आज रोज डे रे
तिमीलाई फकाउन गर्नुपर्ने अनगिन्ती
डेहरू आउदैछन रे,
तिम्रो खुसीको लागि परदेशी मुलुकबाट
रोज ल्याएर दिनुपर्ने भो रे,
थाहा छैन प्रिय त्यो रोज चोखो छ या जुठो,
म चाहन्छु पूर्ण चोखो होस
कि त्यहाँ मौरी र भमराले पनि चुम्बन नगरेको होस,
तिमीलाई चोखो माया गरेपछि
त्यो जुठो गुलाफ म कसरी दिऊँ
अनेकौ रसायन मिसिएको त्यो गुलाफको
पत्र ओठ्मा राखी कसरी चुम्बन गरु भन त तिम्रो!
सानो गुलाफ पनि दिन सक्दैनौ,
अरु त के नै गर्छौ भनेर नभन्नु,
तिम्रा लागि हजारौं खुसीका पलहरू दिनेछु
अविष्मरणीय क्षणहरू र रङ्गिन साथहरू दिनेछु,
गुलाफ त दिन सक्ने थीय,
तर के गर्नु बिझाएको औला चुसी तिम्रो बिग्रेको अनुहार
हेर्न विवश पो हुनेछु कि?
सायद गुलाफमा काडा नभएको भए
बगैंचा नै तिम्रो बनाइदिन्थे,
हर वर्ष आउने यो रोज डेलाई
तिमीसङै मनाई दिन्थे,खुसी साट्थे पलहरू साट्थे
हो त्यही भएर त हो आज खुसी साट्न तिमी छैनौ,
किनकि मैले आजसम्म काडा नभएको गुलाफ पायकै छैन,
त्यो पवित्र सम्बन्धमा अपवित्र गुलाफ दिने आट आएको छैन प्रिय,
(* वास्तवमा हिजो थियो रोज डे)
