन्नुभयो “आजउताजाँदातपाई र म साथै बस्नु पर्छ है तपाईंसँग आजगफगर्नु छ ”भन्नुभयो । हो त नीलामो समय पछि भेट भएका साथीको वीचमाबसेर मन साट्न नपाएकहाँकोसँग साट्ने ? एक पछि अर्को गर्दै साथीहरू जुट्न लाग्नुभयो । हामीपनितयारीमा बस्यौं ।
प्रगतिशील लेखक संघका पदाधिकारी,सचिवालय सदस्य, केन्द्रीय सदस्य,राष्ट्रिय परिषद सदस्य सबैको जमघट त्यहीभयो । केही साथीहरू पहिले पुग्नुभएको थियो भने केहीहामी साथै गएकाथियौं । होटल ग्रीनभ्यूको(फोन नं.९८५२६८०६१६)त्यो जमघट देखेर महासचिव डंगोलले होटलवालालाई संकेत गर्दै “ल! यो जमघटमा एक राउण्ड चियापिऔ अनिलागौला”भन्नुभयो । निकै जनाले समर्थन जनाउनु भयो । केही साथीहरू त्यो होटलमा अटने अवस्थानभएर नजिकैको अर्को होटलमा जानु भएको रहेछ सबैजनाको जमघट आफैमा रमाइलो भायो । महासचिवलाई त्यही जमघटका वीचमाआजको कार्यक्रमको वारेमाजानकारी दिनकालागि मैले कुरा राँखे. । उहाँले ठिक समयमा कुरा उठाउनु भयो भन्नुभयो । चियाबनून्जेलसम्मउहाँले आजको अर्थात चैत्र २७गतेको दिनभरको कार्यक्रमको वारेमाजानकारी दिनु भयो । महासचिवको प्रस्तुति सकिनुसँगै चियाआयो । सबैजनाचियागफमालाग्यौं । चियागफमा मैले डंगोलजीलाई यहाँ देखि कार्यक्रम स्थलकति दूरीमा छ र हामी कसरी जाँदैछौं ?भन्ने प्रश्न राखें । दूरीको वारेमाथाहनभएको तर अनुमानमाबीस किलोमीटरभन्दा धेरैहुनु पर्छ भन्नुभयो । त्यहाँसम्मजानकालागिहामीले ल्याएको एउटा गाडी र त्यहाँका साथीहरुले व्यवस्था गरेको एउटा अर्को गरेर दुइवटा गाडी जाने कुराको जानकाकरी दिनु भयो ।
चियापिएर सक्यायौं घडीले ६.३०को संकेत गर्दै थियो । हामीलाई त्यहाँबाट अगाडि बढनका लागिखबर आयो । पक्तिवद्धभएर बाहिर निस्कियौं । बाहिर दुईवटा गाडी तयारीमाथिए । इच्छा अनुसार आफैगाडी रोजेर साथीहरू फटाफटउक्लनु भयो । पुस्कर भट्ट पहिले देखि मलाई नियाल्दै हुनुहुँदो रहेछ ।मैले यज्ञजीलाई अगाडि पठाएर आफू उक्लिएँ । पुस्करजीमलाई पच्छ्याउँदै उक्लनु यभो । गाडीमा भने जस्तै भयो । पुस्कर भट्ट र म एकै सिटमा पर्न गयौं । पुस्करजीका रसिलागफले मलाई पनिफाइदाहुने भयो । पुस्करजीले विद्यावारिधिगर्दा उहाँलाई मैले सघाएको थिएँत्यसकारण पनिनजिकमा बस्न चाहनुभयो होला ।गाडीहोटल अगाडिबाट अगाडि बढ्यो । इलामबजारको मध्यभागमा शहीद रत्नकुमार वान्तवाको सालिक रहेछ । हामीत्यहाँपुगेर कमरेडवान्तवाप्रतिश्राद्धा भावजनायौं । त्यहीकार्यकालागिभनेर प्रदीप नेपालपनिइलामपुग्नुभएको रहेछ । उहाँसँग त्यही सम्पर्क भयो । दिनभर साथै रहने कुरा गर्नुभयो । । इलामबजारमा शहीदप्रति सम्मान प्रकट गरेपश्चातबजारको बाटो हुँदै दुवै गाडी अगाडि बढे । गाडी जति अगाडि बढदै गएहामीउतीआनन्दीतबन्दै गायौं । इलामको पहाड रसिलो छ त्यसैमाआजपानीपर्लाजस्तै गरेर बालदझुम्मिएको छ । बादमुनीकाती पहाडी दृष्यजति हेर्यो उनीआनन्दलाग्ने खालका रहेछन् । पहाडहरू त निकै हिंडियो तर त्यस्तो रसदार पहाडमा हिंडेजस्तो लागेन । पहिले कतै हिंडेको भएविस्मृतिभएको हुन सक्छ । पहाडी बस्ती हरेक घरका छानाहरुमा कर्कटपाता छन् । घरको नजिकमा सानो भएपनिबारी छ अनिबारीमा केही न केहीअन्नवालीवा तरकारी रोपिएको अवस्थामा देख्न सकिन्छ । सबै घरमाशौचालयबाइएका छन् । प्राय धेरै घरको आँगनमापानीकाधारा पनि देख्न सकिन्छ । बारीकाकिनारमानिगालो जातकाविरुवाहरू देख्न सकिन्छ । यति राम्रो दृष्यमालाली गुराँस भएकति राम्राहुन्थ्यो होला?तनहूँकाआनन्द सुन्दर श्रेष्ठले प्रश्नगर्नुभयो । हो त नीहामीआँखा गाडेर लाली गुराँस हेर्न लाग्यौं । छिटफुट रुपमा सानाविरुवा त देखिए तर फुलेको वाटाका आसपासमा देखिएन ।
हामीबाहिरको दृष्य नियाल्छौं अनि फेरि त्यसको वारेमा कुरा हुन लाग्छ । भट्टजी आफू मैदानीभागको भएको र काठमाडौको वातावरणमा बढता समय व्यतीत गरेकाले उहाँले विभिन्न जिज्ञासाहरू राख्ने गर्नुहुन्थ्यो ।गाडी माथिभञ्ज्याङमापुगेर रोकियो । अनिअगुवाई गर्ने मित्रले गाडीको सेवा समाप्तभयो भन्नुभयो । हामी सबैजनाओर्लियौं ।त्यहाँ साना सानातिनचारवटा पसलहरू रहेछन् । नजिकको पसलमापुगेर मैले बाटोको दूरी सोधें । दुईकिलो मीटर जतिओरालो होलाभन्नुभयो । यज्ञजीलाई खुट्टामा समस्याभएकाले हिडन गाह्रो थियो । अब अगाडि कसरी जाने ? मेरो मनमा जिज्ञासा जाग्यो ।
चैत्र २७गते विहानइलामबजारबाट २२किलोमीटर बाटो पार गरिसकेर बाघखोर नामकभञ्ज्याङमापुगेर मन अघाउन्जेल इलामको पहाड नियाल्ने विचार बनाएकाथियौं तर संयोग मिलेन । आकाश भरी बादले ढाकिदियो ।बाटोको किनारमाउभिएर केहीपोज फोटो खिच्यौं । बादलको घुम्टो भित्रफोटोपनि राम्रो सफाआएन । बान्तवा प्रतिष्ठानतिर जोनबाटो भर्खरै निकै चौडा परिएको रहेछ । यस्तो बाटोमागाडी किननगएको होला? केही साथीहरुको प्रश्नथियो । वास्तवमात्यहाँ रातमापानी परेकाले र अहिले पनिबादलले घुम्टो नछोडेकाले पुनःपानी पर्ने सम्भवनाउत्तिकै थियो । बाटो भर्खर मात्र कटान भएको हुनाले ठूला डगाडीहरू लानगाह्रो रहेछ । त्यसैले हाम्रादुबै गाडी किनार लागेर थन्किए । हामीपुगेको करिब पाँचमिनेट भित्रचारवटा सानाकुनै बलेरो त कुनै स्कारपियो गाडीहरू पुगेर त्यहीठाउँमा रुके । हामीचिल्लाकारतिर नजर हुत्यायौं । प्रदेशनम्वर एककामुख्यमन्त्री शेरधन राईको टोलीरहेछ । अर्को गाडीमा एकजनाझुस्स दाह्रीपालेकाकमरेड हुनुहुन्थ्यो ।उहाँलाईकतै देखे जस्तो लाग्यो । भ्रमपनिहुन सक्छ सत्य पनिहुन सक्छ । प्रगतिशील लेखक सङ्घको विभिन्नमितिका राष्ट्रिय सम्मेलनतथा जन साँस्कृतिमहासङघ वा जन साहित्यिकमहासंघका राष्ट्रिय अधिवेशनमाकतै भेट भए जस्तो पनिलाग्यो तर ठम्याउन सकिन । अनुहार हेर्दा नारदमणि हार्तमछाली जस्तो पनिलाग्यो । उहाँसँग भेट नभएको पनिनिकै वर्ष बिते । हार्तमछाली भए त उहाँले आफै पनिबोलाउनु पर्ने । पक्कापक्कीनभई नबोलाउने निधो गरें । दुइवटा गाडी एकसाथ अगाडि लागे त्यसको केही क्षणमा फेरि दुईवटा गाडी पनि त्यहाँबाट ओरालो हिंडे । हामीति गाडीहरू गुडेको हेरिरह्यौं । यस्तो पहाडी बाटोमा यस्ता गाडी ?भञ्ज्याङसम्मको बाटो कालोपत्रे गरिएको छ । कालो पत्रेबाटोबाट त्यहाँदेखिकाउत्तरतिरकाजिल्लाहरुपाँचथर र ताप्लेजुङमाजान सकिने रहेछ । तर वान्तवा प्रतिष्ठानतिर जाने बाटो ……………..?
