सद्भावना आज डराउँदैछन्
संस्कारका भाव हराउँदैछन्
सकिन्न तर्नै अब यो जँघार
पीडाहरु छन् मनमा हजार ।।
कता बुझाऊँ अब चित्त मेरो
सुकेछ मेरै मनको पनेरो
मैमाथि नै यो किन हो प्रहार
पीडाहरु छन् मनमा हजार ।।
हे नाथ मेरो किन दुख्छ छाती
तिम्रो कृपा दृष्टि हट्यो ममाथि
मलाई यो जीवन भो अपार
पीडाहरु छन् मनमा हजार ।।
होम सुवेदी
