लाखौं लुटेरा अब लुट्न आए
ब्वाँसा हजारौं अझ सग्बगाए
बिच्छ्याउँदैछन् कि बुनेर जाल
यो देशको भो विकराल हाल ।।
सत्ता र भत्तातिर मात्र ध्यान
राख्नेहरूकै छ यहाँ बिहान
लुट्छन् सबै भ्रष्ट गनेर छाल
यो देशको भो विकराल हाल ।।
लुट्ने लखेट्ने सबको छ मोज
हत्या बलात्कारतिरै छ भोज
सत्ता तिनैको अझ बन्छ ढाल
यो देशको भो विकराल हाल ।।
होम सुवेदी