केही साथीहरुले त्यहाँपुग्दा साथपहिल्यै बाटो नापी सक्नुभएको थियो । यज्ञजी र म शौचालयखोज्दै केही पर पुग्यौ अनिफर्केर आएपछि । ओरालो बाटो बिस्तारै जाने सल्लाहगर्यौं । उहाँलाई खुट्टाको समस्याले गर्दा छिटो हिडन कठिन थियो । सबै साथीहरू हामीलाई उछिन्दै अगाडि जानु भयो । आउनेजतिलाई हामीले तपाईहरुजाँदै गर्नुस भन्दै पठायौं । हिंजोअर्थात चैत्र २६गते विहानमिश्र वैजयन्तीलाई भेटे देखि दीपाधितालउहाँसँगै रहनु भयो । बसबाटउत्रेपछि को अगाडि गयो को पछाडि छ भन्ने कुरा नै ख्यालभएन । त्यहाँस्थानीयबासिन्दाको पनिउत्तीकै भीड थियो ।
पहाडमा हिंडेर बानी परेकाहरुकालागित्यो बाटो हिंडन कुनै कठिनाइ थिएन । पहिलो त हामी समथरमा हिंडेकात्यसमापनि साथीको खुट्टाको समस्या । उहाँलाई छोडेर अगाडि जान मेरो मनले मानेन । झण्डै आधाकिलोमीटर हिंडेपछि मैले उहाँलाई भने । तपाई असमन्जसमानपर्नु होलाजति समय लाग्ला साथै जाउँला । उहाँहास्नुभयो अनिभन्नुभयो । “अँअँजतिलाग्ला ।” बाटो ओरालो थियो तर चौडाथियो । चौडाथियो तर ठाउँ ठाउँमा पानीजमेकाले असहजपनिथियो । मोटर बाटो देखि बाहेकमा पुरानो सिधाछोंटोबाटो पनिरहेछ । हामीलाई त त्यो बाटो हिंडन त के हेर्न पनि कठिन थियो । एक घुम्ति घुमेपछि निकै परको पहाडमा राम्रो बस्ती देखियो । हामले त्यो बस्ती नियाल्दै नेपाली परिवेश र जनजीवनकावारेमाचर्चा गर्न लाग्यौं ।
आजविहानअर्थात चैत्र २७गते इलामबजारमा रहेको कमरेड रत्नकुमार वान्तवाको सालिक अगाडि उभिएर तमामकमरेडहरुले श्रद्धाञ्जली अर्पण गर्नुभयो । वान्तवको सालिकमामाल्यार्पण गर्दागर्दै पूर्व प्रधानमन्त्रीझलनाथखनालको घर कहाँहोलाभन्ने लाग्यो । झलनाथखनालइलामको सन्दर्भमाभन्नु पर्दा कम्युनिष्ट अगुवाको नामहो । सम्भवतःझलनाथखनाल रत्नवान्तवाका सहपाठी समेत हुन सक्नुहुन्छ । मैले कमरेड झलनाथको वारेमा कुरा उठाए पछि इलामकै एकजनामित्रले अगाडि जाँदै गर्दा बाटो देखि केहीकिलो मीटर भित्र साविक साँखेजुङ गाविसहालको देउमाइनगरपालिकामा पर्ने कुरा सुनाउनु भएको थियो । अहिलेको निर्वाचन क्षेत्र पनित्यहिरहेछ । मआफू पनि पहाडमा जन्मिएको हुनाले पहाडी पीडा राम्रोसँग याद छ । झलनाथखनालको परिवार शिक्षितभएकाले समयमा पढन सके होलानकिउनमाआफै चेत आएर पढन सके होलान? गाडीबाट अगाडि जाँदै गर्दा मेरो मनमा एउटा जिज्ञासा आयो । तर कतै प्रकट गरिन । झलनाथखनालविद्यार्थी जीवन देखिनै राजनीतमालागेको कुरा निकै वर्ष पहिले सुनेको हुँ। विद्यार्थी जीवनबाटै राजनीतियात्राआरम्भ गरेको हुनाले केही समय राजनीति र शिक्षण कार्यलाई एक साथ लैजानु भयो । शिक्षण कार्यमा रहेकै अवस्थामागिरफ्तारीमा परेर जेलबाट छुटेपछि उहाँ पूर्ण रुपले भूमिगतकाममालाग्नुभएको हो । यस पटकको संघीय निर्वाचनमानिर्वाचन क्षेत्र नम्वर एकबाट उहाँउमेदवार बनेर विजयी समेत हुनु भयो भने क्षेत्र नम्वर दुईबाट पूर्व सभामुख सुवाश नेम्वाङ उमेदवार बनेर विजयीबन्नुभयो ।
इलामजिल्लाको पूर्वमाभारत पर्दछ । यसको पश्चिममापाँचथर जिल्लाको केहीभाग र मोरङ जिल्ला पर्दछ । यसैगरी यसको उत्तरमापाँचथर जिल्ला पर्दछ भने दक्षिणमा झापाजिल्ला पर्दछ । इलामजिल्लाप्रदेशनम्वर एकमा पर्ने १४जिल्लामध्यको एक हो । यसले दक्षिणमा रहेको झापा र उत्तरमा रहेकापाँचथर र ताप्लेजुङ जिल्लालाई जोडने कामगर्दछ । यहाँ रहेका पहाडमा कतै कडा चट्टान देख्न पाइन्छ भने अधिकांशभागमा हरियाली देख्न पाइन्छ । यसको दक्षिणी अधिकांशभागचियावगानले ढाकेको छ । हामीजुन बाटोमा हिंडदै थियौ त्यो ठाउँ देउमाइनगर पालिकामापर्दोरहेछ ।यसको पूर्वमारहेको इलामनगरपालिकापार गरेर हामीत्यहाँ सम्मपुगेकाथियौं ।
हामीजति अगाडि जान्थ्यौ बाटो उतीतलगए जस्तो लाग्यो । छोंटो बाटो हिंडनेहरू तलतलकतापुगिसक्नुभयो । मित्र यज्ञ जीमा नैराश्यततनआओस भनेर मैले इतिहास कोट्याउने चेष्टा गरें । सानो कुरा गरेर उहाँलाई पालो दिएँ । उहाँआफ्नो तालमा हिंडदै इतिहासकाअन्तर कुन्तर कोट्याउनलाग्नुभयो । झापाविद्रोह देखिका कुराहरू उठे ।उहाँबिस्तारै विश्लेषण गर्न लाग्नुभयो । मत्यहीतालमा रमाउनलागें । उहाँको इतिहासको कुरा अनवरत रुपमाचलिरहेको थियो । पारी डाँडाको बस्तीबादलले छोडेछ । उहाँको शृ«ङ्खला नटुटने गरी मैले भने “तपाईको कुरा नविर्सनु होला,अहिले ऊ त्यो पारीको पहाड नियाल्नु पर्छ । ल हेर्नुस अहिले पहाडबाट पुरै बादल हटेको छ र गाउँ बस्ती राम्ररी देख्न बन्ने भएको छ । ”इतिहासको पाटोलाई थाती राखेर हामीप्रकृतिमा हराउनपुग्यौं । कति सौन्दर्यतादिएको छ नेपाललाईप्रकृतिले ?भीर पाखाकन्दरा बस्ती नियाल्दै ओरालो झर्दै गयौं । अब त कुनै मानिसको आवजपनि सुन्न छोडियो । बाटो पनि साँघुरो हुँदै गयो । केहीमाथिसम्मकतिचौडा भएको बाटो अवत सानो गोरेटोमात्र देखापर्न लाग्यो । कतै बाटो भुल्यौं की? हिडदै हेर्दै गर्दाको दृष्यओझेल पर्यो । बाटो घुम्ति परेकाले दृष्य छेकियो । नाटकमञ्चनहुँदापर्दा खसेजस्तै लाग्यो । कति रमणिय पहाडमा हराउनपुगेकाथियौं । मैले यज्ञजीलाई हामीपुगेको इतिहासको बाटोमाजोडन चाहें । उहाँले निर्मललामा देखि आफ्नो इतिहास जोड्नुभयो ।
शाारीरिक अशक्तताहुँदाहुँदै पनि साहित्य र संस्थाको मोहले उहाँत्यस्तो कठीन बाटो पार गर्न पनितयार हुनु भयो । हामीआपसीगफकाशृङ्खलाजोडदै ओरालो लाग्दै थियौ । माथिबाट बलेरो आयो बाटो साँघुरो भएको हुनाले हामीदुवैजानाकिनार लाग्यौं तर बलेरो हामीभएनजिकै आएर रुक्यो । अगाडि जाउँभने पनि ठाउँ छैन पछाडि सर्न पनिबन्दैन । कस्तो फसादभयो । यताउताजाने ठाउँ नभए पछि दुवैजना एकै स्थानमाउभियौं । गाडी भित्रबाट आवाजआयो ।आउनुस सर जाउँ । तपाईहरुलाई देखेर रोकेको हो । मैले गौर गरेर हेरें कोहीचिनेको रहेछ की?होइन । परिचित अनुहार कोहीलागेन । मैले यज्ञजीलाई भने वर्गीय माया भनेको यही हो । आउनुस गाडीमा जाउँ । दुवैजना गाडीमा बसेपछि अगाडि बस्नु भएकिएकजनामहिलाले भन्नुभयो “यस्तो अशक्तमानिस पनिवान्तवाभनेपछि हिडन कस्सिनु भयो ।” हामी हाँस्यो मात्र केही जवाफ दिएनौं ।
पैदल हिडेको भएकतिमीनेट लाग्थ्यो थाहभएन गाडीबाट चार मिनेटमा कार्यक्रम स्थलमापुगियो । हामीपुग्दा रत्नवान्तवाको सालिक अगाडिको मैदानअतिथि र स्थानीयले खचाखच भरिएको थियो । जहाँ भुटेको भट्ट, मकै र उसुनेको आलुले स्थानीयबासिन्दाले स्वागतगर्दै हुनुहुन्थ्यो । सहभागिहरू अतिहर्षित मुद्रामात्यसलाई ग्रहण गर्दै हुनुहुन्थ्यो । हामीपनि त्यसैमा सामेल भयौ ।
२०७४साल चैत्र २७गते विहान रत्नकुमार वान्तवा प्रतिष्ठानमा पुग्दा जति सजिलो भयो फर्कदाको कुरा बेग्लै र रोचक रहन गयो । फर्कदाका कथाहरू आगामी अंकमा समावेश गरौला । त्यहाँ पुग्नेहरू मध्यमा हामी यज्ञजी र म सबैभन्दा अन्तिम भयौं । रत्न वान्तवा र वमदेवानको सालिक अगाडि जो मैदानी भाग छ हामी त्यहाँ पुग्दा हो त्यो आगन्तुकले खचाखच भरिएको थियो । हामी गाडीबाट ओर्लदासाथ अविरको टीका र माला लगाएर स्वागत गरियो । मैले यज्ञजीलाई भने “यो स्थानमा आएर यस्तो सम्मान पाउने हैसियतमा हामी पर्छौ ?” उहाँले हाँस्दै भन्नुभयो “पर्ने भएर त सम्मान पाइए होला ।” हाँसोसँगै हामी अगाडि बढ्यौं । नजिक पुग्दै गर्दा थालमा भुटेका मकैका खाजा,भट्ट अनि उसुनेका आलु लिएर अतिथि स्वागतमा उभिनुभएका बहिनीहरू मुस्कुराउँदै नजिक आउनु भयो । नजिकमा रहेको धारामा पुगेर हात धोयौं अनि दुवैजनाले अञ्जुलीमा खाजा लियौं । पहिले धेरै उठाउन असजिलो लाग्यो पछि यताउता हेरेको त धेरै जनाले विहानको खर्च पुग्ने गरी उठाएको देखियो । अनि हामीले पनि दोहर्यायौं ।
कार्यक्रम स्थल कस्तो होला ? के के गरिएला ? हाम्रो भूमिका के हुने ? यस्तै निकै जिज्ञासाहरू मनमा थिए । एकसरो खाजा खाए पछि धेरै जिज्ञासा मेटिए । म केही कदम अगाडि बढेर रत्न वान्तवा र बम देवानको सालिकको फोटो खिचें । अनि यज्ञजीलाई त्यही छोडेर( उहाँलाई हिडन केही कठिन हुने भएकाले )म रत्न प्रतिष्ठानतिर लागें । प्रतिष्ठान बनाइएको घर रत्न कुमार वान्तवाको आफ्नै रहेछ । वर्तमानमा घरपरिवार अनेत्रै बसाइ सरेकाले त्यो घर पार्टीले संरक्षण गरेर प्रतिष्ठानको लागि उपयोग गरेको रहेछ । रत्न वान्तवा प्रतिष्ठान अर्थात उहाँको घरको नजिकै पछाडि अर्को सभाहल रहेछ त्यो भने रत्नकुमार स्मृति प्रतिष्ठानले निर्माण गरेको रहेछ । तल सभाहल छ भने माथि पुस्तकालय तथा संग्राहलयको व्यवस्था गरिने कार्यक्रम रहेछ । केही पुस्तकहरू संकलन गरेर राखिएको देख्न पाइयो । पुस्तकालय र संग्राहलय प्रकृयामा छ ।
घाम लागे पनि त्यहाँ चीसो हावा चल्दोरहेछ त्यसकारण चैतको घाम पनि घाम जस्तो लागेन । वान्तवा प्रतिष्ठानको पुरै क्षेत्र घुमेर मञ्च नजिक पुगे । कार्यक्रम आरम्भ हुनै लागेको रहेछ । प्रतिष्ठानका सचिव रविन्द्र सुवेदी रोष्टममा उभिनु भयो । विहान पनि इलाम बजारमा रहेको रत्न वान्तवाको सालिकमा माल्र्यापण गर्दाका बखत उहाँले नै उद्घोषण गर्नुभएको थियो । ठीक्क अडकल गरेर बोल्ने वानिरहेछ उहाँको । त्यो पक्ष राम्रो लाग्यो । कतिपय उद्घोषकले आफै भाषण छाँटेर हैरान गर्छन । उहाँको छरितो पना देख्नेहरू सबैले सिक्नु पर्ने सीप जस्तो लाग्यो । सचिव रविन्द्र सुवेदीले सभापतिमा रत्नकुमार वान्तवा प्रतिष्ठान तथा प्रगतिशील लेखक सङ्घ इलाम शाखाका अध्यक्ष एवं रत्न वम स्मृति ग्रन्थ प्रकाशन समितिका प्रधान सम्पादक डक्टर देवी क्षेत्री दुलाललाई आसन ग्रहण गराउनु भयो । त्यसै गरी प्रमुख अतिथिमा प्रदेश नम्वर एकका मुख्य मन्त्री शेरधन राईलाई र विशिष्ठ अतिथिमा साहित्यकार एवं राजनीतिज्ञ प्रदिप नेपाललाई आसन ग्रहण गराउनु भए पछि क्रमश अन्य अतिथिहरू माननीय अगम कुमार वान्तवा,गणेश राई, राम नारायण शर्मा, धिरेन्द्र शर्मा “रमण”जो माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य पनि हुनुहुन्छ, इलाम नगरपालिकाका मेएर महेश बस्नेत,देउमाइ नगरपालिकाका मेएर सूर्य पोख्रेल,प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष मातृका पोख्रेल, इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल लगायतलाई मञ्चमा आसन ग्रहण गराउनु भयो । पहिले रित्तो रहेको रत्न बमको सालिकनेरको मञ्च भरिभराउ भयो । आसन ग्रहण गराउने क्रममा प्रगतिशील लेखक सङ्घका सबै केन्द्रीय उपाध्यक्ष तथा महासचिवसम्मको नाम बाचन गरियो । मञ्चमा स्थान नभएकाले हामीले आफ्नै स्थानबाट उठेर परिचय दियौं ।
आरम्भमा रत्न बम लगायत ज्ञात अज्ञात शहीदहरू प्रति श्रद्धाञ्जली स्वरुप मौनधारण गरियो । तत्पश्चात सालिकमा माल्र्यापण गरियो । उपस्थित सबैलाई रत्नकुमार वान्तवा प्रतिष्ठानका उपाध्यक्ष नुरमाया राईले शब्दबाट स्वागत गर्नुभयो । अहो ! कति प्रखर वक्ता ? उहाँले जति शब्द प्रयोग गर्नुभयो सबै शब्दहरू मनन योग्य रहे । बक्ता होस त यस्तो होस् सबैले निकै प्रशंसा गरे । उहाँलाई विहान इलाम बजारमा हामीले भेटेका थियौं तर हामीले उहाँलाई बेग्लै अडकल गरेका थियौं तर हाम्रो अडकलले काम गरेन ।
रन्तकुमार वान्तवा र वमदेवानको सालिक भएको ठाउँ र रत्नको जन्मघर नजिक निजक रहेछ । दुवै योद्धाकको सालिक बनाइएको ठाउँलाई संरक्षणका लागि तारवार गरिएको छ । नजिकमा सानो पार्क बनाएर केही पुष्पहरू रोपिएको रहेछ । त्यो ठाउँ साविकको चमैता गाउँ विकास समितिमा र हालको देउमाइ नगर पालिकामा एकमा पर्दछ । यो गाउँलाई चित्रे भन्ने गरिन्छ । चित्रेको गाउँबस्ती पातलो छ । वान्तवाको घर गाउँको माझै भागमा पर्दछ । यहाँबाट तीन तिरका पहाडहरू नियाल्न सकिन्छ । कार्यक्रम स्थलमा पानीको राम्रो व्यवस्था गरिएको रहेछ । कुनै पनि यात्रुलाई पानीको समस्या परेन । प्रतिष्ठान नजिकै एउटा शौचालय समेत निर्माण गरिएको छ । कार्यक्रम स्थलमा बाहिरबाट गएका अतिथिका साथै इलामका बासिन्दा र शुभचिन्तकहरुको राम्रो सहभागिता थियो । कार्यक्रम स्थलको नजिकमा एउटा घरमा त्यहाँ गएका सबैको लागि खाना तयार हुँदै थियो । स्थानीय बासिन्दा अति खटेर अतिथिको स्वागत सत्कारमा जुटेको देखियो । अति अनुशासित ढंग र जनजादी शैलीमा सबैजना काममा ब्यस्त हुनुहुन्थ्यो । यो भूमिमा रत्नको अनुशासन अँझै रहेछ जस्तो लाग्यो ।
सोही कार्यक्रममा प्रगतिशील लेखक सङ्घ इलामको वार्षिक मुखपत्र “प्रलेस”अनि क्यालेण्डर विमोचन गरियो । सोही अवसरमा वान्तवा प्रति कलम चलाउने दुईजना साहित्यकार रविमान लम्जेल र महेश बस्नेतलाई सम्मानपत्र प्रदान गरी सम्मान प्रदान गरियो भने सञ्जय थापाका नामबाट रत्नको चिनारी गराउन सफल साहित्यकार एवं राजनीतिज्ञ प्रदीप नेपाललाई सम्मानपत्रका साथै मानार्थ सदस्यता समेत प्रदान गरियो । साहित्यकारहरुलाई सम्मान प्रदान गरिरहँदा त्यहाँको वातावरण नै अर्कै बन्यो । उपस्थित सबैजना स्तभ्द भएको देखियो । सायद यसैलाई हृदय देखिको सम्मान भनिन्छ होला । तीनैजना सहित्यकार प्रति सम्मान प्रकट गर्दा निकै बेरसम्म तालिको गडगडाहट आवाज सुनियो । हत्यारा प्रति सबैको आक्रोस पोखिएको भान भयो ।
मैले यस अघिको अंकमा एकजना परिचित जस्तो लाग्ने झुस्स दाह्री पालेको व्यक्ति भनेर उल्लेख गरेको छु । वास्तमा उहाँ रत्नकुमार वान्तवाको सहयोद्धा अगम कुमार राई हुनुहुँदो रहेछ । आसन ग्रहण गराउने क्रममा उहाँको परिचय खुल्यो । उहाँको घर इलाममै रहेछ । हाल उहाँ राष्ट्रिय सभाको माननीय सदस्य हुनुहुँदो रहेछ । नाताले उहाँ रत्नको भतिजो पर्नु हुँदो रहेछ । कार्यक्रम सञ्चालनका क्रममा अगमकुमार राईले आफ्नै बाबु आमाको नाममा एकलाख बीस हजारको अक्षय कोषमा रहने गरी पुरस्कार स्थापना गर्नुभयो । पुरस्कार कहाँ कसलाई कसरी ?वितरण गर्ने भन्ने बारेमा भने जानकारी भएन । उहाँले कुनै शीर्षक दिनु भए होला त्यसलाई सार्वजनिक गरिएन वा हामीले सुन्नमा भूल गर्यौं ।
रत्नकुमार वान्तवको ६६औ. जयन्ती तथा ३९औ स्मृति दिवसका अवसरमा बोल्ने बक्ताहरुले रत्नकुमार वान्तवाको स्मृति प्रतिष्ठान जीवन्त राख्नका लागि संघीय सरकार,प्रदेश सरकार तथा स्थानीय सरकारबाट सहयोग आवश्यक भएको कुरा दर्शाउनु भयो भने देउमाइ नगरपालिकाका प्रमुख सूर्य पोख्रेलले चित्रे गाउँलाई पर्यटकीय गाउँ बनाउने यसका लागि तत्काल बाटो पक्की बनाउने र संग्राहलय अनि पुस्तकालयको लागि बजेटको व्यवस्था भएको कुराको जानकारी दिनु भयो । यसैगरी उहाँले भविष्यमा यो स्थलसम्म आउनका लागि सुरङमार्ग निर्माण गर्न तर्फ लागिने पनि जानकारी दिनु भयो । यसैगरी उपस्थित माननीय सभासदहरुले आफू सक्दो सहयोग गर्ने बचन दिनुभयो । प्रदीप नेपालले आफूले आफ्नो काम गरेको तर प्रतिष्ठानले ठूलो सम्मान व्यक्त गरेकोमा आभार व्यक्त गर्दै आगामी दिनहरुमा निरन्तर खटेर प्रतिष्ठानको उत्थानको लागि काम गर्ने बचन दिनु भयो । उहाँले यो स्थान सुगन्धित बनाउका लागि फुलबारी तथा पार्क निर्माणमा जोड दिनु पर्ने कुरा राख्नुभयो । शहीद रत्नकुमार वान्तवाको ६६औ जयन्ती तथा ३९औं स्मृति दिवसका प्रमुख अतिथि शेरधन राईले आफूले यस स्थानलाई उचाइमा पुर्याउन आफूबाट कुनै कसर बाँकी नरहने बचन दिनु भयो । उहाँले बोल्ने क्रममा रन्तकुमार वान्तवाको बारेमा देशभर चिनाउन विविध कार्यक्रम गर्नु पर्ने कुरा राख्नुभयो । उहाँ बोल्ने क्रममा सहभागिहरुबाट निकै पटक तालि बजे ।
ओरालो बाटो ओर्लदैं गर्दा हाम्रो मनमा रत्नकुमार वान्तवा प्रतिष्ठानको वारेमा जुन जिज्ञासा थियो त्यो त्यहाँ पुगेर आफ्नै आँखाले देखेर र आफ्नै कानले सुनेर सहजै मेटियो । प्रतिष्ठान खोल्नुको वास्तविक अर्थ त्यहाँ भेटियो । कतैकतै शहीदलाई भजाउनका लागि प्रतिष्ठान खोल्ने होडबाजी पनि देखिन्छ । अँझ एकै स्थानमा एकै व्यक्तिका नाममा दुई तिनवटा प्रतिष्ठान खोल्ने गरेको पनि देखिन्छ, सुनिन्छ । यो केका लागि होला ? सम्मानका लागि हो भने एउटा प्रतिष्ठानले पनि हुन्थ्यो होला । कतै शहीदका नाममा लोभ र पाप जागेर त होइन होला ? यसो भन्नु फरक अर्थ हुन्छ कि हुँदैन ??
