Skip to content

स्वदेश डढ्दा इनार नख्नु

समाजलाई बदल्न सक्छौ अगाडि बढ्दा युवाहरु हो
छ उच्च यात्रा छिचोल्न सक्छौ हिमाल चढ्दा युवारु हो ।।

कडा चुनौती युवाहरुकै समीप हुन्छन् नभुल्नुहोला
छ धेर बाटो र ठेस लाग्ला समाल लड्दा युवाहरु हाे ।।

रटेर घोक्नै सिकाउँदैछन् किताब सिङ्गो पढेर मात्रै
यथार्थ भुल्ने हुँदै छ बानी किताब पढ्दा युवाहरु हो ।।

भविष्यकाे के यहाँ भरोसा अगाडिबाटै तयार गर्नू
इनार खन्ने नगर्नू धन्दा स्वदेश डढ्दा युवाहरु हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *