मुक्तकः एक
सात जुनीको कुरा छाडौं
मुस्किल छ एकै जुनी काट्न पनि
के सकियोस् सधैं सधैं चाट्न पनि
अनवरत तिम्रै हुँ नभने ता निकै खतरा छ
मैले कसरी सक्या होला ढाँट्न पनि ।।
मुक्तक दुईः
म आजीवन तिम्रै हुँ भनेर कुनै बेला भाषण नछाँटी नहुँदो रहेछ
जतिसुकै गहिरो माया गरे पनि कुनै बेला नडाँटी नहुँदो रहेछ
मुखमा राम राम र बगलीमा छुरा हानेको नठानियोस्
ढाँट्नु पाप हो भन्ने जानेर पनि कुनै बेला नढाँटी नहुँदो रहेछ ।।
मुक्तक तिनः
गुलाफको फूल दिएर प्रेमोत्सव मनाउनेहरू धेरै भए
पिपलपाते सस्तो अपवित्र माया पिर्ती लाउनेहरू धेरै भए
सस्तो बेसाहाले पखाला लाग्ने कुरा बेलैमा बुझिराखौं
हिजोको आजै डिभोर्सका लागि अदालत धाउनेहरू धेरै भए ।।
भद्रपुर झापा