यसअघि रत्नकुमार वान्तवा र इलामको नाम सुने पनि वास्तवमा यति धेरै कुराहरुको वारेमा जानकारी थिएन । जब सोही कार्यक्रममा सहभागि भइयो तव मात्र धेरै कुरा जान्न र बुझ्न पाइयो । स्मृति दिवससँगै हाम्रो बैठक(प्रगतिशील लेखक सङ्घको राष्ट्रिय परिषदको तेश्रो वैठक )समेत भएकाले प्रतिष्ठानको कार्यक्रमको समाप्तीसँगै हामी बैठक कक्षमा लाग्यौं । प्रलेसको बैठक रत्नकुमार वान्तवा प्रतिष्ठानको सभाहलमा राखिएको थियो ।
देउमाई नगरपालिकास्थित चित्रे गाउँमा जहाँ रत्न वम प्रतिष्ठान रहेको छ त्यहाँ ०७४साल चैत्र २७गतेका लागि तय गरिएको प्रगतिशील लेखक सङ्घको राष्ट्रि परिषद सदस्यको बैठकमा छलफल चल्दै गर्दा खानाको लागि पालो मिलाएर हामी बाहिर आयौं । खाना खाएर यज्ञ बहादुर डाँगी र म पुनःरत्न बमको सालिक स्थलमा पुग्यौं । अहिले त्यहाँ सबै मैदान र मञ्च खाली भइसकेको थियो । खाली स्थान भएकाले हामीलाई मौका छोप्न मन लाग्यो । सालिक अगाडि पुगेर दुवैजनाले फोटो लियौ । बादलको आँचलले ढाकेकाले शहीद अगाडिको फोटो हामीले चाहे जस्तो प्रष्ट आएन । छाँयामा खिचेकोको जस्तो भयो तर पनि यस्तो फोटो ऐतिहासिक हुने ठान्यौं
भित्र बैठक चल्दा चल्दै बाहिर पानी पर्न लाग्यो । मलाई भने कार्यक्रम स्थलबाट फर्कने कुराको सुर्ता थियो । किनकि बाहिर एउटा पनि साधन छैन । खुट्टाको समस्याले हिंडन कठिन हुने साथी । प्रगतिशील लेखक संङ्घ इलामका अध्यक्ष डक्टर देवी क्षेत्री दुलाल पनि हामीसँगै मञ्चमा हुनुहुन्थ्यो । उहाँको वोल्ने पालो सकिए पछि मैले उहाँलाई साउतीको श्वरमा भने “हाम्रो दाङको साथी यज्ञजीलाई हिडन कठिन छ कतै साधनको उपाय छ भने छिटै पठाउन पाए हुन्थ्यो । ”उहाँले “त्यसको व्यवस्था म मिलाउँछु तपाई बैठकमा ढुक्कसँग बस्नुस”भन्नुभयो । मैले यज्ञजीलाई “तपाई माथि भञ्ज्याङ बाघखोर (जसलाई रक्सेडाँडा पनि भन्ने गरिन्छ )सम्म जानका लागि व्यवस्था मिलेको छ चिन्ता नमान्नु होला” भने । केही समय पछि पानी पर्न बन्द भयो । देवी क्षत्रीजीले मलाई इशारा दिनु भयो मैले नजिकमा रहनु भएका साथीलाई संकेत गरें । त्यतिवेलासम्म सबै उपाध्यक्षले आफ्नो प्रदेशको प्रतिवेदन बुझाइसकेका थियौं र निकै साथीहरुको बोल्ने पालो पनि सकिएको थियो । सातजनाको मात्र भनाइ राख्न बाँकी थियो । यज्ञजीको आफ्नो पालो सकिएकाले उहाँलाई बाहिर जानका लागि सहज भयो । मैले यज्ञजीलाई छिटै पठाउने वारेमा हाम्रो अध्यक्ष मतृका पोख्रेलसँग पनि कुरा गरिसकेको थिएँ । अध्यक्षबाट अनुमति आइसकेकाले उहाँलाई साथीको साथमा जान भने । यज्ञजी बाहिर निस्कनु भयो । भित्र बैठकमा साथीहरू आफ्नो धारण पस्कदै हुनुहुन्थ्यो ।
बोल्ने क्रम समाप्त भए पछि समसामयिक प्रस्ताव राख्ने पालो आयो । समयसामयिक पस्ताव १५वूदामा आयो त्यसको साथमा बाहिरको हावाहुरी र चट्याङ पनि भित्र प्रवेश गर्यो । करिब दश मिनेट जति बैठक कक्ष निकै ततायो,हल्लायो । कसलाई कता हुत्यायो कसलाई कताबाट कता तान्यो । बाहरको वातावरण चीसो भए पनि भित्रभने त्यसले गरम बनायो । धन्य त्यो हाव हुरी लामो समय रहेन । केही क्षणपछि भित्रको वातावरण सङ्लियो । बैठको समापनको लागि महासचिवले अध्यक्षलाई समय दिनु भयो । उहाँले संक्षिप्तमा कुराहरू राखेर तेश्रो रष्ट्रीय परिषदको बैठको समप्तिको घोषणा गर्नुभयो । बैठक ऐतिहासिक भयो । बाहिर निस्कँदा पुनः पानीले माया गर्न लाग्यो । अब त्यहाँ कसैले कसैलाई पर्खने पक्षमा थिएन । उमेरका हिसावले इलामका संस्थापक अध्यक्ष धरणि गौतम जेष्ठ हुनुहुन्थ्यो । बाँकी अरुको उमेरले कनिष्ठ हुनुहुन्थ्यो । उहाँलाई हेर्दै म अगाडि बढें ।
सिमसिमे पानीकै माझमा हामी चित्रेबाट अगाडि बढ्यौं । अगाडि बढनुसँगै मैले दुवै शहीद तर्फ फर्केर सलाम गरें । रत्न वान्तववा र बम देवानका वारेमा धेरै कुरा जान्न मन लागेको थियो । तर त्यहाँ त्यति सम्भव थिएन । एकैछिनमा कसैले जादु गरे जस्तै गरी भिनिदिने त्यहाँ कोही थिएन । बैठक सक्याएर उकालो लाग्दै गर्दा सबै साथीहरू छोंटो बाटोबाट लाग्नुभयो । करिब पाँच मिनेट जति छोंटो तर निकै उकालो बाटो हिंडेपछि पानी केही कम भए जस्तो लाग्यो । उकालो हिंडने अभ्यास भएका र उमेरले छरितो अवस्थामा रहेकाहरू अगाडि अगाडि लाग्नुभयो । मैले मभन्दा जेष्ठ धरणी गौतमलाई उछिन्ने प्रयास गरें तर उहाँ उकालो ओरालो हिंडेको हुनाले उछिन्न गाह्रो गाह्रो भयो । अरु पाँच सात मिनेट पछि उछिनेर म अगाडि बढें । सिधा बाटो भनिए पनि बाटो उस्तै घुमाउरो रहेछ । विहान ओर्लिएकोभन्दा यो बाटो निकै साँघुरो पनिरहेछ । बाटोमा साना साना घरहरू रहेछन् हरेक घरमा कुकुरहरू पालिएको रहेछ । अगाडि गएका साथीहरू कति अगाडि जानुभयो थाह भएन । फेरि पानीको झरी लाग्यो । मेरो झोलामा एउटा ठूलो रुमाल (चुँदरी ) थियो । पानीबाट बच्नका लागि शीरमा रुमाल लगाएर हिडे, हिंडिरहें । अगाडि गएकालाई अब भेट्न सकिने अवस्था पनि थिएन र पछाडिका रहेकाहरुलाई पर्खने अवस्था पनि थिएन । श्वास बढेर छाती खँलाती जस्तै भएको छ । खुट्टाले काम गर्न छोडने अवस्था आउला जस्तो भएको छ । चीसोले लुगलुग कमाउन लागेको छ । कसले भन्छ चैतमा पनि यस्तो चीसो हुन्छ भनेर ? घुम्ती उक्लँदै गर्दा जुत्ता चिप्लियो । एक भल्ड्याङ खाइयो । हात सबै हिलाम्य भयो । अब कसैले देखे पनि लुकाउनु पर्ने अवस्था पनि थिएन । चिप्लिएको ठाउँबाट उठेर फेरि खँलातीजस्तो भएको पेटलाई थिच्दै उकालोतिर लागें । फेरि साँगुरो र चिप्लो बाटो फेलापर्यो उक्लन सक्ने अवस्था देखिएन । नजिकमा रहेको झारको मुठोलाई समाएर उक्लन चाहें । झार त जरैबाट पो उखेलिएर आयो । मभन्दा पहिले गएका साथीहरुले ताने होलान र त्यो कमजोर भएहोला जस्तो लाग्यो । अब कति उकालो बाँकी छ त्यो पनि थाह छैन । वास्तममा अँधेरो बढन लाग्यो । अलिक परको दृष्य देख्न छोडियो । त्यतिलवेला रत्नलाई भेटन गइन्छ कि जस्तो पनि लाग्यो ।
माथि नेटोमा (भञ्ज्याङमा )नपुगेसम्म कति सास्ती खेप्नु पर्ने हो ? थाह छैन । मलाई लाग्यो यस्तो बाटोबाट हिंडेर यो जिल्लाका कमरेडहरुले कसरी राजनीति गरे होलान ? कमरेड रत्न कुमार वान्तवा आफ्नै गाउँमा कसरी हिंडे होलान र पढाइलाई निरन्तरता दिए होलान ?र भविष्यको उज्यालो देख्न रातमा भूमिगत रुपमा हिंडे होलान ? उनी हिंडदा पनि पानी परे होला,घाम पनि लागे होला र हावाहुरी पनि चले होला ! । त्यस्तै कमरेड झलनाथ खनाल पनि त्यही जिल्लाका बासिन्दा र विद्यार्थी हुन । उनी इलाम कम्युनिष्ट पार्टीका संस्थापक सचिव पनि हुन भन्ने सुनेको थिएँ । हिंडदा हिंडदै इलामका ती योद्धालाई सम्झन पुगें । म आफू पनि केही वर्ष पहिले यस्ता उकाली ओराली हिंडेको हूँ । अहिले केही अभ्यास कम भएकोमात्र हो । हिडदै गर्दा उभिएर ती वीर योद्धालाई एक पटक सलाम गरें । यस्तै दुःख खेपेर देश र जनताका लागि कम्युनिष्ट अभियानमा लागे र त्यस्मै लाग्दा जीवनको आहूति दिए । मलाई त्यतिखेरै एउटा उर्जा आयो । जीवनमा यस्ता अफ्ठेरा अँझै कति झेल्नु पर्ने हो ? लोकतन्त्र गणतन्त्र जे सुकै भने पनि नेताहरुका आसेपासे र हुक्के चम्चेहरुकै लागि त आएको छ नि । हिंजो यस्तै दुःख झेलेकाहरू कहाँ कसले के गाणतन्त्रको स्वाद चाख्न पाएका छन् र ? हामी जस्ताले यस्ता यात्रा कति झेल्नु पर्ने हो ? यस्तै अफ्ठेरो झेल्दै उकालो उक्लदै गर्दा मित्र यज्ञबहादुर ढडाँगीको याद आयो । कसरी जानु भए होला ? साधन नभेटेको भए त उहाँलाई यो पानीले सताए होला ? उहाँभन्दा म हिंडन सक्ने अवस्थामा थिएँ र त मेरो हालत भन्नै नसक्ने अवस्थामा छु ।
