Skip to content

झुकी हेर प्यार हुन्छ

  • by

आँखाको यो नानीभित्रै लुकी हेर प्यार हुन्छ
नजर मिलाई हल्का हाँस्दै झुकी हेर प्यार हुन्छ ।

सम्झनामा जतनगरी एउटा तस्बिर सजाएर
हिँड्दाहिँड्दै एकपल्ट रुकी हेर प्यार हुन्छ ।

अलिअलि आश गर्दै छिटोछिटो सास फेर्दै
नजिक आई मुटुको ढुकढुकी सुनी हेर प्यार हुन्छ ।

विश्वासको पानाभित्र लेखिएको हाम्रो जीवन
आँधीबीच बलेको त्यो टुकी हेर प्यार हुन्छ ।

आँखाको यो नानीभित्रै लुकी हेर प्यार हुन्छ
नजर मिलाई हल्का हाँस्दै झुकी हेर प्यार हुन्छ ।

-सर्लाही

Leave a Reply

Your email address will not be published. Required fields are marked *