सुख दुखको दोसाधमा अल्झेछ जिन्दगी
आसा र सपनामा बल्झेछ जिन्दगी
तातो तातो खाडीमा अनि मलेशियाको झाडीमा
पीर ब्यथाको भूमरीमा रुमलिदैछ नेपाली जिन्दगी ।।
आमाको मायाँ, बाबाको शितलु छायाँबाट बिछोडिएछ जिन्दगी
तोते बोल्ने छोरी, मायाँको अंगालोबाट टाढिएछ जिन्दगी
मनमा सपना सजाउदै, मरुभूमिमा ऊट र भेडी धपाउदै
नेपालको माटो, बचपनमा खेलेको पाटो सम्झी रुन्छ नेपाली जिन्दगी ।।
बारीमा हलो जोत्दा खरबारी घास काट्दा मिठो कति जिन्दगी
माघे सक्रान्ती मेलामा तन्नेरी बेलामा आफ्नैपनको जिन्दगी
रंगीन सपना बोकेर, देउरालीलाई भाकेर परदेशीको काम
रहरको सपनीमा, बाध्यताको बिपनीमा रुदैछ नेपाली जिन्दगी ।।