ठूलो घुम्ति पार गरेर केही माथि उक्लेपछि अलिक चौडा बाटो देखियो । मैले विचार गरें अब जति भिजे पनि यो बाटो नछोडि जानु पर्दछ । बाटामा सङ्लिएको पानीले पहिले हातमा लागेको हिलो धोएँ । हिलो धोएँ मात्र सफा हुने अवसर थिएन ।“ जुत्ता हेर्नुमानका छैनन् । ” एक्लै गुनगुनाएँ । “अरे बाबा यो जुत्ताको हिलो कसरी पखाल्ने ?” मेरो ठिक पछि पछि दीपा धिताल आउनु भएको रहेछ । उहाँले म गुन्गुनाएको त बुझ्नु भएन होला तर आवज चाहिं सुन्नु भएछ । अनि परैबाट भन्नुभयो “ के भयो सर ! एक्लै किन गुन्गुनाउनु भएको ?” ए ! हो त साँच्चि म त एक्लै छु र पनि एक्लै गुन्गुनाउन पुगे । के होला यस्तो ?आफैलाई प्रश्न गरें । के यसको उत्तर मसँग थियो ? अहँ थिएन । पाठक वृन्द ! त्यो समयमा तपाई त्यही अवस्थानमा पुगेको भए के गर्नु हुन्थ्यो होला ? दीपा धिताल मेरो नजिक आएर भन्नुभयो “मलाई त यो यात्राको संस्मरण कतिवेला पढन पाइएला भन्ने लागि रा छ ।” मलाई लाग्यो यहाँ मरण तरण भएर उकालो बाटो पार गरेर आएको छु दीपालाई भने यात्रा संस्मरण चाहियो ?उकालो चढदा झण्डै खँलातीबाट सास फुस्केन । के वेर मानव शरीर त हो नि । अब भने कष्टकर बाटो पार भए जस्तो लाग्यो । धेरै साथीहरू मभन्दा थोरैमात्र अगाडि हुनुहुँदो रहेछ । समथर र चौडा बाटो आए पछि मेरो फुर्ती बढ्यो । कसले भन्छ केही वेर अघि आधा प्राणमात्र बाँकी थियो भनेर ? अब उकालो कम छ अनि बाटो पनि चौडा छ र पानी पनि कम भएको छ । माथि नेटोमा पुग्दा मिmस्मिसे अँधेरो भैसकेको थियो । बाहिर बस्दा चीसो हावा चल्ने गर्दथ्यो । शरीरमा लगाएका कपडा सबै भिजिसकेकाले थोरै राहत होला भनेर बसमा गएर बसियो । केही समय पछि सबै साथीहरू आउनु भयो । दुवै गाडीहरू एकसाथ अगाडि बढे । दिनभरको कार्यक्रमको समीक्षामा डुबुल्की मार्दै हामी इलाम बजार तर्फ प्रस्थान गर्यौं ।
बैठकको समाप्ती पछि रक्सेडाँडाबाट बसमा चढेर इलाम बजारतिर लाग्यौ । हामी इलाम बजार पुग्दा पुरै अँध्यरो भैसकेको थियो । बसबाट होटल ग्रिन भ्यूमा आइपुग्दा पानीले भिजेकाले जाडो निकै भएको थियो । रक्सेको उकालो चढदाको थकानले होला मलाई एकछिन भाउन्न भयो । तल्काल बाथरुममा पुगें । पुरै पेटमा हुण्डुरी मच्चियो । खाना विषाक्त भयो कि ? शंका लाग्यो केही समय पछि त्यो पनि होला जस्तो लागेन किनभने मलाईमात्र कसरी त्यसो हुन सक्छ ? पेटमा हुण्डुरी चल्दा चल्दै उल्टी भयो । एकछिन उकुसमुकुस भयो । यस्तो अवस्था थोरै समय रह्यो । केही क्षणमा आराम भए जस्तो भयो । अब भने पेट पनि शान्त भयो शरीरको सिथिलता पनि हराए जस्तो लाग्यो । बाथरुमबाट निस्कँदा हलुङगो भएर जस्तो लाग्यो । एकै क्षणमा के भायो तर तत्काल मेरो स्वास्थ्यमा सुधार भएकाले त्यो कुरा साथी यज्ञजीलाई पनि भनिन । तुरुन्तै तल पुगेर एक गिलास तातो पानी लिएर आएँ चिसा कपडा सबै खोलेर अरु कपडा बदलें अनि तातो पानी पिएँ । अब पहिलेकै अवस्थामा पुगें । यसरी हिंडदा आगामी दिनहरुमा निकै ख्याल गर्नु पर्ने भन्ने महसुस भयो ।
कोठामा बसेर यज्ञजीलाई चित्रेबाट बाघखोर रक्सेडाँडा आउँदासम्मको सबै खबर सोधे उहाँले आफ्ना कुरा सुनाउनु भयो । तर मैले बाटोभर आफूलाई भएको अप्ठेरो उहाँलाई सुनाइन । पानीले भिजायो चिसो बढ्यो मात्र भने । आज चैत्र २७गते दिनभरको समीक्षा गर्दै हामी आफ्नै सुरका गफमा थियौं । ढोकामा कसैले आवाज दिदै भन्यो “ सर ! खाना तयार भयो ।” हामी दुवैजना खानाका लागि तल ओर्लियौं । केही साथीहरू पहिले ओर्लिसक्नुभएको रहेछ । खाना खान पुगेपछि पुस्कर भट्ट (कैलाली) फेरि मेरा नजिक आउँदै भन्नुभयो –“फर्कदा पनि साथै आउने विचार थियो तपाई त कुन बसमा पर्नु भएछ ?” मलाई नै थाह भएन कुन बसमा चढिये भनेर । उहाँको प्रश्नले खलाँती बनेको पेट थिच्दै हिंडेको फेरि याद आयो । पुस्करजीलाई भने अँधेरो बढेको थियो को कता बस्यो थाह भएन । मलाई पनि तपाईंसँगै गफ गर्दै आउने विचार त थियो तर अनुकुल परेन अब भोलि विहान साथै जाउँला नि । दुवैजना साथै बसेर खाना खायौं ।
खाना पछि हामीले लामो समय गफमा बिताएनौं । दिनभरको थकान मेटाउनका लागि बसाइ बदल्यौं । २८गते विहान समयमै आँखा खुले । विहानको नित्य कर्म सकेर झोला लिएर बाहिर आयौं । देवी क्षेत्री दुलाल हामीलाई खोज्दै आउनु भएको रहेछ । होटल बाहिर निस्कदा गेटमा उहाँसँग जम्का भेट भयो । उहाँले हामीलाई चिया पिएर जाउँला भनेर अर्को होटलमा लिएर जानु भयो । उहाँसँग मन जोड्न सजिलो भयो । चिया बनून्जेल र पिउँदासम्म खुलेर कुरा गर्यौं । मैले मेरो प्रकाशन उहाँलाइदिएँ । उहाँले पनि आफ्नो प्रकाशन हामीलाई दिनु भयो । मैले रत्नकुमारका वारेमा जान्न चाँहें । उहाँले रत्नका वारेमा प्रकाशित कुनै कृति दिउँला भन्नुभयो अनि नजिकमा रहेको पुस्तक पसलमा हेर्न जानु भयो । तर पुस्त सबै सकिएको रहेछ । उहाँले दाङमै पठाउँला भन्नुभयो । हामी चिया पिएर फर्कदा सबै साथीहरू होटल अगाडि जुटी सक्नुभएको रहेछ । हामी सबैजना पहिले हामीले लिएर गएको गाडीमा बस्यौं । गाडी इलाम बजार घुमेर ओरालो लाग्यो ।
इलाम बजार जाँदा इलामका मुख्य स्थान हेर्ने जुन धोको थियो आज त्यो धोको मेटिने भयो भन्ने लाग्यो । आजको मौसम सफा छ कतै बादल पनि छैन अनि हुस्सु समेत छैन । मनको धोको पुरै पुरा हुने अपेक्षागर्न सकिने अवस्था भयो । गाडी जब ओरालो लाग्यो हाम्रा नयनहरू उकालो उकालोमा नाच्नलागे । पारी पारीका बस्तीमा नाच्न लागे । कुरा स्वाभाविक थियो । किनकि इलामको सौन्दर्यता हाम्रो मनमा निकै जरा गाडेर बसेको थियो । आज पुस्कर भट्टसँग एकै सिटमाबस्ने अवसर नभए पनि एकदम नजिकमा रहन पुग्यौं मेरो साथमा आज तनहूँका आनन्दकुमार श्रेष्ठ हुनुहुन्थ्यो । इलामबजारबाट हिंडे पनि साथीहरू आफ्नै मेसोको गफमा लाग्नुभयो । मैले आनन्दकुरमार श्रेष्ठसँग २०६१साल जेठमा गरेको भ्रमणको वारेमा कुरा गरें । हामी दुइदिनसम्म तनहूँ गोरखा र चितवनको संगमस्थल आबुखैरेनीमा बसेका थियौं । त्यो समय त्यहाँको सबै चित्र प्रस्तुत गरें । उहाँले आजभोलिको चित्र प्रस्तुत गर्नुभयो । हामी पुग्दाको समयभन्दा अहिले निकै फरक आइसकेछ । गाडी ओरालो बाटो ओर्लर्दै माइ खोलो पार गर्यो । अनि उकालो बाटो समायो । निकै माथि पुगेपछि इलाम बजार पुरै देखियो । आहा क्या रमणिय दृष्य ! ?बस भित्रैबाट साथीहरुले क्यामरा चलाउन लाग्नुभयो । पश्चिमको पाखा पुरै हरियालिरहेछ । इलामका पहाड अजंगका छन् । पहाडमा खेत बारीभन्दा पनि अन्य बस्तुहरू देख्न सकिन्छ । पहाडहरू प्राय सबै हराभरा छन् र रसिला छन् । रसिला छन् अनि हराभरा छन् । पहाडी दृष्य र बस्तीहरू हेर्दै रमाउँदै हामी फिक्कल बजार आयौं । अध्यक्ष मातृका पोख्रेल महासचिव आर.एम डंगोल लगायतका केहीसाथीहरू त्यहँी ओर्लनु भयो । हामी भने कन्याम तर्फ प्रस्थान गर्यौं ।
कन्याममा आइपुगेर गाडी बाटोको किनार पुगेर रोकियो । त्यसपछि चिया बगानमा हराउन पुग्यौं । अहिले बगान अवलोकनका लागि घोंडाको व्यवस्था पनि गरिएको रहेछ । घोंडा चढेर पुरै बगान र मार्गबाट समेत अवालोक गर्न सकिन्छ । हामी पहिलो पटक २०५७साल चैत्रमा त्यहाँ जाँदा पालटाँगे सानो बजारबाट मात्र चिया प्रसोधन केन्द्र देख्न सकिन्थ्यो तर अहिले मुख्य बगानबाट चिया प्रशोधन केन्द्र अवलोकन गर्न सकिन्छ । माथि चुचुरामा जानका लागि सिंढीको व्यवस्था गरिएको छ । सिंढी उक्लेर माथि पुग्ने र चारैतिरको दृष्य अवालोकन गर्ने हो भने स्वर्गको बयान गर्ने इन्द्रपुरीभन्दा कम अनुभूति हुँदैन । हमी त्यहाँ पुग्दा ९.३०बजेको थियो । माथि चुचुरोमा सिंढीबाट पुगेर हेर्ने र क्यामरा चलाउँदा एक घण्टा बितेको थाहै भएन । कन्यामको चुचुरोबाट हेर्दा धेरै साथीहरुले हामी इलाममा छौं भन्नेसम्म विर्सनु भयो । कति आनन्ददायक स्थान रहेछ । एकल युगल र समूहमा हजारभन्दा बढी फोटोहरू खिचिए होलान । बगानको चुचुरोमा पुगेपछि सुर्खेतका मित्र जगत बाशिष्ठ र मेरो जोडी लामो समय रहन पुग्यो । प्रगतिशील लेखक संघमा लामो समय संगठित रुपमा काम गर्ने अवसर प्राप्त भएकाले विभिन्न जिल्लाका साथीहरुसँग उत्तिकै गाढा सम्पर्क रहेको छ त्यसमा पनि मलाई साथ संगत गर्नका लागि जहाँको साथी भए पनि हुन्छ त्यसैले कहिले कैलालीको त कहिले झापाका साथीहरुसँग मेरो सामिप्यता रहन गयो । बैठममा जाँदा मात्र नभएर त्यस अघि र पछिका समयमा पनि साथीहरुसँग गाढा सम्पर्क भैरहन्छ । समय समयमा फोन मार्फत सम्पर्क जोडिने गर्दछ ।
