Skip to content

तरीतरी आँखा जुधाउने बानी तिम्रो कस्तो

तरीतरी आँखा जुधाउने बानी तिम्रो कस्तो
झरीसरी तन रुझाउने बानी तिम्रो कस्तो।।१।।
मख्खै पर्छ्यौ तिमी हेरेर मैंले मुस्कुराउँदा
घुमीफिरी मन बुझाउने बानी तिम्रो कस्तो।।२।।
साँच्चै नै तिमी अक्सिजन हौ म बाँच्ने आधार
रोजी छाडी नाम जुराउने बानी तिम्रो कस्तो।।३।।
अल्लारे छु भर छैन भनि अन्तै ताक्छ्यौ अरे
सरी सरी माया बिसाउने बानी तिम्रो कस्तो।।४।।
रानो भन्थ्यौ नि सानु तिम्रो हृदयको घारको
घरीघरी धुँवा धुँवाउने बानी तिम्रो कस्तो।।५।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *