Skip to content


दशै त आयाे, खुसिले मनाऔ।
हाैसेर हाेइन्, सहजै मनाऔ।।
मिलेर सारा, जन एक साथ।
हाँसेर रम्दै, अनि प्यार साथ।।१।।

भुलेर वैरीपन ती पुराना।
त्यागेर ईष्या, अनि क्रोध साना।।
झिना र काँचा, सब छोडि देऊ।
र पीर चिन्ता, पनि छोडि देऊ।।२।।

छन् लाख लाखौ, घरदेखि टाढा।
सम्झेर बस्दै, मन भा’छ गाढा।।
फर्केर आऊ, अरु कै अधीन।
मिलेन छुट्टी, र त रुन्छ ज्यान।।३।।

गरेर हत्या, पशुका अहाे त्याे।
छर्केर काँचो, रगतै अहाे त्याे।।
प्रसन्न हुन्छन, भगवान भन्दै।
के मान्नु पर्ने, भन पाप गर्दै।।४।।

काे सुन्छ तिन्का, मनका पुकार।
हाे चाड भन्दै, नगराै अहार।।
हाे चाड भन्दै, तन ती उधारी।
के मिल्छ शान्ति, भन हे पुजारी।।५।।

सद्भाव साटाै, नगराै घमण्डी।
आत्मीयता हाेस्, नबनाै पाखण्डी।।
मैला र काला, सब ती बगाऔ।
दशै त आयाे, खुसिले मनाऔ।।६।।
धन्यवाद।

यादव दुलाल “गाउँले”
२६ असाेज २०७५।।

छन्द:-उपजाति

Leave a Reply

Your email address will not be published. Required fields are marked *