धेरै साथीहरू कन्याम चिया बगनाको लागि नयाँ हुुनुहुँदो रहेछ । मैले यस अघि दुईपटक अवलोकन गरिसकेको हुनाले साथीहरुलाई स्थान अवलोकन गराउन र स्थान परिचयमा सघाउन सजिलो भयो । आफूले जानेबुझेका स्थानहरू चिनाउन पाईयो । पहिलोपटक पुग्नु भएका साथीहरू केही समय त्यही रमाउने विचार गर्नुभयो । हामीले दाङ फर्कनका लागि झापाको काकड भिट्टाबाट टिकट लिइसकेको हुनाले समयमा फर्कनु पर्ने बाद्यता थियो । बगानमा रमाउँदै गर्दा घडीले एघारको जनाउँ दिनलागेको थियो । सबैजना एक साथ फर्कन पाएको भए अँझ रमाइलो हुने थियो तर त्यहाँ त्यो सम्भव भएन । साथीहरुसँग साथै बसेर चिया पियौं अनि त्यहाँबाट बिदा भएर यज्ञजी दीपा धिताल र म अर्को गाडीको प्रतीक्षामा लाग्यौं ।
२६गते झापाबाट इलाम तर्फ जाँदा इलामको चिया बगान हेर्ने जति धोको थियो त्यो सबै २८गते विहान पुरा भयो भन्ने लाग्यो । चीय बगान घुम्दै गर्दा र फोटो सेसनमा रमाउँदा केही साथीहरुलाई आजको यात्राको बारेमा केही जिज्ञासा राखेको थिएँ । विहान हिंडदेखि सबै साथीहरू प्रसन्न रहनु भएको जाकारी दिनु भएको थियो । इलामको यात्रा प्रलेसको बैठकमात्र नभएर अवलोकन भ्रमण पनिरहन गयो भन्न सकिन्छ ।
इलाम नेपालको पूर्वमा पर्ने एउटा जिल्ला हो । यो पुरै पहाडी जिल्ला हो । यहाँको बस्ती सबै पहाडमै छ । तर यो पहाड नेपालका अन्य पहाडभन्दा बेग्लै छ । यहाँको पहाड आफू पनि हाँसेका छ र अरुलाई पनि हाँस्न सिकाएको छ । जसरी हामी आज विहान होटल ग्रिन भ्यूबाट हिंडे देखि अत्यन्त हर्षित मुद्रामा रहन पायौ । यो हामी मात्र नभएर त्यहाँ पुग्ने र बस्नेहरू सबै यसैगरी हाँसेर समय बिताउने गरेको पाइन्छ । यो हाँसो आफै आएको होइन इलामको प्रकृतिले दिएको हाँसो हो ।
हामी पनि हाँस्दै साथीहरुसँग बिदा भएर झापा पुग्नका लागि अर्को गाडीमा लाग्यौ । त्यहाँ पनि रमाइलोका साथमा झापाको चालआली भन्ने स्थानमा पुग्यौं । झापाको चालआलीबाट पूर्व तर्फ लाग्दा यज्ञ बहादुर डाँगीले यस पटकको यात्रा निकै रमाइलो र सफल भयो भन्ने टिप्पणि गर्नुभएको थियो । हामी चारआलीबाट सिधै काकडभिट्टा पुग्यौं । त्यहाँबाट दुईबजे गाडीमा बसेर दाङ तर्फ प्रस्थान गर्यौं ।
२०७४साल चैत्र २७गते उहाँको जन्मथलोमा पुग्दा होनहार योद्धालाई जसरी पढन पाइयो र प्रलेस इलाम शाखाका अध्यक्ष डाक्टर देवी क्षेत्री दुलालको सहयोगबाट जे जति कुरा जान्ने अवसर मिल्यो त्यसको सारसंक्षेपमा कमरेड रत्नको वारेमा चर्चा गर्ने प्रयास गरिएको छ । कमरेड रत्नको यो मुलुक प्रतिको योगदान सानो चर्चा गरेर पुरा हुन सक्दैन तर भावि पिढीलाई सामान्य जानकारीको लागि मात्र छोंटो चर्चा गर्ने प्रयास गरिएको मात्र हो ।
झापाबाट दाङ तर्फ लागेपछि रत्न कुमार वान्तवको संझनाले निकै चिमोटिरह्यो । रक्सेकोउकालोमा खलाती जस्तो पेट भएको समयमा दीपा धितालले “यात्रा संस्मरण पढन आतुरी लाग्यो ”भन्ने शब्दले असाध्यै खुल्दुली जगाइरह्यो । यात्रामा रमाउने र पाठकका माझमा पस्कने कार्य गर्दै आएकाले र साथै यस अघि यात्राका केही पाटाहरू पस्किसकेकाले यसपटक रत्नका वारेमा केही शब्द टिपोट गर्ने जमर्को मात्र गरेको छु ।
इलाम जिल्लाको पूर्वमा भारतको दार्जलिङ पर्दछ भने पश्चिममा नेपालको पाँचथर जिल्लाको केही भाग र मोरङ जिल्लाको केही भाग पर्दछ । यसै गरी यस जिल्लाको उत्तरमा पाँचथर र त्योभन्दा अँझ उत्तरमा ताप्लेजुङ जिल्ला पर्दछ भने इलामको दक्षिणमा झापा जिल्ला पर्दछ । इलाममा ६वटा गाउँ पालिका र चारवटा नगर पालिकाहरू रहेका छन् । ती चारवटा मध्यको एउटा नगर पालिका हो देउमाइ नगरपालिका । यसै नगर पालिकाको वार्ड नम्वर दुईमा एउटा चित्रे नाम गरेको गाउँ छ । चित्रे गाउँमा जानका लागि इलाम नगर पालिका तथा जिल्ला सदरमुकाम इलाम बजारबाट २२ किलोमीटर उत्तर पश्चिमको बाटो पार गरेपछि रक्से भन्ने डाँडो आउँछ । चित्रे गाउँमा जानका लागि यही रक्सेडाँडा पार गरेर जानु पर्दछ । यसै गाउँमा विक्रम सम्वत २००८साल चैत्र २७गतेका दिन बाबु गर्जमान राई र आमा पुष्पमाया राईको चौथो सन्तानको रुपमा रत्नकुमार वान्तवाको जन्म भएको हो ।
रत्नकुमार वान्तवाको जन्म गरीव किसान परिवारमा भएको थियो । उहाँको जन्म हुँदा उहाँका पिता गर्जमान राई भारतीय सेनामा हुनुहुन्थ्यो । घरमा बाल बच्चा हुर्काउनु र स्याहार गर्ने जिम्मा आमा पुष्पमाया राईको जिम्मामा थियो । परिवारको आर्थिक अवस्था कमजोर भएको र नजिकमा विद्यालय नभएका कारणले रत्नलाई विद्यालय जान गाह्रो थियो तर उहाँ सानै उमेर देखि साहसी र निडर भएकाले गाउँ देखि केही माथिको डाँडामा रहेको रक्से प्राथमिक विद्यालयमा भर्ना हुनु भयो । प्राथमिक कक्षा(कक्षा पाँच) रक्सेबाट पुरा गरेपछि इलाम पब्लिक हाइस्कुलमा भर्ना हुनु भयो । सात कक्षासम्म इलाम पब्लिक हाइस्कुलमा अध्ययन गरेर उहाँ कक्षा आठका लागि फिदिम हाइस्कुलमा पुग्नुभयो । यस.एल.सी सम्ममको शिक्षा त्यहाँबाट हासिल गरेर उच्च शिक्षाका लागि उहाँ महेन्द्र क्याम्पस धरान पुग्नुभयो र त्यहींबाट आइ.ए. र शिक्षा शास्त्र क्याम्पसबाट वि.एड. उत्तिर्ण गर्नुभयो । धरानमा अध्ययन गर्दा उहाँ आफ्नी सानीमा (आमाकी बहिनी)को घरमा बस्नुभएको थियो । सानीमाको परिवार धनाढ्य थियो त्यसैले उहाँलाई त्यहाँ पढन बसेको विद्यार्थीभन्दा पनि कामगर्न राखेको नोकरको जस्तो व्यवहार गरिन्थ्यो । उहाँले यस्तै कष्ट सहेर पनि आफ्नो पढाइलाई टुटन दिनु भएन ।
गर्जमान राई र पुष्पमाया राईका आठ सन्तान मध्यको रत्न चौथो सन्तान हुनुहुन्थ्यो । परिवारको संख्या ठूलो भएको र सबैलाई पढनका लागि नजिकमा विद्यालय नभएकाले उहाँले निकै कष्ट भोगेर पनि वि.एड.सम्मको पढाइ निमाज्नुभयो । रत्नकुमार वान्वता पढाइका अतिरिक्त चित्रकारिता,साहित्य र गायनमा पनि अभिरुचि राख्नु हुन्थ्यो । उहाँले आफैले बनाएका निकै चित्रहरू छन् भने उहाँले रचना गरेका गीत तथा कविताहरू पनिरहेका छन् ।
२०३२सालमा उहाँ झापामा रहेको महेन्द्र रत्न क्याम्पसको शिक्षा संकायको प्राध्यापक भएर अध्यापन कार्यमा संलग्नु हुनुभयो । विद्यार्थी काल देखिनै रत्नकुमार वान्तवामा सामान्य राजनीतिक चेतना आएको थियो । प्राध्यापक भएर झापामा प्राध्यापन गर्दा उहाँमा राजनीतिले मूर्तरुप लियो । २०३२सालमा रत्नकै गाउँ चित्रेमा इलामका कम्युनिष्टहरुको भेला गरी नोपल कम्युनिष्ट पार्टी क्रन्तिकारी कोर्डिनेशन केन्द(जसलाई छोंटोमा को.के.भन्ने गरिन्थ्यो ) जिल्ला कमिटी इलाम गठन गरियो जुन इलामको पहिलो जिल्ला कमिटि थियो । उक्त कमिटिको सचिवमा कमरेड झलनाथ खनाल हुनुहुन्थ्यो भने रत्न वान्तवा सदस्य हुनुहुन्थ्यो । केही समय पछि झलनाथ खनाललाई केन्द्रीय सदस्य बनाइए पछि रत्नकुमार वान्तवालाई इलामको सचिवको जिम्मेवारी दिइयो । कमरेड रत्नकुमार वान्तवा पार्टीको निर्यांण अनुसार झापास्थित महेन्द्र रत्न क्याम्पसको प्राध्यापन कार्य छोडी पार्टीमा पूर्णपेशेवर भएर लाग्नुभयो । २०३५साल पुस ११गते गठन भएको नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी ) मा.ले गठन हुँदाको बखत कमरेड रत्नकुमार वान्तवा केन्द्रीय समितिको सदस्यमा रहेर पार्टी काममाजुट्नुभयो । रत्न वान्तवाको जीवनको अन्तिम लक्ष जनवाद प्राप्ति गर्नका लगि एकचित्तले पार्टी काममा लाग्नुभयो । इलामको कम्युनिष्ट आन्दोलन उत्कृष्टतामा पुग्दै थियो भने पञ्चायतका लठैतहरुले यसलाई कसरी दमन गर्न सकिन्छ भन्ने सोंचमा थिए । त्यसै सन्दर्भमा २०३५साल चैत्र २२गतेका दिन उहाँको घरमा आक्रमण गरियो । तर उहाँ सजिलै बच्नुभयो । कमरेड रत्नकुमार वान्तवाले इलाममा सुरुङको विकास गर्नुभएको थियो । उहाँको जन्मघर चित्रेमा पनि सुरुङ बनाइएको छ जो अहिले पनि सुरक्षित अवस्थामा छ । त्यहाँ पुग्ने जो कोहीले पनि उहाँको जन्मघरमा त्यो समयमा बनाइएको सुरुङ अहिले पनि देख्न सकिन्छ । सुरुङ हेर्दा अनौठो लाग्छ । घर भित्रको कोठाबाट बनाएको सुरुङ बाहिर अलि परसम्म बनाइएको छ । घरको आँगनमा कुनै प्रतिक्रियावादीहरू आए भने पनि कोठाबाट निस्किएर बाहिर टाढै निस्किएर जान मिल्ने खालको छ । सुुरुङ बनाइएको स्थानमा एउटा बाकस राख्न मिल्ने खालको छ । घर भित्रको त्यस्तो भूमिगत व्यक्तिलाई बाहिर पठाएर सुरुङमाथि बाकस राख्दा सुरङ देखिदैन । रत्नकुमार वान्तवा स्मृति प्रतिष्ठानमा जानेहरुलाई त्यहाँ रहेका छिमेकीहरुले पहिले त्यही सुरुङ देखाउने गर्नुहुन्छ । अहिलेका मानिसलाई जो कम्युनिष्ट भूमिगतको वारेमा जानकार हुनु हुन्न्न अकारमाकमिस्टर हुनुहुन्छ उहाँहरुलाई यस्ता खालका सुरुङहरू झन आश्चर्यका विषयहरू बन्न जान्छन ।
पञ्चायती कालरात्रीलाई छिचोल्दै इलामका कम्युनिष्टहरू संगठन विस्तारको काममा लागिरहनु भएको थियो । त्यही दस्ताको अगुवाई गर्दैहुनुहुन्थ्यो रत्नकुमार वान्तवाले । इलाममा पञ्चायती प्रशासनको दमन अत्यधिक भएकाले त्यहाँको जिल्ला कमिटिको निर्णयमा प्रतिरोधि अभियान थालिएको थियो । यसैक्रममा चैत्र ९गतेका दिन चमैता गा.वि.स.चित्रेमा ३५जना प्रहरी र ४०जना पञ्चायतका दलालहरू आएर गाउँ घेराउ गरे । इलाममा प्रतिरोधि अभियान पहिले देखि चलाइरहेकाले उहाँ लगायत अन्य केही कमरेडहरुले प्रतिरोध गरेर त्यो जालो तोडन सफल हुनु भयो ।
३०३५साल चैत्र २६गतेका दिन इलाममा नेकपा मालेको जिल्ला स्तरीय बैठक थियो रातभर जिल्ला स्तरका कमरेडहरू बसेर बैठकमा छलफल गर्नुभयो । विहान उज्यालो हुनु पूर्व नै आ–आफ् जाने मेसो मिलाउनु भयो । कमरेड रत्न वान्तवा ताप्लेजुङको जिल्ला कमिटीको सम्मेलनमा जाने तयारीमा हुनुहुन्थ्यो । आफू केही दिन जिल्ला बाहिर जाने भएकाले आफू नभएको अवस्थामा जिल्लामा गर्नु पर्ने काम लिखित रुपमा टिपोट गरेर दिनु भयो । तल खोलाको किनारमा पुगेर उहाँले उकालो चढन सहारा बन्ने गरी एउटा लाठी काट्नुभयो । अनि भर्खर उकाले चढदै हुनुहुन्थ्यो । तलबाट केही मानिसहरुको चहल पहल देखियो । त्यो जल्लादहरुको भीड थियो । त्यही भीडमा थियो महाभीरको डिल्लीराम गुरुङ उसले आफू नजिकमा रहेको स.इ.लाई रत्नतिर इसारा गर्यो । तत्काल उहाँ माथि आक्रमण गरे । रत्नले आफूमाथि आक्रमण गर्न आउने दुवैजनालाई एकसाथ प्रतिरोध गरेर लडाउनु भयो । साथमा रहनु भएका महिलाले आफूसँग भएको लाठीले जल्लादहरू माथि आक्रमण गर्नुभयो । केही पर रहेको अर्को जल्लाद विष्ने राईले उहाँलाई ताकेर छातीमा गोली प्रहार गर्यो । उहाँको छातीमा गोली लाग्यो उहाँ वोल्न सक्नु भएन दुवै मुठी एकसाथ उठाएर भूइमा पछारीनु भयो । हजार पहारा सम्याएर देशलाई मुक्ति दिने क्रन्तिकारी सपना देख्नुभएका योद्धा रत्नको शरीर विष्ने राई नाम गरेको जल्लादको गोलीले ढाल्यो । एउटा होनहार योद्धाले आफ्नो सपना पुरा गर्न इशार गर्दै देह त्याग्न बाद्य हुनु भयो । पञ्चायती जल्लादहरुका लागि त यो अति खुशीको क्षण भयो होला तर जनमुक्तिका लगि लाग्नेहरुको लागि भने २०३६साल चैत्र २७गते कालो दिनमा परिणत भयो । रत्नकुमार वान्तवाको त्यो पार्थीव शरीर ढले पनि विचार सदा बाँचिरहने छ । हजारौं हजारले त्यो विचार अंगाली राख्ने छन् । जुन कुरा २०७५साल चैत्र २७गतेका दिन देख्न पाइयो । हामी ढुक्कका साथ भन्न सक्छौं कुनै न कुनै दिन कमरेड रत्नको सपना पुराहुनेछ ।
इलामको प्राकृतिक सौन्दर्यताको कुरा गर्दा जसरी हरेक मानवलाई प्रभावित बनाउँछ त्यस्तै इलामका योद्धाको चर्चा पनि प्राकृतिक सौन्दर्यतासँगै जोडिने गर्दछ । नेपालको कम्युनिष्ट आन्दोलनमा झापा र इलामको भूमिमा जन्मिएका योद्धाको कुरा जोडन सकिएन भने नेपालको कम्युनिष्ट आन्दोलन अपुरो र अधुरो रहन्छ भन्ने लाग्दछ । पार्टी भूमिगत कालमा कति कष्टपूर्ण जीवन बिते त्यसको लेखाजोखा नयाँ पुस्ताले गर्न सकेनन भने ती योद्धा प्रति अन्याय गरेको ठहर्ने छ । अहिले पनि इलाममा कैयौं योद्धाहरू हुनुहुन्छ । जो देश र जनताको मुक्तिको लागि अनवरत खटिरहनु भएको छ । देश र जनतालाई अग्र भागमा राखेर जनता जागृत गर्दै हिंडने जीवित अग्रज योद्धा कमरेड झलनाथ खनाल देखि लिएर मुक्तिका खातिर लडदै गर्दा सहादत प्राप्त गर्ने रत्नकुमार वान्तवा र बम प्रसाद वान्तवको नाम कहिल्यै भुल्न मिल्दैन । यी नामहरू सधैं अग्रभागमा आउने नामहरू हुन ।
बम प्रसाद वान्तवा र रत्न कुमार वान्तवा जन्मका हिसावले एउटै गाउँ हो । एउटै गाउँका दुईजना योद्धाहरुले सहादत प्राप्त गरेको इतिहास अन्य स्थानमा कम मात्रामा पाउन सकिन्छ । इलामलाई लाल बनाउने गरी युद्ध मैदानमा होमिएका योद्धा रत्नकुमार वान्तवा र बमप्रसाद वान्तावा नाताले दाजु भाइ पर्नुहुन्छ । बाबु जंगवीर राई र माता पदमस्वरी राईको कोखबाट तेश्रो सन्तानको रुपमा विक्रम सम्वत २००९साल माघ १६गते जन्मनु भएको थियो बमप्रसाद वान्तवा । इलाम बजारबाट झण्डै २२ किलोमीटर उत्तर पश्चिममा देउराली नामको ६,५००फिट अग्लो डाँडो छ । त्यसलाई देउरालीडाँडा भन्ने गर्दछन । त्यसको नजिकमा रक्से भन्ने स्थान भएकाले कसैले यसलाई रक्से पनि भन्दछन । यो वास्तवमा भञ्ज्याङ हो । यहाँबाट पाँचथर र ताप्लेजुङजाने पक्की बाटो बनेको छ । यही देउरालीबाट आधाघण्टा ओरालो बाटो ओर्लिए पछि ५,५००फिटको उचाइमा रहेको चित्रेको गाउँमा पुगिन्छ त्यही गाउँ हो अमर योद्धा रन्तकुमार वान्तवा र बमप्रसाद वान्तवाको जन्म गाउँ । चित्रेको तीनतिर अजंगका पहाडहरू छन् । पूर्वी पाखामा पश्चिम मोहडा गरेर रहेको छ चित्रे ।
चित्रे गाउँको नजिकमा कुनैपनि विद्यालय नभएको कारणले गर्दा उमेर अलि छिप्पिएपछि अर्थात २०१७सालमा बमप्रसाद वान्तवा रक्से विद्यालय (जसलाई श्रीअरनीको प्राथमिक विद्यालय भनिन्छ )मा २०१७साल देखि २२समलसम्म अध्यन गरेर प्राथमिक स्तरको पढाइ निमाज्नुभयो । तत्पश्चात उहाँ इलामको सदरमुकाम इलाम बजारमा रहेको विद्यालयमा भर्ना हुनु भयो । त्यहाँ बम वान्तवाले अध्यन गर्ने क्रममा एकजना उद्यागेपतिकोमा बसेर अध्ययनलाई अगाडि बढाउनु लाग्नुभयो तर उहाँले त्यहाँ चरम शोषण र दमन खेप्नुभयो अनि त्यो काठउद्योगमा बस्न नसक्ने अवस्था भए पछि उहाँ त्यो ठाउँ छोडेर गाउँमा फर्कनु भयो । झण्डै एक वर्ष रक्सेमा उहाँ मासिक ३५रुपैयाँ तलव पाउने गरी शिक्षक पदमा नियुक्तहुनु भयो अनि २०२८सालमा उहाँ इलामकै मंगलवारेमा रहेको भानु माध्यमिक विद्यालयमा भर्ना हुनुभयो ।
