छ यो रुप्से पाल्पा गगन तल राम्रो भवन नै।
छ जग्गा पाँचै रोपनि समतलै ठाउँ वरपरै ।
हजुर्बाको-बा हो-छ त मरमरा बाट यसमा।
बसोबासै सर्दै अब म पनि पासै गरि दिएँ ।
गरौँ राम्रो सेवा गरनु छ बिरामी जतिभए।
चिकित्सा गर्ने डाक्टर भन न नर्सै पनि परे।
हुनै पर्ने हो औषधि अनि दिनै पर्छ पहिला।
बिरामी बृद्धै बालक पनि सुत्केरि महिला ।
बनी स्वास्थ्यै केन्द्र सवतिर ज सेवा गर भनी।
दिएको हो यो स्वास्थ सब सजिलै पाउन भनी।
भएको हो उद्घाटन अबत राम्रै अघि बढोस् ।
बनाओस् रोगै मुक्त युग युग सेवा गरि रहोस् ।
— पद्मराज काफ्ले, रुप्से पाल्पा
सम्वत् २०७५ साल कार्तिक २६ गते उद्घाटित भवन
