हत्या अपहरण बलात्कार र मारकाट कहिले रोकिएलान्
सुलीमा चढाएर अपराधीका हातमा काँटी कहिले ठोकिएलान् ।।
न्याय किन्न लाम लागेका अपराधी नारा लगाउँदालगाउँदै
प्रलोभनमा परेका कथित न्यायमूर्तिहरू कहिले चोखिएलान् ।।
जङ्गलराजको उर्दीमा नैतिकपाठका पानाहरू च्यातिएको धेरै भो
फेरि पुस्तक छापिएर नैतिकपाठहरू कहिले घोकिएलान् ।।
नबोलौं धेरै अहिले जङ्गलराजको बेला छ चेतना भया
फेरि राजामहाराजहरू अनाहकका झोकिएलान् ।।
नखाएको बिख लाग्दैन भनेर नसोच्नु उत्तम हुनेछ
रामहरुको कसुरमा सीताहरुलाई सजायका दफा तोकिएलान् ।।
जमाना खराब छ धेरै बाठो हुनाले घाटा हुन सक्ला
मेचीतिर फर्काएर हानेका गोली महाकालीमा पुगेर ठोकिएलान् ।।