भानु मा.वि.मा भर्नाहुनुसँगै उहाँमा राजनीतक चेतना देखिन लाग्यो । सोही विद्यालयमा अध्ययन गर्ने क्रममा उहाँ विद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा निर्वाचित हुनु भयो । बमप्रसाद वान्तवा सभापति भए पछि विद्यार्थीका सिर्जनात्मक कार्यमा टेवा पुग्ने गरी साहित्यिक कार्यक्रम, लाइव्रेरीको व्यवस्था, खेलकुद जस्ता कृयाकलापलाई अगाडि सार्नुभयो । सोही विद्यालयममा अध्ययन गर्ने क्रममा बम वान्तवाले राजनीतिका साथै साहित्यको क्षेत्रमा पनि आफूलाई अगाडि बढाएको पाइन्छ । २०२८सालमा झापामा नक्सलबाडी आन्दोलनको आरम्भ भएको थितयो । त्यसको प्रभाव इलामका युवाहरुमा पनि पर्न गयो । इलमका युवाहरुलाई झापा आन्दोलनले उर्जा थप्यो । बम प्रसाद वानतवा जस्ता युवाहरू पनि पार्टी काममा संलग्न हुनु भयो ।
चित्रेको अगाउँको बसाइले त्यहाँका बासिन्दालाई बास त दिएको थियो तर गासको राम्रो व्यवस्था थिएन । गासको निम्ति कडा मेहनत गर्नु पर्दथ्यो । चित्रे गाउँमा त्यतिवेला तेइस घर राई र शेर्पाहरुको बसोबास थियो । त्यहाँ रहेका सबैको आर्थिक र शैक्षिक अवस्था करिब उस्तै थियो । ।राम्रो खेतीयोग्य जमिन नहुनु र नजिकमा विद्यालय नहुनुको कारणले चित्रेका बासिन्दालाई पछाडि पारेको थियो ।
कमरेड बमप्रसाद वान्तवा विद्यार्थी जीवन देखि राजनीतिमा संलग्न हुनु भएको हुनाले उहाँले राजनीतिलाई दह्रो गरी पक्रनु भयो । २०३५साल चैत्र २७गतेका दिन कुशल योद्धा रत्नकुमार वान्तवाको पञ्चायती जल्लादहरुले हत्या गरेपछि इलाम जिल्लाको नेतृत्वगर्ने जिम्मा पार्टीले बमप्रसाद वान्तवालाई दियो । बमप्रसाद वान्तवाले कुशलता पूर्वक पार्टीको कामलाई अगाडि बढाउँदै लैजानु भयो । यही क्रममा इलाम जिल्ला भर कम्युनिष्टहरू माथि चरम दमन भइरहेको थियो अँझ चित्रे गाउँ त पञ्चायती जल्लादहरुको आँखाको कसिंगर नै बनेको थियो । यो गाउँलाई निकै पटक आक्रमण गरियो । गाउँलाई नाका बन्दीमा पारियो बाहिरबाट चित्रेको गाउँमा पस्नेहरुले समेत सास्ती भोग्नु पर्दथ्यो । यहाँका नागरिकलाई धम्क्याउने तर्साउने र यातना दिने काम त सामान्य बनिसकेको थियो । उता दमन तथा धडपकड गर्ने क्रम चलिरहेको थियो भने यता बमप्रसाद वान्तवाको नेतृत्वमा इलामका विभिन्न भागमा प्रतिरोधि अभियानहरू चलिरहेका थिए । यसैक्रममा २०३६साल बैशाख २८गते बमप्रसाद लगायतका साथीहरू इलामको साँखेजुङ जुन भूमि चित्रेगाउँ देखि केही दक्षिण पूवैमा पर्दछमा भूमिगत बसिरहेको अवस्थामा साँखेजुङका तत्कालीन प्रधानपञ्च बाजवर्ण कटुवालको निर्देशनमा विहान खाना खाने समयमा प्रहरीहरुले उहाँहरू सेल्टर लिएर बस्नुभएको घर घेराउ गरे । त्यही घरमा आश्रय लिएर बस्नु भएका बमप्रसाद वान्तवा र अशोक राईलाई जल्लादहरुले पक्राउ गरे । चरम यातना दिए । उनीहरुको यातानबाट दुर्वजना पटक पटक मुर्छा पर्ने र ब्यूतने गर्नुभयो । यसै यातना खप्ने क्रममा बमप्रसाद वान्तवाले “हामीलाई जतिसुकै यतना देऊ हामी जनता र पार्टीका कुरा खोल्दैनौ । मार्छौ भनेपनि मर्न तयार छौं तर गोपनीयताका कुनै पनि कुरा पाउने छैनौ” भन्नुभयो । यिनीबाट गोप्य सूचना पाइदैन भन्ने ठानेर कमरेड बमप्रसाद वान्तवा माथि गोली प्रहार भयो । पहिलो गोली लागेपछि बमप्रसाद वान्तवाले “नेपाली क्रान्ति जीन्दावाद ! नेपाल मजदूर किसान भूमिहिन अमर रहोस् !”भन्ने नारा लागाउनु भयो । लगत्तै उहाँमाथि अर्को गोली प्रहार भयो उहाँको शरीरलाई पञ्चायती रक्त पिपाशुहरुले ढाले । उहाँले अन्तिम क्षणसम्म पनि आफ्नो अडान छोडनु भएन । बमप्रसाद वान्तवाले २०३६साल बैशाख २८गते अपरान्ह ४.३०बजे साँखेजुङमा सहादत प्राप्त गर्नुभयो । इलामकै अर्का योद्धा जो बमप्रसाद वान्तवाका साथमा हुनुहुन्थ्यो उहाँलाई समेत साथै गिरफ्तार गरेको थियो । कमरेड बमप्रसाद वानतवाको हत्या गरिसकेर कमरेड अशोक राईलाई त्यहाँबाट हतकडी सहित लिएर गए अनि इलामको जिल्ला सदरमुकाम इलामबजारमा रहेको जेलमा वन्दी बनाए ।
बमप्रसादको हत्या पछि चित्रे गाउँमा प्रहरी चौकी लगेर राखियो । यसबाट अनुमान गर्न सकिन्छ कि त्यसपछि चित्रेगाउँमा कति दमन भएहोला ।
इलामले दुईवटा होनहार योद्धालाई गुमायो तर त्यहाँ कार्यरत अन्य योद्धाहरुले धैर्यता गुमाउनु भएन । नयाँ उचाइ र नयाँ शिराबाट इलमामा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनु भयो । २०४६सालको परिवर्तन पछि योद्धाहरुको सम्मानको निम्ति हालको देउमाइ नगरपालिक वार्ड नम्वर २मा रहेको रत्न बम को जन्म गाउँ चित्रेमा कमरेड रत्नकुमार वान्तवाको घरको करेसा नजिकै दुईकठ्ठा जग्गा खरिद गरेर दुवै योद्धाहरुको पूर्णकदको सालिक निर्माण गरिएको छ । सालिक वरपर पार्क बनाउने कार्यक्रम रहेको छ हाल सालिक वरपर केही पुष्परोपणको काम भएको छ भने उक्त जमिनको सुरक्षाको लागि काँढेतार लगाइएको छ ।
२०७४साल चैत्र २७गतेका दिन प्रगतिशील लेखक संङघको वर्तमान केन्द्रीय कार्यसमितिलाई इलाम यात्राका क्रममा रत्न बमका सालिक तथा दुवैको स्मृतिमा बनेका प्रतिष्ठान अवलोकन गर्ने अवसर मिलेको थियो । सोही दिन रत्नकुमार वान्तवाको ६६औ जयन्ती तथा ३९औं रत्न स्मृति दिवसमा उपस्थित हुने जुन अवसर पाईयो यसबाट अग्रज योद्धाका वारेमा निकै कुरा जान्ने बुझ्ने अवसर प्राप्त भयो । अहिले चित्रेका बासिन्दाहरुमा आँशु छैन । रत्न स्मृति दिवसका अवसरमा बक्तहरुका कुरा सुन्दा चित्रेको गाउँ पर्यटकीय स्थल बन्दैछ । त्यहाँ भव्य पुस्तकालय तथा संग्राहलय निर्माण हुदैछ । त्यहाँ जानका लागि देउरालीको डाँडा पुग्नु पर्ने छैन । केही समय भित्र साँखेजुङ आसपासबाट सुरुङमार्ग निर्माण हुने छ । दुवै शहीदको सालिक वारपर आकर्षक पार्क बन्ने छ । त्यही गाउँमा होम स्टे बन्ने छ अनि पर्यटकका लागि खान बस्न सुविधा थपिने । त्यतिवेला चित्रे गाउँमा जानेहरुले शहीदको मर्म बुझेर फर्कने छन् । प्रतिष्ठान बन्नुमात्र ठूलो कुरा होइन त्यसलाई सार्थक विन्दुमा पुर्याउन महत्वपूर्ण कुरा हो । जुन कुरा इलामले अहिले थालनी गरेको छ । भोलिका दिनमा त्यो आफै इलामको तारा बनेर चम्कने छ
जुन दिन रत्नकुमार वान्तवा र बमप्रसाद वान्तवाको हत्या भयो र चित्रेको गाउँ लगायत पुरै इलाम जिल्ला शोकमा डुवेको अवस्था थियो तर अहिले व्यवस्था परिवर्तन भएको छ । पञ्चायतकालमा अराष्ट्रिय तत्व भनिनेहरू निर्वाचनको माध्ययमबाट अगाडि आएको अवस्था छ । यतिवेला जल्लादहरूपश्चातापको जिन्दगी बाँचिरहेका छन् । आफूलाई देशको मुक्तिका निम्ति जीवन लगाउनेहरू उँचो शीर बनाएर हिंडन सक्ने अवस्था छ । समय फेरिए पछि यस्तो पनि हुँदो रहेछ । नारायणहिटी दरवार संग्राहलयमा परिणत भएको छ ।
शहीदहरू सबैका साझा हुन उनीहरुले देखाएको बाटो पछ्याउन सक्नु पर्दछ । आफ्नो जीवनको आहुती दिने वीर सपुतहरू प्रति एक दिन सम्झेर वा एक मिनेट मौनधारण गरेरभन्दा पनि उहाँहरुले देखाएको देश र जनताको मुक्तिको बाटोबाट निरन्तर हिडन सक्नु पर्दछ । शहीदका सपना अँझै अपुरा र अधुरा अवस्थामा छन् । उहाँहरुको सपनालाई पुरा गर्नका लागि वर्तमानमा बाँचेका र देश र जनताको मुक्तिका लागि निस्वार्थ भावले लाग्ने र दृढता पूर्वक जनवादी बाटोलाई समाएर अगाडि जान सक्ने हो भनेमात्र रत्नबम लगायतका ज्ञात अज्ञात शहीदहरुको यो धरतीमा पोखिएको रगत खेर जाने छैन । यसका लागि अहिले एक प्रकारले मार्ग खुलेको छ । अब यो मार्गमा कतै पनि अलमल नगरी लाग्ने हो भने भोलिको उज्यालो छर्ने दिशामा अगाडि बढन सकिन्छ र शहीदका सपना पुरा हुँदै जानेछन । अन्तमा इलाम यात्रा लेखनका लागि आवश्यक सामग्री प्रदान गर्नुहुने प्रगतिशील लेखक सङ्घ नेपाल इलाम शाखाका अध्यक्ष डा.देवी क्षेत्री दुलाल प्रति हार्दिक अभार व्यक्त गर्दछु । इलाम यात्रा समाप्त । धन्यवाद !
